नेपाली सेनाको हवल्दार मेजरबाट अवकाशप्राप्त हुँ म। २०४० सालमा मैले अवकाश पाएको थिएँ। अहिले ७० वर्षको भएँ। जवानीमा मैले हिउँले ढाकिएको त्यो भूभागमा लडेको थिएँ। हाम्रो पल्टनले लडेको थियो। त्यो भूभाग नेपालको हो भन्ने जिउँदो साक्षी हुँ म। ‘खम्पा विद्रोह’लाई नियन्त्रण गर्न नेपाली सेना त्यहाँ लडेको थियो।
त्यसैले मेरो अनुभव खम्पा विद्रोहबाट शुरू हुन्छ।
चीनमा तिब्बतको शान्तिपूर्ण एकीकरणपछि सन् १९५९ मा केही असन्तुष्ट तिब्बतीहरू नेपालमा शरणार्थीका रूपमा आएका थिए। उनीहरूमध्ये केहीले गे वाङ्दीको नेतृत्वमा गठन भएको छापामार दस्ता गठन गरे। त्यो दस्तालाई जंगे खम्पा भनिन्थ्यो।
खम्पा समूहले शुरूमा चिनियाँ सेनासँग चीन र नेपालको सिमानामा युद्ध गर्न थाले। पछि नेपालभित्रै पनि तत्कालीन शाही नेपाली सेना, नेपाल प्रहरीका हातहतियार खोसेर आतंक मच्चाउने, लुटपाट गर्नेजस्ता अराजक गतिविधि गर्न थाले। त्यतिबेला खम्पाहरूले सशस्त्र गतिविधि सञ्चालन गर्ने थलो मनाङलाई बनाएका थिए।
मनाङ र मुस्ताङमा उनीहरूको जगजगी थियो। चीन सरकारको अनुरोधमा नेपाली सेनाले उनीहरूविरुद्ध कारवाही थाल्यो। हेलिकप्टरबाट सेना गएर कारवाही थालेको थियो।
नेपाली सेनाले घेरेपछि जे वाङ्दीले जोमसोमको क्याम्पका केही हतियार र केही अशक्तलाई नेपाली सेनाको जिम्मा लगाएर आफू चाहिँ भागे।
त्यसरी भागेका वाङ्दी हुम्लाको यारी गाउँ पुगेछन्। यारी गाउँमा पुगेर हुलदंगा गर्ने, लुटपाट गर्ने गर्न थालेछन्। त्यहाँ भएको प्रहरीलाई समेत केही समयका लागि कब्जामा लिएछन्। तर उनीहरूलाई प्रहरीसँग वाकीटकी छ भन्ने पनि थाहा रैनछ। त्यही वाकीटकीमार्फत् प्रहरीले नेपालगञ्जमा सम्पर्क गर्यो।
दोस्रो दिन वाङ्दीको दस्ता अगाडि बढिसकेको थियो। त्यहाँको प्रहरीले उनीहरू दार्चुलातिर अगाडि बढेको जानकारी गराएपछि तुरुन्त सेनालाई खबर गरियो।
१५ भदौ २०३१ मा बैतडीमा रहेको अरिदमन गणलाई खबर गरियो। म त्यही गणमा थिएँ। १६ भदौमा हाम्रो कम्पनी दार्चुलाको टिंकरमा उतारियो। त्यहाँ हामीले क्याम्प खडा गर्यौँ। त्यहाँबाट हामी केही साथीहरू हिँडेर लिपुलेक पुग्यौं। त्यो बाटोमा एकदमै लेक लाग्ने रहेछ। लेकमा पुगेपछि हामी लुकेर डिफेन्समा बस्यौं। आधा सेना लिम्पियाधुरामा गएर बस्यो।
१८ भदौका दिन बिहानै फायर चल्यो। हामीहरू त १७ गते रातिदेखि नै डिफेन्समा बसिसकेका थियौं। उनीहरूलाई लागेछ, नेपाली सेनाको डिफेन्समा धेरै सेना छन्। उनीहरू चीनतिरबाट लिपूलेकतिर आउँदै फायर खोल्दै थिए।
उनीहरूसँग धेरै सेना छन् भन्ने थाहा भएपछि हामीले तुरुन्त नम्बर ४ बाहिनीलाई खबर गर्यौं। जनरल आदित्य शम्शेर राणाले धनगढीबाट एक कम्पनी सेना तुरुन्तै हेलिकप्टरमार्फत् हाम्रो सहयोगको लागि पठाइदिए। उनीहरू करिब १० हजार जति थिए होला।
यदि त्यो भूमि भारतको भए डेढ महीना बस्दा विद्रोह गर्नुपर्ने, हामीलाई जान रोक लगाउनुपर्ने, तर, उनीहरू टुलुटुलु हेरेर बसेका थिए। हामी नेपालको भूमिमा बसेकाले अब केही गर्ने हुन् कि भन्ने डरमा थिए।
