ऋषिराम भुसाल

महाकवि देवकोटा तीनचोटि जन्मे— ‘मुनामदन’सित, ‘शाकुन्तल’सित अनि ‘पागल’सित।’

बालकष्ण समले यसरी आफ्नो सारगर्भित वाक्यमा देवकोटाका तीन अनमोल रचनाको उच्च मूल्याङ्कन गरेका छन्। 

समको यसै वाक्यमा आबद्ध भएर देवकोटाका अन्य कतिपय उत्कृष्ट रचनाहरू— ‘यात्री’ (वि.सं. १९९८), ‘प्रमिथस’ (लेखन २०१० तिर, प्रकाशन २०२८) आदिसँग देवकोटा जन्मिएका होइनन् भन्न त निश्चय नै सकिदैन। तर पनि उनको पच्चीस वर्षे साधनाकालमा रचना गरिएका झन्डै साढे छ सय कृति (फुटकर, खण्डकाव्य र महाकाव्य) मध्ये ‘मुनामदन’ (खण्डकाव्य, १९९२), ‘शाकुन्तल’ (महाकाव्य, २००२) र ‘पागल’ (फुटकर कविता, २०१०) कविताको मूल्य ठम्याउने सफल प्रयास समले गरेका छन्। 

देवकोटीय काव्ययात्राको प्रथम चरणको शिखर कृति ‘मुनामदन’ हो जसले उनलाई लोकप्रिय युवाकविका रूपमा स्थापित गर्‍यो। 

‘पूर्णिमाको जलधि’ (१९९१) कविताबाट औपचारिक घोषित काव्ययात्रा आरम्भ गरेका देवकोटाको काव्य जलधिमा पूर्णिमाको सर्वोच्च ज्वार छचल्किएको अवस्थाको अभिव्यक्ति ‘शाकुन्तल’ महाकाव्य हो। यो महाकाव्यले देवकोटालाई ३६ वर्षे उमेरको परिपक्व युवावस्थामा नै एक महाकवि तथा नेपाली साहित्यको प्रथम आधुनिक महाकाव्यकारका रूपमा उभ्याइदियो। 

देवकोटाको जीवनकालको अर्को अत्यधिक चर्चित रचना हो ‘पागल’, जसले कविलाई एकै पटकमा स्वच्छन्दतावादी आदर्शवाद र स्वच्छन्दतावादी प्रगतिवादको समुच्च शिखरमा खडा गरिदिएको छ। 

‘पागल’ कविता सुरुमा पढेर देवकोटाका अन्य कविता हेर्ने पाठकले अन्य कविताहरूमा यो कविताको विवृत्तिको अनुभूति गर्छ भने अन्त्यमा पढ्ने पाठकले यसमा अन्य कविताको संवृत्ति (सारसूत्र)को अनुभूति प्राप्त गर्दछ। 

देवकोटाको समग्र काव्ययात्रालाई सूक्ष्म र साङ्केतिक तवरले आत्मसात् गर्ने यस स्तरको अर्को लघुकविता सम्भवतः उपलब्ध छैन। थोरै मात्र अतिरञ्जनासहित के भन्न सकिन्छ भने फुटकर कविताका रूपमा यो कविता महाकवि देवकोटाको समष्टि काव्यवृत्तको केन्द्रबिन्दुका रूपमा रहेको छ। 

पृष्ठभूमि 

‘पागल’ कविताको जन्मबारे धेरै थरी चर्चा भेटिन्छन्। चर्चाको पछिल्लो कडीका रूपमा कवि देवकोटासँग टाढाको नाताले भान्जा पर्ने जनकलाल शर्माले उल्लेख गरेको प्रसंग महत्त्वपूर्ण छदैछ भने त्यसको पृष्ठभूमिका रूपमा अन्य प्रसंग पनि रहेका छन्। 

कवि देवकोटाको व्यक्तिगत एवं सामाजिक जीवनका कतिपय प्रसंग ‘पागल’ कवितासँग निकट सम्बन्धित छन्। 

देवकोटा अत्यन्त संवेदनशील र कल्पनाशील मनस्थितिका उच्च प्रतिभाशाली व्यक्ति थिए। असाधारण प्रतिभाले कहिलेकाहीँ ‘पागल’पनको सीमारेखालाई मेटाइदिएझै देखिन्छ। ‘पागल’ नभए पनि कहिलेकाहीँ त्यस्तो प्रभाव देखिन्छ। यस्तो अवस्था देवकोटाका जीवनमा धेरै पटक आयो । 

देवकोटीय काव्ययात्राको प्रथम चरणको शिखर कृति ‘मुनामदन’ हो जसले उनलाई लोकप्रिय युवाकविका रूपमा स्थापित गर्‍यो।

असाधारण प्रतिभासम्पन्न व्यक्ति बेलावखतमा असामान्य मनोदशाका व्यक्तिका रूपमा देखा परे। 

वि.सं. १९९१ र १९९२ मा क्रमशः माता र पिताको देहावसान भएपछि आफूलाई पढ्न प्रेरित गर्ने आमा र काव्ययात्रामा लाग्न प्रेरित गर्ने बाबुको मृत्युको पीडाले उनी आहत भएका थिए। आहत देवकोटा पशुपति, वनकाली र भण्डारखालका वनहरूमा रात–साँझ समयसमयमा एक्लै घुम्ने र टोलाउने गरेको जानकारी पाइन्छ। उनको मानसिक सन्तुलनमा त्यसै समयमा केही व्यवधान आएको देखिन्छ। 

विचारणीय त के छ भने यसै समयमा उनका चर्चित फुटकर कविताका साथै ‘मुनामदन’जस्तो कालजयी खण्डकाव्यको प्रकाशन भएको छ। साथै चर्चित कविहरूका पंक्तिमा उनको गणना हुन लागेको छ। 

यसै क्रममा १९९३ सालमा अङ्ग्रेजी साहित्यमा एम.ए. पास गर्ने धोको मेट्नका लागि कठोर परिश्रम गर्दागर्दै उनको मनस्थितिसमेत असन्तुलित हुन पुग्छ (जोशी, पृ. १२४)। अंग्रेजीमा एम.ए गर्ने धोको सदाका लागि अवरुद्ध हुन्छ। यसपछि उनको मनोविक्षिप्तिले यदाकदा टाउको उठाउँछ। उनलाई मानसिक उपचारका लागि राँची लगिन्छ। 

यहाँ स्मरणीय के छ भने देवकोटाको मानसिक उपचार गर्ने डाक्टरले देवकोटामा बेलाबखतमा देखिने मानसिक असन्तुलनको कारणका रूपमा ‘भौगोलिक भूल’ बताए। अर्थात्, त्यो उदीयमान विलक्षण प्रतिभाका लागि तत्कालीन हाम्रो समाज अनुकूल थिएन। कविको प्रतिभासँग समकालीन समाजले सामञ्जस्य राख्न सक्दैनथ्यो। असाधारण प्रतिभालाई असामान्य मनोदशा ठान्ने दृष्टिकोण समाजमा थियो। कवि देवकोटाको प्रतिभा र राचीका मनोचिकित्सकको अध्ययनको निष्कर्षले यही देखाउँछ। 

असाधारण प्रतिभासम्पन्न देवकोटाको जीवनकालमा यदाकदा असामान्य देखिने अर्थात् सामान्यत लोकप्रचलित सीमारेखा उल्लंघन गरिएका घटना जीवनका पछिल्ला—पछिल्ला वर्षसम्म नै देखा परेका थिए। १९९७ सालतिर स्वास्थ्यलाभका निम्ति हावापानी परिवर्तन गर्ने उद्देश्यले मामा–ससुराली झिल्टुङमा केही महीना बस्दा पनि उनको आचरणमा केही अनौठोपन बेलाबखत देखा परेको जानकारी पाइन्छ। 

तस्वीरः मदन पुरस्कार पुस्तकालय

समयसमयमा प्रकट भएका यस्ता अनौठा क्रियाकलापका कारणले उनले ‘पागल’ तथा मानसिक सन्तुलन बिग्रेको जस्ता अवाञ्छित र पीडाजनक आक्षेप सहनपर्ने अवस्था आइरह्यो। अनौपचारिक ढंगले व्यक्त गरिने यस्ता छुद्र एवं कुरौटे आक्षेपलाई देवकोटाले कुनै वास्ता गरेनन्। त्यसप्रति उपेक्षाभाव दर्साइरहे। परन्तु, जब २०१० वैशाख–जेठ (मई १९५३) मा भारतबाट प्रकाशित हिन्दी मासिक ‘आजकल’मा ख्यातिप्राप्त विद्वान महापण्डित राहुल सांकृत्यायानले ‘नेपाली महाकवि देवकोटा’ शीर्षकको लेखमा देवकोटाको भुरीभुरी प्रशंसा गर्दै उनलाई ‘पागल’ भनेर उपचारार्थ राँची लगिएको प्रसंगसमेत प्रकाशमा ल्याएको घटनाले उनलाई उत्तेजित बनायो। 

राहुल साङ्कृत्यायनले देवकोटाको प्रतिभाको प्रशंसा गर्दै उक्त लेखमा लेखेका छन् – 

‘महाकवि देवकोटा .....मा हामी हाम्रा हिन्दीका पन्त, प्रसाद, निरालाहरूलाई सम्पूर्ण रूपमा पाउने मात्र होइन, बरु हामी उनमा प्रिय प्रवासका कवि हरिऔधलाई विकसित रूपमा पाउँछौँ भने अर्कोतिर अझै महाकवि पनि पाउँछौं जो अहिलेसम्म हिन्दीमा जन्मेकै छैन।’

त्यही लेखमा राहलले सूर्यकान्त त्रिपाठी ‘निराला’मा रहेको मानसिक असन्तुलनसँग देवकोटाको मनोदशामा केही मात्रामा समानता रहेको चर्चा गरेका छन्। उनले लेखेका छन्— ‘निरालाका केही अरू गुण पनि उनमा छन्, तर त्यति मात्रामा चाहिँ होइन। निरालालाई राँची लैजाने चर्चा मात्रै कैयौं पल्ट चल्यो। तर जब देवकोटालाई घरका मान्छेहरूले विक्षिप्त ठानेर राँची लैजाने चर्चा गरे उनले कत्ति पनि नाइनास्ति गरेनन्। अनि राँचीको ‘पागल’खानामा पनि केही दिन बसेर आए। तर, उनी ‘पागल’चाहि होइनन्। असाधारण प्रतिभाले कहिलेकाहीं ‘पागल’पनको सीमारेखालाई मेटाइदिएझै देखिन्छ। देवकोटामा यही भएको हो।’ (राहुल ऐजन) 

