यी सबै वादविवादकै बिचमा प्रहरीले अर्को ‘मोरल पुलिसिङ’ गर्यो र्यापर भिटेनलाई गिरफ्तार गरेर। ७ कात्तिकमा प्रहरीले ‘जरुरी पक्राउ पुर्जी’को प्रावधान दुरूपयोग गर्दै उनलाई पक्राउ गर्यो। चर्को दवाबपछि उनलाई ८ कात्तिक राती तारेखमा रिहा गरिएको छ।
गीत गाउँदैमा प्रहरीले यसरी पक्राउ गर्न मिल्छ, मिल्दैन भन्नेबारे भन्दा पहिला समकालीन युवा पुस्ताबारे चर्चा गरौं।
आक्रोशित युवा
‘म सबैजना रोको होइन हाँसेको देख्न सकुँ
म नेपाली हारेको होइन बाँचेको देख्न सकुँ
म नेपालको लागि मर्न अनि मार्न सक्छु
तैँले त केही गरिनस् अब म आफैँ गर्छु
एकदिनमा बन्दैन देश म सधैँ संघर्ष गर्छु
तर तँ जस्ता कपुतलाई विश्वास गर्न बन्द गर्छु
म भाँचिदिन्छु तेरा दाह्रा यदि फेरि देखाइयो
काट्दिन्छु सबै हात जति आमालाई उज्याइयो’
– यम बुद्ध
०००
‘नयाँ नेपाल आयो घ**को आयो
कति आन्दोलनले रगत जनताको खायो
राजा साजा हटाएर गो**हरू ल्यायो
अनि संविधान बनाएर नाकाबन्दी छायो
मन्त्रीज्यूहरू तपाईं भारत जानुस्
मोदीजीले ** पाचक खानुस्
पानी अनि जमिन बेच्नुभो
बेच्नको लागि अब आकाश लानुस्
अनि खाडीमा नेपाली लिन बाकस लानुस्’
– मिस्टर डी.
यी दुई र्याप गीत मात्रै हेर्ने हो भने पनि समकालीन नेपाली युवामा मडारिरहेको आक्रोश, आवेग र कुण्ठा झल्किन्छ। पहिलो गीतका गायक यम बुद्ध दिवंगत भइसके। तर उनको बाटो पछ्याउनेहरूको कमी छैन। युट्युवहरूमा उनी र लाहुरेबीच भएका र्याप ब्याटल अहिले पनि लोकप्रिय छन्।
त्यतिमात्र होइन, युट्युवमा पाइने युवाका अन्य गतिविधीमा पनि आवेग र आक्रोश प्रष्ट छचल्किएको पाइन्छ। यो आवेग कतिपय अवस्थामा उच्छृङ्खलतासम्म पुगेको छ। लाग्छ, युवाहरू सबै सीमाहरू भत्काउन चाहन्छन्। चाहे त्यो नैतिकताको होस् वा अनुशासनको। स्ट्याण्ड अप कमेडी यस्तै एउटा मञ्च बन्न पुगेको छ।
‘कमेडी सर्कल’ले चार महीनाजति अघि सार्वजनिक गरेको सिम्रन पाण्डेको स्ट्याण्ड अप कमेडी ‘म भन्छु नि कस्तो हुन्छ’ विवादमै पर्यो। पुरुष जननेन्द्रिय र नारी जननेन्द्रियबारे युवायुवतीबीच हुने कुराकानीलाई लिएर उनले गरेको टिप्पणीले विवाद निम्त्याएको थियो। विवादमा आएपछि पाण्डेले अन्तर्वार्ता दिँदै ‘आफुले केही गल्ति नगरेको’ दावी गरेकी थिइन्। कमेडी सर्कलले युट्युवमा सार्वजनिक गर्ने प्रायः भिडियो १८ प्लसकै हुन्छन्।
र्याप र स्ट्याण्ड अप कमेडीमात्र होइन, लोकगीत नै भनिएका कतिपय सामग्रीमा पनि आवेग र उच्छृङ्खलता पाइन्छ। गत फागुनमा सार्वजनिक पशुपति शर्माको गीत ‘लुट्न सके लुट’ आवेगकको लोक प्रस्तुती थियो। जिल्ला–जिल्लामा हुने महोत्सवहरूमा गीत गाउन जाने केही गायिका उच्छृङ्खलताको प्रतिनिधित्व गर्छन्।
युवाहरूमा किन यस्तो आवेग बढिरहेछ ?
