“यो अन्तर-सांस्कृतिक आन्दोलन हो, जसले अमेरिकी हुने धेरै तरिकाहरू छन् भन्ने विचारलाई अझ सुदृढ पार्छ,” नेपालीमूलका अमेरिकी फेसन डिजाइनर प्रबल गुरुङ भन्छन्, “यो एउटा विचार हो। विभिन्न संस्कृति, समुदाय र सपनाहरूको संगम हो। विभिन्न अल्पसंख्यक समूहहरू एक भएर खडा हुन्छन्, भएपछि एउटा आश्चर्यजनक स्तरको समर्थन हुन्छ। त्यसले अधिक न्यायसंगत र शान्तिमय भविष्यका लागि उत्प्रेरित गर्छ।”
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले महामारीलाई ‘चिनियाँ भाइरस’ भनिरहेको र जातीय आधारमा विभेद भइरहेको समयमा यो भनाइ आफैँमा एक शक्तिशाली सन्देश हो। “भाइरसलाई जातीय नाम दिनु गलत हो। गलत सूचना प्रवाहको प्रभावमा परेर मानिसहरू आक्रामक भइरहेका छन्। भाइरसबारे सही सूचना प्रवाह हुनुपर्छ,” गुरुङ भन्छन्।
जातीय हिंसा बढाउन घृणाजन्य भाषा वा अभिव्यक्तिले पनि मुख्य भूमिका खेलेकोमा लिम पनि सहमत छन्। “अमेरिकी नेताहरूले यस्तो खालको जातीय घृणा फैलाइरहेको देख्दा दिक्क लाग्छ,” उनी भन्छन्।
“धेरै व्यक्ति असल व्यवहार गर्न चाहन्छन्,” गुरुङ भन्छन्, “म जातिवादी विचारले अचम्मितचाहिँ छैन। यो देशको अतुलनीय सौन्दर्य देखेर म सधैँ यसको जगमा भएका चिराबारे सचेत थिएँ।”
प्रबलले पहिले पनि आफ्न डिजाइनमार्फत् राजनीतिक मुद्दाहरू उठाउने गरेका छन्। उनका मोडलहरूले लगाउने टिसर्टमा ‘भविश्य महिलाको हो’, ‘हाम्रो शरीर, हाम्रो छनोट, हाम्रो शक्ति’, र ‘म एक आप्रवासी हुँ’ जस्ता नारा लेखिएका हुन्थे।
आयोजक ट्रम्पको निम्ति चन्दा उठाउने व्यक्ति भएको थाहा पाएपछि प्रबलले हड्सन यार्डमा १० औं वार्षिकोत्सवको अवसरमा भइरहेको न्यूयोर्क फेसन सप्ताह बीचमै रोकिदिएका थिए। त्यस्तै ट्रम्पको अध्यागमन प्रतिबन्धको समयमा उनले आफ्नो फेसन शोमा मोडलहरूलाई ‘को अमेरिकी हुन सक्छ?’ भन्ने प्रश्नसहितको ब्यानर भिरेका थिए।
त्यस्तो विरोध प्रदर्शनको विचार एउटा व्यावसायिक बैठकबाट आएको उनी बताउँछन्। एक बैठकमा उनले व्यवसायीहरूलाई अमेरिकी सौन्दर्यको पुनः परिभाषा गर्नेबारे बताइरहेका थिए। सहभागीमध्ये एक व्यवसायीले प्रबललाई सोधे, “तिमी अमेरिकीजस्तो त देखिदैनौँ, अनि कसरी अमेरिकालाई परिभाषित गर्न सक्छौ ?”
यो प्रश्नपछि प्रबलले आफ्ना मोडलहरूलाई ‘को अमेरिकी हुन सक्छ?’ भन्ने थिममा ब्यानर बनाएका थिए। प्रबल भन्छन्, “यो एक शक्तिशाली क्षण र दृश्य थियो संसारभरबाट आएका अनेकौं मोडलले अनेकौं अमेरिकी सपनालाई प्रस्तुत गरेका थिए।”
फेसनको दुनियाँमा राजनीतिक विचारको प्रवेश पनि पुस्ता परिवर्तनको लक्षण हो। लिम भन्छन्, “एशियाली संस्कृतिमा हामीलाई आमाबुवाले आफ्नो शीर तल राख्न सिकाउँछन्। जातीय भेदभावलाई नजरअन्दाज गर्न सिकाउँछन्। जसले गर्दा यस्तो घृणाभाव टाढा जाओस्। जातीय सद्भाव हाम्रो भावनामा सम्मिलित छ। तर हाम्रो वर्तमान अवस्था ठीक विपरीत छ। मौन रहँदा अधिकारबाटै वञ्चित हुने अवस्था आउनसक्छ। त्यसैले पाएको अवसर सुनिश्चित गर्न पनि हामी बोल्नुपर्छ।”
" />“यो अन्तर-सांस्कृतिक आन्दोलन हो, जसले अमेरिकी हुने धेरै तरिकाहरू छन् भन्ने विचारलाई अझ सुदृढ पार्छ,” नेपालीमूलका अमेरिकी फेसन डिजाइनर प्रबल गुरुङ भन्छन्, “यो एउटा विचार हो। विभिन्न संस्कृति, समुदाय र सपनाहरूको संगम हो। विभिन्न अल्पसंख्यक समूहहरू एक भएर खडा हुन्छन्, भएपछि एउटा आश्चर्यजनक स्तरको समर्थन हुन्छ। त्यसले अधिक न्यायसंगत र शान्तिमय भविष्यका लागि उत्प्रेरित गर्छ।”

">