रमेश आचार्य

सचेत मस्तिष्‍कले भन्‍नथाल्यो- एउटा मान्छे मर्दा उसकी पत्‍नी विधवा हुन्छे, एउटा देशभक्त मर्दा सिङ्गै देश विधवा हुन्छ ! (भण्डारीको निधन भएलगत्तै कवि विप्लव प्रतीकले रचेको कविताका पंक्ति हुन् यी।) ३ जेठको दुःखद् सन्दर्भलाई जननेता मदनकुमार भण्डारीको ओजपूर्ण स्वर र गर्जनलाई मानिसले आफ्नो स्मृतिपटबाट सजाइरहे। 
यही पीडा र वियोगको पृष्‍ठभूमीबाट ३ जेठको अर्को पाना निर्माण भयो। त्यो हो, ३ जेठ २०७५। 

यो दिन नेपाल र संसारभरको वाम आन्दोलनको लागि एक नयाँ यात्राको रूपमा दर्ज भएको छ। विश्‍व कम्युनिष्‍ट आन्दोलनमा विकास भएका विभिन्‍न विचार र सिद्धान्तबाट दीक्षित नेपालका कतिपय वाम शक्ति शान्तिपूर्ण संघर्षको बाटोबाट त कतिपय सशस्त्र संघर्षको बाटोमा होमिएका थिए। यसबीचमा केही दक्षिणपन्थी भड्कावबाट ग्रसित थिए भने केही उग्रवामपन्थी भड्कावबाट ग्रसित थिए।
क्रान्ति सम्पन्‍न गर्ने विचार र बाटो फरक भएका कारण टुटफुट र विभाजनको दुःखदायी शृंखला भोग्न विवश थियो नेपाली कम्युनिष्‍ट आन्दोलन। त्यसबीचमा पुष्‍पलाल, मदन भण्डारीलगायत अग्रजहरूले सुरु गरेको एकीकरणको प्रक्रिया पनि बीचमा टुट्न गई अन्योल सिर्जना भएको थियो। उक्त अन्योल अन्त्य गर्दै नेपालका दुई ठुला कम्युनिष्‍ट पार्टीहरू तत्कालीन नेकपा (एमाले) र तत्कालीन नेकपा (माओवादी केन्द्र) बीच एकीकरण भई नेपाल कम्युनिष्‍ट पार्टी (नेकपा) बन्यो। त्यसैले यो दिन नेपालको कम्युनिष्‍ट इतिहासकै दूरगामी, अविस्मरणीय र प्रेरणादायी क्षणको रूपमा स्थापित छ।

प्रसंग एकः मदन भण्डारी
१४ असार २००९ मा पूर्वी नेपालको ताप्लेजुङको ढुङ्गेसाँघुमा देवीप्रसाद भण्डारी र चन्द्रकुमारी भण्डारीको माइलो सन्तानको रूपमा मदन भण्डारीको जन्म भएको थियो। विद्यार्थीकालदेखि नै हुने विरुवाको चिल्लो पात भनेझैँ कुसाग्र बुद्धिमताका साथ हुर्किएका थिए उनी । बाल्यकालमै साहस, बुद्धि र क्षमताको सम्मिश्रण उनको अध्ययन र दैनिक घरकाममा देखापर्न थाल्यो। उनले बाल्यकालमै दुर्गा सप्तसतिचण्डी पाठ कण्ठाग्र गरेर पुरस्कृत विद्यार्थी बने। संस्कृत अध्ययन, वाचन र व्यवहारिक जीवनका असजिला क्षणमा समेत उनको कुसाग्रताले जिल्लाभरि चर्चा पायो। अध्ययनका लागि भारत प्रवासको बसाईंका क्रममा उनीमा अभूतपूर्व प्रगतिशील चेतना, काव्य क्षमता, धाराप्रवाह विचारको सम्प्रेषण क्षमता उजागर भयो। प्रगतिशील सांस्कृतिककर्मीको रुपमा उनको उपस्थिति, राजनीतिक दलसँगको आवद्धता, विश्‍वबजारका घटनाक्रम र समकालीन विचारमाथिको प्रखरता, सिर्जनशील बौद्धिकता र उच्च स्मरणशक्तिको परिचय कमाएका भण्डारीलाई विषयगत ज्ञान र यसको विविधताको पक्षबाट धेरै तरिकाले अध्ययन गर्न, बुझ्न र ग्रहण गर्न सकिन्छ।

१) मार्क्सवादका सिर्जनात्मक, मौलिक र नवीन विचारक
सन् १९९० को दशकसम्म आइपुग्दा सोभियत संघ र पूर्वी युरोपका विभिन्‍न देशहरूबाट समाजवादी सत्ता विघटन र चिनियाँ सांस्कृतिक क्रान्तिमा भएका भुलका कारण विश्‍वभरका पूँजीवादी विचारका पण्डितहरू मार्क्सवादको अध्याय समाप्त भएको भ्रम फैलाउँदै खुसीयाली मनाइरहेका थिए। समाजवादी आन्दोलनका चिन्तकहरू भने एकआपसमा आरोप-प्रत्यारोप  गर्दै दुःख मनाउ गरिरहेका थिए। विश्‍व समाजवादी आन्दोलनलाई अब नयाँ शिराबाट कसरी अगाडि बढाउने ? यो प्रश्‍नको जवाफ खोज्न र यसका लागि पहलकदमी लिन कम चुनौतीपूर्ण थिएन। मदन भण्डारीले त्यो चुनौती सामना गर्ने अभिभारा स्विकार गरे। उनले विश्‍व कम्युनिष्‍ट आन्दोलनका कमीकमजोरीलाई यसरी सुत्रबद्ध गरे।

`क्रान्ति न त सिद्धान्तको रक्सी पिएर गल्ली-गल्लीमा मात्तिदैमा सफल हुन्छ न त कसैको अन्धानुकरणबाट !´

`सिद्धान्तको निम्ति जीवन होइन, जीवनको निम्ति सिद्धान्त हुनुपर्छ।´

` विदेशी जुत्ताको नापअनुसार खुट्टा काट्ने गलत विचारलाई देशभक्तको असिम मायाले ओतप्रोत हृदयबाट कुचो लगाउनु पर्छ।´