राहुलले आफ्नो लेखमा देवकोटाको उच्च मूल्यांकन नै गरेका छन्। अनि उनीमाथि लागेको आक्षेपको सशक्त प्रतिवाद नै गरेका छन्। तर आफ्नो अवस्थालाई यसरी सार्वजनिक गरिएको घटनालाई देवकोटाले सजिलै ग्रहण गर्न सकेनन्। राहल सांकृत्यायानप्रति उनी क्षुब्ध भए। 

आफूमाथि लागेको ‘पागल’पनको आक्षेपको प्रतिवाद गर्ने र त्यसबारे स्पष्टीकरण दिने उद्देश्यले उनले ‘पागल’ कविताको रचना गरे। 

यसरी हेर्दा ‘पागल’ कविता महाकवि देवकोटाको जीवनका कठोर पृष्ठभूमिमा आधारित कविताका रूपमा रचिएको देखिन्छ भने यसको प्रेरक घटना अर्थात् पछिल्लो निमित्त कारणका रूपमा राहुल सांकृत्यायानको लेख महत्त्वपूर्ण देखिन्छ। 

विषयवस्तु सक्षेपमा 

‘पागल’ एक लामो बृहत् परिमाणको फुटकर कविता हो। 

१६२ वटा लामाछोटा पंक्तिहरूलाई सात औपचारिक खण्डमा बाँडिएको यस कवितामा सातौं खण्ड ४९ पक्तिको एक स्वतन्त्र फुटकर कविता जत्रै छ। तेस्रो र चौथो खण्ड पनि क्रमशः ३० र २९ पंक्तिका स–साना गद्यकविता जत्रा छन्। दोस्रो खण्डमा २३ पंक्ति, पाँचौमा २० पंक्ति र छैठौंमा ९ पंक्ति छन् भने सबभन्दा सानो पहिलो खण्ड २ पंक्ति मात्रको छ। खण्डहरू असमान परिमाणका छन्। खण्डहरूले श्लोकको काम गरेका छैनन् बरु प्रकरण वा प्रसंगको काम गरेका छन्। 

कविताको पहिलो खण्डले विषयको कलात्मक समुद्घाटन गरेको छ—

जरुर साथी ! म ‘पागल’ 
यस्तै छ मेरो हाल ! 

कविले आफूलाई ‘पागल’ भन्ठान्ने समाजको आरोपलाई स्वीकार गर्छन्। आफूलाई त्यस्ता अनौठा, असामान्यजस्ता, अप्रचलित तथा अस्वीकार्य गतिविधिका लागि प्रेरित गर्ने र बाध्य तुल्याउने वाह्य (सामाजिक) र अभ्यन्तर (वैयक्तिक, भावनात्मक, मूल्यगत, वैचारिक आदि) प्रेरक र कारकहरूको विवरण प्रस्तुत गर्छन्। 

दोसो खण्डमा कविले कविहरूमा हुने असाधारण सूक्ष्मता, अद्भुत साहचर्य, विलक्षण कल्पनाशक्ति, तीव्रतम संवेदनशीलताको उल्लेख गरेका छन्। 

शब्दमा दृश्यको, दृश्यमा ध्वनिको अनि बास्नामा स्वादको अपेक्षा गरी सम्भावना, समीकरण र साहचर्यको वैचित्र्यलाई कविले प्रस्तुत गरेका छन्। त्यस्तो वैचित्र्य जसको अस्तित्व लोक मान्दैन। जसको आकार संसार जान्दैन। रोमान्टिक कवितामा पाइने प्रकृतिजगत् र मानवहृदयका बीचको तादात्म्य, ऐक्यभाव, सहानुभूति र संवादको स्थितिलाई कविले यस खण्डमा उतारेका छन्। 

तेस्रो खण्डमा कविले आफू (एक संवेदनशील कवि) र आफूलाई ‘पागल’ भनिरहेको साथी–समाजको तुलना गरेका छन्। कविको भावजगत् गणितसूत्रीय जोडघटाउमा बाँधिदैन, पाँच इन्द्रियले ठम्याइन्न, वस्तु र तर्कको ठोस–कठोर गद्यमा समेटिन्न। यस विपरीत कविले ठम्याएको संसार कवितामय, तरल र अझ बाप्पिल हुन्छ। जहाँ सपनालाई समातिन्छ। सुन, चाँदी र सिक्काले होइन जीवनका पीडा र करुणाले स्रष्टालाई गतिमान बनाउँछन्। अनि जीवनलाई सूक्ष्म र संवेदनशील चैतन्यले चियाइन्छ। यी सूक्ष्म वृत्तिहरू सर्वसाधारण र औसत मानव समुदायले ख्याल नगरिने, नपत्याइने, कदर नगरिने तथा उपेक्षा–तिरस्कार गरिने हुनाले कविले व्यंग्यपूर्वक भनेका छन्— ‘एक नसा ढिलो छ, यस्तै छ मेरो हाल !’ 

चौथो खण्डलाई एक छिन पर सारौं। 

पाँचौँ र छैटौँ खण्डमा ‘यस्तै छ मोलमोलाइको उलटपुलट’ भन्दै कविले स्वार्थी, धूर्त, पाखण्डी र भोगविलासी समाजमा आफ्ना मूल्यमान्यताको विपरीत देशान्तर देखाएका छन्— 

मैले नवावको मदिरालाई खुन भनेको छु 
छिपेकी रण्डीलाई लास भनेको छु 
राजालाई गरीब, 
सिकन्दरलाई मैले गाली दिएको छु ! 
महात्मा भनाउँदाको निन्दा गरेको छु ! 
नगण्य व्यक्तिलाई, तर 
सातौँ आसमानसम्म 
तारिफको पुलमा चढाएको छु। 

कविले आडम्बरी र मिथ्याचारी समाजका विकृति–वेथितिलाई आफूले सहजै आत्मसात् गर्न नसकेको तथा आफ्नो दृष्टिकोण त्यसको ठीक विपरीत भएकाले समाजसमक्ष चन्द्राहत (औंसी–पूर्णिमा लाग्ने) र ऐचाताना (पीडा–तनावग्रस्त) हुन पुगेको स्पष्टीकरण दिएका छन्। 

‘पागल’ कविता रचना गरेकै अर्को दिन जनकलाल शर्माको सुझावअनुसार ’महापण्डित राहुल सांकृत्यायन’ लेखिएको शब्दावलीबाट ‘महापण्डित’ शब्दबाहेक अरू शब्द हटाएर साधारणीकरणको योग्य बनाइएको थियो।

चौथो खण्डमा भावुक अन्वेषण र अनुभूतिको पल्लो तहसम्म पुगेको कवि–प्रतिभा र चेतनाको दैनिक व्यवहारोपयोगी सतहमा घसिंदो समाजबीचका पृथक् एवं द्वन्द्वात्मक प्रतिक्रिया व्यक्त गरिएका छन्। जीवनीपरक समीक्षा गर्नेहरूका लागि यस खण्डमा महाकवि देवकोटाको जीवनका केही घटनाका प्रतिविम्ब भेटिन्छन्। 

सातौं खण्ड ‘पागल’ कविताको सवभन्दा लामो र अन्तिम खण्ड हो। 

यसमा कवि सिधै सामाजिक–राजनीतिक मैदानमा हाम फाल्छन्। त्यहाँ राजनीतिक बेइमानी र निर्लज्जता, आर्थिक शोषण, बौद्धिक–वैचारिक दुष्प्रचार र मिथ्याचार, दुर्बल र निमुखा जनतामाथि हुने अमानवीय अत्याचार तथा यो मानव वस्तीको अमानव दिनचर्या देखेर उत्तेजित हुन्छन्। उनको धैर्य र संयमको बाँध भत्किन्छ। अनियन्त्रित आवेगले उनको मुखमुद्रा उग्र, प्रचण्ड र रौद्र देखिन्छ— 

हुन्छन् ठाडा मेरा रौं रौं 
गर्गनका सर्पकेश झै...
कड्कडाउँछन् मेरा बत्तीसदन्ते बंगारा 
.... प्रकोपले लाललाल आँखाका डल्ला 
.. उफ्रिन्छन मेरा कलपुर्जा, खलबल-खलबल
तुफान हुन्छ मेरो सास 
विकृत हुन्छ मेरो चेहरा 
बल्दछ मेरो दिमाग साथी 
बड़वानले झैं, बडवानले झै। 
म वन खाने आगो झै बहुला हुन्छ ! 

यसरी न्यायनिष्ठा, स्वाभिमान र मानवीय मूल्य नभएको समाजमा न्याय, समानता र मानवीय प्रतिष्ठाको पक्षमा भावना र मनोवेगसहित खडा हुने एक प्रतिभा ‘पागल’ घोषित हुन पुगेको छ। लाचारी, मिथ्याचार र दुराचार सद्दे ठहरिएको छ। आफू र आफ्ना जनतामाथि थोपरिएको दमन र शोषणलाई फगत् तमासे भई टुलुटुल हेर्नु नै स्वस्थ आचरण बनेको छ। 

कविताको अन्त्य–अन्त्यतिरका केही पंक्तिमा समग्र कविताको निष्कर्ष र स्पष्टीकरणको निचोडस्वरूप कविले आफ्नो व्यक्तित्वलाई सुन्दर चकोर, असुन्दर फोर, कोमल, क्रुर, चिडिया, स्वर्गाग्निचोर, तुफानपुत्र र ‘पागल’ ज्वालामुखीको उद्गार (भयङ्कर व्यक्तित्वपालसमेत) का रूपमा परिचित गराएका छन्। 

यिनै उच्च चिन्तन, प्रतिभा तथा मानवतावादी अडानका कारण आफू समाजमा सहजग्राह्य हुन नसकेको व्यंग्योक्ति यस कविताका पछिल्ला हरफहरूमा प्रकट गरेका छन्— 

जरुर साथी ! सन्के मगज छु, सन्के ! 
यस्तै छ मेरो हाल ! 

