काठमाडौं। नेपाली क्रिकेटको इतिहासमै पहिलो पटक आयोजना भएको फ्रेन्चाइज क्रिकेट लिग वुमन च्याम्पियन्स लिग (डब्लुसिएल) को उपाधि चितवन राइनोजले जितेको छ।

आज भएको फाइनलमा इन्दू वर्माको कप्तानीमा रहेको चितवनले रुबिना क्षेत्रीको कप्तानीमा रहेको क्याट क्वीन्स काठमाडौंलाई ४५ रनले पराजित गर्दै च्याम्पियन ट्रफी उचालेको हो।

राष्ट्रिय महिला टीमकी कप्तानसमेत रहेकी अलराउण्डर रुबिनाको टीमले फाइनलमा अपेक्षा अनुसारको प्रदर्शन गर्न सकेन।

चितवनलाई ११२ रनमै रोकेको काठमाडौंले लक्ष्य पछ्याउने क्रममा २० ओभरमा सबै विकेट गुमाएर ६७ रन मात्र बनाउन सक्यो।

फाइनलसम्म अपराजित रहेको चितवनले सबै खेल जित्यो।

उद्घाटन खेलमै चितवनसँग पराजित काठमाडौंले पुनरागमन गर्दै लिग चरणका बाँकी खेल जितेको थियो। त्यसैले फाइनलमा चितवनविरुद्ध बदला लिने अवसरसमेत काठमाडौंसामु थियो।

तर, मैदानमा ब्याटिङ, बलिङ र फिल्डिङ सबैमा उत्कृष्ट प्रदर्शन गर्दै चितवन पहिलो संस्करणको डब्लुसीएलको च्याम्पियन बन्यो। नगद सात लाख रुपैयाँ र ट्रफी पायो।

फाइनलमा पराजित भएपछि काठमाडौंकी कप्तान रुबिनाले जसले जिते पनि महिला क्रिकेटकै जित भएको प्रतिक्रिया दिइन्।

“फाइनल जित्न नपाउँदा निराशा त छ तर, खुशी पनि लागेको छ कि महिला क्रिकेटको जित भएको छ”, रुबिनाले भनिन्, “म यो देशको महिला क्रिकेट टीमको कप्तान हुँ भन्दा गर्व लाग्ने गरी सबैले राम्रो खेले।”

आफूले ट्रफी उचाल्न नपाए पनि महिला क्रिकेटले नै ट्रफी उचालेको उनले बताइन्। “ट्रफी उचाल्न नपाउनु त खेलाडीका लागि सबै भन्दा दुःखको कुरा हो तर, जसले महिला क्रिकेटरले नै उचालेको छ। त्यसमा खुशी छु।”

यस्तै पहिलो डब्लुसीएलको उपाधि जितेकी कप्तान इन्दू वर्माले खुशी व्यक्त गर्ने शब्द नै नभएको बताइन्। “एकदमै उत्साहित छु, यो खुशी वर्णन गर्न नै सक्दिनँ।”

खेलेका सबै पाँच खेलमा चितवनलाई अपराजित राख्ने क्रममा इन्दूले टीमको नेतृत्व र खेलाडीको रूपमा मैदानमा प्रदर्शन दुवैमा सशक्त भूमिका निभाइन्।

राष्ट्रिय टीममा सँगै खेल्ने रुबिनाले सहकर्मी इन्दूको टीमले फाइनलमा राम्रो खेलेको भन्दै प्रशंसा गरिन्, “उनीहरूले राम्रो क्रिकेट खेले।”

शुरुआती ओभरमा बलिङ राम्रो हुन नसक्दा लक्ष्य ११३ पुगेको रुबिनाले बताइन्। “शुरुवाती २–३ ओभरमा प्रदर्शन राम्रो नभएर ११३ टार्गेट पुग्यो। फाइनलमा लक्ष्य ठूलो पाएपछि साथीहरु नर्भस भए”, रुबिनाले हारको कारण खुलाइन्, “टीम सिनियर खेलाडीमा धेरै निर्भर रह्यो। जुनियर खेलाडीले त्यो दायित्व धेरै सिक्न बाँकी छ।”

