‘यो देश बन्दैन ।’
अचेल धेरैको थेगो भएको छ यो वाक्य । युवामै यस्तो मानसिकता बढी देखिन्छ । जबकि युवालाई परिवर्तनको संवाहक मानिन्छ । संसारका धेरैजसो देशले जनसंख्याको मुख्य हिस्सा युवा भएको अवस्थामा मात्र प्रगतिमा फड्को मारेका छन् । त्यसको पछिल्लो उदाहरण कोरिया, थाइल्याण्ड, सिंगापुरजस्ता देश हुन् ।
नेपाल अहिले त्यही अवस्थामा छ । सिंगो जनसंख्याको ४० प्रतिशत युवा छन् । यो कुनै पनि प्रगतिका लागि पर्याप्त जनशक्ति हो । विडम्बना ! यो जनशक्तिको उपयोग हुन सकिरहेको छैन । त्यसैले निराशा प्रवाह भइरहेको छ ।
नेतृत्वदायी पदहरुमा पुराना नेताहरु भएकाले प्रगति पथमा देश हिँड्न सकेन भन्ने गुनासो छ । के युवा हुँदैमा देश फेर्न सकिन्छ त ? नेतृत्वमा यूवा आउने वित्तिकै देश कसरी सप्रन्छ ?
यो गहन प्रश्न हो । यसको उत्तर सजिलो भने छैन । तर नबिर्सौं, आज पुराना भनिएका नेताले युवावस्थामा नै परिवर्तनको यात्रा थालेका हुन् । उनीहरुले युवा दिमाग र सोच प्रयोग नगरेको भए हामीले लोकतन्त्रले दिएका अधिकार उपयोग गर्न सक्दैनथ्यौं ।
युवापन उमेर मात्र होइन । चिन्तन र चेतना पनि हो । उमेरले तन्नेरी भए पनि चिन्तन पुरानै छ भने युवा हुँदैन । तर चेतना र चिन्तन दुवैले युवा भने राजनीतिमा मात्र होइन सबै क्षेत्रमा हुन आवश्यक छ ।
युवालाई देशको बागडोर हाँक्नसक्ने बनाउन भने केही प्रयत्न गर्नैपर्छ । अहिले हामीकहाँ केही बाधक छन् जसले युवालाई परिवर्तनका संवाहक हुन दिइरहेको छैन । र सिंगो परिवर्तनकै बाधक बनिरहेछन् ।
साथै केही अन्य बाधक छन् जसले हामीलाई प्रगति हुन दिइरहेका छैनन् ।
जमेको नेतृत्व
युवालाई नेतृत्वमा आउन नदिने पहिलो बाधक वर्तमान नेतृत्वपद्दति हो । हाम्रो नेतृत्व ताल, पोखरी जस्तो छ । त्यहाँ भएका केही ठुला माछाले सबै आहारा खाइरहन्छन र साना माछा हेरिमात्र रहन्छन् ।
नेतृत्व भनेको नदि जस्तो हुनु पर्दछ जो निरन्तर बगिरहन्छ । बहावले मात्र नयाँ नेतृत्व जन्माउँछ ।
निरंकुश राजतन्त्रमा मात्र एउटै व्यक्ति पदमा बसिरहने हो । गणतन्त्रमा भने बहाव चाहिन्छ । त्यो बहावको सुरुआत खाँचो भएको छ । त्यो सुरुआत भनेको पुरानो पुस्तालाई बेवास्ता र अपमान गरेर हैन उहाँहरुले गरेको योगदानको कदर गर्दै अभिभावकत्व स्वीकार गरेर हुने हो ।
पछाडि परिरहेको समुदाय, क्षेत्र, वर्ग र लिंगलाई समेटेर नयाँ नेतृत्व निर्माण हुने पद्दति बसाल्न आवश्यक छ । कल्पना गरौं, अबको ५ वर्षमा यो देशमा महिला प्रधानमन्त्री हुनेछन् । १० बर्षमा मधेशी दलित राष्ट्रपति हुनेछन् । परिवर्तन त गरे सम्भव छ । इतिहासबाट सिके संम्भव छ ।
चाहिन्छ प्रणाली
