‘द वायर’बाट लक्ष्मण श्रेष्ठले अनुवाद गरेका हुन्।)
" /> ‘द वायर’बाट लक्ष्मण श्रेष्ठले अनुवाद गरेका हुन्।)
"> कोरोना भाइरस पत्ता लगाउने पहिलो वैज्ञानिक जसको नाम धेरैलाई थाहा छैन: Dekhapadhi
कोरोना भाइरस पत्ता लगाउने पहिलो वैज्ञानिक जसको नाम धेरैलाई थाहा छैन
२१ औं शताब्दीमा विज्ञानसँग सम्बन्धित चर्चित तस्वीरहरूमध्ये एक हो, कोरोना भाइरसको तस्वीर। कोभिड-१९ को महामारी फैलिँदै जाँदा आउँदा दशकहरूसम्म मानिसको स्मृति रहने गरी सतहभरी तिखा काँडाहरू भएको यो गोलाकार भाइरसको आकृति चर्चित भइरहेछ।
भाइरसको दुनियाँमा कोरोना भाइरस एउटा समूह हो जसको एक सदस्य अहिले महामारी फैलाउने सार्स-कोभ-२ हो। सन् १९६० को दशकको मध्यसम्म पनि विज्ञान जगतलाई कोरोना भाइरसबारे भने थाहा थिएन। हो, इन्फ्लुएन्जा भाइरस, रुघाको भाइरस (राइनो भाइरस) जस्ता श्वासप्रणालीका रोग लगाउने अन्य भाइरसबारे भने धेरै जानकारी हासिल भइसकेको थियो। त्यसो भए कसले आविष्कार गरेको थियो त कोरोना भाइरसको अस्तित्वको आविष्कार ?
यो साधारण प्रश्नको उत्तर खोज्दै जाँदा म डोरोथी ह्याम्रेका कामहरूसम्म पुगेँ। उनी सिकागो विश्वविद्यालयको ‘औषधीशास्त्र विभाग’की भाइरोलोजिस्ट थिइन् र संक्रामक रोगबारे अनुसन्धान गर्थिन्। जोन जे. प्रोक्नोसँग मिलेर लेखेको एउटा अनुसन्धान पत्रमा उनले एउटा नयाँ भाइरसबारे व्याख्या गर्दै लेखेकी छन्- ‘सम्भवतः मानिसको श्वासप्रश्वास प्रणालीको मध्यम वा उच्च रोगसँग जोडिएको भाइरस।’
ह्याम्रे नै कोरोना भाइरसको स्ट्रेन छुट्याउने पहिलो व्यक्ति हुन्। जीवविज्ञानमा कुनै सुक्ष्म जीवमा आनुवंशिक परिवर्तन भएर बन्ने नयाँ प्रकारलाई स्ट्रेन भनिन्छ। उनले विश्वविद्यालयको मेडिकल स्कुलका विद्यार्थीबाट लिएको स्याम्पलबाट त्यो स्ट्रेन छुट्याएकी थिइन्। यो स्ट्रेनलाई ‘२२९ई’ नाम दिइएको थियो। लगभग त्यही समयमा नै बेलायतको ‘कमन कोल्ड रिसर्च युनिट’मा डेभिड टाइरेल र म्याल्क्लोम बायनोयले पनि नयाँ समूहको भाइरस छुट्याइरहेका थिए। उनीहरूले छुट्याएको स्ट्रेन ‘बी८१४’ एभियन ब्रोंकाइटिस भाइरससँग मिल्दोजुल्दो थियो। जुन १९६७ मा टाइरेलले यो भाइरसको पहिलो तस्वीर खिचे।
