नेपाली साहित्यमा युग पाठकको छुट्टै परिचय छ । ‘उर्गेनको घोडा’ उपन्यासमार्फत् साहित्यमा छिरेका उनी सदावहार प्रतिपक्ष देखिन्छन् । आफ्ना प्रतिपक्षी आवाजलाई ‘माङ्गेना’मार्फत पुस्तकाकारमा ल्याएका पाठक स्तम्भकार पनि हुन् । उनको परिचयको सूचीमा नयाँ विशेषण थपिएको छ– अनुवादक । कन्नड लेखक विवेक सानभागको उपन्यास ‘घाचर घोचर’को अंग्रेजीबाट अनुवाद गरेका पाठकसँग उनको अनुवादकर्मबारे गरिएको कुराकानीः
अनुवादका लागि ‘घाचर घोचर’ नै किन रोज्नुभयो ?
यसको सिधा कुरा के भने सफू प्रकाशनका मित्रहरु प्रणवमान सिंह र प्रविण अधिकारीले अनुवादका लागि यो उपन्यास छान्नुभएको हो । मैले त्यो छनोटलाई अनुमोदन मात्र गरेको हुँ । त्यो छनोट मलाई किन जँच्यो भन्ने प्रश्नको जवाफ उपन्यास पढेपछि पाठकहरुले स्वयम् महसुस गर्नुहुनेछ।
यो उपन्यासले त्यस्तो के विषयवस्तु समेटेको छ र ?
‘घाचर घोचर’ले एउटा परिवारको कथा भन्छ । उपन्यासको दोस्रो अध्यायको पहिलो अनुच्छेदबाटै थाहा हुन्छ यो परिवारमा जम्मा ६ जना सदस्य छन् । कथा उनीहरुकै वरिपरी घुम्छ । सहरमा डेरा गरेर बस्ने निम्न मध्यम वर्गको सेल्सम्यानको परिवार अचानक मध्यम वर्गमा उक्लेपछि जन्मिने उतारचढाव नै उपन्यासको मुख्य खुराक हो ।
मलाई जँचेको कुरा चाहिँ के भने ‘घाचर घोचर’ले बडो सरल कथाको माध्यमबाट दक्षिण एशियाली सहरी समाजमा उब्जेको नैतिक संकटलाई चित्रण गर्छ । रातारात धनी हुने आकांक्षाले अन्टसन्ट उपायमा हुत्याउँछ । हाम्रै सहरतिर नियालौं । जग्गा दलाली गरेर होस् वा राजनीतिक पहुँचलाई नै दलालीको मोहरा बनाएर होस्, रातारात धनी हुने तुजुक यत्रतत्र देखिन्छ । त्यसले पुरै समाजमा एक किसिमको असन्तुलन त ल्याउने नै भयो, स्वयम् अचानक धनी भएको परिवारमा समेत सन्तुलन खल्बल्याइदिन्छ ।
उपन्यासभित्रको परिवारमा जब अनिता नाम गरेकी पात्रको प्रवेश हुन्छ, रातारात धनी भएको त्यो परिवारका नक्कली पर्खालहरु चर्मराउन थाल्छन् । किनभने अनिता अन्यायको खिलाफ आवाज उठाउँछे, नकच्चरोपन र नक्कली अभिमानको खिलाफ छे । सहरको अँध्यारो कोठाबाट उज्यालो महलमा पुगेको परिवारभित्र जुन अँध्यारो बाँचिरहेको छ, त्यो थाहा पाउन जरुरी छ । यो उपन्यासले त्यो अँध्यारो दर्शन गराउँछ ।
‘घाचर घोचर’ पढ्दा पनि दक्षिण भारतको कुनै सहरमा बाँचिरहेका मानिसको जिन्दगीभित्र चियाउने अवसर हामीलाई मिल्छ । नेपाली पाठकका लागि अझ सुखद खबर के भने यसभित्र हाम्रै सहरभित्र हामीले नै बाँचेको वा देखेको जिन्दगीको झलक देख्न पाइन्छ ।
नेपाली समाजमा यो उपन्यासको सान्दर्भिकता के रहन्छ?
त्यसो त हाम्रो जीवन केही दर्जन मानिसहरुको वरिपरी बित्छ । संसारले विभिन्न माध्यमबाट एउटा मान्छेमा आफ्नो प्रभाव दर्ज गरिरहेकै हुन्छ । तैपनि एउटा मान्छेको परिचय र जीवनका सुखदुःख अनुभूत गर्ने घेरा साँघुरै हुन्छ । त्यही साँघुरो घेराबाट फराकिलो चिन्तनको बाटोतिर लैजाने महत्वपूर्ण साधन साहित्य हो । कुनै उपन्यास पढ्नु भनेको नयाँ अनुभव र अनुभूतिको दुनियाँमा पुग्नु हो । जति धेरै मानिसहरुको संसार देख्यो, त्यति मान्छे समृद्ध र न्यायप्रेमी हुँदै जान्छ । किनभने उसको साँघुरो घेरा भत्कन्छ र ऊ चेतनाको झ्यालबाट संसार चियाउन थाल्छ ।

‘घाचर घोचर’बाट नेपाली आख्यान लेखकले के ग्रहण गर्नुपर्छ ?
