काठमाडौं। विदेशमा समस्यामा परेका नेपालीलाई सरकारले उद्धार गरेर स्वदेश ल्याउने तयारी गरेपछि उनीहरूको व्यवस्थापनको लागि नेपाली सेनाको उपत्यका पृतनाले काठमाडौं, ललितपुर र भक्तपुरमा होल्डिङ सेन्टरको व्यवस्थापन गरेको छ।

दुई वटा होल्डिङ सेन्टर रिजर्भ राख्ने गरी तीन जिल्लामा नौ वटा होल्डिङ सेन्टर तय गरिएको नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले बताए। जसमा काठमाडौंमा एउटा रिजर्भसहित चार, ललितपुरमा एउटा रिजर्भ सहित तीन र भक्तपुरमा दुई वटा होल्डिङ सेन्टर बनाइएको छ।

काठमाडौंमा तयार गरिएको होल्डिङ सेन्टरमा बागमती, गण्डकी र प्रदेश ५ का व्यक्तिहरूलाई राख्ने तय भएको छ। त्यसका लागि काठमाडौको बसुन्धरामा कुन्डलिनी पार्टी प्यालेस, यति पार्टी प्यालेस, सुकेधारमा स्काई जोन पार्टी प्यालेसलाई होल्डिङ सेन्टर तोकिएको छ। यी होल्डिङ सेन्टरमा अत्याधिक मान्छे भएमा सुकेधारामा नै मिराकल पार्टी प्यालेसलाई रिजर्भको रूपमा राखिएको छ। भक्तपुरमा प्रदेश १ र २ का नागरिकलाई राख्ने गरी होल्डिङ सेन्टर बनाइएको छ। त्यसका लागि इम्पेरियल पार्टी प्यालेस सुर्यविनायक र हेरिटेज प्यार्टी प्यालेस ठिमीलाई होल्डिङ सेन्टर तोकिएको छ।

ललितपुरमा ६ र ७ प्रदेशका नागरिकलाई राख्ने गरी डिलाइट पार्टी भेन्यू महालक्ष्मी थान, मण्डला पार्टी भेन्यू ग्वार्कोलाई होल्डिङ सेन्टर तोकिएको छ। सिद्धार्थ कजेट धोवीघाटलाई रिजर्भ होल्डिङ सेन्टर बनाइएको छ। यी होल्डिङ सेन्टरहरूमा विदेशबाट आएका नेपालीलाई बढीमा एक रात राखिन्छ। पाण्डे भन्छन्, “होल्डिङ सेन्टरमा हामी धेरै समय राख्दैनौं। उस्तै परे बढीमा एक रात राख्छौं। सकेसम्म छिटो त्यहाँबाट प्रदेशस्तरीय क्वारेन्टाइनमा पठाउने हाम्रो तयारी छ।”

एउटा होल्डिङ सेन्टरमा एक दिनमा बढीमा दुई देखि तीन हजारसम्म मान्छे लिने गरी नेपाली सेनाले तयारी गरेको छ। विदेशबाट आएका नेपालीलाई विमानस्थल उनीहरूले भरेको स्वास्थ्य लगायत अन्य विवरण परीक्षण गरेर तोकिएको होल्डिङ सेन्टरमा पु¥याइन्छ। त्यहाँ उनीहरूलाई केही बेर रिफ्रेस हुन दिइन्छ।

त्यही नेपालको मोवाइल नम्बर नभएकाहरूका लागि नेपाल टेलिकमको सीमकार्ड दिइन्छ र सोही मोवाइल नम्बरको आधारमा उसको ट्रयाकिङको व्यवस्था मिलाइन्छ। होल्डिङ सेन्टरमा हुँदा नै स्वास्थ्य मन्त्रालयको हाम्रो स्वास्थ्य एप्लिकेशन डाउनलोड गर्न लगाइने तयारी छ। पार्टी प्यालेसमा बनाइएको होल्डिङ सेन्टरमा बेडहरूको पनि व्यवस्था गरिएको छ। तर, विदेशबाट आएका नेपालीहरूलाई लामो समयसम्म राख्नको लागि ती बेड तयारी गरिका भने होइनन्। होल्डिङ सेन्टरमा लामो समयसम्म बस्नु परेको अवस्थामा त्यही खानाको व्यवस्था पनि छ। एक जनालाई एक सय ७५ रूपैयाँ बराबरको खाना उपलब्ध गराउने निर्णय मन्त्रीपरिषदले यसअघि नै गरिसकेको छ।

उपत्यकामा तयार गरिएको सबै होल्डिङ सेन्टरमा नेपाल टेलिकमले निःशुल्क वाईफाइ दिने व्यवस्था मिलाएको छ।

पढ्नुहाेस- भोलि विदेशबाट आउने १९४ नेपालीका लागि यस्तो छ व्यवस्थापन तयारी

होल्डिङ सेन्टरबाट प्रदेशले तयार गरेको क्वारेन्टाइनमा उनीहरूलाई पुर्‍याइन्छ। होल्डिङ सेन्टरबाट क्वारेन्टाइनसम्म पुर्‍याउने जिम्मा भने प्रदेश सरकारको हो। प्रदेश सरकारले बनाएको क्वारेन्टाइनको सुरक्षाको जिम्मेवारी भने नेपाली सेनाले पाएको छ।

भक्तपुरको हेरिटेज प्यार्टी प्यालेसमा बनाइएको होल्डिङ्मा करीब पाँस सय जना अटाउने क्षमता छ। भोलिदेखि सेवा दिन मिल्ने गरी तयार पारिएको उक्त प्यालेसलाई देखापढीका फोटो पत्रकार गोपेन राईले यसरी तस्वीरमा उतारेका छन्–

" /> काठमाडौं। विदेशमा समस्यामा परेका नेपालीलाई सरकारले उद्धार गरेर स्वदेश ल्याउने तयारी गरेपछि उनीहरूको व्यवस्थापनको लागि नेपाली सेनाको उपत्यका पृतनाले काठमाडौं, ललितपुर र भक्तपुरमा होल्डिङ सेन्टरको व्यवस्थापन गरेको छ।

"> यस्ता छन् विदेशबाट ल्याइएका नेपालीलाई काठमाडौंमा राखिने होल्डिङ सेन्टर (तस्वीरहरू): Dekhapadhi
यस्ता छन् विदेशबाट ल्याइएका नेपालीलाई काठमाडौंमा राखिने होल्डिङ सेन्टर (तस्वीरहरू)

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्