परिवर्तनका लागि व्यवस्थित प्रणाली चाहिन्छ । संसारका कुनै पनि देश यत्तिकै अघि बढेका होइनन् । छिटो, छरितो सेवाप्रवाह गर्नसक्ने प्रणाली विकास गरेरै भएका हुन् । अमेरिका त्यसको उदाहरण हो । प्रणाली नियम–कानूनले मात्र होइन संस्कारले बसाल्ने हो ।
धेरैपटक अन्तर्राष्ट्रिय विमानस्थलको बाटो भएर विदेश यात्रा गर्दा देख्छु, हाम्रोमा लागेको लाइन जहिल्यै भताभुंग हुन्छ । तर यही नेपाली कतार पुगेपछि सतर्कताका साथ रातो घेरा नकाटी लाइनमा लागिरहेका हुन्छन् ।
विदेशी भूमिमा हामीले अपनाउने अनुशासन र संस्कार यहाँ पनि आवश्यक पर्छ ।
रोलमोडल खोई
कुनै पनि समाजले एउटा रोलमोडल बनाएको हुन्छ । हरेक क्षेत्रमा ऊ जस्तै बन्ने अभ्यास गरिन्छ । तर हामीकहाँ रोलमोडलको कमी छ । न राजनीतिमा रोलमोडल छन् न पत्रकारितामा । न व्यापारिक क्षेत्रमा न न्याय क्षेत्रमा ।
हामीलाई रोलमोडलको खाँचो छ । त्यसो भए रोलमोडलहरु नबन्दासम्म कुरेर बस्ने त ? होइन, अब हामी सबै आ–आफ्नो क्षेत्रमा रोलमोडल बन्नुुपर्छ ।
फेरौं दृष्टिकोण
मानवशास्त्री डोर बहादुर बिष्टले ‘फेटलिज्म एड डेभलपमेन्ट’मा लेखेका छन् – ‘भाग्यवादले गर्दा हामी पौरख शुन्य भयौं ।’ त्यसमा थपौं, नेपालमा सबैभन्दा बढी सीप भएका वर्ग–समुदायलाई सबभन्दा पछाडी पारियो ।
उनीहरुलाई विभेदको शिकार बनाइयो । जसले गर्दा उनीहरुले आफुले गरिरहेको कामप्रति आत्मसम्मानको अनुभूति गर्न सकेनन् । त्यो समुदायका यूवा पुस्ताले ती पेशा–व्यवसायलाई न अंगाले न त आधुनिकीकरण गर्ने नै सोचे । काम गर्नेहरुप्रति सम्मान गर्ने चिन्तन नहुँदा पनि नेपाली समाज विकास हुन सकिरहेको छैन ।
नेपालमा बंगुरपालन गर्न हिचकिचाउने युवा कतारमा उँट चराउन तयार हुन्छ । श्रमलाई हेप्ने सामाजिक दृष्टिकोणले यो अवस्था ल्याएको हो । त्यसैले नै बर्षेनी पाँच लाख पचास हजार भन्दा बढी यूवा श्रम बजारमा प्रबेश गर्छन् र बेरोजगार छन् ।
अर्कोतर्फ व्यवसाय–व्यापार गर्ने सोच राख्नेलाई वातावरण छैन । व्यवस्थापनमा स्नातकोत्तर गरेको कुनै यूवाले व्यवसाय सञ्चालन गर्छु भन्यो भने सजिलै कर्जा पाउँदैन । कर्जा पाउनको लागि धितो अनिवार्य छ
। धितो राख्नु स्वाभाविक होला । हातमा डिग्री पास गरेको यूवाको लागि शैक्षिक प्रमाणपत्र सबभन्दा महत्वपूर्ण हो । तर अहिलेसम्म बैंकहरुले प्रमाणपत्रलाई धितो मानिरहेका छैनन् । केही देशमा परियोजना राम्रो छ भने, बैंकले शेयर लिएर भए पनि संलग्न हुन्छ । आफ्नो व्यवस्थापकीय दक्षता प्रयोग गरेर बैंकले त्यस्ता परियोजना सफल बनाउन मद्दत गर्छ ।
