ऋण तिरेपछि उनको हिम्मत अलि बढ्यो । अब कुनै स्थायी व्यवसाय गर्ने मेसो गर्न थाले । आफन्तकोमा बस्दा दुनोट व्यवसायबारे केही बुझ्ने मौका पाएका थिए । सोचे, यही व्यवसाय किन नगर्ने ? अनि खडा गरे ओम शान्ति दुनोट भण्डार ।
हामीले खाजामा प्रयोग गर्ने सस्तो खाजामध्येको दुनोट कसरी अर्थोपार्जनको राम्रो क्षेत्र हुन सक्छ भन्ने उदाहरण बनेका छन्– गुणराज चौलागाई ।ललितपुरको जावलाखेलबाट शुरु गरेको उनको पेशा अहिले काठमाडौंको घट्टेकुलोमा सरेको छ । ठूलो लगानी र धेरै मानवश्रम चाहिने पेशा होइन यो । उत्पादन पनि खासै हुँदैन । एउटा निश्चित क्षेत्रमा सिमित ग्राहक हुन्छन् । व्यवसायीहरु सबेरै दुनोट बनाउँछन् र ग्राहककोमा पुर्याउँछन् । किराना पसल वा चिया पसल वा व्यक्ति, ग्राहक जो पनि हुनसक्छन् ।
गुणराजले दैनिक ६५० वटा दुनोट बनाउँछन् । त्यसका लागि दैनिक २५ किलो पिठो चाहिन्छ । त्यसबाट उनलाई मासिक एक लाख रुपैयाँसम्म आम्दानी हुनेगरेको छ । “दुनोटमात्र होइन अलिकति निम्की र घुर्मि पनि बनाउँछु । मासिक दुई लाखजतिको कारोबार हुन्छ”, उनी भन्छन् । आफ्नो व्यवसायप्रति सन्तुष्ट रहेका उनी थप्छन्, “३०–४० हजारको सामान्य जागिर खानुभन्दा आफैले पेशा गर्दा राम्रो हुन्छ ।”
गुणराजको मात्र होइन, दुनोट व्यवसाय काठमाडौं उपत्यकामा मात्र एक हजारभन्दा बढीको आम्दानी स्रोत बनेको छ । अधिकांश उद्यमीले दैनिक ६ सय वटा दुनोट बिक्री भइरहेको बताए । त्यो हिसाबले राजधानीमा दैनिक ६ लाखभन्दा बढी दुनोट बिक्री भइरहेको छ । अर्थात् दैनिक ६० लाख रुपैयाँको दुनोट बिक्री हुन्छ ।
हिसाब गरि हेर्नुस् त, मासिक १८ करोड र वार्षिक २ अर्ब रुपैयाँको दुनोट उत्पादन÷बिक्री काठमाडौं उपत्यकामा मात्र हुन्छ । त्यसमा बेकरीमा बन्ने र क्रिम तथा चकलेट प्रयोग गरिने दुनोटको त हिसाब नै भएको छैन । एउटा कोठामै स्थापना गर्न सकिने यो घरेलु उद्यमले यत्तिको हिस्सा ओगट्छ भन्ने थाहा पाउँदा को अचम्म नपर्ला र ?
को हुन सक्छन् ग्राहक ?
दुनोट कुन वर्ग र उमेर समूहको रोजाई भनेर छुट्याउन गाह्रो छ । एक हिसाबले भन्ने हो भने यो सबै वर्ग र उमेर समूहको खाजा हो ।
दुनोट व्यवसायी बेतप्रसाद गौतम भन्छन्, “दुनोट नै खाने भन्ने निश्चित वर्ग छैन । कार चढ्नेहरु पनि आउँछन् । ज्यामी काम गर्नेहरु पनि आउँछन् ।”
कति लाग्छ लागत ?
घरेलु उद्यमको रुपमा दुनोट व्यवसाय शुरु गर्ने हो भने लगानी पनि खासै धेरै लाग्दैन । दुनोटलाई चाहिने भनेकै मैदा र तेल हो । थप लाग्ने नुन, ईस्ट र पानीमा लाग्ने लगानी त निकै कम हुन्छ ।
दुनोट बनाउने टेवल, बेल्ना र दुनोट काट्ने चाबीलाई मुस्किलले २० हजार पर्छ । ग्याँस चुलो, कराई तथा झिर गरी जम्मा ४० हजार रुपैयाँ लगानी पर्याप्त हुनसक्छ । पिठो मुछ्ने मेसिन लिन हो भने चाहिँ ७० हजार रुपैयाँसम्म पर्नसक्छ ।
पिठो मुछ्ने मेसिन नकिनी हातैले पिठो मुछेर पनि व्यवसाय गर्न सकिन्छ ।
मेसिन नै किन्ने हो भने पनि जम्मा १ लाख देखि १ लाख २० हजार रुपैयाँ जति लगानी भए पुग्छ । करिब एक लाख रुपैयाँ लगानी गरेर व्यवसाय शुरु हुन्छ भने किन नगर्ने ?
" />

">