डिसेम्बर २०१९ मा नोबल कोरोना भाइरस (सार्स-कोभ-२) मान्छेबाट मान्छेमा सर्छ भन्ने जानकारीमा आएपछि आजसम्म संसारका २०० भन्दा बढी देशमा करीब ७० लाख मानिस यो भाइरसबाट संक्रमित भएका छन्। तीमध्ये करीब चार लाख मानिसहरूले जीवन नै गुमाइसकेका छन् भने करिब ३४ लाख उपचारपछि निको भएका छन्।
नेपालमा पनि तीन हजार ४०० भन्दा बढी संक्रमित भइसकेका छन् र १३ जनाको निधन भइसकेको छ। यो विश्व्यापी महामारीबाट गुज्रिरहेको बेला संसारले नै यसको भ्याक्सिन पर्खिरहेछ।
भ्याक्सिनबाहेक समयसँगै उत्परिवर्तनका कारण भाइरस कमजोर हुन्छ कि भन्ने आशा पनि गरिएको छ। त्यसैले अहिले संसारैभरि फैलिएको नोबल कोरोना भाइरसमा के-कस्तो परिवर्तन आएको छ भनेर अनुसन्धान भइरहेको छ। यो लेखमा नोबल कोरोना भाइरसमा भएको उत्परिवर्तनबारे चर्चा गरिनेछ।
के हो भाइरस ?
भाइरस सूक्ष्मदर्शक यन्त्रको सहायताले मात्र देख्ने सकिन संक्रमणवाहक हो। सजिलो भाषामा भन्दा भाइरस प्रोटिनले बनेको एउटा संरचना हो, जसभित्र न्युक्लिक एसिड हुन्छ। न्युक्लिक एसिड दुई प्रकारका हुन्छन्ः डिअक्सिराइबोन्युक्लिक एसिड (डीएनए) र राइबोन्युक्लिक एसिड (आरएनए)।
भाइरस पनि कुन न्युक्लिक एसिड छ भन्ने आधारमा दुई प्रकारमा बाँडिन्छ। कुनै भाइरसमा डीएनए हुन्छ भने त्यो डीएनए भाइरस हो। आरएनए हुन्छ भने त्यो आरएनए भाइरस हो। र, सबैजसो जीवित कोषमा डीएनए हुन्छ। यो डीएनएको आधारमा नै एमिनो एसिड बन्छ। एमिनो एसिडले प्रोटिन बनाउँछ।
भाइरसलाई निर्जीव र सजिवको बीचमा राखिएको छ। सामान्य परिस्थितिमा भाइरसले सजिवको चरित्र देखाउँदैन। तर, आफूलाई अनुकूल हुने जीवित कोषमा पुगेपछि यसले आफ्नो संख्या बढाउँछ। संख्या बढाउने यो तरिकालाई विज्ञानको भाषामा ‘रेप्लिकेसन’ भनिन्छ। यही रेप्लिकेसन प्रक्रियामा नै उसले अन्य कोषलाई संक्रमित पार्छ।
भाइरसले कुनै जिवित कोषमा संक्रमण गर्दा उक्त कोषको डिएनएलाई प्रयोग गरी रेप्लिकेसन गर्छ। यसरी प्राणीहरूको कोषमा हमला गर्न र सकेसम्मा छिटो रेप्लिकेसन गर्न र संक्रमित जीवनको कोषमा सजिलै प्रवेश गर्न उसले आफैमा उत्परिवर्तन गर्दै जान्छ।
के हो उत्परिवर्तन ?