“उमेर नै यस्तै हो”, भन्छन् मनोविश्लेषक वासु आचार्य।
आचार्यका अनुसार युवा उमेर चर्चामा आउन खोज्ने उमेर हो। उनीहरू सकेसम्म अरूको नक्कल गर्छन्। धेरै सोच्ने गर्दैनन्।
“हान्ने, ठोक्ने मानसिकता नै बढी हुन्छ”, आचार्य भन्छन्, “युवा मनले सही र गलत छुट्टाउनेतिर धेरै ध्यान दिँदैन।”
चर्चामा आएका र्याप गीतमा कुनै न कुनै हिंसा लुकेको पाइन्छ। यसले युवा मानसिकतामा हिंसाको भावना विकास भएको देखाउँछ। अनुसन्धानकर्मी रमेश श्रेष्ठ र बर्ट जेन्किन्स यो मानसिकताको पछाडि सामाजिक, आर्थिक र राजनीतिक कारण देख्छन्।
“युवाहरूमा आक्रोश बढिरहेछ यसले एउटा हिंसात्मक समाजतिर लगिरहेछ। यस्तो आक्रोशको कारण खोज्नुपर्छ।” – डा. अर्चना थापा, लेखक
सेज जर्नलमा प्रकाशित अनुसन्धान आलेख ‘अन्डरस्ट्यान्डिङ युथ पोलिटिकल भ्वाइलेन्स इन नेपाल’ मा उनीहरूको निष्कर्ष छ – ‘सामाजिक, आर्थिक र राजनीतिक अन्यायले युवाहरूमा हिंसाको भावना विकास गरेको छ।’
लेखक राजन मुकारुङ भने सामाजिक मनोविज्ञानको प्रतिविम्ब युवा मनोविज्ञान भएको ठान्छन्।
भिटेनलाई प्रहरीले पक्रेपछि फेसबुकमा उनले लेखेका छन् – ‘ज्याज, ब्लुज, पप, हिप–प, र्याप’ यी सबमा उनीहरू (युवाहरू) आफ्नो कुण्ठा व्यक्त गरिरहेछन्। स्वभाविक रूपमा ती कुण्ठाहरू भद्दा लाग्ने खालका पनि छन्। हाम्रो सोझो अर्थमा अश्लील पनि होलान्, छन्। हो, यसैको प्रतिविम्बमा आएका हुन् – दुर्गेश, भिटेनहरूका अभिव्यक्ति। एक पिर्का नै सही, हाम्रो समाजको थेत्तरो मनोविज्ञान भने अवश्य हुन् तिनका भाव।’
जरामा पुगौं
अवश्य पनि युवाहरूमा आक्रोश बढी देखिन्छन् अन्य उमेर समूहकामा भन्दा भन्दा बढी। यसका केही आर्थिक र सामाजिक पाटो हुनसक्छन्।
लेखक तथा समीक्षक डा. अर्चना थापा युवाको आक्रोशका कारणसम्म पुग्नुपर्ने ठान्छिन्।
“युवाहरूमा आक्रोश बढिरहेछ यसले एउटा हिंसात्मक समाजतिर लगिरहेछ’, थापा भन्छिन्, “यस्तो आक्रोशको कारण खोज्नुपर्छ।”
थापाका अनुसार यस्तो आक्रोशका पछाडि अवसर र पहुँचले काम गरेको छ। उनका अनुसार आधुनिकतासँगै समाजमा अनेकौं अवसर सिर्जना भइरहेका छन्। तर समाजको पिँधमा रहेकाहरूले त्यो अवसरसम्मको पहुँच पाएका छैनन्।
“राज्य र समाजले युवाहरूको मानसिकता बुझ्न सकिरहेको छैन। त्यो बुझ्न जटिल पनि छ। बुझ्ने प्रयत्न भने गर्नैपर्छ। उनीहरूलाई दोष लगाएर पुग्दैन।” – डम्बर चेम्जोङ, मानवशास्त्री