इन्दू भने फाइनलमा टीमको प्रदर्शनबाट सन्तुष्ट छन्। “विपक्षीलाई शुरुदेखि नै दबाब दिएर खेल्यौं। जस्तो नतिजाको अपेक्षा गरेका थियौ‌ं त्यस्तै भयो”, ट्रफी उचालेपछि इन्दूले भनिन्।

खेलमा कुनै बेला दबाब परेको भए पनि त्यसलाई ‘ह्याण्डल’ गर्न सफल भएको इन्दूले बताइन्। १९.३ ओभरमा चितवनको १०० रन भएको अवस्थामा अन्तिम ३ बलमा इन्दूले लगातार चौका प्रहार गर्दै स्कोर ११२ पुर्‍याएकी थिइन्।

उनले विपक्षी टीमले राम्रो खेले पनि टस जितेर फिल्डिङ रोज्ने गलत निर्णय गरेको बताइन्। “हामीसँग पहिलो खेल हारेपछि उनीहरूले सुधार गरेका थिए। तर, टस जितेर गलत निर्णय गरे।”

च्याम्पियन बन्न नसके पनि काठमाडौं कप्तान रुबिनाले प्लेअर अफ दी सिरिजको अवार्ड जितिन्। उनले कूल ६ खेल खेल्दै दुई अर्धशतकसहित सर्वाधिक २१४ रन बनाइन् भने बलिङमा कूल ५ विकेट लिइन्।

“हरेक दिन म अझै राम्रो क्रिकेट खेल्ने प्रयास गरिरहेकी छु”, रुबिनाले भनिन्, “मैले जिम्मेवारी लिएर खेलेको भए टीमले जित्न पनि सक्थ्यो।”

उनले डब्लुसीएलमा नयाँ खेलाडीले राम्रो प्रदर्शन गरेको बताइन्, “महिला क्रिकेटको लागि यो राम्रो संकेत हो।”

गत वर्ष पुरुषको पोखरा प्रिमियर लिग (पीपीएल) को सफल आयोजना गरेको क्वीन्स इभेन्ट म्यानेजमेन्टले यस पटक महिला फ्रेन्चाइज लिग पनि सफल आयोजना गरेको छ।

प्रतियोगितामा पाँच शहरका पाँच फ्रेन्चाइज टीमले प्रतिस्पर्धा गरेका थिए।

“यो लिग महिला क्रिकेटरले खेल्न पाउनु सबैभन्दा ठूलो उपलब्धि हो”, आयोजनाको व्यवस्थापकीय भूमिकामा रहेका पुरुष क्रिकेट टीमका अलराउण्डर पारस खड्काले भने, “नेपालमा ट्यालेन्टको कमी छैन। तर, प्रतिभालाई खेल्नको लागि प्लेटफर्म चाहिन्छ। त्यो डब्लुसीएलले दिएको छ। आगामी दिनमा यो टुर्नानमेन्ट अझ राम्रो बनोस्।”

महिला क्रिकेटरलाई अझ उत्कृष्ट बनाउन आफूहरू सधैँ लागिपर्ने पारसले बताए।

नेपालको पुरुष टीमलाई एक दशक निरन्तर कप्तानी गरेका पारसले केही दिनअघि मात्र कप्तानबाट राजीनामा दिएका थिए।

" /> काठमाडौं। नेपाली क्रिकेटको इतिहासमै पहिलो पटक आयोजना भएको फ्रेन्चाइज क्रिकेट लिग वुमन च्याम्पियन्स लिग (डब्लुसिएल) को उपाधि चितवन राइनोजले जितेको छ।

"> डब्लुसीएलः ‘महिला क्रिकेटको जित’: Dekhapadhi
डब्लुसीएलः ‘महिला क्रिकेटको जित’

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्