यसरी मदनले फरक ढंगले नेपाली कम्युनिष्‍ट आन्दोलनको अध्ययन गरे। रणनीतिक महत्वका योजनाहरू अघि सारे। विश्‍व कम्युनिष्‍ट आन्दोलनको प्रयोगमा नआएको शान्तिपूर्ण प्रतिस्पर्धा र पहलकदमीको प्रणाली अपनाई श्रेष्‍ठता हासिल गरि नेतृत्व प्रदान गर्ने सिर्जनात्मक, मौलिक र नवीन विचार ‘जनताको बहुदलीय जनवाद’ प्रस्तुत गरे। जबजले कम्युनिष्‍टहरू भनेका एकदलीय, एकदलीयतावादी, एकाधिकारवादी र निरंकुश हुन्छन् भन्‍ने भ्रम निस्तेज बनायो। बहुजाति, बहुधर्म, बहुभाषा, बहुसंस्कृति, प्राकृतिक विविधता र भौगोलिक विविधताले युक्त नेपाली समाजको मौलिकता बहुलवादी खुल्ला समाज भएको व्याख्या गर्‍यो। त्यस्तै विभिन्‍न विचारमा आस्था राख्ने दललाई फल्न र फुल्न दिनुपर्ने र शासनसत्ता सञ्‍चालनका लागि भने उनीहरूबीच निश्चित अवधिमा जनताबाट अनुमोदित हुनुपर्ने प्रतिस्पर्धा र पहलकदमीपूर्ण  प्रणालीको  नवीन विचार प्रस्तुत गर्यो। यसरी जबज मार्क्सवादको विकासक्रममा राष्‍ट्रियता, लोकतन्त्र, सामाजिक न्याय सहितको समानता, विभेदको अन्त्य, दिगो शान्ति र समृद्धि विषेशता भएको सिर्जनाको रुपमा विकास भयो।

स्वर्गीय मदन भण्डारी र जीवराज आश्रित

२) उच्च राजनीतिक आत्मविश्‍वास, स्वाभिमानी क्रान्तिकारीका प्रतीक
मुलुक बहुदलीय प्रजातान्त्रिक व्यवस्थाको प्राारम्भिक चरणमा प्रवेश गरिरहेको थियो। २०४६ को जनआन्दोलनमा मुख्य नेतृत्व गरी संविधान निर्माण र निर्वाचन सम्पन्‍न गराउन शक्तिशाली अन्तरिम सरकारको नेतृत्व नेपाली कांग्रेसले गरेको थियो। त्यस पार्टीका शक्तिशाली सभापति कृष्‍णप्रसाद भट्टराई प्रधानमन्त्री बनेका थिए। तत्कालीन राजा विरेन्द्र भने आफूसँग भएका सम्झौतामा दलहरू इमान्दार हुन्छन् कि हुँदैनन् भन्‍ने निगरानी गर्दै थिए। तत्कालीन एमाले भने शक्ति सन्तुलनको तेस्रो तहमा थियो। संविधान कार्यान्वयनअन्तर्गत पहिलो संसदीय निर्वाचन घोषणा भई दलहरू चुनावी कार्यक्रममा थिए। उक्त परिस्थितिमा तत्कालीन एमाले चुनावमा ‘खरो उत्रन सक्ला र’ भनेर मान्छेहरू लख काटिरहेका थिए। अकस्मात ५ चैत २०४७ मा काठमाडौं क्षेत्र नं.१ को निर्वाचन प्रचार-प्रसार समितिको कार्यालय चावहिलमा उद्घाटन गर्दै दुनियाँलाई चकित पार्ने गरी निम्‍न उद्गारहरू प्रस्तुत गर्दै भण्डारीले आफूभित्रको उच्च राजनीतिक आत्मविश्‍वास, स्वाभिमान, क्रान्तिकारिता र निडरता प्रस्तुत गरे। भण्डारीको त्यतिबेलाको उद्गार आज पनि स्मरणीय छ-

`...मान-सम्मानलाई उपभोग गर्दै किनारामा वसिबक्स्योस् महाराज ! हात नलम्काइबक्स्योस् ! आँखा नचम्काइबक्स्योस् ! आफ्ना सन्डमुसन्डहरूलाई नचलाइबक्स्योस् ! यदि, सन्डमुसन्डहरूलाई चलाउने नै हो भने, यदि सन्डमुसन्डहरूलाई नै अगाडि लिएर आउने हो भने पनि महाराजले पनि श्रीपेच उतारी सिंहासनमा राखेर मैदानमा नेता भएर आउनुपर्‍यो ताकि प्रतिद्वन्द्विता गर्न सकियोस्...!´ 

३) २० औं शताब्दीका युग नायक
सोभियत समाजवादीसत्ता र पूर्वी युरोपका समाजवादीसत्ताको विघटन तथा चिनियाँ सांस्कृतिक क्रान्ति भुलहरूका कारण पूंजीवादी दुनियाँका धुरन्धर पण्डितहरूले अभूतपूर्व खुशीयाली मनाइरहेका थिए त्यतिबेला। फ्रान्सिस फुकुयामाजस्ता पूँजीवादी बुद्धिजीविहरू ‘इतिहासको अन्त्य’ भन्दै समाजवाद विघटनको हर्षोल्लास मनाइरहेका थिए। त्यहीँबेला चरम पूंजीवादी देश अमेरिकाबाट प्रकाशित न्युजविक पत्रिकाले २७ मे १९९१ को अंकमा मदनको अन्तर्वार्ता छाप्यो। जसको शीर्षक थियो- `नेपाल जहाँ कार्ल मार्क्स जीवित छन्।´ यसबाट पनि नवीन विचारक मदन भण्डारी २० औं शताब्दीको युग नायक प्रमाणित भए।

४) दुरद्रष्‍टा मदन
२०४७ सालमा ‘नेपाल अधिराज्यको संविधान’ जारी गर्दा केही राजनीतिक पार्टीहरू अब कहिल्यै राजनीतिक आन्दोलन गर्नुपर्दैन, सबथोक यही संविधान हो भनेर दीपावली मनाइरहेका थिए। केही राजनीतिक पार्टीहरू संसदीय व्यवस्थालाई स्विकार गरिएको संविधानबाट प्राप्त संसद् भनेको `खसीको टाउको राखेर कुकुरको मासु बेच्ने थलो हो´ र चुनाव लड्दै संसदमा गएर क्रान्ति हुन सक्दैन भन्दै संविधान जलाइरहेका थिए। ती दुई अतिवादी सोचलाई वास्ता नगरी मदनले २७ बुँदे असहमति राखी संविधानलाई आलोचनात्मक समर्थन गरे। ती २७ बुँदाका असहमति १६ वर्षपछि पुन:स्थापित प्रतिनिधिसभाले ४ जेठ २०६३ मा जारी गरेको ‘संसद्को घोषणा’मा समाविष्‍ट भयो। यस दृष्‍टान्तबाट मदन भण्डारी कति दुरदर्शी थिए भन्‍ने स्पष्‍ट हुन्छ।