“वर्गको खाडल बढ्दै गईरहेछ जसले अन्यायमा पर्नेहरूमा आक्रोश जन्माएको छ”, थापा भन्छिन्, “र्याप गीतमा आएको आक्रोश त्यसैको प्रतिविम्ब हो।”
मानवशास्त्री डम्बर चेम्जोङ पनि थापाकै जस्तै टिप्पणी गर्छन्। उनको विचारमा सतहमा देखिएको आक्रोश सरकार र समाजप्रतिको विरोध हो।
“यसपछाडि सामाजिक र आर्थिक कारणहरू लुकेका छन्”, चेम्जोङ भन्छन्, “राज्य र समाजले युवाहरूको मानसिकता बुझ्न सकिरहेको छैन। त्यो बुझ्न जटिल पनि छ। बुझ्ने प्रयत्न भने गर्नैपर्छ। उनीहरूलाई दोष लगाएर पुग्दैन।”
प्रविधिले दिएको स्वतन्त्रता
हरेक समाज द्वन्द्वबाट गुज्रिन्छ। अवश्य पनि हरेक समाजमा असन्तोष र आक्रोश हुन्छन्। हाम्रोजस्तो अल्पविकसित समाजमा त्यो त झनै बढी हुन्छ। नबिर्सौं, युवाहरू सबैभन्दा धेरै भएको र बेरोजगारी उच्च रहेको छ हाम्रो समाजमा। बेरोजगारीले अभाव र निराशामात्र होइन आवेग र आक्रोश पनि जन्माउँछ। सही दिशा नपाएको आक्रोश हरेक सीमाहरूको विरुद्ध उभिन्छ। अहिले भएको त्यहीँ हो। तर पहिले पनि आक्रोश नभएको नै भन्ने चाहिँ होइन।
“फरक यत्ति हो पहिलो अभिव्यक्तिको खुकुलोपन थिएन, अहिले छ”, भन्छन् लेखक शेखर खरेल।
खरेलका अनुसार अहिले आमसञ्चार र सामाजिक सञ्जालसम्मको सहज पहुँचका कारण आक्रोशले जस्ताको तस्तै अभिव्यक्ति पाउने गरेको छ।
“राज्य नियन्त्रित सञ्चार रहँदा त्यसलाई घुमाउरो शैलीमा प्रस्तुत गरिन्थ्यो। अहिले हामी धेरै नै ओपन अप भएका छौं।”– खरेल भन्छन्।
“युवाहरूलाई थुन्दैमा यी प्रवृत्ति साम्य हुँदैनन्। त्यसका लागि उनीहरूलाई सही शिक्षा दिनुपर्छ। सकारात्मक चेतना प्रवाह गर्नुपर्छ।” – वासु आचार्य, मनोविश्लेषक
मानवशास्त्री डम्बर चेम्जोङ पनि युवा आक्रोशलाई पूर्णतः नवीन घटना ठान्दैनन्।
“वैरागी काँइलाको कविता ‘मातेको मान्छेको भाषण’ पनि त प्रहरी प्रशासन र राज्यले कोरेको सीमाविरुद्ध नै थियो”, चेम्जोङ भन्छन्, “विद्रोहको चेतना हिजो पनि थियो, आज पनि छ।”
थुनेर पार लाग्दैन
अवश्य पनि केही हदसम्म युवाका गीत र प्रस्तुती ‘अपाच्य’ भएका छन्। कतिपय अवस्थामा ती लैंगिक रूपमा हिंसात्मक पनि छन्। त्यसैले ती गीत धेरै हदसम्म आलोचनाका विषय हुन्।
तर के प्रहरीले थुन्दैमा र सामाजिक सञ्जालबाट हटाउन लगाउँदैमा यी प्रवृत्ति साम्य हुन्छन् त ?