देवकोटाको काव्ययात्राका सन्दर्भमा ‘पागल’ कविता 

महाकवि देवकोटाको औपचारिक काव्ययात्रा (वि.सं. १९९१–२०१६) लाई समीक्षकहरूले मोटामोटी दुई चरणमा विभाजन गरेका छन्— पूर्वार्द्ध (१९९१–२००३) र उत्तरार्द्ध (२००४–२०१६)। 

मूल प्रवृत्तिका दृष्टिले पूर्वार्द्धलाई रोमान्टिक आदर्शवाद र उत्तरार्द्धलाई रोमान्टिक प्रगतिवाद नामकरण गर्नु उपयुक्त देखिन्छ। उत्तरार्द्ध चरणअन्तर्गत २०१० सालपछिका देवकोटाले आफ्ना रचनाहरूलाई परिष्कार र परिमार्जन गर्न थालेका छन्। प्रमिथस महाकाव्यकै केही अंश परिष्कार गरिएका थिए भने ‘पागल’ कवितामा पनि परिष्कारोन्मुख प्रवृत्ति देखिन्छ। 

‘पागल’ कविता रचना गरेकै अर्को दिन जनकलाल शर्माको सुझावअनुसार ’महापण्डित राहुल सांकृत्यायन’ लेखिएको शब्दावलीबाट ‘महापण्डित’ शब्दबाहेक अरू शब्द हटाएर साधारणीकरणको योग्य बनाइएको थियो। 

यो कविता पहिला २०१० भदौ–असोजको ‘प्रगति’ (साहित्यिक द्वैमासिक)मा छापिएको थियो भने २०१३ को ‘इन्द्रेनी’ साहित्यिक मासिक मा पुनर्प्रकाशित हुँदा यसको पाठमा केही फेरबदल भएको देखिन्छ। यी दुवैभन्दा केही फरक किसिमको पाठ पनि भेटिन्छ। 

देवकोटाका पूर्व चरणका उपलब्धिहरूलाई प्रायः सुरक्षित राख्दै उत्तरवर्ती चरणमा देखा परेका परिवर्तन र विकासको परिणाम हो यो कविता।

२०१३ सालमा ‘इन्द्रेनी’ पत्रिकाको प्रकाशनसँगै कवि देवकोटामा पूर्वार्द्ध चरणतर्फको प्रत्यागमनका लक्षण पनि देखिएका छन्। ‘ज्वरशमना प्रकृति’ (२०१३), ‘शाहजहाँको इच्छा’ (२०१३) तथा ‘मुनामदन’ (खण्डकाव्य, २०१५) मा गरिएको परिमार्जन नै यस्ता केही लक्षण हुन। यस परिप्रेक्ष्यमा ‘पागल’ कवितालाई हेर्दा दोस्रो, तेस्रो र चौथो खण्डमा रोमान्टिक भावुकता, प्रकृतिप्रेम र आध्यात्मिक चेत (भद्दा धार्मिक–साम्प्रदायिकता होइन)का आलोकपुञ्जहरू भेटिन्छन्। ‘नगण्य व्यक्तिलाई ... तारिफको पुलमा चढाएको छु’ भन्ने देवकोटाले दुई दशक पुरानो ‘गरीब’ कवितालाई सम्झाएका छन्। 

कविताको चौथो खण्ड हेर्दा प्रकृतिका सूक्ष्म क्रिया र छटाहरूप्रति कविको सूक्ष्म–तीव्र संवेदनशीलता र भावानुकूल तादात्म्यको अनुभूति हुन्छ। 

पाँचौ, छैठौँ र सातौँ खण्डमा देवकोटीय काव्ययात्राको रोमान्टिक प्रगतिवादी, जनपक्षीय, विद्रोही तथा जनताको सुन्दर भविष्यका स्वप्नद्रष्टाका रूपमा कविले आफूलाई खडा गरेका छन्। यस अर्थमा देवकोटाको काव्ययात्राका सबैजसो चरणको संक्षिप्त प्रतिनिधित्व ‘पागल’ कवितामा भएको छ। 

देवकोटाका काव्यप्रवृत्तिका सापेक्षतामा ‘पागल’ कविता 

महाकवि देवकोटाका सम्पूर्ण कवितामा व्याप्त मूलधारा हो – स्वच्छन्दतावाद। महाकविका काव्ययात्रामा यसका दुई विशाल भंगाला बनेका छन्— स्वच्छन्दतावादी आदर्शवाद तथा स्वच्छन्दतावादी प्रगतिवाद। 

यिनै आधारभूत प्रवृत्तिअन्तर्गत मानवतावाद, जनपक्षीयता, प्रकृतिप्रेम, सहज–प्राकृतिक जीवनशैली, स्वतन्त्रता, स्वाधीनता, विद्रोही चेतना, जीवन र भविष्यप्रति आशावादिता तथा शिल्प–रचनामा नवीनताजस्ता प्रवृत्तिहरू देवकोटाका कवितामा उल्लेख्य रूपमा भेटिन्छन्। यस दृष्टिकोणबाट ‘पागल’ कवितालाई हेर्दा एउटै लघु कवितामा धेरैजसो प्रवृत्तिहरू समाहित भएको पाइन्छ। 

यी पक्तिंहरू हेरौं— 

म शब्दलाई देख्दछु
दृश्यलाई सुन्छु
बास्नालाई स्वाद लिन्छ
आकाशभन्दा पातला कुरालाई छुन्छु
..... 
म देख्दछु ढुंगालाई फूल
....
म बोल्दछु तिनीसँग, जस्तो बोल्दछन् ती मसँग। 

रोमान्टिक भावुकता र सौन्दर्यन्वेषी चित्तको पराकाष्ठा झल्किन्छ यी पंक्तिहरूमा। उनको ‘घसिया गीत’, ‘गरीब’, ‘किसान’जस्ता कविताका साथै ‘शाकुन्तल’ महाकाव्यमा अभिव्यजित सौन्दर्य र प्रकृतिचित्रणको सूक्ष्मसंकेत ‘पागल’ कविताका पंक्तिहरूमा भेटिन्छ। 

आफ्नो निबन्धकारिताका सन्दर्भमा देवकोटाले लेखेका छन् – ‘शास्त्र गह्रुंगो मगज भारी झोँक्राइ र रौं चिर्ने बहससँग मेरो गोरू बेचेको साइनोसम्म पनि छैन। यहाँ सायद पोथीगण होला...जो बौद्धिक शक्तिहरूसंग भन्दा हार्दिक कोमलतासँग सम्बन्ध राख्दछ।...रमरम बुद्धिमात्रको दावा राख्दछ (लक्ष्मी निबन्धसंग्रहको भूमिका)। 

यो कुरा महाकवि देवकोटाका कवितामा पनि उत्तिकै लागु हुन्छ – 

तिम्रो गिदी छ साथी !
र मेरो मुटु।।
...
तिमी बलिया गद्य छौ 
म तरल पद्य छु 
...
तिम्रो संसार ठोस छ
मेरो बाफ
...
म सपनालाई समात्न खोज्दछु

कविका यी शब्दहरूले स्वच्छन्दतावादी भावनात्मक र सूक्ष्म चेतनालाई अघि सारेका छन्। यतिमात्र होइन, कवि पहाडलाई वाचाल महसुस गर्छन् भने गुलावमा हेलेन र पद्मिनीको सौन्दर्यको सारतत्व भेट्छन्। 

प्रकृतिलाई कविले कतिसम्म आत्मीय मानेका छन् भने वसन्तको कोकिल सुनेर उनी नाचेका छन्। तुफानसँग मिलेर गीत गाएका छन् भने औंसीको अँध्यारोमा निसास्सिएका छन्। 

कविताका पाँचौँ र छैटौँ खण्डमा कवि समाजका विकृतिहरूप्रति कठोर आलोचक वनेका छन् र परम्पराले सम्मान गरेका कतिपय विषयलाई उनले विस्थापित गरिदिएका छन्। 

नवावको मदिरामा कविले जनताको रगत देखेका छन्। शोषण गरेर दौलत चुलिएका राजालाई मानवीय मूल्य र भाव नभएका आध्यात्मिक रूपले कंगाल देखेका छन्। शासक समाजका पण्डितहरूलाई उनले महामूर्ख ठानेका छन् भने शोषण र अपमान गरिएकाहरूलाई मूल्यमान्यता र प्रतिष्ठाको अग्रपंक्तिमा स्थापित गरेका छन्। 

द्वन्द्वात्मक निषेधको प्रक्रियामा मूलधार किनारा लागेको छ, सीमान्तीकृत (नगण्य व्यक्ति, अन्धा र विफल मानिएकाहरू) लाई केन्द्रमा ल्याइएको छ। शासक (नवाव) नररक्तपिपासु वनेको छ। 

२००३ सालदेखि ‘सुलोचना’ महाकाव्य र ‘साँढे’ कविता हुँदै विकसित भएको आलोचनात्मक र व्यग्यात्मक चेतनाले ‘पागल’ कवितामा आइपुग्दा नौलो उचाइ छोएको छ। यसै गरी ‘पहाडी पुकार’ (२००५ भदौ) हुँदै विकसित भएको क्रान्तिकारी, परिवर्तनमुखी विद्रोही चेतना पनि मानवतावादी ‘प्रमिथस’को स्मरणसहित ‘पागल’ कवितामा विष्फोटित भएको छ। 

महाकवि देवकोटाको यति विद्रोही व्यक्तित्व यति सशक्त अभिव्यक्तिमा अन्यत्र कहीं प्रकट भएको छैन। ‘प्रमिथस’ महाकाव्यमा पनि यो आवेग र उत्तेजताले वाणी पाएको छैन। 

विक्रमीय बीसौं शताब्दीको आदर्शवादी मानवता ‘यात्री’ कविता हो भने एक्काईसौं शताब्दीको संघर्षमय, व्यावहारिक एवं समाजपरक मानवता ‘पागल’।

रोमान्टिक–प्रगतिवादी देवकोटा ‘पागल’ कविताका उत्तरार्द्धमा प्रकट भएका छन्। जनअधिकारको डंडाल्नो भाँचिनु, राजनीतिक नेतृत्व निर्लज्ज हुनु, वाघले मृग खान लाग्न वा ठूला माछाले सानासाना माछा निल्न थाल्नु तथा मानवमाथि मानवीय व्यवहार नहुनु— जनपक्षीय मानवतावादी देवकोटाका निम्ति असह्य हुन्। त्यस्ता दुच्छर गतिविधिका विरुद्ध उग्र उत्तेजनाका साथ उनी जाइलाग्न चाहन्छन् ‘पागल’ कवितामा। 