अरिदमन गण र फस्ट राइफल गणबाट गरी हामी डेढ सयको संख्यामा थियौं होला। लडाईको क्रममा हामीहरू हिउँमै डिफेन्स लिएर बसेका थियौं। डिफेन्स लिएर लड्दा लड्दै अति नै भएपछि गोली चलिरहेकै बेला उठेर शरिरमा भएको हिउँ फाल्नु पर्थ्यो।
हामी एक दिन अगाडि नै डिफेन्स (लुकेर) बसेकाले हाम्रोतर्फ कुनै पनि हताहाती भएन्। केही साथीहरू सामान्य घाइते भएका थिए।
जे वाङ्दी त्यहीँ मारिए। उनीसहित धेरै खम्पाहरू मारिए। उनीहरू धमाधम मर्न थालेपछि आफ्ना केही सामानहरू जलाएर, सक्ने समानहरू बोकेर भारततिर भागे। हामी पनि दिनभर लड्दालड्दै थाकिसकेका थियौं। बिहान ७ बजेदेखि राति ८ बजेसम्म अविराम लडाई भयो।
त्यो बीचमा हामी पनि भोकभोकै थियौं। लगातारको लडाईंका कारण हामी पनि पुरै थाकिसकेका थियौं। मौसम सफा भयो भने मात्र हेलिकोप्टरले खाना लैजाने नत्र त्यतिकै भोकै बस्नुपर्ने अवस्था थियो।
खम्पाहरू भागेपछि उनीहरूका हतियार र घोडा–खच्चड पनि हामीले कब्जामा लिएका थियौं। खम्पाहरू त्यहाँबाट भागेपछि लडाई सकिएको थियो। तैपनि खम्पाहरू फेरि आउन सक्ने भन्दै डेढ महीना त्यही बस्यौं। लिपूलेकबाट तल झरेर टिंकरमा आयौं। त्यहाँबाट पनि तल झरेर छ्याङरुमा १० दिन जति बस्यौं। खम्पाहरू आउँदैछ भन्ने खबर पाएपछि त्यहाँ बसेका थियौं।
कालापानी भारतको भए हामीलाई किन बस्न दियो?
यदि कालापानी, लिपूलेक क्षेत्र भारतको थियो भने डेढ महिनासम्म हामीलाई किन बस्न दिइन्थ्यो र ? अहिले सामान्य नागरिकलाई त हिड्न दिइएको छैन भने त्यसरी हतियारसहित हामी जाँदा किन बस्न दियो त? भारतीय सेनाको क्याम्पभन्दा माथि हाम्रो क्याम्प थियो।
त्यतिबेला पनि कालापानीमा भारतीय सेनाको चौकी रहेछ। हामीले उनीहरूभन्दा माथि गएर खम्पासँग लडाइ गरेका थियौं।
सेनाको हेलिकप्टर कालापानी, लिपूलेक क्षेत्रमा गएको देखेपछि कालापानीमा बसेको भारतीय सेनाले तिंकर क्याम्पमा रहेकाहरूलाई ‘तिमीहरूको हेलिकप्टर किन आएको? के भइरहेको छ?’ भनेर सोधेको रहेछ।

भारतीय सेनाले वाङ्दीको सेनालाई सहयोग गरेर पिथौरागढतिर लग्यो। पछि छ्याङरुमा आएपछि मात्र हामीलाई खम्पाहरूलाई भारतीय सेनाले सहयोग गरेको भन्ने थाहा भयो।
सुप्रशंसनीय पट्टा पदकबाट सम्मानित
उक्त लडाईं बहादुरीका साथ जितेको भन्दै स्वर्गीय राजा विरेन्द्रले मलाई नगद ५०० रूपैयाँ पुरस्कारसहित विभिन्न पदकबाट सम्मानित गर्नुभएको थियो। त्यो बेला मेरो तलब ७२ रूपैयाँ थियो। पुरस्कार पाएपछि मात्र मैले सय/सयको नोट देखेको थिएँ।
मलाई सुप्रशंसनिय पट्टा र दुर्गम सेवा पदक, सैनिक सेवा पदक लगायतबाट सम्मान गरिएको थियो।
यसरी कालापानी, लिपुलेक, लिम्पियाधुरा नेपालकै हो भन्ने जिउँदो साक्षी म पनि हुँ।
(नेपाली सेनाका अवकासप्राप्त हवल्दार मेजर दलबहादुर चन्दसँग कृष्णसिंह धामीले गरेको कुराकानीमा आधारित।)
" />नेपाली सेनाको हवल्दार मेजरबाट अवकाशप्राप्त हुँ म। २०४० सालमा मैले अवकाश पाएको थिएँ। अहिले ७० वर्षको भएँ। जवानीमा मैले हिउँले ढाकिएको त्यो भूभागमा लडेको थिएँ। हाम्रो पल्टनले लडेको थियो। त्यो भूभाग नेपालको हो भन्ने जिउँदो साक्षी हुँ म। ‘खम्पा विद्रोह’लाई नियन्त्रण गर्न नेपाली सेना त्यहाँ लडेको थियो।

">