भनिन्छ, आँखाले देखेको मात्र सत्य हुँदैन । अर्थात् आँखाले वा दृश्यले पनि छल गर्छ । वास्तवमा कुरा यस्तो हो: यथार्थ वा सत्यलाई भन्ने हाम्रो आफ्नै तरिका हुन्छ । त्यो तरिका संस्कृतिपिच्छे फरक हुनसक्छ । जे होस्, हामी यथार्थलाई जुन भाषाशैलीमा व्यक्त गर्छौं, त्यसले सोही यथार्थलाई अर्कै किसिमले भनिदिन सक्छ । यथार्थलाई चित्रण गर्ने एउटा कला हो आख्यान । त्यसको मतलब आख्यान पनि यथार्थलाई भन्ने एउटा तरिका हो ।
यथार्थको सबभन्दा पेचिलो पक्ष के हो भने यो संस्कृति वा समाज सापेक्ष हुन्छ । किनभने व्यक्त गरेपछि नै यथार्थले एउटा रूप पाउने हो । व्यक्त गर्ने तरिका संस्कृति सापेक्ष हुन्छ । नेपाली संस्कृति भनेर भन्न सकिने कुनै स्पष्ट संस्कृति हामीसँग छैन । जेलाई नेपाली संस्कृति भनेर परिभाषित गरिएको छ त्यो हिन्दू संस्कृति हो । भारतमा मोदी भर्सनको भारतीय संस्कृति भनेर जे प्रचार गरिन्छ त्यसैलाई यहाँ नेपाली संस्कृति भन्ने गरिन्छ । कर्ममाण्डी हिन्दू संस्कृतिबाट आउने यो चिन्तन र व्यवहार पद्धतिको समस्या के हो भने यसले यथार्थलाई छोप्छ र पाखण्डलाई यथार्थ भन्छ ।
अरु जिनिसको जस्तै साहित्यको पनि विरासत हुन्छ । एकथरी लेखक कन्फर्मिस्ट हुन्छन्, परम्पराको विरासतलाई जस्ताको तस्तै धान्न खोज्छन् । अर्काथरी विद्रोही हुन्छन्, विरासतबाट दीक्षित हुँदाहुँदै पनि आफ्नो समयको अनुहार देखाउन खोज्छन् । अहिले चर्चामा रहेका गायक भिटेनकै कुरा गरौं । प्रहरी र आफूलाई भद्रभलादमी दाबी गर्नेका लागि उनी उच्छृंखल गायक हुन् । तर, सवाल उनले गीतमा छाडा किन बोल्छन् भन्ने होइन, मुख्य सवाल त उनका छाडा गीतलाई किन लाखौं युवाले मन पराउँछन् भन्ने हो । हामी सुललित साहित्यमा कति धेरै आदर्शीकरण गर्छौं र यथार्थका कैयौं पाटालाई कसरी छोपछाप पार्छौं भन्ने तथ्य ध्यान दिनयोग्य छ ।
भिटेनको उदाहरण अलि रफ जस्तो लाग्नसक्छ । हाम्रा सुकोमल साहित्यकै कुरा गरौं । हामी आख्यानमा आमा, बा, दिदी, पत्नी, पति जस्ता पात्रलाई कसरी र कुन कोणबाट रचना गर्छौं ? अपवादलाई छाडेर सामान्यतया हामी आमा वा बा पात्रलाई अति आदर्श रुपमा देखाउँछौं । यसो गर्दा हरेक घरमा एउटी नारीको रुपमा आमाले भोगिरहेको अन्यायको पाटो लुकाइन्छ । त्यसैगरी बाको साँढेजस्तो अत्याचारी पाटोमा पनि रेशमी पर्दा हाल्न सजिलो हुन्छ । जन्म दिने, वात्सल्यप्रेम दिने आमा-बा भन्दियो, सक्कियो । ‘घाचर घोचर’ यही मानेमा फरक छ । हाम्रो घरमा भएका जस्तै पात्र तपाईं यसमा हाडमासुसहित छर्लंगै देख्न सक्नुहुन्छ ।
यो उपन्यास अनुवादको क्रममा तपाईंले के कस्ता विषयमा बढी ध्यान दिनुभयो ? थोरै खुलाइदिनुस् न !