कविको आग्रह छ— साधारण मानिसको पनि प्रतिष्ठा होस्। सामाजिक दायित्वको चेतना नभएका व्यक्तिहरू तपस्वीका रूपमा नपुजिउन्। जनअधिकारको हनन नहोस्। जनताले शोषण र दमन बेहोर्नु नपरोस्। तथाकथित ठूलाबडा—बाघ ठूला माछाको हैकम नचलोस्। बौद्धिकताका नाममा जनतामा मिथ्याप्रचार नगरियोस्। अनि नेतृत्वदायी वर्ग निर्लज्ज होइन जनउत्तरदायी बनोस्। 

काव्ययात्राको पूर्वार्द्ध वा २००३ सालसम्म आदर्शवादी मानवतावाद अंगीकार गरेका देवकोटामा निरपेक्ष कोमलता, शान्ति, प्रेम र एकान्त प्रकृतिपरस्त प्रवृत्ति प्रवल पाइन्छ।

‘पागल’ कविताको आरम्भमा पनि पूर्वार्द्ध चरणका यिनै प्रवृत्तिहरू देखा पर्छन् भने उत्तरवर्ती देवकोटाका काव्यप्रवृत्तिहरू पनि यसै कवितामा व्यंग्य, विरोध र विद्रोहका रूपमा व्यक्त भएका छन्।

सुन्दर चकोरमात्र होइन असुन्दरलाई फोर्ने विद्रोही पनि कोमलमात्र होइन क्रुर पनि। उन्मुक्त आनन्दी ’चिडिया’ मात्र होइन तुफानपुत्र पनि। अनि स्वर्गको आगो चोरेर पृथ्वी न्यानो पार्ने शान्तिदूत मात्र होइन भयङ्कर व्यक्तित्वपाल तथा ‘पागल’ ज्वालामुखीको उद्गार पनि। यस्तो छ ‘पागल’ कविताको कवि। 

यसरी देवकोटाको समग्र काव्यसाधनाको केन्द्रीय कथ्यका रूपमा लेखिएको छ यो कविता। 

उपसंहार 

पंक्तिपंक्तिको व्यवस्थित अडानसहित लययुक्त गद्यमा लेखिएको ‘पागल’ कवितामा अपेक्षित परिष्कार केही बाँकी देखिए पनि देवकोटाको प्रवाहपूर्ण, सुस्पष्ट, भावप्रवण र स्वस्फूर्त परिष्कारयुक्त कविता हो यो। 

कविका फुटकर कविताहरूमा ‘पागल’सँग तुलना गर्न सजिलो हुने ‘यात्री’ नै हो, जसमा जनअभिरुचि प्रचुर रहेको छ। 

देवकोटाको काव्ययात्राको पूर्वार्द्धको शिखर कविता यात्री हो। शिल्प–परिष्कारका साथै भावविचारको उच्चकोटिको संयमका आधारमा यो कविता देवकोटाको अति विशिष्ट सिर्जना हो। 

‘पागल’का सम्बन्धमा के भन्न सकिन्छ भने देवकोटाका पूर्व चरणका उपलब्धिहरूलाई प्रायः सुरक्षित राख्दै उत्तरवर्ती चरणमा देखा परेका परिवर्तन र विकासको परिणाम हो यो कविता। 

बौद्धिक चाप मन नपराउने देवकोटा भावको प्रवाहमा बग्दावग्दै पनि यस कवितामा विवेकको रक्षाको वकालत गर्छन्। सञ्चार माध्यमहरूले मिथ्याप्रचार गरेर जनतालाई जहर पिलाएकोमा क्रुद्ध हुन्छन् भने समाजमा असत्य मौलाउदै गएकोमा आक्रोशित हुन्छन्। 

पूर्वीय मिथकका दधीचि र पाश्चात्य मिथकका प्रमिथसको त्याग र तपस्याको भावलाई कविले एकै साथ सम्झेका छन् भने पुराना जमानाका सिकन्दर र नवावका साथै अहिलेको राजनीतिक–सामाजिक विकृतिलाई दुत्कारेका छन्। 

विक्रमीय बीसौं शताब्दीको आदर्शवादी मानवता ‘यात्री’ कविता हो भने एक्काईसौं शताब्दीको संघर्षमय, व्यावहारिक एवं समाजपरक मानवता ‘पागल’। ‘यात्री’को मानवता ‘पागल’मा अंशतः रहेकै छ तर ‘पागल’को जागरुकता र सक्रियता यात्रीमा छैन। यसै गरी यात्रीको सम्बोध्य समुदाय धार्मिक तीर्थयात्रीहरूको हो जब कि व्यापक समदायप्रति सम्बोधित छ ‘पागल’ कविता। 

‘पागल’को भावजगत् तुलनात्मक रूपमा अलि फराकिलो छ भने युगबोध अझ नयाँ छ। सानै भए पनि देवकोटाका कविताको केन्द्रबिन्दुका रूपमा स्थित छ ‘पागल’ कविता। 

देवकोटाको ‘पागल’ कवितामा उत्तरवर्ती कविहरूका कतिपय उत्कृष्ट कविताहरूको पूर्वबीज भेटिन्छ। मोहन कोइरालाको ‘घाइते युग’ (२०१७), बैरागी काइँलाको ‘मातेको मान्छेको भाषण ः मध्यरातपछिको सडकसित’ (२०२०) का रोमान्टिक पूर्वाभासका साथै नेपाली कविताको प्रयोगवादी चरणमा देखिएका निराशा, मृत्युबोध र अर्थहीनताको पूर्वसंकेत पनि ‘पागल’ कवितामा भेटिन्छ। 

गद्य–कवितामा अघि बढेका देवकोटालाई छन्दोबद्ध कविताको चौकस–बन्धन मन नपरे तापनि त्यसभित्रको लयात्मक मिठासप्रति उनी आकर्षित छन् भन्ने ‘पागल’ कविताको लय–सन्धानमा देखिन्छ। 

व्यक्तिको अत्यन्त वैयक्तिक जस्तो देखिने भावुकताका साथै समाज र राष्ट्रकै चासो र दायित्वबोध यस कवितामा खुलेको छ। अतिशय भावुकतामा डुबुल्की लगाउने देवकोटाले यस कवितामा मिथ्याका मञ्चवाट होस् या ‘छापाको कालो मिथ्याले’ आफ्नो विवेकवीरलाई लल्कारेको देखेका छन् र निमुखा दुनियाँका कानमा अमृत भनेर कालो जहर पिलाइएको भेटेका छन्। 

भावुक विद्रोह मात्र नभएर यस कवितामा बौद्धिक सावधानी जागेको छ भने जनताको जित, हित र प्रतिष्ठाका निम्ति कवि सत्य र विवेकको सन्धानमा लागेका छन्। 

निष्कर्षमा, महाकवि देवकोटाले रचना गरेका झण्डै साढे छ सय फुटकर कविताहरूमध्ये भावुकता, तीव्रतर अनुभूति, तीखो व्यङ्ग्य, धारिलो प्रतिवाद, विकृति–विसङ्गतिसँगको विद्रोह, जनपक्षीयता र विलक्षण सौन्दर्यचेत भरिएको यो अद्वितीय कविता हो, साथै कविका महत्त्वपूर्ण काव्यप्रवृत्तिहरू समेटिएको सर्वाधिक महत्त्वको कविता हो। 

- ‘शब्दसिन्धु, वर्ष–१, अंक–२’ बाट साभार यो समालोचनामा सामान्य सम्पादन गरिएको छ। तिलोत्तमा नगरपालिका रुपन्देही निवासी समालोचक भुसाल त्रिभुवन विश्वविद्यालयका सेवानिवृत्त सह–प्राध्यापक हुन्। 