५) उदारवादी र जनप्रेमी राजनेता
विश्‍व कम्युनिष्‍ट आन्दोलनलाई नयाँ शिराबाट नेतृत्व प्रदान गरिरहेका मदन कम्युनिष्‍ट विरोधीहरूको आँखाको तारो थिए। उनीहरू कम्युनिष्‍ट पार्टीलाई कसरी बद्नाम बनाउन सकिन्छ भनी गौडा ढुकेर बसिरहेका थिए। त्यसलाई सार्थकता दिन तत्कालीन नेकपा (एमाले) २०४८ सालको संसदीय चुनावको प्रचार-प्रसारमा सक्रिय भइरहेको बेला मदनलाई पत्रकारले प्रश्‍न सोधे- ‘महासचिवज्यू, कम्युनिष्‍टहरूले धर्म, जातपात र भगवान मान्दैनन् भन्छन् नि ! यससम्बन्धमा तपाईंको पार्टीको धारणा के हो ?’ 
प्रश्‍न भुँईमा खस्न नपाउँदै बडो स्पष्‍टताका साथ मदनले भने- ‘हाम्रा भगवान भनेका नबोल्ने ढुङ्गाका देवता होइनन्, जीवित जनता हुन् र उनीहरूको सेवा नै हाम्रो धर्म हो।´ 
उनको यो उत्तरले कम्युनिष्‍ट आन्दोलनलाई बद्नाम बनाउन खोज्ने षड्यन्त्र पूर्णतः असफल भयो। त्यतिमात्र होइन, मदन भण्डारी गाउँ-गाउँसम्म पुग्ने, गहिराइमा पुगेर जनताको समस्याको पहिचान गर्ने जनतालाई चित्तबुझ्दो तरिकाले समाधान दिने गर्थे। र, पार्टीका नेता-कार्यकर्तालाई जनतासँगको सम्बन्धलाई कसरी घनिष्‍ठ बनाउने भनेर  आवश्यक निर्देशन दिन्थे। यसकारण उनी जनप्रिय राजनेताको रुपमा जनअनुमोदित भएका थिए।

६) युवाका प्रेरक व्यक्तित्व
२६ वर्षको उमेरमा तत्कालीन नेकपा (माले) को केन्द्रीय सदस्य, ३२ वर्षको उमेरमा पोलिटब्युरो सदस्य र ३७ वर्षको उमेरमा तत्कालीन नेकपा (माले) को चौथो महाधिवेशनबाट महासचिवमा निर्वाचित भई सोहि महाधिवेशनबाट आफूले प्रतिपादन गरेको ‘जनताको बहुदलीय जनवाद’लाई पार्टीको कार्यक्रम बनाउन उनी सफल भए। युवालाई सम्बोधन गर्दा उनी भन्थे- ‘युगले व्यक्तित्व निर्माण गर्ने होइन, व्यक्तित्वले युगको निर्माण गर्नुपर्छ।´

७) विपक्षीको नजरमा पनि सिद्धान्तनिष्‍ठ नेता
३ जेठ २०५० मा षडयन्त्रपूर्ण दुर्घटनामा उनको हत्यापश्चात् तत्कालीन राजा विरेन्द्रले सिद्धान्तनिष्‍ठ व्यक्तिको रुपमा मदनको सम्मान गरे। त्यस्तै नेपाली कांग्रेसका लौहपुरुष गणेशमान सिंहले रुँदै प्रजातन्त्र पुनःस्थापनामा सम्पूर्ण शक्ति खन्याउने आफ्नो एउटा असल मित्रको हत्या भएको र सिद्धान्तकारलाई गुमाउनुपरेको उल्लेख गरेका थिए। 

प्रसंग दुईः नेपाल कम्युनिष्‍ट पार्टी
जननेता मदनकुमार भण्डारीको हत्या गरिएको दुखद दिनको स्मरण गर्दै, नेपालको कम्युनिष्‍ट आन्दोलनमा उनले पुर्‍याएको योगदानलाई चिरस्थायी बनाउने प्रतिबद्धतासहित ३ जेठ २०७५ मा तत्कालीन नेकपा (एमाले) र तत्कालीन नेकपा (माओवादी केन्द्र) बीच एकीकरण भई नेपाल कम्युनिष्‍ट पार्टी (नेकपा) को स्थापना भयो। तत्कालीन नेकपा (एमाले) को मार्गदर्शक सिद्धान्त ‘जनताको बहुदलीय जनवाद’ले प्रतिस्पर्धामाझ तय गरेको क्रान्तिको शान्तिपूर्ण बाटो र नेकपा (माओवादी केन्द्र) ले पारित गरेको ‘२१ औँ शताब्दीको जनवाद’बाट शान्तिपूर्ण राजनीतिमा रुपान्तरण हुने नीति लिएका कारण यी दुई पार्टीबीच एकीकरण सम्भव भएको थियो। 

एकिकृत पार्टीले मार्क्सवाद र लेनिनवादलाई मार्गदर्शक सिद्धान्त अंगीकार गरेको छ। आफ्नो अधिकतम कार्यक्रम वैज्ञानिक समाजवादको मान्यतामा आधारित नयाँ मोडलको समाजवाद निर्माण तय गरेको छ। न्युनतम कार्यक्रम जनताको जनवाद हो भन्‍ने ठहर गरि आफ्नो रणनीतिक लक्ष्‍य समाजवाद र उच्चतम लक्ष्‍य साम्यवाद भनेको छ। समाजवाद उन्मुख राष्‍ट्रिय पूँजीको विकास र सामाजिक न्यायसहितको समृद्धि मूल राजनीतिक कार्यनीतिको रूपमा लिएको छ। यसलाई प्राप्त गर्न शान्तिपूर्ण बहुदलीय प्रतिस्पर्धाको बाटो अवलम्बन गर्ने नीति तय गरेको छ। 