एउटा भाषामा लेखिएका वाक्यहरुलाई अर्को भाषामा रूपान्तर गर्नु मात्र अनुवाद होइन । अनुवाद स्वतः नयाँ रचनासरह रचनात्मक हुन्छ । फरक भाषाका फरक चरित्र हुन्छन् । खास भाषा–संस्कृतिका मान्छेले माया, घृणा, उद्वेग आदि व्यक्त गर्ने पारा विशिष्ट र बेग्लै हुन्छ । त्यसलाई अर्को भाषामा लैजाँदा नयाँ भाषाकै संस्कृतिभित्र कस्तो अभिव्यक्तिको परम्परा छ भनेर पनि हेर्नुपर्ने हुन्छ ।
कैयौं प्रसंगमा एउटा भाषामा व्यक्त गरिएका कुरा अर्को भाषामा जस्ताको तस्तै भन्नै सकिन्न । अलि घुमाउरो तरिका अपनाउन पर्ने हुन्छ । अर्को कुरा, जुन भाषामा उल्था गरिँदैछ, त्यो भाषाका पाठकले आफ्नै भाषामा पढेको जस्तो अनुभूति पाउनुपर्छ । त्यसका लागि अनुवादकले पात्रहरूलाई आफ्नै पात्र झैं बुझ्नु, चिन्नु र चित्रण गर्नु आवश्यक हुन्छ ।
अनुवादको पहिलो ड्राफ्टमै यी चिजहरु जमिसकेका हुँदैनन् । त्यसैले सम्पादन आवश्यक हुन्छ । सामान्य गल्ती र वाक्यगठनका सन्दर्भमा सम्पादकका सुझाव सुन्नुपर्छ । मूलतः अनुवाद स्वयंमा एक रचनात्मक काम हुनुपर्छ । ‘घाचर घोचर’का हरेक वाक्यमा नेपाली भाषाको चरित्र पाउन सकिन्छ, किनभने पात्रहरुलाई यतै कुनै सहरतिर बाँचेको ठानेर अनुवाद गरिएको छ ।
अनुवादबारे थोरै कुरा गरौं, विदेशी भाषाबाट नेपालीमा अनुवाद किन आवश्यक छ ?
संसारका अनुभव र अनुभूति साटासाट गर्नका लागि अनुवाद हुनेगर्छ । केही हजार वर्ष अघिदेखि नै संसारमा अनुवादको चलन चलिसकेको थियो । संसारकै ठूलो अनुवादको परियोजना बौद्ध ग्रन्थहरुको संस्कृत र पाली भाषाबाट तिब्बती भाषामा गरिएको अनुवाद मानिन्छ । यो परियोजना वृहत्तर र व्यापक थियो । तिब्बती बौद्ध परम्परामा त्यहीकारण अनुवादकलाई विशेष स्थान दिइन्छ ।
विदेशी मात्र होइन, नेपालकै विभिन्न भाषाहरूमा साहित्य लेखन तथा भाषाहरुबीच अनुवादका व्यापक परियोजनाहरु आवश्यक छन् । यसले साँघुरो समाज र संस्कृतिको घेराभित्र बाँच्न बानी परेका हामी मान्छेलाई बहुआयामिक जीवनतिर जान प्रेरणा मिल्छ । छाती फराकिलो बनाउन मद्दत गर्छ ।
नेपाली साहित्यमा अनुवादलाई कत्तिको स्थान दिइएको पाउनुहुन्छ ?
सर्वप्रथम त नेपाली साहित्य भन्ने क्याटगोरीले नेपालका सबै भाषाका साहित्यलाई समेट्दैन । खस नेपाली भाषालाई राष्ट्रभाषाको उपाधि दिएर राज्यले सम्पूर्ण स्रोतसाधन खर्च गरेको हुनाले यसमा केही अनुवाद भएका छन् । प्रज्ञा प्रतिष्ठान लगायत विभिन्न संस्थाले पनि संस्थागत पहल गरेको फाट्टफुट्ट उदाहरण भेटिन्छ । कम्युनिष्ट आन्दोलनभित्र भने अनुवादको व्यापक चलन थियो । अहिले यो पनि मत्थर छ । जहिले थियो त्यतिबेला थुप्रै आख्यान, गैरआख्यानका कृतिहरु अनुवाद भएका थिए ।
नेपालमा अनुवादकको खासै महत्व स्थापित भएको छैन । अनुवाद नयाँ रचना जस्तै जटिल र रचनात्मक काम हो । तर, अनुवाद गर्ने काम मौलिक काम हो भनेर मान्ने चलन हाम्रोमा अझैसम्म चलेको छैन ।
हाम्रा किताबले पनि संसारका अरु भाषा बोल्ने मानिसहरुलाई नयाँ अनुभव र अनुभूति पाउने अवसर दिन्छ । संसारका महाशक्तिको घेरामा परेको हाम्रो जस्तो गरीब मुलुकले त झन् विश्व मानचित्रमा आफूलाई उभ्याउनका लागि पनि अनुवाद गराउनुपर्छ ।
थुप्रै किताबहरू नेपालीमा अनुवाद भएको देखिन्छ । ती अनुवादमा प्रशस्तै समस्या देखिन्छन् । तपाईंले देखेका मुख्य समस्या के हुन् ?
