हरेक वर्ष उनी बेलुकाको नमाज पढ्न मस्जिद जाने गर्थे। उनीजस्तै अरू इस्लाम धर्मावलम्बीहरू पनि रमजानभर बेलुकाको नमाज पढ्न मस्जिदमा जम्मा हुन्थे। तर विश्वव्यापी महामारी कोभिड-१९ले १४४१ औं हिज्री वर्षको यो रमजानलाई विशिष्ट बनाइदियो। इस्लाम धर्मावलम्बीहरूले घरमै बेलुकाको नमाज पढ्नुपर्यो।
“मस्जिदमा नमाज पढ्नु र घरमै पढ्नु धेरै फरक हुन्छ। तर, घरमै बसेर पनि अल्लाहलाई सम्झिने हो। मात्र भेटघाट, सरसहयोगको काम रोकिएको हो,” अन्सारी भन्छन्।
महोत्तरी जिल्लाका अन्सारी १७ जनाको परिवार सदस्य सहित काठमाडौंको सितापाइलामा बस्छन्। हरेक वर्ष आफ्नो कपडा पसलमै व्यस्त हुने उनलाई यसपालि लकडाउनले रमाजानमा कुरान पढ्ने प्रशस्त समय दिएको छ। अल्लाहसँग यो महामारी चाँडै अन्त्य होस् भनेर दुवा माग्ने गरेको बताउँछन् उनी।
२८ वर्षका इमरान राइनको पनि यसपालिको रमजान विशिष्ट भएको छ। आफू बुझ्ने भएदेखि नै परिवारसँगै रोजा बस्ने गरेको सम्झिन्छन् उनी। ६ वर्ष पाकिस्तानमा अध्ययन गरेर भर्खर नेपाल फर्केका राइनले त्यहाँ पनि बेलुकाको नमाज मस्जिदमै पढ्थे। तर, अरू इस्लाम धर्मावलम्बीले जस्तै उनले पनि घरमै बेलुकाको नमाज पढ्ने गरेका छन्। भन्छन्, “अल्लाहलाई घरबाटै इबादत गर्दैछौं। मस्जिदमा भएको भए यो महिना मात्र पढिने तरावी सुन्न पाइन्थ्यो। त्यसबाट भने वञ्चित भइएको छ। यो चाडको सन्देश कसैलाई नराम्रो नगर्नु, गलत नबोल्नु र गलत कुरा आँखाले नहेर्नु हो। त्यो त घरमै रहेर पनि गर्न सकिन्छ।”
केन्द्रीय तथ्यांक विभागका अनुसार नोपलमा अहिले १५ लाख इस्लाम धर्मावलम्बी छन्। त्यसमध्ये अधिकांश विपन्न छन्। उनीहरू दिनभरको कमाइले बेलुकाको अफ्तारी (व्रत तोडेर फलाहार खाने) पूरा गर्थे।
“ती विपन्न वर्गकाले कसरी रमजान मनाए होलान् ?” राइन भन्छन्, “सरकारले रमजानको बेला गरीब, निमुखालाई पर्व मनाउन सहयोग गर्नुपर्छ।”
मस्जिद गएर नमाज पढ्न नपाएकोमा खातुन राइन भने दुःखी छैनन्। इस्लाम धर्ममा महिलालाई मस्जिद जान अनुमति छैन। ५१ वर्षकी खातुनलाई मस्जिद गएको सम्झना छैन। उनलाई मस्जिद जान नपाएको दुःख पनि लाग्दैन। अल्लाह सर्वत्र छन् भन्ने विश्वास लाग्छ उनलाई। हरेक रमजानमा जस्तै यसपालि पनि उनले दिनमा पाँच पटक नमाज पढ्छिन्।
लकडाउनले उनको नमाज पाठमा एउटा अवरोध भने गरिदिएको छ। नमाज सामूहिक रूपमा पढ्दा बढी पुण्य कमाइन्छ भन्ने विश्वास छ। खातुनले सधैँ अरू महिलासँग मिलेर नमाज पढ्ने गर्थिन्। तर लकडाउनले उनीहरूको जमघट रोकिदिएको छ। वर्षको एकपटक आउने ईदको नमाज पढ्ने बेलासम्म महामारी अन्त्य होस् भनेर दुवा मागेको बताउँछिन् उनी।
रमजानको अर्को विशेषता यस बखत तयार पारिने विभिन्न परिकार हो। तर बजारबाट सामग्री ल्याउन नपाइएकोले त्यस्तो परिकार बनाउन पनि पाएकी छैनन्।
“स्वस्थ रहे अर्को वर्ष अझै राम्ररी मनाउन पाइएला, कसैले दुःख नमानौं,” खातुन भन्छिन्, “जमातीहरू (विपन्नलाई दिन चन्दा लिन आउने धर्मसंरक्षकहरू) चाहिँ यस वर्ष एक जना पनि घरमा आएका छैनन्। उनीहरू नआउँदा नराम्रो लाग्दोरहेछ।”
इस्लाम धर्मका पाँच स्तम्भ छन् - रोजा, जकात, शहदा, सालाह र हज। रोजा बस्नुको मुख्य उद्देश्य गरीब र विपन्न वर्गको असुविधा र पीडा बुझ्ने प्रयास हो। त्यस्तै जकातको अर्थ दान हो। मुसलमान समुदायमा वर्षभरि कमाएको २.५ प्रतिशत आम्दानी असहायलाई बाँड्नुपर्ने नियम छ। जकातका लागि रमजानको महिना नै उत्तम ठानिन्छ।
सम्पन्नले विपन्नलाई यसवेला गरेको सहयोगबाट सबैले समान रूपले चाड मान्न सकिने मायन्ता रहेको मुस्लिम आयोगका अध्यक्ष समिम मिया अन्सारी बताउँछन्। भन्छन्, “यस वर्ष हरेक व्यक्तिले विपन्नलाई जकात बाँड्न नसकेपछि आयोगका तर्फबाट विभिन्न जिल्लाहरूमा चाड मान्न राहत वितरण गरिरहेका छौँ।”
मुस्लिमहरूको पवित्र महिना नै रमजानको महिना रहेको र मस्जिदमै गएर, समुहमा नमाज पढ्नुपर्ने इस्लामिक मान्यता रहेको राष्ट्रिय मानवअधिकार आयोगकी प्रवक्ता मोहना अन्सारी बताउँछिन्। भन्छिन्, “चाडमा बालबच्चा उत्साहित हुन्थे तर अहिले सबै निराश र त्रासमा छन्। दान धर्मको महिना हो यो। गरिबलाई खाना खुवाउने गरिन्थ्यो, त्यो सबै बन्द छ।”
लकडाउनका कारण मस्ज्दिमा गएर नमाज पाठ गर्न नपाइए पनि घरमै रमजानको रीत पूरा गर्न उनी अनुरोध गर्छिन्।
“छरछिमेकलाई पनि निमन्त्रणा नगरी घरमै इबादत (प्रार्थना) गरी अफ्तारी पढौँ र हाम्रो आस्थालाई सधैं जीवन्त राखौं। अहिलेको अवस्थामा यही नै उचित हो,” अन्सारी भन्छिन्।
हेर्नुहोस् भिडिओ