अर्कोतर्फ नेपालका बैंकहरुको व्याजदर निक्कै उच्च छ । नेपाल राष्ट्र बैंकले यसबारे सोच्न ढिला भइसकेको छ । गाउँ–गाउँमा खुलेका सहकारी सबैका लागि हितकारी हुन सकिरहेका छैनन् । गाउँमा सिर्जनशील परियोजनामा लगानी गर्ने भन्दा विहे, व्रतबन्ध र स–साना आवश्यकता पूरा गर्न सहकारीको प्रयोग भइरहेको पाइन्छ । नेपालका सहकारीहरुले पनि गाउँको आवश्यकता अनुरुपका योजना बनाउन ढिलो भइसकेको छ ।
पुरा गरौं दायित्व
विद्यालय व्यवस्थापन समिति गठन गर्दा होस् वा वन व्यवस्थापन समिति गठन गर्दा, हामीकहाँ अध्यक्ष पदका लागि सधैँ हानथाप हुने गरेको छ । तर, त्यो पदमा पुगेपछि के गर्ने भन्ने योजना भने प्रायःसँग भएको पाइँदैन ।
हामीले प्रगति नगर्नुमा यो पनि एउटा कारण हो । योजनाबिनाका मानिसहरु नेतृत्वमा पुग्दा भएका स्रोत–साधन र जनशक्तिको सही उपयोग भइरहेको छैन । अन्यत्र भने योजना भएका मानिस अगाडि आउने गरेका छन् ।
दुईवर्ष अघि विहारका मुख्यमन्त्री नितिशकुमारले एक भेटमा भनेका थिए – “मेरा केही गुरुयोजना छन् । विहार राज्यको कुनै पनि गाँउबाट मुख्यमन्त्रीलाई भेटन पटना आँउदा ६ घण्टा भन्दा बढी नलागोस् ।”
उनको अर्को योजना थियो– सवै भारतीयको भान्छामा, बिहारमा उत्पादन भएको कुनै एक सामाग्री पाकोस् । त्यसका लागि उनले कृषि क्याविनेट बनाएर काम गरिरहेका छन् ।
कुनै बेला गरिबी र पछौटेपनको उदाहरण मानिने बिहारको रुप अहिले फेरिँदैछ । त्यसैले नेतृत्वमा पुग्दैमा हुने केही होइन । प्रगतिका लागि योजना र दृष्टिकोण चाहिन्छ । यो गाउँको युवा क्लबदेखि प्रधानमन्त्रीसम्म लागू हुन्छ ।
जिम्मा कसले लिने ?
देशले अहिलेसम्म प्रगतिको यात्रा नथाल्नुमा मुख्य जिम्मा अहिलेसम्म शासन चलाउनेले नै लिनुपर्छ । आज पनि यो देश गरीव नेपाली आमाका छोराछोरीहरुले कतार, दुवई, मलेशिया लगायतका विदेशी भूमिमा बगाएको रगत, आँसु, पसिना र यौवनले धानिएको छ । तर पनि उनीहरुको न शासनसत्तामा पँहुच छ न त उनीहरुले राज्यबाट केही सेवासुविधा पाएका छन । विदेशी भूमिमा श्रम गरेर यो देश चलाउन मद्दत गर्नेहरुले एउटा राहदानी लिन महिनौं धाउनुपर्ने, हजारौं पैसा खर्च गर्नुपर्ने बाध्यता छ ।
यो देशमा शासन सत्ता हातमा लिएर बसेकामध्ये अधिकांशका छोराछोरी स्वदेशमा छैनन् । उनीहरुले नेपालमा आफ्नो भविष्य पनि देखेका छैनन् । जसले यो देश चलाउछ र उसैले यहाँ आफ्नो भविष्य देख्दैन भने कसले देख्छ ?
फेरी पनि यो यथास्थितिको परिवर्तन नगर्दासम्म देशले कोल्टे फेर्नेछैन । त्यसका लागि कोही देवदूत आइदिने पनि छैन । हामी युवाले नै कम्मर कसेर लाग्नुपर्छ । अघिल्लो पुस्ताको प्रयासले हामी यहाँसम्म आइपुगेका छौं । अब अगाडि बढाउने हामीले हो ।