" />

"> पागलः सिंगो देवकोटालाई समेट्ने कविता : Dekhapadhi
पागलः सिंगो देवकोटालाई समेट्ने कविता  <figure class="image" style="float:left"><img alt="" height="227" src="https://www.dekhapadhi.com/storage/photos/shares/Literature/devkota/rishiram bhusal.jpg" width="200" /> <figcaption>ऋषिराम भुसाल</figcaption> </figure> <p><br /> &lsquo;<strong>महाकवि देवकोटा तीनचोटि जन्मे&mdash; &lsquo;मुनामदन&rsquo;सित, &lsquo;शाकुन्तल&rsquo;सित अनि &lsquo;पागल&rsquo;सित।&rsquo; </strong></p> <p>बालकष्ण समले यसरी आफ्नो सारगर्भित वाक्यमा देवकोटाका तीन अनमोल रचनाको उच्च मूल्याङ्कन गरेका छन्।&nbsp;</p> <p>समको यसै वाक्यमा आबद्ध भएर देवकोटाका अन्य कतिपय उत्कृष्ट रचनाहरू&mdash; &lsquo;यात्री&rsquo; (वि.सं. १९९८), &lsquo;प्रमिथस&rsquo; (लेखन २०१० तिर, प्रकाशन २०२८) आदिसँग देवकोटा जन्मिएका होइनन् भन्न त निश्चय नै सकिदैन। तर पनि उनको पच्चीस वर्षे साधनाकालमा रचना गरिएका झन्डै साढे छ सय कृति (फुटकर, खण्डकाव्य र महाकाव्य) मध्ये &lsquo;मुनामदन&rsquo; (खण्डकाव्य, १९९२), &lsquo;शाकुन्तल&rsquo; (महाकाव्य, २००२) र &lsquo;पागल&rsquo; (फुटकर कविता, २०१०) कविताको मूल्य ठम्याउने सफल प्रयास समले गरेका छन्।&nbsp;</p> <p>देवकोटीय काव्ययात्राको प्रथम चरणको शिखर कृति &lsquo;मुनामदन&rsquo; हो जसले उनलाई लोकप्रिय युवाकविका रूपमा स्थापित गर्&zwj;यो।&nbsp;</p> <p>&lsquo;पूर्णिमाको जलधि&rsquo; (१९९१) कविताबाट औपचारिक घोषित काव्ययात्रा आरम्भ गरेका देवकोटाको काव्य जलधिमा पूर्णिमाको सर्वोच्च ज्वार छचल्किएको अवस्थाको अभिव्यक्ति &lsquo;शाकुन्तल&rsquo; महाकाव्य हो। यो महाकाव्यले देवकोटालाई ३६ वर्षे उमेरको परिपक्व युवावस्थामा नै एक महाकवि तथा नेपाली साहित्यको प्रथम आधुनिक महाकाव्यकारका रूपमा उभ्याइदियो।&nbsp;</p> <p>देवकोटाको जीवनकालको अर्को अत्यधिक चर्चित रचना हो &lsquo;पागल&rsquo;, जसले कविलाई एकै पटकमा स्वच्छन्दतावादी आदर्शवाद र स्वच्छन्दतावादी प्रगतिवादको समुच्च शिखरमा खडा गरिदिएको छ।&nbsp;</p> <p>&lsquo;पागल&rsquo; कविता सुरुमा पढेर देवकोटाका अन्य कविता हेर्ने पाठकले अन्य कविताहरूमा यो कविताको विवृत्तिको अनुभूति गर्छ भने अन्त्यमा पढ्ने पाठकले यसमा अन्य कविताको संवृत्ति (सारसूत्र)को अनुभूति प्राप्त गर्दछ।&nbsp;</p> <p>देवकोटाको समग्र काव्ययात्रालाई सूक्ष्म र साङ्केतिक तवरले आत्मसात् गर्ने यस स्तरको अर्को लघुकविता सम्भवतः उपलब्ध छैन। थोरै मात्र अतिरञ्जनासहित के भन्न सकिन्छ भने फुटकर कविताका रूपमा यो कविता महाकवि देवकोटाको समष्टि काव्यवृत्तको केन्द्रबिन्दुका रूपमा रहेको छ।&nbsp;</p> <p><strong>पृष्ठभूमि&nbsp;</strong></p> <p>&lsquo;पागल&rsquo; कविताको जन्मबारे धेरै थरी चर्चा भेटिन्छन्। चर्चाको पछिल्लो कडीका रूपमा कवि देवकोटासँग टाढाको नाताले भान्जा पर्ने जनकलाल शर्माले उल्लेख गरेको प्रसंग महत्त्वपूर्ण छदैछ भने त्यसको पृष्ठभूमिका रूपमा अन्य प्रसंग पनि रहेका छन्।&nbsp;</p> <p>कवि देवकोटाको व्यक्तिगत एवं सामाजिक जीवनका कतिपय प्रसंग &lsquo;पागल&rsquo; कवितासँग निकट सम्बन्धित छन्।&nbsp;</p> <p>देवकोटा अत्यन्त संवेदनशील र कल्पनाशील मनस्थितिका उच्च प्रतिभाशाली व्यक्ति थिए। असाधारण प्रतिभाले कहिलेकाहीँ &lsquo;पागल&rsquo;पनको सीमारेखालाई मेटाइदिएझै देखिन्छ। &lsquo;पागल&rsquo; नभए पनि कहिलेकाहीँ त्यस्तो प्रभाव देखिन्छ। यस्तो अवस्था देवकोटाका जीवनमा धेरै पटक आयो ।&nbsp;</p> <blockquote> <p>देवकोटीय काव्ययात्राको प्रथम चरणको शिखर कृति &lsquo;मुनामदन&rsquo; हो जसले उनलाई लोकप्रिय युवाकविका रूपमा स्थापित गर्&zwj;यो।</p> </blockquote> <p>असाधारण प्रतिभासम्पन्न व्यक्ति बेलावखतमा असामान्य मनोदशाका व्यक्तिका रूपमा देखा परे।&nbsp;</p> <p>वि.सं. १९९१ र १९९२ मा क्रमशः माता र पिताको देहावसान भएपछि आफूलाई पढ्न प्रेरित गर्ने आमा र काव्ययात्रामा लाग्न प्रेरित गर्ने बाबुको मृत्युको पीडाले उनी आहत भएका थिए। आहत देवकोटा पशुपति, वनकाली र भण्डारखालका वनहरूमा रात&ndash;साँझ समयसमयमा एक्लै घुम्ने र टोलाउने गरेको जानकारी पाइन्छ। उनको मानसिक सन्तुलनमा त्यसै समयमा केही व्यवधान आएको देखिन्छ।&nbsp;</p> <p>विचारणीय त के छ भने यसै समयमा उनका चर्चित फुटकर कविताका साथै &lsquo;मुनामदन&rsquo;जस्तो कालजयी खण्डकाव्यको प्रकाशन भएको छ। साथै चर्चित कविहरूका पंक्तिमा उनको गणना हुन लागेको छ।&nbsp;</p> <p>यसै क्रममा १९९३ सालमा अङ्ग्रेजी साहित्यमा एम.ए. पास गर्ने धोको मेट्नका लागि कठोर परिश्रम गर्दागर्दै उनको मनस्थितिसमेत असन्तुलित हुन पुग्छ (जोशी, पृ. १२४)। अंग्रेजीमा एम.ए गर्ने धोको सदाका लागि अवरुद्ध हुन्छ। यसपछि उनको मनोविक्षिप्तिले यदाकदा टाउको उठाउँछ। उनलाई मानसिक उपचारका लागि राँची लगिन्छ।&nbsp;</p> <p>यहाँ स्मरणीय के छ भने देवकोटाको मानसिक उपचार गर्ने डाक्टरले देवकोटामा बेलाबखतमा देखिने मानसिक असन्तुलनको कारणका रूपमा &lsquo;भौगोलिक भूल&rsquo; बताए। अर्थात्, त्यो उदीयमान विलक्षण प्रतिभाका लागि तत्कालीन हाम्रो समाज अनुकूल थिएन। कविको प्रतिभासँग समकालीन समाजले सामञ्जस्य राख्न सक्दैनथ्यो। असाधारण प्रतिभालाई असामान्य मनोदशा ठान्ने दृष्टिकोण समाजमा थियो। कवि देवकोटाको प्रतिभा र राचीका मनोचिकित्सकको अध्ययनको निष्कर्षले यही देखाउँछ।&nbsp;</p> <p>असाधारण प्रतिभासम्पन्न देवकोटाको जीवनकालमा यदाकदा असामान्य देखिने अर्थात् सामान्यत लोकप्रचलित सीमारेखा उल्लंघन गरिएका घटना जीवनका पछिल्ला&mdash;पछिल्ला वर्षसम्म नै देखा परेका थिए। १९९७ सालतिर स्वास्थ्यलाभका निम्ति हावापानी परिवर्तन गर्ने उद्देश्यले मामा&ndash;ससुराली झिल्टुङमा केही महीना बस्दा पनि उनको आचरणमा केही अनौठोपन बेलाबखत देखा परेको जानकारी पाइन्छ।&nbsp;</p> <div style="text-align:center"> <figure class="image" style="display:inline-block"><img alt="" height="731" src="https://www.dekhapadhi.com/storage/photos/shares/Literature/devkota/Laxmi pd devkota.jpg" width="960" /> <figcaption>तस्वीरः मदन पुरस्कार पुस्तकालय</figcaption> </figure> </div> <p>समयसमयमा प्रकट भएका यस्ता अनौठा क्रियाकलापका कारणले उनले &lsquo;पागल&rsquo; तथा मानसिक सन्तुलन बिग्रेको जस्ता अवाञ्छित र पीडाजनक आक्षेप सहनपर्ने अवस्था आइरह्यो। अनौपचारिक ढंगले व्यक्त गरिने यस्ता छुद्र एवं कुरौटे आक्षेपलाई देवकोटाले कुनै वास्ता गरेनन्। त्यसप्रति उपेक्षाभाव दर्साइरहे। परन्तु, जब २०१० वैशाख&ndash;जेठ (मई १९५३) मा भारतबाट प्रकाशित हिन्दी मासिक &lsquo;आजकल&rsquo;मा ख्यातिप्राप्त विद्वान महापण्डित राहुल सांकृत्यायानले &lsquo;नेपाली महाकवि देवकोटा&rsquo; शीर्षकको लेखमा देवकोटाको भुरीभुरी प्रशंसा गर्दै उनलाई &lsquo;पागल&rsquo; भनेर उपचारार्थ राँची लगिएको प्रसंगसमेत प्रकाशमा ल्याएको घटनाले उनलाई उत्तेजित बनायो।