अनुवाद दुई किसिमका छन् । एकथरी जिम्मेवारीपूर्वक गरिएका अनुवाद । कसैले आफ्नो राजनीतिक वा दार्शनिक मिसनका लागि अनुवाद गर्छ भने जिम्मेवारीपूर्वक नै गरेको देखिन्छ । तर, कुनै हल्ला चलेको किताब हतारहतार अनुवाद गरेर बेचिहाल्ने इरादाले पनि धेरै अनुवाद भएका छन् । यो दोस्रो प्रकारको अनुवाद चाहिँ असाध्यै नक्कली, बनावटी र रुखो हुनेगर्छ । किनभने यसमा रचनात्मक उर्जा खर्च भएकै हुँदैन ।
स्रोत भाषा र लक्ष्य भाषाको सांगोपांगो ज्ञान नहुँदा पनि समस्या हुनेगर्छ । शब्दको सिधा अर्थमा अनुवाद गर्दा अर्थमा चिप्लिएका थुप्रै उदाहरण छन् । अर्को कुरा राम्रो सम्पादकसँगको सहकार्य अनुवादमा अत्यावश्यक हुन्छ । ‘घाचर घोचर’मा मैले प्रविणजीलाई पाएँ । उहाँको सम्पादन कलाले मलाई पटकपटक काम गरेर उपन्यासमा निखार ल्याउन सघायो ।
नेपाली साहित्यलाई अन्य भाषामा अनुवाद गरिनुपर्ने खाँचो कत्तिको महसुस गर्नुहुन्छ ? त्यसका लागि तपाईं कुन–कुन किताब सिफारिस गर्नुहुन्छ ?
हाम्रा किताबहरू अन्य भाषामा अनुवाद हुनु अवश्य पनि जरुरी छ । किताबले तपाईंको समाजको चेतना, चैतन्य र उर्जासहितको पहिचान बोकेर हिँड्छ । हाम्रा किताबले पनि संसारका अरु भाषा बोल्ने मानिसहरूलाई नयाँ अनुभव र अनुभूति पाउने अवसर दिन्छ । संसारका महाशक्तिको घेरामा परेको हाम्रो जस्तो गरीब मुलुकले त झन् विश्व मानचित्रमा आफूलाई उभ्याउनका लागि पनि अनुवाद गराउनुपर्छ । कलाले दरिलो पहिचान बनाउन मद्दत गर्छ । त्यस्तो पहिचानले हाम्रा जनताको शिर उठाउने एउटा सानो पहल लिनसक्छ ।
त्यस्ता थुप्रै किताब छन्, आख्यान, गैरआख्यान लगायत । अहिले नै हतारमा नाम नलिउँ । समाजको चेतनामा हस्तक्षेप गर्न सफल किताब खोज्नुभयो भने यसै तपाईंका आँखामा नाच्न थाल्छन् एकथरी किताब ।
अरु कुनै किताब अनुवाद गर्दै हुनुहुन्छ कि?
एकजना अफ्रिकी अमेरिकी लेखक तानाहासी कोट्सको ‘बिटविन द वल्र्ड एन्ड मी’ भन्ने पुस्तक अनुवाद गर्ने कुरा चलेको छ । अब अनुवाद पनि गर्दै गइन्छ कि जस्तो पो देखियो त !
" /> नेपाली साहित्यमा युग पाठकको छुट्टै परिचय छ । ‘उर्गेनको घोडा’ उपन्यासमार्फत् साहित्यमा छिरेका उनी सदावहार प्रतिपक्ष देखिन्छन् । आफ्ना प्रतिपक्षी आवाजलाई ‘माङ्गेना’मार्फत पुस्तकाकारमा ल्याएका पाठक स्तम्भकार पनि हुन् । उनको परिचयको सूचीमा नयाँ विशेषण थपिएको छ– अनुवादक । कन्नड लेखक विवेक सानभागको उपन्यास ‘घाचर घोचर’को अंग्रेजीबाट अनुवाद गरेका पाठकसँग उनको अनुवादकर्मबारे गरिएको कुराकानीः

">