समाजवाद हाम्रो रणनीतिक लक्ष्‍य भए पनि यसलाई प्राप्त गर्न आधारभूत रुपले सम्पन्‍न भएको जनवादी क्रान्तिपछि जनवादी व्यवस्थाका सुदृढीकरणको चरण पूरा नगरी हतारो गर्नु हुँदैन। त्यस्तो हतारो गरियो भने समाजवादी मुलुकले भोग्नुपरेका प्रतिक्रान्तिको नियति हामीले पनि भोग्नुपर्ने छ। त्यसकारण नेकपाले मदन भण्डारीले जनताको बहुदलीय जनवादमार्फत आधारभूत जनवादी क्रान्ति सम्पन्‍न भएपश्चात् समाजवादमा संक्रमण हुनुभन्दा पहिले जनवादी व्यवस्था सुदृढीकरणको चरण पार गर्ने कार्यभार पूरा गर्न लाग्नुपर्ने छ। जसका लागि तीन वटा अभिभारा पूरा गर्नुपर्छ। पहिलो, पुरानो समाज व्यवस्थाको अवशेषलाई सबै क्षेत्रबाट समाप्त पार्ने काममा केन्द्रित भएर लाग्नुपर्छ। दोस्रो, नयाँ उत्पादन सम्बन्धका आधारमा समाजका सबै क्षेत्रको विकासमा केन्द्रित भएर लाग्नुपर्छ। तेस्रो, शान्तिपूर्ण रुपमा समाजवादमा संक्रमणका लागि केन्द्रित भएर लाग्नुपर्छ।

निश्कर्ष
३ जेठ फगत क्यालेन्डरको एक अंक होइन। यो विश्‍व कम्युनिष्‍ट आन्दोलनका सकारात्मक र नकारात्मक पक्षको अध्ययन गरि मार्क्सवादको सिर्जनात्मक प्रयोगको रुपमा ‘जनताको बहुदलीय जनवाद’का प्रणेता मदनकुमार भण्डारीको षड्यन्त्रपूर्वक दुर्घटना गराई हत्या गरिएको दिन हो। अर्कोतर्फ, समाजवादउन्मुख राष्‍ट्रिय पूंजीको विकास गरि सामाजिक न्याय र समानता सहितको समृद्धि हासिल गरि नेपाललाई  २१ औँ शताब्दीको पहिलो समाजवादी मुलुक बनाउन दुई ठूला कम्युनिष्‍ट पार्टीहरू एकीकरण भएको दिन हो। दुई पार्टीबीचको एकीकरण भएकाले साविक नेकपा (एमाले) को विचारलाई सोही नाममा राख्दा साविक नेकपा (माओवादी केन्द्र) लाई हेयिकरणको अनुभूति होला कि भनेर जबजको सान्दर्भिकता बाँकी हुँदाहुँदै त्यसको नाम परिवर्तन गरि ‘जनताको जनवाद’ उल्लेख गरिएको छ। जबजले ब्याख्या गरेको जनवादी ब्यवस्थाको सुदृढीकरणको चरण अझै बाँकी छ। आखिर सत्य सत्य नै हुनेछ। व्यवहारमा अथवा अभिव्यक्तिमा गरिएको भुललाई सुधार्नु अझै पनि बुद्धिमता हुनेछ। जनताको जनवादलाई जनताको बहुदलीय जनवादको असली नामाकरण दिन ढिलाइ नगरौं ! दुःख र सुख समिश्रित जेठ ३, मदनकुमार भण्डारी र नेकपालाई अलग-अलग गर्ने दुस्साहस नगरौँ !

(आचार्य राष्‍ट्रिय युवा संघ, नेपालका नेता हुन्।)