&nbsp;</p> <p>राहुल साङ्कृत्यायनले देवकोटाको प्रतिभाको प्रशंसा गर्दै उक्त लेखमा लेखेका छन् &ndash;&nbsp;</p> <p>&lsquo;महाकवि देवकोटा .....मा हामी हाम्रा हिन्दीका पन्त, प्रसाद, निरालाहरूलाई सम्पूर्ण रूपमा पाउने मात्र होइन, बरु हामी उनमा प्रिय प्रवासका कवि हरिऔधलाई विकसित रूपमा पाउँछौँ भने अर्कोतिर अझै महाकवि पनि पाउँछौं जो अहिलेसम्म हिन्दीमा जन्मेकै छैन।&rsquo;</p> <p>त्यही लेखमा राहलले सूर्यकान्त त्रिपाठी &lsquo;निराला&rsquo;मा रहेको मानसिक असन्तुलनसँग देवकोटाको मनोदशामा केही मात्रामा समानता रहेको चर्चा गरेका छन्। उनले लेखेका छन्&mdash; &lsquo;निरालाका केही अरू गुण पनि उनमा छन्, तर त्यति मात्रामा चाहिँ होइन। निरालालाई राँची लैजाने चर्चा मात्रै कैयौं पल्ट चल्यो। तर जब देवकोटालाई घरका मान्छेहरूले विक्षिप्त ठानेर राँची लैजाने चर्चा गरे उनले कत्ति पनि नाइनास्ति गरेनन्। अनि राँचीको &lsquo;पागल&rsquo;खानामा पनि केही दिन बसेर आए। तर, उनी &lsquo;पागल&rsquo;चाहि होइनन्। असाधारण प्रतिभाले कहिलेकाहीं &lsquo;पागल&rsquo;पनको सीमारेखालाई मेटाइदिएझै देखिन्छ। देवकोटामा यही भएको हो।&rsquo; (राहुल ऐजन)&nbsp;</p> <p>राहुलले आफ्नो लेखमा देवकोटाको उच्च मूल्यांकन नै गरेका छन्। अनि उनीमाथि लागेको आक्षेपको सशक्त प्रतिवाद नै गरेका छन्। तर आफ्नो अवस्थालाई यसरी सार्वजनिक गरिएको घटनालाई देवकोटाले सजिलै ग्रहण गर्न सकेनन्। राहल सांकृत्यायानप्रति उनी क्षुब्ध भए।&nbsp;</p> <p>आफूमाथि लागेको &lsquo;पागल&rsquo;पनको आक्षेपको प्रतिवाद गर्ने र त्यसबारे स्पष्टीकरण दिने उद्देश्यले उनले &lsquo;पागल&rsquo; कविताको रचना गरे।&nbsp;</p> <p>यसरी हेर्दा &lsquo;पागल&rsquo; कविता महाकवि देवकोटाको जीवनका कठोर पृष्ठभूमिमा आधारित कविताका रूपमा रचिएको देखिन्छ भने यसको प्रेरक घटना अर्थात् पछिल्लो निमित्त कारणका रूपमा राहुल सांकृत्यायानको लेख महत्त्वपूर्ण देखिन्छ।&nbsp;</p> <p><strong>विषयवस्तु सक्षेपमा&nbsp;</strong></p> <p>&lsquo;पागल&rsquo; एक लामो बृहत् परिमाणको फुटकर कविता हो।&nbsp;</p> <p>१६२ वटा लामाछोटा पंक्तिहरूलाई सात औपचारिक खण्डमा बाँडिएको यस कवितामा सातौं खण्ड ४९ पक्तिको एक स्वतन्त्र फुटकर कविता जत्रै छ। तेस्रो र चौथो खण्ड पनि क्रमशः ३० र २९ पंक्तिका स&ndash;साना गद्यकविता जत्रा छन्। दोस्रो खण्डमा २३ पंक्ति, पाँचौमा २० पंक्ति र छैठौंमा ९ पंक्ति छन् भने सबभन्दा सानो पहिलो खण्ड २ पंक्ति मात्रको छ। खण्डहरू असमान परिमाणका छन्। खण्डहरूले श्लोकको काम गरेका छैनन् बरु प्रकरण वा प्रसंगको काम गरेका छन्।&nbsp;</p> <p>कविताको पहिलो खण्डले विषयको कलात्मक समुद्घाटन गरेको छ&mdash;</p> <p><em>जरुर साथी ! म &lsquo;पागल&rsquo;&nbsp;<br /> यस्तै छ मेरो हाल !&nbsp;</em></p> <p>कविले आफूलाई &lsquo;पागल&rsquo; भन्ठान्ने समाजको आरोपलाई स्वीकार गर्छन्। आफूलाई त्यस्ता अनौठा, असामान्यजस्ता, अप्रचलित तथा अस्वीकार्य गतिविधिका लागि प्रेरित गर्ने र बाध्य तुल्याउने वाह्य (सामाजिक) र अभ्यन्तर (वैयक्तिक, भावनात्मक, मूल्यगत, वैचारिक आदि) प्रेरक र कारकहरूको विवरण प्रस्तुत गर्छन्।&nbsp;</p> <p>दोसो खण्डमा कविले कविहरूमा हुने असाधारण सूक्ष्मता, अद्भुत साहचर्य, विलक्षण कल्पनाशक्ति, तीव्रतम संवेदनशीलताको उल्लेख गरेका छन्।&nbsp;</p> <p>शब्दमा दृश्यको, दृश्यमा ध्वनिको अनि बास्नामा स्वादको अपेक्षा गरी सम्भावना, समीकरण र साहचर्यको वैचित्र्यलाई कविले प्रस्तुत गरेका छन्। त्यस्तो वैचित्र्य जसको अस्तित्व लोक मान्दैन। जसको आकार संसार जान्दैन। रोमान्टिक कवितामा पाइने प्रकृतिजगत् र मानवहृदयका बीचको तादात्म्य, ऐक्यभाव, सहानुभूति र संवादको स्थितिलाई कविले यस खण्डमा उतारेका छन्।&nbsp;</p> <p>तेस्रो खण्डमा कविले आफू (एक संवेदनशील कवि) र आफूलाई &lsquo;पागल&rsquo; भनिरहेको साथी&ndash;समाजको तुलना गरेका छन्। कविको भावजगत् गणितसूत्रीय जोडघटाउमा बाँधिदैन, पाँच इन्द्रियले ठम्याइन्न, वस्तु र तर्कको ठोस&ndash;कठोर गद्यमा समेटिन्न। यस विपरीत कविले ठम्याएको संसार कवितामय, तरल र अझ बाप्पिल हुन्छ। जहाँ सपनालाई समातिन्छ। सुन, चाँदी र सिक्काले होइन जीवनका पीडा र करुणाले स्रष्टालाई गतिमान बनाउँछन्। अनि जीवनलाई सूक्ष्म र संवेदनशील चैतन्यले चियाइन्छ। यी सूक्ष्म वृत्तिहरू सर्वसाधारण र औसत मानव समुदायले ख्याल नगरिने, नपत्याइने, कदर नगरिने तथा उपेक्षा&ndash;तिरस्कार गरिने हुनाले कविले व्यंग्यपूर्वक भनेका छन्&mdash; &lsquo;एक नसा ढिलो छ, यस्तै छ मेरो हाल !&rsquo;&nbsp;</p> <p>चौथो खण्डलाई एक छिन पर सारौं।&nbsp;</p> <p>पाँचौँ र छैटौँ खण्डमा &lsquo;यस्तै छ मोलमोलाइको उलटपुलट&rsquo; भन्दै कविले स्वार्थी, धूर्त, पाखण्डी र भोगविलासी समाजमा आफ्ना मूल्यमान्यताको विपरीत देशान्तर देखाएका छन्&mdash;&nbsp;</p> <p><em>मैले नवावको मदिरालाई खुन भनेको छु&nbsp;<br /> छिपेकी रण्डीलाई लास भनेको छु&nbsp;<br /> राजालाई गरीब,&nbsp;<br /> सिकन्दरलाई मैले गाली दिएको छु !&nbsp;<br /> महात्मा भनाउँदाको निन्दा गरेको छु !&nbsp;<br /> नगण्य व्यक्तिलाई, तर&nbsp;<br /> सातौँ आसमानसम्म&nbsp;<br /> तारिफको पुलमा चढाएको छु।&nbsp;</em></p> <p>कविले आडम्बरी र मिथ्याचारी समाजका विकृति&ndash;वेथितिलाई आफूले सहजै आत्मसात् गर्न नसकेको तथा आफ्नो दृष्टिकोण त्यसको ठीक विपरीत भएकाले समाजसमक्ष चन्द्राहत (औंसी&ndash;पूर्णिमा लाग्ने) र ऐचाताना (पीडा&ndash;तनावग्रस्त) हुन पुगेको स्पष्टीकरण दिएका छन्।&nbsp;</p> <blockquote> <p>&lsquo;पागल&rsquo; कविता रचना गरेकै अर्को दिन जनकलाल शर्माको सुझावअनुसार &rsquo;महापण्डित राहुल सांकृत्यायन&rsquo; लेखिएको शब्दावलीबाट &lsquo;महापण्डित&rsquo; शब्दबाहेक अरू शब्द हटाएर साधारणीकरणको योग्य बनाइएको थियो।</p> </blockquote> <p>चौथो खण्डमा भावुक अन्वेषण र अनुभूतिको पल्लो तहसम्म पुगेको कवि&ndash;प्रतिभा र चेतनाको दैनिक व्यवहारोपयोगी सतहमा घसिंदो समाजबीचका पृथक् एवं द्वन्द्वात्मक प्रतिक्रिया व्यक्त गरिएका छन्। जीवनीपरक समीक्षा गर्नेहरूका लागि यस खण्डमा महाकवि देवकोटाको जीवनका केही घटनाका प्रतिविम्ब भेटिन्छन्।&nbsp;</p> <p>सातौं खण्ड &lsquo;पागल&rsquo; कविताको सवभन्दा लामो र अन्तिम खण्ड हो।&nbsp;</p> <p>यसमा कवि सिधै सामाजिक&ndash;राजनीतिक मैदानमा हाम फाल्छन्। त्यहाँ राजनीतिक बेइमानी र निर्लज्जता, आर्थिक शोषण, बौद्धिक&ndash;वैचारिक दुष्प्रचार र मिथ्याचार, दुर्बल र निमुखा जनतामाथि हुने अमानवीय अत्याचार तथा यो मानव वस्तीको अमानव दिनचर्या देखेर उत्तेजित हुन्छन्। उनको धैर्य र संयमको बाँध भत्किन्छ। अनियन्त्रित आवेगले उनको मुखमुद्रा उग्र, प्रचण्ड र रौद्र देखिन्छ&mdash;&nbsp;</p> <p><em>हुन्छन् ठाडा मेरा रौं रौं&nbsp;<br /> गर्गनका सर्पकेश झै...<br /> कड्कडाउँछन् मेरा बत्तीसदन्ते बंगारा&nbsp;<br /> .... प्रकोपले लाललाल आँखाका डल्ला&nbsp;<br /> .. उफ्रिन्छन मेरा कलपुर्जा, खलबल-खलबल<br /> तुफान हुन्छ मेरो सास&nbsp;<br /> विकृत हुन्छ मेरो चेहरा&nbsp;<br /> बल्दछ मेरो दिमाग साथी&nbsp;<br /> बड़वानले झैं, बडवानले झै।