उत्परिवर्तनबारे बुझ्न शुरूमा वंशाणु (जिन, नभलभ) के हो भन्ने बुझौं। वंशाणु आरएनए वा डीएनएका न्युक्लियोटाइडहरूको अनुक्रम हो, जसमा सम्बन्धित जीवको आनुवंशिक चरित्र रहेको हुन्छ। र, यो वंशाणु एक पुस्ताबाट अर्को पुस्तामा सर्दै जान्छ। त्यसैले जिन आनुवंशिकताको आधारभूत एकाई हो।
यसमा नै हाम्रो आनुवंशिक विशेषताहरूको सम्पूर्ण जानकारी रहेको हुन्छ। सजिलो भाषामा भन्दा यो हाम्रो वंशाणुगत चरित्रको सूचना रहेको चिप्स हो। जसरी कुनै चिप्समार्फत् डिजिटल सूचनाहरू प्रवाह गरिन्छ त्यसरी नै जिनले पनि वंशाणुगत सूचना प्रवाह गर्छ।
कुनै जीनको आरएनए वा डीएनएमा अचानक हुने स्थायी परिवर्तनलाई उत्परिवर्तन (म्युटेसन) भनिन्छ। उत्परिवर्तनका विभिन्न कारण हुन्छन्। बाहिरी वातावरणमा अचानक आएको परिवर्तन, रेडियोविकिरण, कोषहरूको विभाजनको समयमा भएको कुनै दोष, रासायनिक पदार्थ- यी मध्ये कुनै एक कारणले उत्परिवर्तन निम्त्याउन सक्छ। यस्तो उत्परिवर्तन हुने दर डीएनएमा भन्दा बढी आरएनएमा हुन्छ। त्यस्तै संक्रमित हुने जीव (होस्ट)मा भन्दा १० लाख गुणा छिटो उत्परिवर्तन संक्रमण गर्ने जीवमा हुन्छ।
सार्स-कोभ-२ आरएनए भाइरस हो। त्यसैले यसमा तीव्र गतिमा उत्परिवर्तन हुने सम्भावना छ। यो भाइरस मान्छेबाट मान्छेमा सर्न शुरू भएदेखि मानव शरीरलाई हानि पुर्याउन सक्ने गरी यसमा के-कस्ता उत्परिवर्तन भए ? यो उत्परिवर्तनले सार्स-कोभ-२ को नियन्त्रण गर्न सजिलो बनायो कि अझ कठिन भन्नेबारे अहिले वैज्ञानिकहरू अध्ययन गरिरहेका छन्।
नोबल कोरोना भाइरसमा भए होला त उत्परिवर्तन ?
कुनै पनि जीवको वंशाणुमा उत्परिवर्तन भयो/भएन भनेर थाहा पाउन संसारको विभिन्न स्थान र फरक-फरक समयको सम्पूर्ण जिन (होल जिनोम सिक्वेन्स) को तुलनात्मक अध्ययन गरिन्छ।
५ जुनसम्म ४८ देशमा पाँच हजार ४६२ वटा सार्स-कोभ-२ भाइरसको होल जिनोम सिक्वेन्स प्रकाशित भएको छ। करीब २९ हजार ८०० आधार जोडी (बेस पेयर)का यी पाँच हजार ४६२ होल जिनोम सिक्वेन्समध्ये सबैभन्दा पहिले चीनले १२ जनवरी २०२० मा प्रकाशन गरेका थियो।
हालसम्म सबैभन्दा बढी सिक्वेन्स संयुक्त राज्य अमेरिकाले प्रकाशन गरेको छ, तीन हजार ४४८ वटा। त्यस्तै नेपालका पहिलो संक्रमितमा भएको सार्स-कोभ-२ को जिनोम सिक्वेन्स प्रकाशन गरिएको छ।
सार्स-कोभ-२ भाइरसको होल जिनोम सिक्वेन्सहरूको अध्ययन यसमा भइरहेको उत्परिवर्तन पत्ता लगाउन मात्र नभई यसविरूद्धको भ्याक्सिन पत्ता लगाउन पनि भइरहेको छ। यी होल जिनोम सिक्वन्सको विश्लेषणले भन्छ- अहिलेको सार्स-कोभ-२ भाइरस र सन् २००३ को सार्स कोरोना भाइरस बीचमा ९६ प्रतिशत समानता छ।