" />

"> जेठ-३, जननेता मदनकुमार भण्डारी र नेकपा: Dekhapadhi
जेठ-३, जननेता मदनकुमार भण्डारी र नेकपा <p>आज ३ जेठ। बाम-लोकतान्त्रिक आन्दोलनको एउटा ऐतिहासिक दिन। यस ऐतिहासिक दिनलाई विभिन्&zwj;न हिसाबले स्मरण गर्न, अध्ययन गर्न र यसबाट प्रेरणा ग्रहण गर्न सकिन्छ। नेपाली कम्युनिष्&zwj;ट आन्दोलनको विगत, वर्तमान र भविष्&zwj;यको लागि ३ जेठको सन्दर्भ, जननेता मदनकुमार भण्डारी र आजको एकीकृत नेकपालाई अलग-अलग ढंगले हेर्ने, यसको राजनीतिक-वैचारिक सफलताको पक्षलाई बेवास्ता गर्दै केवल आजका उपलब्धीहरूलाई मात्र अपनाउन खोजियो भने हामी समग्र चित्र तयार गर्न असफल हुनेछौं। यसरी अलग-अलग रूपमा हेर्नु त्यो व्यक्तिप्रति घोर अन्याय हुनेछ जसले आफ्नो सम्पूर्ण जीवन समाजवादको आधारशीला निर्माणको आन्दोलनमा खर्चिएको छ।&nbsp;</p> <p><strong>एक मितिः दुई सन्दर्भ</strong><br /> नेपाली राजनीतिक रंगमञ्&zwj;चमा दुईवटा विशेष प्रकृतिका घटनाक्रम जोडिएका पानाले तयार भएको डायरीको एउटा रुप हो- ३ जेठ। डायरीको एउटा पाना पीडा र छटपटीले भरिएको छ। डायरीको अर्को पाना अनगिन्ती आशा र सपनाहरूले भरिपूर्ण छ। ३ जेठ २०५० मा तत्कालीन नेकपा (एमाले) का महासचिव भण्डारीको दुर्घटनामा परि निधन भएको थियो। केही अघिसम्म उनी पोखराको सभालाई सम्बोधन गरिरहेका थिए। तर केही बेरमै षडयन्त्रपूर्ण दासढुंगा दुर्घटनामा उनको निधन भयो। आज पनि सचेत जनता उनको निधनलाई फगत दुर्घटना मान्&zwj;न तयार छैन।&nbsp;</p> <p>हिमालभन्दा अग्लो व्यक्तित्वको यो मृत्युले आम जनता, समग्र पार्टी पंक्ति, देश र विश्&zwj;व समाजवादी समाजवादी आन्दोलन नै स्तब्ध भयो। सन्&zwj;नाटाबीच भण्डारी परिवारले एकजना नक्षत्र गुमाएको थियो। असल अभिभावक गुमाएको थियो। समाजले एकजना प्रगतिशील परिवर्तनका पक्षपाती स्रष्&zwj;टा गुमायो। तत्कालीन नेकपा (एमाले) ले राजनीतिक वैचारिक मान्यताको सिद्धहस्त मियो गुमायो। देशले नेपाली राजनीतिक आकाशमा उदाएको एकजना राजनीतिक सिद्धान्तकार गुमायो, सुरक्षाकवच गुमायो। विश्&zwj;व कम्युनिष्&zwj;ट आन्दोलनले समाजवादको केन्द्र गुमायो। रक्षात्मक अवस्थामा रहेको कम्युनिष्&zwj;ट आन्दोलनले नवीन विचारक गुमायो।</p> <figure class="image" style="float:left"><img alt="" height="251" src="https://www.dekhapadhi.com/storage/photos/shares/Politics/_SGR5112.JPG" width="376" /> <figcaption>रमेश आचार्य</figcaption> </figure> <p>सचेत मस्तिष्&zwj;कले भन्&zwj;नथाल्यो- एउटा मान्छे मर्दा उसकी पत्&zwj;नी विधवा हुन्छे, एउटा देशभक्त मर्दा सिङ्गै देश विधवा हुन्छ ! (भण्डारीको निधन भएलगत्तै कवि विप्लव प्रतीकले रचेको कविताका पंक्ति हुन् यी।) ३ जेठको दुःखद् सन्दर्भलाई जननेता मदनकुमार भण्डारीको ओजपूर्ण स्वर र गर्जनलाई मानिसले आफ्नो स्मृतिपटबाट सजाइरहे।&nbsp;<br /> यही पीडा र वियोगको पृष्&zwj;ठभूमीबाट ३ जेठको अर्को पाना निर्माण भयो। त्यो हो, ३ जेठ २०७५।&nbsp;</p> <p>यो दिन नेपाल र संसारभरको वाम आन्दोलनको लागि एक नयाँ यात्राको रूपमा दर्ज भएको छ। विश्&zwj;व कम्युनिष्&zwj;ट आन्दोलनमा विकास भएका विभिन्&zwj;न विचार र सिद्धान्तबाट दीक्षित नेपालका कतिपय वाम शक्ति शान्तिपूर्ण संघर्षको बाटोबाट त कतिपय सशस्त्र संघर्षको बाटोमा होमिएका थिए। यसबीचमा केही दक्षिणपन्थी भड्कावबाट ग्रसित थिए भने केही उग्रवामपन्थी भड्कावबाट ग्रसित थिए।<br /> क्रान्ति सम्पन्&zwj;न गर्ने विचार र बाटो फरक भएका कारण टुटफुट र विभाजनको दुःखदायी शृंखला भोग्न विवश थियो नेपाली कम्युनिष्&zwj;ट आन्दोलन। त्यसबीचमा पुष्&zwj;पलाल, मदन भण्डारीलगायत अग्रजहरूले सुरु गरेको एकीकरणको प्रक्रिया पनि बीचमा टुट्न गई अन्योल सिर्जना भएको थियो। उक्त अन्योल अन्त्य गर्दै नेपालका दुई ठुला कम्युनिष्&zwj;ट पार्टीहरू तत्कालीन नेकपा (एमाले) र तत्कालीन नेकपा (माओवादी केन्द्र) बीच एकीकरण भई नेपाल कम्युनिष्&zwj;ट पार्टी (नेकपा) बन्यो। त्यसैले यो दिन नेपालको कम्युनिष्&zwj;ट इतिहासकै दूरगामी, अविस्मरणीय र प्रेरणादायी क्षणको रूपमा स्थापित छ।