&nbsp;<br /> म वन खाने आगो झै बहुला हुन्छ !&nbsp;</em></p> <p>यसरी न्यायनिष्ठा, स्वाभिमान र मानवीय मूल्य नभएको समाजमा न्याय, समानता र मानवीय प्रतिष्ठाको पक्षमा भावना र मनोवेगसहित खडा हुने एक प्रतिभा &lsquo;पागल&rsquo; घोषित हुन पुगेको छ। लाचारी, मिथ्याचार र दुराचार सद्दे ठहरिएको छ। आफू र आफ्ना जनतामाथि थोपरिएको दमन र शोषणलाई फगत् तमासे भई टुलुटुल हेर्नु नै स्वस्थ आचरण बनेको छ।&nbsp;</p> <p>कविताको अन्त्य&ndash;अन्त्यतिरका केही पंक्तिमा समग्र कविताको निष्कर्ष र स्पष्टीकरणको निचोडस्वरूप कविले आफ्नो व्यक्तित्वलाई सुन्दर चकोर, असुन्दर फोर, कोमल, क्रुर, चिडिया, स्वर्गाग्निचोर, तुफानपुत्र र &lsquo;पागल&rsquo; ज्वालामुखीको उद्गार (भयङ्कर व्यक्तित्वपालसमेत) का रूपमा परिचित गराएका छन्।&nbsp;</p> <p>यिनै उच्च चिन्तन, प्रतिभा तथा मानवतावादी अडानका कारण आफू समाजमा सहजग्राह्य हुन नसकेको व्यंग्योक्ति यस कविताका पछिल्ला हरफहरूमा प्रकट गरेका छन्&mdash;&nbsp;</p> <p><em>जरुर साथी ! सन्के मगज छु, सन्के !&nbsp;<br /> यस्तै छ मेरो हाल !&nbsp;</em></p> <p><strong>देवकोटाको काव्ययात्राका सन्दर्भमा &lsquo;पागल&rsquo; कविता&nbsp;</strong></p> <p>महाकवि देवकोटाको औपचारिक काव्ययात्रा (वि.सं. १९९१&ndash;२०१६) लाई समीक्षकहरूले मोटामोटी दुई चरणमा विभाजन गरेका छन्&mdash; पूर्वार्द्ध (१९९१&ndash;२००३) र उत्तरार्द्ध (२००४&ndash;२०१६)।&nbsp;</p> <p>मूल प्रवृत्तिका दृष्टिले पूर्वार्द्धलाई रोमान्टिक आदर्शवाद र उत्तरार्द्धलाई रोमान्टिक प्रगतिवाद नामकरण गर्नु उपयुक्त देखिन्छ। उत्तरार्द्ध चरणअन्तर्गत २०१० सालपछिका देवकोटाले आफ्ना रचनाहरूलाई परिष्कार र परिमार्जन गर्न थालेका छन्। प्रमिथस महाकाव्यकै केही अंश परिष्कार गरिएका थिए भने &lsquo;पागल&rsquo; कवितामा पनि परिष्कारोन्मुख प्रवृत्ति देखिन्छ।&nbsp;</p> <p>&lsquo;पागल&rsquo; कविता रचना गरेकै अर्को दिन जनकलाल शर्माको सुझावअनुसार &rsquo;महापण्डित राहुल सांकृत्यायन&rsquo; लेखिएको शब्दावलीबाट &lsquo;महापण्डित&rsquo; शब्दबाहेक अरू शब्द हटाएर साधारणीकरणको योग्य बनाइएको थियो।&nbsp;</p> <p>यो कविता पहिला २०१० भदौ&ndash;असोजको &lsquo;प्रगति&rsquo; (साहित्यिक द्वैमासिक)मा छापिएको थियो भने २०१३ को &lsquo;इन्द्रेनी&rsquo; साहित्यिक मासिक मा पुनर्प्रकाशित हुँदा यसको पाठमा केही फेरबदल भएको देखिन्छ। यी दुवैभन्दा केही फरक किसिमको पाठ पनि भेटिन्छ।&nbsp;</p> <blockquote> <p>देवकोटाका पूर्व चरणका उपलब्धिहरूलाई प्रायः सुरक्षित राख्दै उत्तरवर्ती चरणमा देखा परेका परिवर्तन र विकासको परिणाम हो यो कविता।</p> </blockquote> <p>२०१३ सालमा &lsquo;इन्द्रेनी&rsquo; पत्रिकाको प्रकाशनसँगै कवि देवकोटामा पूर्वार्द्ध चरणतर्फको प्रत्यागमनका लक्षण पनि देखिएका छन्। &lsquo;ज्वरशमना प्रकृति&rsquo; (२०१३), &lsquo;शाहजहाँको इच्छा&rsquo; (२०१३) तथा &lsquo;मुनामदन&rsquo; (खण्डकाव्य, २०१५) मा गरिएको परिमार्जन नै यस्ता केही लक्षण हुन। यस परिप्रेक्ष्यमा &lsquo;पागल&rsquo; कवितालाई हेर्दा दोस्रो, तेस्रो र चौथो खण्डमा रोमान्टिक भावुकता, प्रकृतिप्रेम र आध्यात्मिक चेत (भद्दा धार्मिक&ndash;साम्प्रदायिकता होइन)का आलोकपुञ्जहरू भेटिन्छन्।&nbsp;&lsquo;नगण्य व्यक्तिलाई ... तारिफको पुलमा चढाएको छु&rsquo; भन्ने देवकोटाले दुई दशक पुरानो &lsquo;गरीब&rsquo; कवितालाई सम्झाएका छन्।&nbsp;</p> <p>कविताको चौथो खण्ड हेर्दा प्रकृतिका सूक्ष्म क्रिया र छटाहरूप्रति कविको सूक्ष्म&ndash;तीव्र संवेदनशीलता र भावानुकूल तादात्म्यको अनुभूति हुन्छ।&nbsp;</p> <p>पाँचौ, छैठौँ र सातौँ खण्डमा देवकोटीय काव्ययात्राको रोमान्टिक प्रगतिवादी, जनपक्षीय, विद्रोही तथा जनताको सुन्दर भविष्यका स्वप्नद्रष्टाका रूपमा कविले आफूलाई खडा गरेका छन्। यस अर्थमा देवकोटाको काव्ययात्राका सबैजसो चरणको संक्षिप्त प्रतिनिधित्व &lsquo;पागल&rsquo; कवितामा भएको छ।&nbsp;</p> <p><strong>देवकोटाका काव्यप्रवृत्तिका सापेक्षतामा &lsquo;पागल&rsquo; कविता&nbsp;</strong></p> <p>महाकवि देवकोटाका सम्पूर्ण कवितामा व्याप्त मूलधारा हो &ndash; स्वच्छन्दतावाद। महाकविका काव्ययात्रामा यसका दुई विशाल भंगाला बनेका छन्&mdash; स्वच्छन्दतावादी आदर्शवाद तथा स्वच्छन्दतावादी प्रगतिवाद।&nbsp;</p> <p>यिनै आधारभूत प्रवृत्तिअन्तर्गत मानवतावाद, जनपक्षीयता, प्रकृतिप्रेम, सहज&ndash;प्राकृतिक जीवनशैली, स्वतन्त्रता, स्वाधीनता, विद्रोही चेतना, जीवन र भविष्यप्रति आशावादिता तथा शिल्प&ndash;रचनामा नवीनताजस्ता प्रवृत्तिहरू देवकोटाका कवितामा उल्लेख्य रूपमा भेटिन्छन्। यस दृष्टिकोणबाट &lsquo;पागल&rsquo; कवितालाई हेर्दा एउटै लघु कवितामा धेरैजसो प्रवृत्तिहरू समाहित भएको पाइन्छ।&nbsp;</p> <p>यी पक्तिंहरू हेरौं&mdash;&nbsp;</p> <p><em>म शब्दलाई देख्दछु<br /> दृश्यलाई सुन्छु<br /> बास्नालाई स्वाद लिन्छ<br /> आकाशभन्दा पातला कुरालाई छुन्छु<br /> .....&nbsp;<br /> म देख्दछु ढुंगालाई फूल<br /> ....<br /> म बोल्दछु तिनीसँग, जस्तो बोल्दछन् ती मसँग।&nbsp;</em></p> <p>रोमान्टिक भावुकता र सौन्दर्यन्वेषी चित्तको पराकाष्ठा झल्किन्छ यी पंक्तिहरूमा। उनको &lsquo;घसिया गीत&rsquo;, &lsquo;गरीब&rsquo;, &lsquo;किसान&rsquo;जस्ता कविताका साथै &lsquo;शाकुन्तल&rsquo; महाकाव्यमा अभिव्यजित सौन्दर्य र प्रकृतिचित्रणको सूक्ष्मसंकेत &lsquo;पागल&rsquo; कविताका पंक्तिहरूमा भेटिन्छ।&nbsp;<br /> &emsp;<br /> आफ्नो निबन्धकारिताका सन्दर्भमा देवकोटाले लेखेका छन् &ndash; &lsquo;शास्त्र गह्रुंगो मगज भारी झोँक्राइ र रौं चिर्ने बहससँग मेरो गोरू बेचेको साइनोसम्म पनि छैन। यहाँ सायद पोथीगण होला...जो बौद्धिक शक्तिहरूसंग भन्दा हार्दिक कोमलतासँग सम्बन्ध राख्दछ।...रमरम बुद्धिमात्रको दावा राख्दछ (लक्ष्मी निबन्धसंग्रहको भूमिका)।&nbsp;<br /> &emsp;<br /> यो कुरा महाकवि देवकोटाका कवितामा पनि उत्तिकै लागु हुन्छ &ndash;&nbsp;</p> <p><em>तिम्रो गिदी छ साथी !<br /> र मेरो मुटु।।<br /> ...<br /> तिमी बलिया गद्य छौ&nbsp;<br /> म तरल पद्य छु&nbsp;<br /> ...<br /> तिम्रो संसार ठोस छ<br /> मेरो बाफ<br /> ...<br /> म सपनालाई समात्न खोज्दछु</em></p> <p>कविका यी शब्दहरूले स्वच्छन्दतावादी भावनात्मक र सूक्ष्म चेतनालाई अघि सारेका छन्। यतिमात्र होइन, कवि पहाडलाई वाचाल महसुस गर्छन् भने गुलावमा हेलेन र पद्मिनीको सौन्दर्यको सारतत्व भेट्छन्।&nbsp;</p> <p>प्रकृतिलाई कविले कतिसम्म आत्मीय मानेका छन् भने वसन्तको कोकिल सुनेर उनी नाचेका छन्। तुफानसँग मिलेर गीत गाएका छन् भने औंसीको अँध्यारोमा निसास्सिएका छन्।&nbsp;</p> <p>कविताका पाँचौँ र छैटौँ खण्डमा कवि समाजका विकृतिहरूप्रति कठोर आलोचक वनेका छन् र परम्पराले सम्मान गरेका कतिपय विषयलाई उनले विस्थापित गरिदिएका छन्।