"> काठमाडौंमा यसरी गरिँदैछ विद्युतीय तारलाई भूमिगत (तस्वीरहरू): Dekhapadhi
काठमाडौंमा यसरी गरिँदैछ विद्युतीय तारलाई भूमिगत (तस्वीरहरू)
काठमाडौं। काठमाडौंमा विद्युतीय तारलाई भूमिगत गर्ने काम जारी छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गत ५ फागुनमा महाराजगंजबाट विद्युतीय तार भूमिगत गर्ने कामको शुभारम्भ गरेका थिए। आगामी दुई वर्षभित्र सक्ने गरी कामको थालनी गरिएको हो।

रत्नपार्क वितरण केन्द्रअन्तर्गत अनामनगर, सिंहदरबार, माइतीघर, पुतलीसडक, बागबजार, रत्नपार्क, त्रीपुरेश्वर र थापाथलीको तारलाई भूमिगत गरिने छ।

त्यसैगरी, जमल, लैनचोर, न्यूरोड, ठमेल सोह्रखुट्टे र नक्साल, बौद्ध, जोरपाटी, चाबहिल, गौशाला, एयरर्पोट, बानेश्वरको तारलाई भूमिगत गरिने छ।

यस्तै, महाराजगञ्ज वितरण केन्द्रअन्तर्गत बूढानीलकण्ठ, टोखा, गोंगबु, सामाखुसी, वसुन्धारा, शिवपुरी, सुकेधारा, बालुवाटार र पानी, पानीपोखरी क्षेत्रका तारलाई भूमिगत गरिने छ।

यस क्षेत्रका ११ हजार भोल्टेज र ४०० भोल्टेजको तारलाई भूमिगत गरिने बताइएको छ। सोही क्रममा २५० किलोमिटर अप्टिकल फाइबर पनि बिछ्याउने योजना छ।

विद्युत् प्राधिकरणका अनुसार रत्नपार्क र महाराजगञ्ज क्षेत्रमा विद्युत् वितरण प्रणालीसँगै विभिन्न सेवा प्रदायक तथा कम्यूनिकेशनका तारहरू एउटै पाइपबाट भूमिगत गरिने छ।

विद्युत् वितरण प्रणालीलाई पहिलोपटक ‘अण्डरग्राउन्ड’ गर्न लागिएको हो। यो सफल भएपछि अन्य शहरी क्षेत्रमा क्रमशः वितरण प्रणालीलाई भूमिगत गर्दै लैजाने योजना विद्युत् प्राधिकरणको छ।

लकडाउनको ६०औं दिन (९ जेठ)मा तारलाई भूमिगत गर्ने काम गरिरहेका श्रमिकहरूलाई देखापढीका फाेटाे पत्रकार गोपेन राईले तस्वीरमा उतारेका छन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्