नियन्त्रणमा आइसकेको सार्स कोरोनासँग होल जिनोम सिक्वेन्समा चार प्रतिशत मात्रै भिन्नता भएता पनि यी दुई भाइरसबीच १७ प्रतिशत तटस्थ क्षेत्र (न्युट्रल साइट) हरूमा विविधता छ जसले कोभिड-१९ लाई तीव्र गतिमा फैलाउन मद्दत गरेको छ।
हालसम्म प्रकाशित पाँच हजार ४६२ होल जिनोम सिक्वेयन्सहरूको वंशाणुगत विश्लेषण गर्दा मुख्यत तीन प्रकारका सार्स-कोभ-२ पाइएको छ। जसको नामाकरण ए, बी, र सी भनी गरिएको छ। ए र सी प्रकारको सार्स-कोभ-२ भाइरस युरोप र अमेरिकामा फैलिएको छ भने एशिया र पूर्वी एशियामा बी प्रकारको भाइरस फैलिएको छ।
होल जिनोम सिक्वेन्सका न्युक्लियोटाइडहरूको स्थानलाई संख्याको आधारमा छुट्याएर संरचनामा के कति परिवर्तन भयो भनी अमेरिकी वैज्ञानिक डा. फोस्टर र उनको टिमले अध्ययन गरेको छ। उनीहरूको अध्ययन अनुसार प्रकार–एको T29095C मा उत्परिवर्तन भै टि एलील र सि एलील बनेको देखिन्छ।
यी एलील उपसमूह विशेषत अमेरिकाका संक्रमितहरूमा देखिएको छ। त्यस्तै थोरै संख्यामा चीनको वुहानमा पुनः संक्रमण भएकाहरूमा देखिएको छ। प्रकार–बी भने वुहानमा लामो समयसम्म रहेको देखिन्छ।
यसको T8782C र C28144T मा परिवर्तन भई ल्युसिन एमिनो एसिड र सिरिन एमिनो एसिडमा उत्परिवर्तन भै चीनबाट युरोपको जर्मनी, फ्रान्स, इटली, अमेरिका, क्यानडा र मेक्सिकोमा संक्रमण फैलिएको देखिन्छ। यही प्रकार–बीको G26144T मा उत्परिवर्तन भई ग्लाइसिन एमिनो एसिड ‘भालिन एमिनो एसिड’मा परिवर्तन भएको पाइएको छ।
यसरी उत्परिवर्तित भाइरस चीनको वुहानबाट सिंगापुर हुँदै युरोपका सबै देशहरूमा फैलिएको छ। यो उत्परिवर्तनले सार्स-कोभ-२ भाइरसमा संक्रमण गर्ने क्षमता अझ बढेको पाइएको थियो। उत्परिवर्तनको क्रम अध्ययन गर्ने केही अनुसन्धानकर्मीहरू भाइरसमा भएको परिवर्तनको अधारमा परिवर्तनको आधारमा मुख्य दुई किसिम र त्यस मध्ये प्रकार ए बाट पुन प्रकार–सी मा उत्परिवर्तन भएको ठान्छन्।
यी तीन प्रकारभित्र पनि देश र स्थानअनुसार थप उपप्रकारहरूका समूह देखिएका छन्। हालसम्म प्रकाशित होल जिनोम सिक्वेन्सहरूको विश्लेषणले सार्स-कोभ-२ भाइरसमा अन्यको तुलनामा उत्परिवर्तनको दर निकै ढिलो रहेको देखिएको छ। यो ढिलो उत्परिवर्तनले भ्याक्सिनको अनुसन्धानलाई फाइदा नै पुर्याइरहेछ।
उत्परिवर्तनले कमजोर भयो होला भाइरस ?
