काठमाडौं। कोरोना भाइरस संक्रमणको महामारीसँग जुध्न सरकारले देश लकडाउन गरेको दुई महीना पुग्न लाग्यो। लकडाउनले सबभन्दा ठूलो मारमा पारेको छ, दैनिक ज्यालामजदुरीबाट गुजारा गर्ने श्रमिक, शहरमा जेनतेन गुजारा गरिरहेका गरीब अनि टाढाटाढाबाट काठमाडौं आएर बसेका विद्यार्थीलाई।
लकडाउन लम्बिँदै जाँदा उनीहरूको दैनिक छाक टार्नसमेत गाह्रोसाह्रो भएको छ। तिनैलाई ध्यानमा राखेर अनामनगरस्थित एउटा युवा क्लबले निःशुल्क खाना खुवाउन थालेको छ।
भोकभोकै पर्न थालेका गरीब, श्रमिक, विद्यार्थीलगायतका लागि भान्सा शुरू गरेको क्लबले दैनिक करीब ६०० जनालाई खाना खुवाइरहेको छ। त्यो क्लब हो, अनामनगरको घट्टेकुलोमा रहेको त्रिवेणी युवा क्लब। क्लबले १५ दिनयता नियमितरूपमा खाना खुवाइरहेको छ।
क्लबका सचिव ज्ञानकुमार श्रेष्ठका अनुसार घट्टेकुलो क्षेत्रमा रहेका विभिन्न संघ संस्था तथा अन्य निजी र व्यापारिक संस्थाहरूबाट समेत सहयोग लिएर दैनिक खाना खुवाउने काम भइरहेको छ।
सोही क्रममा आजका लागि घट्टेकुलो क्षेत्रमै रहेको व्यापार प्रर्वद्धन तथा कन्सल्टिंग कम्पनी पोड्स कन्सल्टिंग प्रालिले ६०० जनालाई खाना खुवाउने सहयोग गर्यो। प्रालिका तर्फबाट सम्बल बास्कोटाले प्रायोजन गरेर क्लबलाई आवश्यक सामग्री हस्तान्तरण गरेका थिए।
प्रालिका अध्यक्ष प्रकाश बोहराले सानै कम्पनी भए पनि आफ्नो सामाजिक उत्तरदायित्व पूरा गर्नको लागि खानाको प्रायोजन गरेको बताए। धेरै संस्थाले थोरै रकम प्रायोजन गर्दा पनि कोही भोकै पर्ने अवस्था नआउने भन्दै उनले यसमा निरन्तर सहयोग गर्ने बताए।
घट्टेकुलो क्षेत्रमा २० वर्षदेखि विभिन्न सामाजिक कार्य गर्दै आइरहेको क्लबले खाना खुवाउने कार्यक्रम लकडाउन अवधिभर जारी राखिने जनाएको छ। - केशव बोहरा
" /> काठमाडौं। कोरोना भाइरस संक्रमणको महामारीसँग जुध्न सरकारले देश लकडाउन गरेको दुई महीना पुग्न लाग्यो। लकडाउनले सबभन्दा ठूलो मारमा पारेको छ, दैनिक ज्यालामजदुरीबाट गुजारा गर्ने श्रमिक, शहरमा जेनतेन गुजारा गरिरहेका गरीब अनि टाढाटाढाबाट काठमाडौं आएर बसेका विद्यार्थीलाई।लकडाउन लम्बिँदै जाँदा उनीहरूको दैनिक छाक टार्नसमेत गाह्रोसाह्रो भएको छ। तिनैलाई ध्यानमा राखेर अनामनगरस्थित एउटा युवा क्लबले निःशुल्क खाना खुवाउन थालेको छ।

">