</p> <p><strong>प्रसंग एकः मदन भण्डारी</strong><br /> १४ असार २००९ मा पूर्वी नेपालको ताप्लेजुङको ढुङ्गेसाँघुमा देवीप्रसाद भण्डारी र चन्द्रकुमारी भण्डारीको माइलो सन्तानको रूपमा मदन भण्डारीको जन्म भएको थियो। विद्यार्थीकालदेखि नै हुने विरुवाको चिल्लो पात भनेझैँ कुसाग्र बुद्धिमताका साथ हुर्किएका थिए उनी । बाल्यकालमै साहस, बुद्धि र क्षमताको सम्मिश्रण उनको अध्ययन र दैनिक घरकाममा देखापर्न थाल्यो। उनले बाल्यकालमै दुर्गा सप्तसतिचण्डी पाठ कण्ठाग्र गरेर पुरस्कृत विद्यार्थी बने। संस्कृत अध्ययन, वाचन र व्यवहारिक जीवनका असजिला क्षणमा समेत उनको कुसाग्रताले जिल्लाभरि चर्चा पायो। अध्ययनका लागि भारत प्रवासको बसाईंका क्रममा उनीमा अभूतपूर्व प्रगतिशील चेतना, काव्य क्षमता, धाराप्रवाह विचारको सम्प्रेषण क्षमता उजागर भयो। प्रगतिशील सांस्कृतिककर्मीको रुपमा उनको उपस्थिति, राजनीतिक दलसँगको आवद्धता, विश्&zwj;वबजारका घटनाक्रम र समकालीन विचारमाथिको प्रखरता, सिर्जनशील बौद्धिकता र उच्च स्मरणशक्तिको परिचय कमाएका भण्डारीलाई विषयगत ज्ञान र यसको विविधताको पक्षबाट धेरै तरिकाले अध्ययन गर्न, बुझ्न र ग्रहण गर्न सकिन्छ।</p> <p><strong>१) मार्क्सवादका सिर्जनात्मक, मौलिक र नवीन विचारक</strong><br /> सन् १९९० को दशकसम्म आइपुग्दा सोभियत संघ र पूर्वी युरोपका विभिन्&zwj;न देशहरूबाट समाजवादी सत्ता विघटन र चिनियाँ सांस्कृतिक क्रान्तिमा भएका भुलका कारण विश्&zwj;वभरका पूँजीवादी विचारका पण्डितहरू मार्क्सवादको अध्याय समाप्त भएको भ्रम फैलाउँदै खुसीयाली मनाइरहेका थिए। समाजवादी आन्दोलनका चिन्तकहरू भने एकआपसमा आरोप-प्रत्यारोप &nbsp;गर्दै दुःख मनाउ गरिरहेका थिए। विश्&zwj;व समाजवादी आन्दोलनलाई अब नयाँ शिराबाट कसरी अगाडि बढाउने ? यो प्रश्&zwj;नको जवाफ खोज्न र यसका लागि पहलकदमी लिन कम चुनौतीपूर्ण थिएन। मदन भण्डारीले त्यो चुनौती सामना गर्ने अभिभारा स्विकार गरे। उनले विश्&zwj;व कम्युनिष्&zwj;ट आन्दोलनका कमीकमजोरीलाई यसरी सुत्रबद्ध गरे।</p> <p>`क्रान्ति न त सिद्धान्तको रक्सी पिएर गल्ली-गल्लीमा मात्तिदैमा सफल हुन्छ न त कसैको अन्धानुकरणबाट !&acute;</p> <p>`सिद्धान्तको निम्ति जीवन होइन, जीवनको निम्ति सिद्धान्त हुनुपर्छ।&acute;</p> <p>` विदेशी जुत्ताको नापअनुसार खुट्टा काट्ने गलत विचारलाई देशभक्तको असिम मायाले ओतप्रोत हृदयबाट कुचो लगाउनु पर्छ।&acute;</p> <p>यसरी मदनले फरक ढंगले नेपाली कम्युनिष्&zwj;ट आन्दोलनको अध्ययन गरे। रणनीतिक महत्वका योजनाहरू अघि सारे। विश्&zwj;व कम्युनिष्&zwj;ट आन्दोलनको प्रयोगमा नआएको शान्तिपूर्ण प्रतिस्पर्धा र पहलकदमीको प्रणाली अपनाई श्रेष्&zwj;ठता हासिल गरि नेतृत्व प्रदान गर्ने सिर्जनात्मक, मौलिक र नवीन विचार &lsquo;जनताको बहुदलीय जनवाद&rsquo; प्रस्तुत गरे। जबजले कम्युनिष्&zwj;टहरू भनेका एकदलीय, एकदलीयतावादी, एकाधिकारवादी र निरंकुश हुन्छन् भन्&zwj;ने भ्रम निस्तेज बनायो। बहुजाति, बहुधर्म, बहुभाषा, बहुसंस्कृति, प्राकृतिक विविधता र भौगोलिक विविधताले युक्त नेपाली समाजको मौलिकता बहुलवादी खुल्ला समाज भएको व्याख्या गर्&zwj;यो। त्यस्तै विभिन्&zwj;न विचारमा आस्था राख्ने दललाई फल्न र फुल्न दिनुपर्ने र शासनसत्ता सञ्&zwj;चालनका लागि भने उनीहरूबीच निश्चित अवधिमा जनताबाट अनुमोदित हुनुपर्ने प्रतिस्पर्धा र पहलकदमीपूर्ण &nbsp;प्रणालीको &nbsp;नवीन विचार प्रस्तुत गर्यो। यसरी जबज मार्क्सवादको विकासक्रममा राष्&zwj;ट्रियता, लोकतन्त्र, सामाजिक न्याय सहितको समानता, विभेदको अन्त्य, दिगो शान्ति र समृद्धि विषेशता भएको सिर्जनाको रुपमा विकास भयो।</p> <div style="text-align:center"> <figure class="image" style="display:inline-block"><img alt="" height="390" src="https://www.dekhapadhi.com/storage/photos/shares/Politics/Madan-Bhandari-and-Jibraj-Ashrit.jpg" width="850" /> <figcaption>स्वर्गीय मदन भण्डारी र जीवराज आश्रित</figcaption> </figure> </div> <p><strong>२) उच्च राजनीतिक आत्मविश्&zwj;वास, स्वाभिमानी क्रान्तिकारीका प्रतीक</strong><br /> मुलुक बहुदलीय प्रजातान्त्रिक व्यवस्थाको प्राारम्भिक चरणमा प्रवेश गरिरहेको थियो। २०४६ को जनआन्दोलनमा मुख्य नेतृत्व गरी संविधान निर्माण र निर्वाचन सम्पन्&zwj;न गराउन शक्तिशाली अन्तरिम सरकारको नेतृत्व नेपाली कांग्रेसले गरेको थियो। त्यस पार्टीका शक्तिशाली सभापति कृष्&zwj;णप्रसाद भट्टराई प्रधानमन्त्री बनेका थिए। तत्कालीन राजा विरेन्द्र भने आफूसँग भएका सम्झौतामा दलहरू इमान्दार हुन्छन् कि हुँदैनन् भन्&zwj;ने निगरानी गर्दै थिए। तत्कालीन एमाले भने शक्ति सन्तुलनको तेस्रो तहमा थियो। संविधान कार्यान्वयनअन्तर्गत पहिलो संसदीय निर्वाचन घोषणा भई दलहरू चुनावी कार्यक्रममा थिए। उक्त परिस्थितिमा तत्कालीन एमाले चुनावमा &lsquo;खरो उत्रन सक्ला र&rsquo; भनेर मान्छेहरू लख काटिरहेका थिए। अकस्मात ५ चैत २०४७ मा काठमाडौं क्षेत्र नं.