काठमाडौं। जीवन अहिले असामान्य चरणबाट गुज्रिँदैछ। महामारीको सन्त्रासमुनि जिन्दगी जिउनु सहज छैन।
यो कठिन परिस्थिति झल्काउने तस्वीर अहिले सर्वत्र छन्। इतिहासका पानाहरूमा ती तस्वीर हामी बाँचेको वर्तमानको साक्षी कथा भइबस्नेछन्। तर, ती कठिनाइले मात्रै वर्तमानको साँचो कथा पूरा हुने छैन। वर्तमान त सास्तीको मात्र कहाँ हो र ? संघर्षको पनि हो।
सकसपूर्ण समयमा पनि मानिसले संघर्ष गरिरहेको पनि त आजको यथार्थ हो।
हो, समय कठिन छ। तर, मानिसको संघर्ष रोकिएको छैन। यही संघर्षले जीवनको निरन्तरता कायम गरेको छ। जीवन चलेकै छ। चलायमान जिन्दगीका केही तस्वीर यहाँ प्रस्तुत छन्ः

रोकिएको छैन जीवन, चल्दैछ आफ्नै लयमा (तस्वीर कथा): Dekhapadhi
रोकिएको छैन जीवन, चल्दैछ आफ्नै लयमा (तस्वीर कथा)

काठमाडौं। जीवन अहिले असामान्य चरणबाट गुज्रिँदैछ। महामारीको सन्त्रासमुनि जिन्दगी जिउनु सहज छैन।

यो कठिन परिस्थिति झल्काउने तस्वीर अहिले सर्वत्र छन्। इतिहासका पानाहरूमा ती तस्वीर हामी बाँचेको वर्तमानको साक्षी कथा भइबस्नेछन्। तर, ती कठिनाइले मात्रै वर्तमानको साँचो कथा पूरा हुने छैन। वर्तमान त सास्तीको मात्र कहाँ हो र ? संघर्षको पनि हो।

सकसपूर्ण समयमा पनि मानिसले संघर्ष गरिरहेको पनि त आजको यथार्थ हो।

हो, समय कठिन छ। तर, मानिसको संघर्ष रोकिएको छैन। यही संघर्षले जीवनको निरन्तरता कायम गरेको छ। जीवन चलेकै छ। चलायमान जिन्दगीका केही तस्वीर यहाँ प्रस्तुत छन्ः

कोभिड–१९ महामारीले मास्कलाई जीवनको अंग बनाइदिएको छ। हिजो धुलोधूवाँबाट मास्क लगाउने गरेता पनि यो अनिवार्य थिएन। अहिले जिन्दगीको निरन्तरताको निम्ति मास्क अनिवार्य बनेको छ। मास्क लगाएर पाटन दरबार क्षेत्रमा हिँडिरहेका केही मानिसहरू।

फूलखेती शोख मात्र होइन। यो त जीविकाको निम्ति गरिने व्यवसाय पनि हो। ललितपुर गोदावरी–१, गोदाचौरकी रिता थापा (५०) को लागि फूलखेती व्यवसाय हो। तर, लकडाउनका कारण पुष्प बजार ठप्प भयो। बजारमा नगएका फूल बारीमै खेर जान दिनुभन्दा व्यक्तिगत प्रयोजनका लागि टिप्दैछिन् उनी।

छेउमा तरकारी खेती छ जसको बजार हो काठमाडौं शहर। काठमाडौं उपत्यकाको किनार ललितपुर नागदहमा तरकारी खेतीसँगै पशुपालन पनि गरेका छन् किसानले। तिनै पशुका लागि हरियो घाँस काट्दै एक किसान।

लकडाउनले सवारीसाधन बन्द छन्। तर, गन्तव्य मेटिएको छैन। यात्रा रोकिएको छैन। ललितपुरको झरुवार्सीमा गन्तव्यतिर जाँदै बटुवा।

जेठ ढल्किँदै गर्दाको चर्को घाम उपत्यकामा पनि उत्तिकै परेको छ। घाममा छाता ओढेर हिँडिरहेकी ललितपुर झरुवार्सीमा हिँडिरहेकी एक महिला।