“अवश्य हुँदैनन्। युवाहरूलाई थुन्दैमा यी प्रवृत्ति साम्य हुँदैनन्। त्यसका लागि उनीहरूलाई सही शिक्षा दिनुपर्छ। सकारात्मक चेतना प्रवाह गर्नुपर्छ। त्यसका लागि सरकारले नै ठूलो परियोजना ल्याएर काम गर्नुपर्छ। सिर्जना गर्दा केकस्तो विषयमा ध्यान दिनुपर्छ भन्ने सिकाउनुपर्छ।” – भन्छन् मनोविश्लेषक वासु आचार्य।
लेखक शेखर खरेल पनि प्रहरीले थुन्दैमा यस्तो प्रवृत्ति एकैपटक नियन्त्रण नहुने बताउँछन्। यस्तो प्रवृत्तिबाट धेरै आत्तिन नहुने पनि उनको मत छ।
“समाजकै दृष्टिकोण नफेरिँदासम्म यस्ता प्रवृत्ति फेरिँदैनन्। धेरै आत्तिनु पनि पर्दैन। राज्यले उनीहरूको अभिव्यक्ति पचाउन नसकेको मात्र हो।” – खरेल भन्छन्।
मानवशास्त्री डम्बर चेम्जोङ भने प्रहरीले थुन्ने कार्यलाई अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप ठान्छन्।
“संविधानमा अभिव्यक्ति स्वतन्त्रताको कुनै सीमा तोकिएको छैन। कसैलाई व्यक्तिगत हानी पुर्याएको छैन, सामाजिक जीवनमा खलल पुर्याएको छैन भने कसरी सीमा तोक्न मिल्छ ?” – चेम्जोङ प्रश्न गर्छन्।
लेखक अर्चना थापा युवाहरूको सिर्जनशीलतालाई सकारात्मक दिशातर्फ डोर्याउनुपर्नेमा जोड दिन्छिन्।
“गाउँ–गाउँसम्म पुस्तकालय, संगीत शिक्षा सर्वसुलभ भइदिएको भए युवाहरू संयमित हुनेथिए”, थापा भन्छिन्।
लेखक राजन मुकारुङ समाज असांस्कृतिक भएकाले यस्तो प्रवृत्तिले प्रश्रय पाएको ठहर गर्छन्। राज्य र समाजका सत्ताधिकारीहरूलाई कटाक्ष गर्दै फेसबुकमा उनी लेख्छन् – “असांस्कृतिक बन्ने भन्दा असांस्कृतिक बनाउनेहरूलाई पहिले सुधार्ने हो। यस्तो ‘असांस्कृतिक’ बनाउने पद्दतिलाई नष्ट गरुम त, त्यसपछि दुर्गेश, भिटेनहरूले तपाईंले सोचेभन्दा ‘श्लिल’ अभिव्यक्ति दिन थालिहाल्नेछन्।”
" /> प्रश्न उठाए।यी सबै वादविवादकै बिचमा प्रहरीले अर्को ‘मोरल पुलिसिङ’ गर्यो र्यापर भिटेनलाई गिरफ्तार गरेर। ७ कात्तिकमा प्रहरीले ‘जरुरी पक्राउ पुर्जी’को प्रावधान दुरूपयोग गर्दै उनलाई पक्राउ गर्यो। चर्को दवाबपछि उनलाई ८ कात्तिक राती तारेखमा रिहा गरिएको छ।

">