इटलीको गेनाओ शहरस्थित ‘सान मार्तिनो हस्पिटल’का डाइरेक्टर डा. मातिओ बासितीका अनुसार गत फेब्रुअरीमा कोभिड–१९ संक्रमितहरूलाई तीन/चार दिनभित्र अक्सिजन र भेन्टिलेटरको व्यवस्था गर्नुपर्ने हुन्थ्यो तर, मे महीनादेखि यस्तो अवस्थामा परिवर्तन आएको छ।
ज्येष्ठ नागरिकमा पनि भाइरसको असर कम भएको देखिएको छ। यो तर्कसँग इटालीकै पाभिया विश्वविद्यालयका डा. गियान वातिस्ता पारीगीले पनि सहमत छन्। तर, विश्व स्वास्थ संगठनले यस तर्कलाई पुष्टि गर्ने तथ्यमा विश्वास गरेको देखिँदैन। विश्व स्वास्थ्य संगठनले भाइरस आफैं परिवर्तन भएको भन्ने नदेखिएको साथै थप जटिलता उत्पन्न हुने गरी संक्रमण फैलाउन सक्ने गरी विकास पनि नभएको बताएको छ। त्यसैले अझै पनि लकडाउन, भौतिक दूरीजस्ता नियमलाई कडाइका साथ पालना गर्दै सबैले संयम अपनाउनुपर्नेमा जोड दिएको छ।
समुदायमा निरन्तर प्रसार भएको भाइरसले आफूलाई नियमित परिवर्तन र उत्परिवर्तन गर्दै जान्छ। यो भाइरसको सामान्य नियम हो। भाइरस सक्रिय हुन जीवित कोष (होस्ट कोष) चाहिन्छ। तर, उसले आफू सक्रिय हुने क्रममा जीवित कोषलाई नै नष्ट गर्छ। जीवित कोष मरेसँगै भाइरस पनि निस्क्रिय हुन्छ।
केस वेस्टर्न विश्वविद्यालयका भाइरस विशेषज्ञ डा. क्यामरूनका अनुसार भाइरस सक्रिय भइरहन होस्ट कोष पनि जीवित भइराख्नुपर्छ। यही सिद्धान्त मान्ने हो भने भाइरसले आफ्नो होस्ट जीवितै राखेर आफ्नो रेप्लिकेसन गर्ने क्षमता बढाउन उत्परिवर्तन गरिरहन्छ।
समुदायमा भाइरस प्रसार भएसँगै भाइरसमा हुने उत्परिवर्तनले त्यसमा रहेको प्राणघातक संक्रमणको क्षमतामा कमी आउँछ। तर, आज हामी ‘सार्स-कोभ-२’ भाइरसमा यस्तै उत्परिवर्तन होस् भन्ने कामनाबाहेक अरू केही गर्न सक्दैनाैं।
अकाट्य यथार्थ यही हो, हामी र भाइरस सँगसँगै बाँच्नुपर्छ। सार्स-कोभ-२ भाइरसको उपस्थिति स्वीकारेर नयाँ सामान्य (न्यू नर्मल) जीवन अगाडि बढ्नुको विकल्प छैन।
प्राणीशास्त्रमा विद्यावारिधी गरेका उप-प्रा. कोजु पोखरा विश्वविद्यालयअन्तर्गत नेपाल इन्जिनियरिङ कलेजको ‘सेन्टर फर पोस्ट्–ग्य्राजुएट स्टडीज’ अन्तर्गत प्राकृतिक स्रोत व्यवस्थापन संकायका प्रमुख हुन्।
" /> डिसेम्बर २०१९ मा नोबल कोरोना भाइरस (सार्स-कोभ-२) मान्छेबाट मान्छेमा सर्छ भन्ने जानकारीमा आएपछि आजसम्म संसारका २०० भन्दा बढी देशमा करीब ७० लाख मानिस यो भाइरसबाट संक्रमित भएका छन्। तीमध्ये करीब चार लाख मानिसहरूले जीवन नै गुमाइसकेका छन् भने करिब ३४ लाख उपचारपछि निको भएका छन्।नेपालमा पनि तीन हजार ४०० भन्दा बढी संक्रमित भइसकेका छन् र १३ जनाको निधन भइसकेको छ। यो विश्व्यापी महामारीबाट गुज्रिरहेको बेला संसारले नै यसको भ्याक्सिन पर्खिरहेछ।

">