अहिले संसारभरी कोरोना भाइरसको आतंक फैलिइरहेको बेलामा डोरोथी ह्याम्रेको नाम भने पर कतै विस्मृतिको सागरमा हराएको छ। उनीबारेका थुप्रै सामग्री एरिजोनामा बन्द छ। यो भाइरसले हामीले उनको तस्वीर कहिले खोज्नेछौं भन्ने निर्णय गर्नेछ।
इलेक्ट्रोन माइक्रोस्कोपको सहयोगमा खिचिएको तस्वीरमा भाइरसको आकार आठ सयदेखि १२०० एंगस्ट्रम (12A0) थियो (एक एंगस्ट्रम भनेको एक करोड सेन्टिमिटरको एक भाग अंश हो)। त्यो तस्वीरमा यो भाइरसको सतह लगभग दुई सय एंगस्ट्रम लामो तहले ढाएिको देखिएको थियो। यही चित्रबाट नै आजको कोरोना भाइरसको चर्चित तस्वीर तयार भएको हो।
कोरोना भाइरसको स्ट्रेन छुट्याउने बाहेकका उनका अन्य रचनामा पनि मेरो ध्यान गयो। सन् १९४३ मा लेखिएको ‘औषधीजन्य प्रयोगका लागि तयार पारिएको पेनिसिलिनको विखालुपन’ शीर्षकको शोध लेखमा उनले त्यतिबेला भर्खरै तयार पारिएको एन्टिबायोटिक्सको प्रयोग गर्दा गिनी पीगहरूको मृत्यु भएको उल्लेख गरेकी छन्। दोस्रो विश्वयुद्धमा रणभूमिमा पेनिसिलनको अत्यधिक प्रयोग भएको थियो। ह्याम्रेका शोध लेखहरू सरसर्ती पढ्दा उनी प्रयोगशालामा निकै गम्भीर भएर काम गर्ने वैज्ञानिक थिइन् भन्ने देखिन्छ। सन् १९५० को दशकमा श्वासप्रश्वास प्रणालीमा संक्रमण गर्ने भाइरस छुट्याउनतिर लागिन्।
एक अज्ञात उपस्थिति
यी सबै तथ्य जम्मा पार्दा पनि उठ्ने प्रश्न हो, को हुन् त डोरोथी ह्याम्रे। उनका वैज्ञानिक कार्यहरू हामी सबैको पहुँचमा छन्। तर पनि इन्टरनेटमा उनको उपस्थिति छैन। सन् २०१४ मा प्रकाशित ‘द फाउन्डेसन्स अफ् भाइरोलोजी’ भन्ने पुस्तकमा यो शास्त्रको स्थापना गर्न भूमिका खेलेका वैज्ञानिकहरूलाई सम्मान गरिएको छ। ‘आविष्कारक र आविष्कारहरू, खोजकर्ता र खोजीहरू र प्रविधिहरू’को सम्मान गरिएको दावी गरिएको छ पुस्तकमा। मैले त्यसमा भएको सूचीमा आँखा दौडाएँ। सन् १९६५ मा पगेपछि मेरा आँखा रोकिए। त्यहाँ कोरोना भाइरसको खोजकर्ताको नाममा लेखिएको छ- डेभिड टाइरेल, जुन अल्मेइडा र अरू। यहाँ पनि डोरोथी ह्याम्रेलाई अज्ञात बनाइएको छ।
के त्यसो भए म भ्रममा परेको छु त ? लकडाउनका कारण घरमा बस्दाबस्दै मेरो मस्तिष्कमा भ्रमपूर्ण तस्वीर बनाइदिएको छ त ?