१ को निर्वाचन प्रचार-प्रसार समितिको कार्यालय चावहिलमा उद्घाटन गर्दै दुनियाँलाई चकित पार्ने गरी निम्&zwj;न उद्गारहरू प्रस्तुत गर्दै भण्डारीले आफूभित्रको उच्च राजनीतिक आत्मविश्&zwj;वास, स्वाभिमान, क्रान्तिकारिता र निडरता प्रस्तुत गरे। भण्डारीको त्यतिबेलाको उद्गार आज पनि स्मरणीय छ-</p> <p>`...मान-सम्मानलाई उपभोग गर्दै किनारामा वसिबक्स्योस् महाराज ! हात नलम्काइबक्स्योस् ! आँखा नचम्काइबक्स्योस् ! आफ्ना सन्डमुसन्डहरूलाई नचलाइबक्स्योस् ! यदि, सन्डमुसन्डहरूलाई चलाउने नै हो भने, यदि सन्डमुसन्डहरूलाई नै अगाडि लिएर आउने हो भने पनि महाराजले पनि श्रीपेच उतारी सिंहासनमा राखेर मैदानमा नेता भएर आउनुपर्&zwj;यो ताकि प्रतिद्वन्द्विता गर्न सकियोस्...!&acute;&nbsp;</p> <p><strong>३) २० औं शताब्दीका युग नायक</strong><br /> सोभियत समाजवादीसत्ता र पूर्वी युरोपका समाजवादीसत्ताको विघटन तथा चिनियाँ सांस्कृतिक क्रान्ति भुलहरूका कारण पूंजीवादी दुनियाँका धुरन्धर पण्डितहरूले अभूतपूर्व खुशीयाली मनाइरहेका थिए त्यतिबेला। फ्रान्सिस फुकुयामाजस्ता पूँजीवादी बुद्धिजीविहरू &lsquo;इतिहासको अन्त्य&rsquo; भन्दै समाजवाद विघटनको हर्षोल्लास मनाइरहेका थिए। त्यहीँबेला चरम पूंजीवादी देश अमेरिकाबाट प्रकाशित न्युजविक पत्रिकाले २७ मे १९९१ को अंकमा मदनको अन्तर्वार्ता छाप्यो। जसको शीर्षक थियो- `नेपाल जहाँ कार्ल मार्क्स जीवित छन्।&acute; यसबाट पनि नवीन विचारक मदन भण्डारी २० औं शताब्दीको युग नायक प्रमाणित भए।</p> <p><strong>४) दुरद्रष्&zwj;टा मदन</strong><br /> २०४७ सालमा &lsquo;नेपाल अधिराज्यको संविधान&rsquo; जारी गर्दा केही राजनीतिक पार्टीहरू अब कहिल्यै राजनीतिक आन्दोलन गर्नुपर्दैन, सबथोक यही संविधान हो भनेर दीपावली मनाइरहेका थिए। केही राजनीतिक पार्टीहरू संसदीय व्यवस्थालाई स्विकार गरिएको संविधानबाट प्राप्त संसद् भनेको `खसीको टाउको राखेर कुकुरको मासु बेच्ने थलो हो&acute; र चुनाव लड्दै संसदमा गएर क्रान्ति हुन सक्दैन भन्दै संविधान जलाइरहेका थिए। ती दुई अतिवादी सोचलाई वास्ता नगरी मदनले २७ बुँदे असहमति राखी संविधानलाई आलोचनात्मक समर्थन गरे। ती २७ बुँदाका असहमति १६ वर्षपछि पुन:स्थापित प्रतिनिधिसभाले ४ जेठ २०६३ मा जारी गरेको &lsquo;संसद्को घोषणा&rsquo;मा समाविष्&zwj;ट भयो। यस दृष्&zwj;टान्तबाट मदन भण्डारी कति दुरदर्शी थिए भन्&zwj;ने स्पष्&zwj;ट हुन्छ।</p> <p><strong>५) उदारवादी र जनप्रेमी राजनेता</strong><br /> विश्&zwj;व कम्युनिष्&zwj;ट आन्दोलनलाई नयाँ शिराबाट नेतृत्व प्रदान गरिरहेका मदन कम्युनिष्&zwj;ट विरोधीहरूको आँखाको तारो थिए। उनीहरू कम्युनिष्&zwj;ट पार्टीलाई कसरी बद्नाम बनाउन सकिन्छ भनी गौडा ढुकेर बसिरहेका थिए। त्यसलाई सार्थकता दिन तत्कालीन नेकपा (एमाले) २०४८ सालको संसदीय चुनावको प्रचार-प्रसारमा सक्रिय भइरहेको बेला मदनलाई पत्रकारले प्रश्&zwj;न सोधे- &lsquo;महासचिवज्यू, कम्युनिष्&zwj;टहरूले धर्म, जातपात र भगवान मान्दैनन् भन्छन् नि ! यससम्बन्धमा तपाईंको पार्टीको धारणा के हो ?&rsquo;&nbsp;<br /> प्रश्&zwj;न भुँईमा खस्न नपाउँदै बडो स्पष्&zwj;टताका साथ मदनले भने- &lsquo;हाम्रा भगवान भनेका नबोल्ने ढुङ्गाका देवता होइनन्, जीवित जनता हुन् र उनीहरूको सेवा नै हाम्रो धर्म हो।&acute;&nbsp;<br /> उनको यो उत्तरले कम्युनिष्&zwj;ट आन्दोलनलाई बद्नाम बनाउन खोज्ने षड्यन्त्र पूर्णतः असफल भयो। त्यतिमात्र होइन, मदन भण्डारी गाउँ-गाउँसम्म पुग्ने, गहिराइमा पुगेर जनताको समस्याको पहिचान गर्ने जनतालाई चित्तबुझ्दो तरिकाले समाधान दिने गर्थे। र, पार्टीका नेता-कार्यकर्तालाई जनतासँगको सम्बन्धलाई कसरी घनिष्&zwj;ठ बनाउने भनेर &nbsp;आवश्यक निर्देशन दिन्थे। यसकारण उनी जनप्रिय राजनेताको रुपमा जनअनुमोदित भएका थिए।</p> <p><strong>६) युवाका प्रेरक व्यक्तित्व</strong><br /> २६ वर्षको उमेरमा तत्कालीन नेकपा (माले) को केन्द्रीय सदस्य, ३२ वर्षको उमेरमा पोलिटब्युरो सदस्य र ३७ वर्षको उमेरमा तत्कालीन नेकपा (माले) को चौथो महाधिवेशनबाट महासचिवमा निर्वाचित भई सोहि महाधिवेशनबाट आफूले प्रतिपादन गरेको &lsquo;जनताको बहुदलीय जनवाद&rsquo;लाई पार्टीको कार्यक्रम बनाउन उनी सफल भए। युवालाई सम्बोधन गर्दा उनी भन्थे- &lsquo;युगले व्यक्तित्व निर्माण गर्ने होइन, व्यक्तित्वले युगको निर्माण गर्नुपर्छ।