- माया वेई-हास
कुकुर हाम्रो जीवनदेखि टाढा छैनन् । उनीहरु सधैँभरी हामीसँगै हुन्छन् । चाहे ती सडकका हुन् वा घरपालुवा । ती कहिले लखरलखर हाम्रै बस्तीमा हिँडिरहेका हुन्छन् । तपाईं तिनलाई वास्तै नगरि हिँड्नुहुन्छ । ती भुकेर तपाईंको ध्यान आफुतिर खिच्छन् ।
कहिले ती तपाईंको काखमा खेलिरहेका हुन्छन् । र तपाईंले मायाले सुम्सुम्याइरहनुहुन्छ ।
जेहोस् तपाईं कुनै न कुनै हिसाबले तिनको नजिक भइरहनुभएकै हुन्छ ।
के तपाईंले कुनै कुकुर निन्याउरो भएर झोक्राइरहेको देख्नुभएको छ ?
वा प्रफुल्ल भएर चञ्चल बनेको भेट्नुभएको छ ?
कुकुरले मानिसले जस्तै अरुको अनुहार पढ्न सक्छ होला ? कुकुरलाई मान्छेलाई जस्तो दया लाग्छ होला ? वा मान्छेलाई जस्तै डाहा पो जाग्छ कि ?
के कहिल्यै सोच्नुभएको छ – कुकुर मानिसजस्तै हुन्छ होला ?
कुकुर पाल्नेहरु कुकुरहरु मानिसजस्तै हुने बारम्बार बताउने गर्छन् ।
शोधकर्ताहरुले उनीहरुको अनुभवलाई सही ठम्याएका छन् । धेरै शोधकार्यहरुले कुकुरले अन्य पशुले भन्दा बढी मानिसको जस्तै व्यवहार गर्ने निष्कर्ष निकालेका छन् ।
शोधकार्यका निष्कर्ष छन्-कुकुरले मानिसको अनुहारको भाव पढ्न सक्छ । उसले मान्छेले जस्तै ईर्ष्या पाल्नसक्छ । मान्छेलेजस्तै दुःखमा सहानुभूति दिन्छ । र टिभी हेरेर आनन्द लिन्छ ।
यस्तो व्यवहार कुकुरले आफ्नो विकासक्रममा सिकेका हुन्। शुरुमा त यिनीहरु ब्वाँसो नै थिए नी ! मान्छेको संगत गर्दागर्दा ती कुकुर भए । यही क्रममा तिनीहरुले मान्छेकै गुण सिके ।
विज्ञहरुका अनुसार उनीहरुले ११ हजारदेखि १६ हजार वर्ष अघि यी गुण सिकेका हुन् ।
यल विश्वविद्यालयको ‘तुलनात्मक अध्ययन प्रयोगशाला’का निर्देशक लउरी सान्टोसका अनुसार मान्छेले भनेको सुन्ने, सँगै बस्ने र मान्छेलाई सहने बानीले कुकुरमा मान्छेको जस्तै गुण विकास भएको छ । केही गुण यस्ता छन् ।
कुरा सुन्छन्
सँगै बस्ने भएकाले मान्छेका कुराकानी कुकुरले सुनेको हुन्छ । अझ यसो भनौं, कुराकानी गर्दा मान्छेले गर्ने हाउभाउसँग कुकुरलाई बानी परेको हुन्छ । मान्छेले अरु मान्छेसँग गरेको व्यवहार पनि उसले नियालिरहेको हुन्छ ।
त्यसैले उसलाई को मान्छे राम्रो छ र को नराम्रो, को दानी छ र को छुच्चो भन्ने थाहा हुन्छ ।
अगस्ट २०१५ मा प्रकाशित एक जर्नलमा कुकुरले मान्छेको कुरा सुन्छ भनेर समेत उल्लेख गरिएको छ।
वैज्ञानिकहरुले कुकुरले मान्छेका कुरा सुन्छन् कि सुन्दैन भनेर अनुसन्धान नै गरे ।
५४ वटा कुकुर राखेर मानिसका व्यवहार अवलोकन गर्न लगाइयो । कुकुरहरुले सहयोगी र असहयोगी मानिस प्रष्ट छुट्याए र त्यही अनुसारको व्यवहार देखाए ।
वैज्ञानिकहरुले यस्तै परिक्षण त्यो भन्दा पहिले नै नवजात शिशु र एक प्रजातीको बाँदरमा गरिसकेका थिए ।
कुकुरको व्यवहार उनीहरुसँग मिल्न पुग्यो ।
यसबाट कुकुरले मान्छेका कुरा सुन्छन् भन्ने वैज्ञानिकहरुको अनुमानलाई पुष्टि गर्यो ।
मान्छेलाई पछ्याउँछन्
तपाईंले कुकुरलाई बल समाउन दिनुभएको छ ? वा बिस्कुट खान दिनुभएको छ ? कहिल्यै गरिहेर्नुभएको छैन भने तपाईंलाई लाग्छ होला, तालिम पाएका कुकुरले मात्र बल समातेर ल्याउँछन् वा बिस्कुट सजिलरी समाउँछन् ।
तालिम पाएका कुकुरले मात्र मान्छेलाई अरु बेलामा पनि पछ्याउँछन् भन्ने ठानिन्थ्यो ।
हालै सार्वजनिक केही अध्ययनले तालिम नपाएका कुकुरले पनि मान्छेलाई पछ्याउने गरेको देखाएका छन् ।
अष्ट्रियाकी अनुसन्धानकर्ता लिजा वालिस भन्छिन्, “कुकुरहरुले मान्छेलाई पछ्याउँछन् र उनीहरुजस्तै गर्न खोज्छन् ।”
“तालिम त ‘समस्याको छुटेको एक अंश’ हो”, उनी भन्छिन् ।
वालिस र उनका साथीले एउटा अनुसन्धान गरेका थिए । उक्त अनुसन्धानमा उनीहरुले बोर्डर कोलिस जातका एक सय ४५ वटा कुकुर ल्याए। कुनैलाई तालिम दिए, कुनैलाई दिएनन् ।
केही दिनपछि वालिसले ढोकातर्फ जाँदै गरेको कुकुरलाई हेरिन् । तालिम पाएको कुकुरले उनलाई हेरेन तर नपाएकोले भने उनलाई हेर्यो ।
वालिसले निष्कर्ष निकालिन् – तालिम पाएको कुकुरले मान्छेको अनुहार हेर्छन् तर नपाएकोले मान्छेले कता हेर्छ भनेर ध्यान दिन्छन् ।
हुँदैछ थप अनुसन्धान
उमेर बढ्दै जाँदा मान्छेको स्मरणशक्तिमा कमी आउँछ । उसको तर्क क्षमता र सिप सिक्ने क्षमतामा पनि कमी आउँछ ।
कुकुरमा यस्तो हुन्छ त ?
जीवविज्ञानलाई अहिलेसम्म यसबारे धेरे थाहा छैन ।
वालिस र उनका साथीहरु कम उमेरको कुकुर र प्रौढ उमेको कुकुरको सिक्ने क्षमतामाथि अनुसन्धान गर्दैछन्।
यो सम्बन्धिको अनुसन्धान प्रक्रियामा नै छ। वालिस भन्छिन्, “यो केही गाह्रो विषय हो तर कुकुरलाई सिकाउन भने असम्भव छैन।”
नेशनल जोग्राफीबाट अनुदित।