ह्याम्रेको नाम ‘नर्थन एरीजोना विश्वविद्यालय’को क्लिने पुस्तकालयको संग्रहमा भेटिन्छ। त्यहाँ मैले उनका पति अलेज्याण्डर ब्राउनलीको फोटो संग्रह फेला पारेँ। त्यसैमा उनको संक्षिप्त परिचय पनि राखिएको छः
‘डोरोथी ह्याम्रे सन् १९१५ मा वासिंगटनको सियाटलमा जन्मेकी थिइन्। उनले वासिंगटन विश्वविद्यालयबाट सन् १९३७ मा स्नातक र १९३८ मा स्नातकोत्तर गरिन्। सन् १९४१ मा उनले भाइरोलोजी (भाइरसशास्त्र) मा कोलोराडो विश्वविद्यालयबाट विद्यावारिधी गरिन्। सन् १९४१ देखि १९४२ सम्म उनी वासिंगटननको ‘नवौं कोर्प्स प्रयोगशाला’मा ब्याक्टेरियोलोजिस्ट थिइन्। त्यसपछि १९४२ देखि १९५१ सम्म उनी न्यू जर्सीको ‘स्क्युब इन्स्टिच्युट अफ् मेडिकल रिसर्च’मा आबद्ध भइन्। १९५१-१९५२ मा उनले ब्याक्टेरियोलोजिस्टको रुपमा उताहको ‘आर्मी केमिकल कोर्प्स’मा काम गरिन्। सन् १९५२ मा सिकागो विश्वविद्यालयको औषधीशास्त्र विभागमा अनुसन्धान सहयोगी र सह-प्राध्यापक भइन्। त्यहाँ उनले १९६८ सम्म काम गरिन्।’
१९६० को दशकमा उनी सेवानिवृत्त भइन्। त्यसपछि कोलोराडोका पहाडमा रहेको ओउरे शहरमा बस्न गइन्। एरिजोनामा भेटिएको थोमस एम ग्रिफिथको पुस्तक ‘सान जुआन कन्ट्री’मा उनको ओउरेको बसाईबारे थोरै चर्चा गरिएको छ।
‘एलेक्स र डोरोथी ब्रोउन्लीको घरमा आउनु, उनीहरूको सत्कार ग्रहण गर्नु र उनीहरूको पूर्व प्राज्ञिक जीवनका कर्मबारे जान्नु एउटा प्राज्ञिक जगतमा विचरण गर्नु हो।’
डोरोथी ह्याम्रेको १९ अप्रिल १९८९ मा निधन भएको थियो।
उनले छुट्याएको कोरोना भाइरस स्ट्रेन ‘२२९ई’ सामान्य खालको थियो जसले मध्यम प्रकारको संक्रमण गथ्थ्यो। तर कतिपय दुर्लभ अवसरमा यसले ज्यान नै लिनसक्थ्यो।
उनको निधनको ३० वर्षभन्दा बढी भयो। अहिले कोरोना भाइरस सुपरिचित नाम भएको छ। ‘सामाजिक दूरी’, ‘लकडाउन’ जस्ता शब्द नेता र सामान्यजनको जिब्रोमा झुण्डिएको छ। २१ औं शताब्दीको पहिलो दशकमै सार्स र मर्सजस्ता रोगले कोरोना भाइरसले सिर्जना गर्ने खतरा देखाइसकेका छन्।
डोरोथी ह्याम्रेले आफ्नो जीवन संक्रामक रोग र कोरोना भाइरसको खोजमा बिताइन्। उनले महामन्दी र दोस्रो विश्वयुद्धको बीचमा वैज्ञानिक करिअर स्थापना गरेकी थिइन्। उनी कल्पना र तत्परताले भरिपूर्ण थिइन्। उनले संक्रामक रोगबारेको प्रयोगशालामा आफ्नो कार्यदक्षता पुष्टि गरेकी थिइन्। अहिले संसारभरी कोरोना भाइरसको आतंक फैलिइरहेको बेलामा डोरोथी ह्याम्रेको नाम भने पर कतै विस्मृतिको सागरमा हराएको छ। उनीबारेका
थुप्रै सामग्री एरिजोनामा बन्द छ। यो भाइरसले हामीले उनको तस्वीर कहिले खोज्नेछौं भन्ने निर्णय गर्नेछ।
विस्मृतिमा पारिएकी यी वैज्ञानिकबारे सम्झिँदा एउटा पुरानो भनाई सम्झना हुन्छ- ‘समय र इतिहासले कम योग्यताको ठूलो चर्चा गर्छ र ठूलो योगदान धूमिल पारिदिन्छ।’
(पी. बलराम ‘नेसनल सेन्टर फर् बायोलोजिकल साइन्सेज, टाटा इन्स्टिच्युट अफ् फन्डामेन्टल रिसर्च, बेंग्लुरु’मा कार्यरत छन्। ‘फ्रन्टलाइन’मा पहिलो पटक प्रकाशित यो लेख ‘द वायर’बाट लक्ष्मण श्रेष्ठले अनुवाद गरेका हुन्।)
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्