&acute;</p> <p><strong>७) विपक्षीको नजरमा पनि सिद्धान्तनिष्&zwj;ठ नेता</strong><br /> ३ जेठ २०५० मा षडयन्त्रपूर्ण दुर्घटनामा उनको हत्यापश्चात् तत्कालीन राजा विरेन्द्रले सिद्धान्तनिष्&zwj;ठ व्यक्तिको रुपमा मदनको सम्मान गरे। त्यस्तै नेपाली कांग्रेसका लौहपुरुष गणेशमान सिंहले रुँदै प्रजातन्त्र पुनःस्थापनामा सम्पूर्ण शक्ति खन्याउने आफ्नो एउटा असल मित्रको हत्या भएको र सिद्धान्तकारलाई गुमाउनुपरेको उल्लेख गरेका थिए।&nbsp;</p> <p><strong>प्रसंग दुईः नेपाल कम्युनिष्&zwj;ट पार्टी</strong><br /> जननेता मदनकुमार भण्डारीको हत्या गरिएको दुखद दिनको स्मरण गर्दै, नेपालको कम्युनिष्&zwj;ट आन्दोलनमा उनले पुर्&zwj;याएको योगदानलाई चिरस्थायी बनाउने प्रतिबद्धतासहित ३ जेठ २०७५ मा तत्कालीन नेकपा (एमाले) र तत्कालीन नेकपा (माओवादी केन्द्र) बीच एकीकरण भई नेपाल कम्युनिष्&zwj;ट पार्टी (नेकपा) को स्थापना भयो। तत्कालीन नेकपा (एमाले) को मार्गदर्शक सिद्धान्त &lsquo;जनताको बहुदलीय जनवाद&rsquo;ले प्रतिस्पर्धामाझ तय गरेको क्रान्तिको शान्तिपूर्ण बाटो र नेकपा (माओवादी केन्द्र) ले पारित गरेको &lsquo;२१ औँ शताब्दीको जनवाद&rsquo;बाट शान्तिपूर्ण राजनीतिमा रुपान्तरण हुने नीति लिएका कारण यी दुई पार्टीबीच एकीकरण सम्भव भएको थियो।&nbsp;</p> <p>एकिकृत पार्टीले मार्क्सवाद र लेनिनवादलाई मार्गदर्शक सिद्धान्त अंगीकार गरेको छ। आफ्नो अधिकतम कार्यक्रम वैज्ञानिक समाजवादको मान्यतामा आधारित नयाँ मोडलको समाजवाद निर्माण तय गरेको छ। न्युनतम कार्यक्रम जनताको जनवाद हो भन्&zwj;ने ठहर गरि आफ्नो रणनीतिक लक्ष्&zwj;य समाजवाद र उच्चतम लक्ष्&zwj;य साम्यवाद भनेको छ। समाजवाद उन्मुख राष्&zwj;ट्रिय पूँजीको विकास र सामाजिक न्यायसहितको समृद्धि मूल राजनीतिक कार्यनीतिको रूपमा लिएको छ। यसलाई प्राप्त गर्न शान्तिपूर्ण बहुदलीय प्रतिस्पर्धाको बाटो अवलम्बन गर्ने नीति तय गरेको छ।&nbsp;</p> <p>समाजवाद हाम्रो रणनीतिक लक्ष्&zwj;य भए पनि यसलाई प्राप्त गर्न आधारभूत रुपले सम्पन्&zwj;न भएको जनवादी क्रान्तिपछि जनवादी व्यवस्थाका सुदृढीकरणको चरण पूरा नगरी हतारो गर्नु हुँदैन। त्यस्तो हतारो गरियो भने समाजवादी मुलुकले भोग्नुपरेका प्रतिक्रान्तिको नियति हामीले पनि भोग्नुपर्ने छ। त्यसकारण नेकपाले मदन भण्डारीले जनताको बहुदलीय जनवादमार्फत आधारभूत जनवादी क्रान्ति सम्पन्&zwj;न भएपश्चात् समाजवादमा संक्रमण हुनुभन्दा पहिले जनवादी व्यवस्था सुदृढीकरणको चरण पार गर्ने कार्यभार पूरा गर्न लाग्नुपर्ने छ। जसका लागि तीन वटा अभिभारा पूरा गर्नुपर्छ। पहिलो, पुरानो समाज व्यवस्थाको अवशेषलाई सबै क्षेत्रबाट समाप्त पार्ने काममा केन्द्रित भएर लाग्नुपर्छ। दोस्रो, नयाँ उत्पादन सम्बन्धका आधारमा समाजका सबै क्षेत्रको विकासमा केन्द्रित भएर लाग्नुपर्छ। तेस्रो, शान्तिपूर्ण रुपमा समाजवादमा संक्रमणका लागि केन्द्रित भएर लाग्नुपर्छ।</p> <p><strong>निश्कर्ष</strong><br /> ३ जेठ फगत क्यालेन्डरको एक अंक होइन। यो विश्&zwj;व कम्युनिष्&zwj;ट आन्दोलनका सकारात्मक र नकारात्मक पक्षको अध्ययन गरि मार्क्सवादको सिर्जनात्मक प्रयोगको रुपमा &lsquo;जनताको बहुदलीय जनवाद&rsquo;का प्रणेता मदनकुमार भण्डारीको षड्यन्त्रपूर्वक दुर्घटना गराई हत्या गरिएको दिन हो। अर्कोतर्फ, समाजवादउन्मुख राष्&zwj;ट्रिय पूंजीको विकास गरि सामाजिक न्याय र समानता सहितको समृद्धि हासिल गरि नेपाललाई &nbsp;२१ औँ शताब्दीको पहिलो समाजवादी मुलुक बनाउन दुई ठूला कम्युनिष्&zwj;ट पार्टीहरू एकीकरण भएको दिन हो। दुई पार्टीबीचको एकीकरण भएकाले साविक नेकपा (एमाले) को विचारलाई सोही नाममा राख्दा साविक नेकपा (माओवादी केन्द्र) लाई हेयिकरणको अनुभूति होला कि भनेर जबजको सान्दर्भिकता बाँकी हुँदाहुँदै त्यसको नाम परिवर्तन गरि &lsquo;जनताको जनवाद&rsquo; उल्लेख गरिएको छ। जबजले ब्याख्या गरेको जनवादी ब्यवस्थाको सुदृढीकरणको चरण अझै बाँकी छ। आखिर सत्य सत्य नै हुनेछ। व्यवहारमा अथवा अभिव्यक्तिमा गरिएको भुललाई सुधार्नु अझै पनि बुद्धिमता हुनेछ। जनताको जनवादलाई जनताको बहुदलीय जनवादको असली नामाकरण दिन ढिलाइ नगरौं ! दुःख र सुख समिश्रित जेठ ३, मदनकुमार भण्डारी र नेकपालाई अलग-अलग गर्ने दुस्साहस नगरौँ !</p> <p><em>(आचार्य राष्&zwj;ट्रिय युवा संघ, नेपालका नेता हुन्।)</em></p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्