&nbsp;</p> <p>नवावको मदिरामा कविले जनताको रगत देखेका छन्। शोषण गरेर दौलत चुलिएका राजालाई मानवीय मूल्य र भाव नभएका आध्यात्मिक रूपले कंगाल देखेका छन्। शासक समाजका पण्डितहरूलाई उनले महामूर्ख ठानेका छन् भने शोषण र अपमान गरिएकाहरूलाई मूल्यमान्यता र प्रतिष्ठाको अग्रपंक्तिमा स्थापित गरेका छन्।&nbsp;</p> <p>द्वन्द्वात्मक निषेधको प्रक्रियामा मूलधार किनारा लागेको छ, सीमान्तीकृत (नगण्य व्यक्ति, अन्धा र विफल मानिएकाहरू) लाई केन्द्रमा ल्याइएको छ। शासक (नवाव) नररक्तपिपासु वनेको छ।&nbsp;</p> <p>२००३ सालदेखि &lsquo;सुलोचना&rsquo; महाकाव्य र &lsquo;साँढे&rsquo; कविता हुँदै विकसित भएको आलोचनात्मक र व्यग्यात्मक चेतनाले &lsquo;पागल&rsquo; कवितामा आइपुग्दा नौलो उचाइ छोएको छ। यसै गरी &lsquo;पहाडी पुकार&rsquo; (२००५ भदौ) हुँदै विकसित भएको क्रान्तिकारी, परिवर्तनमुखी विद्रोही चेतना पनि मानवतावादी &lsquo;प्रमिथस&rsquo;को स्मरणसहित &lsquo;पागल&rsquo; कवितामा विष्फोटित भएको छ।&nbsp;</p> <p>महाकवि देवकोटाको यति विद्रोही व्यक्तित्व यति सशक्त अभिव्यक्तिमा अन्यत्र कहीं प्रकट भएको छैन। &lsquo;प्रमिथस&rsquo; महाकाव्यमा पनि यो आवेग र उत्तेजताले वाणी पाएको छैन।&nbsp;</p> <blockquote> <p>विक्रमीय बीसौं शताब्दीको आदर्शवादी मानवता &lsquo;यात्री&rsquo; कविता हो भने एक्काईसौं शताब्दीको संघर्षमय, व्यावहारिक एवं समाजपरक मानवता &lsquo;पागल&rsquo;।</p> </blockquote> <p>रोमान्टिक&ndash;प्रगतिवादी देवकोटा &lsquo;पागल&rsquo; कविताका उत्तरार्द्धमा प्रकट भएका छन्। जनअधिकारको डंडाल्नो भाँचिनु, राजनीतिक नेतृत्व निर्लज्ज हुनु, वाघले मृग खान लाग्न वा ठूला माछाले सानासाना माछा निल्न थाल्नु तथा मानवमाथि मानवीय व्यवहार नहुनु&mdash; जनपक्षीय मानवतावादी देवकोटाका निम्ति असह्य हुन्। त्यस्ता दुच्छर गतिविधिका विरुद्ध उग्र उत्तेजनाका साथ उनी जाइलाग्न चाहन्छन् &lsquo;पागल&rsquo; कवितामा।&nbsp;</p> <p>कविको आग्रह छ&mdash; साधारण मानिसको पनि प्रतिष्ठा होस्। सामाजिक दायित्वको चेतना नभएका व्यक्तिहरू तपस्वीका रूपमा नपुजिउन्। जनअधिकारको हनन नहोस्। जनताले शोषण र दमन बेहोर्नु नपरोस्। तथाकथित ठूलाबडा&mdash;बाघ ठूला माछाको हैकम नचलोस्। बौद्धिकताका नाममा जनतामा मिथ्याप्रचार नगरियोस्। अनि नेतृत्वदायी वर्ग निर्लज्ज होइन जनउत्तरदायी बनोस्।&nbsp;</p> <p>काव्ययात्राको पूर्वार्द्ध वा २००३ सालसम्म आदर्शवादी मानवतावाद अंगीकार गरेका देवकोटामा निरपेक्ष कोमलता, शान्ति, प्रेम र एकान्त प्रकृतिपरस्त प्रवृत्ति प्रवल पाइन्छ।</p> <p>&lsquo;पागल&rsquo; कविताको आरम्भमा पनि पूर्वार्द्ध चरणका यिनै प्रवृत्तिहरू देखा पर्छन् भने उत्तरवर्ती देवकोटाका काव्यप्रवृत्तिहरू पनि यसै कवितामा व्यंग्य, विरोध र विद्रोहका रूपमा व्यक्त भएका छन्।</p> <p>सुन्दर चकोरमात्र होइन असुन्दरलाई फोर्ने विद्रोही पनि कोमलमात्र होइन क्रुर पनि।&nbsp;उन्मुक्त आनन्दी &rsquo;चिडिया&rsquo; मात्र होइन तुफानपुत्र पनि।&nbsp;अनि स्वर्गको आगो चोरेर पृथ्वी न्यानो पार्ने शान्तिदूत मात्र होइन भयङ्कर व्यक्तित्वपाल तथा &lsquo;पागल&rsquo; ज्वालामुखीको उद्गार पनि। यस्तो छ &lsquo;पागल&rsquo; कविताको कवि।&nbsp;</p> <p>यसरी देवकोटाको समग्र काव्यसाधनाको केन्द्रीय कथ्यका रूपमा लेखिएको छ यो कविता।&nbsp;</p> <p><strong>उपसंहार&nbsp;</strong></p> <p>पंक्तिपंक्तिको व्यवस्थित अडानसहित लययुक्त गद्यमा लेखिएको &lsquo;पागल&rsquo; कवितामा अपेक्षित परिष्कार केही बाँकी देखिए पनि देवकोटाको प्रवाहपूर्ण, सुस्पष्ट, भावप्रवण र स्वस्फूर्त परिष्कारयुक्त कविता हो यो।&nbsp;</p> <p>कविका फुटकर कविताहरूमा &lsquo;पागल&rsquo;सँग तुलना गर्न सजिलो हुने &lsquo;यात्री&rsquo; नै हो, जसमा जनअभिरुचि प्रचुर रहेको छ।&nbsp;</p> <p>देवकोटाको काव्ययात्राको पूर्वार्द्धको शिखर कविता यात्री हो। शिल्प&ndash;परिष्कारका साथै भावविचारको उच्चकोटिको संयमका आधारमा यो कविता देवकोटाको अति विशिष्ट सिर्जना हो।&nbsp;</p> <p>&lsquo;पागल&rsquo;का सम्बन्धमा के भन्न सकिन्छ भने देवकोटाका पूर्व चरणका उपलब्धिहरूलाई प्रायः सुरक्षित राख्दै उत्तरवर्ती चरणमा देखा परेका परिवर्तन र विकासको परिणाम हो यो कविता।&nbsp;<br /> &emsp;<br /> बौद्धिक चाप मन नपराउने देवकोटा भावको प्रवाहमा बग्दावग्दै पनि यस कवितामा विवेकको रक्षाको वकालत गर्छन्। सञ्चार माध्यमहरूले मिथ्याप्रचार गरेर जनतालाई जहर पिलाएकोमा क्रुद्ध हुन्छन् भने समाजमा असत्य मौलाउदै गएकोमा आक्रोशित हुन्छन्।&nbsp;</p> <p>पूर्वीय मिथकका दधीचि र पाश्चात्य मिथकका प्रमिथसको त्याग र तपस्याको भावलाई कविले एकै साथ सम्झेका छन् भने पुराना जमानाका सिकन्दर र नवावका साथै अहिलेको राजनीतिक&ndash;सामाजिक विकृतिलाई दुत्कारेका छन्।&nbsp;</p> <p>विक्रमीय बीसौं शताब्दीको आदर्शवादी मानवता &lsquo;यात्री&rsquo; कविता हो भने एक्काईसौं शताब्दीको संघर्षमय, व्यावहारिक एवं समाजपरक मानवता &lsquo;पागल&rsquo;। &lsquo;यात्री&rsquo;को मानवता &lsquo;पागल&rsquo;मा अंशतः रहेकै छ तर &lsquo;पागल&rsquo;को जागरुकता र सक्रियता यात्रीमा छैन। यसै गरी यात्रीको सम्बोध्य समुदाय धार्मिक तीर्थयात्रीहरूको हो जब कि व्यापक समदायप्रति सम्बोधित छ &lsquo;पागल&rsquo; कविता।&nbsp;</p> <p>&lsquo;पागल&rsquo;को भावजगत् तुलनात्मक रूपमा अलि फराकिलो छ भने युगबोध अझ नयाँ छ। सानै भए पनि देवकोटाका कविताको केन्द्रबिन्दुका रूपमा स्थित छ &lsquo;पागल&rsquo; कविता।&nbsp;</p> <p>देवकोटाको &lsquo;पागल&rsquo; कवितामा उत्तरवर्ती कविहरूका कतिपय उत्कृष्ट कविताहरूको पूर्वबीज भेटिन्छ। मोहन कोइरालाको &lsquo;घाइते युग&rsquo; (२०१७), बैरागी काइँलाको &lsquo;मातेको मान्छेको भाषण ः मध्यरातपछिको सडकसित&rsquo; (२०२०) का रोमान्टिक पूर्वाभासका साथै नेपाली कविताको प्रयोगवादी चरणमा देखिएका निराशा, मृत्युबोध र अर्थहीनताको पूर्वसंकेत पनि &lsquo;पागल&rsquo; कवितामा भेटिन्छ।&nbsp;</p> <p>गद्य&ndash;कवितामा अघि बढेका देवकोटालाई छन्दोबद्ध कविताको चौकस&ndash;बन्धन मन नपरे तापनि त्यसभित्रको लयात्मक मिठासप्रति उनी आकर्षित छन् भन्ने &lsquo;पागल&rsquo; कविताको लय&ndash;सन्धानमा देखिन्छ।&nbsp;</p> <p>व्यक्तिको अत्यन्त वैयक्तिक जस्तो देखिने भावुकताका साथै समाज र राष्ट्रकै चासो र दायित्वबोध यस कवितामा खुलेको छ। अतिशय भावुकतामा डुबुल्की लगाउने देवकोटाले यस कवितामा मिथ्याका मञ्चवाट होस् या &lsquo;छापाको कालो मिथ्याले&rsquo; आफ्नो विवेकवीरलाई लल्कारेको देखेका छन् र निमुखा दुनियाँका कानमा अमृत भनेर कालो जहर पिलाइएको भेटेका छन्।&nbsp;</p> <p>भावुक विद्रोह मात्र नभएर यस कवितामा बौद्धिक सावधानी जागेको छ भने जनताको जित, हित र प्रतिष्ठाका निम्ति कवि सत्य र विवेकको सन्धानमा लागेका छन्।&nbsp;</p> <p>निष्कर्षमा, महाकवि देवकोटाले रचना गरेका झण्डै साढे छ सय फुटकर कविताहरूमध्ये भावुकता, तीव्रतर अनुभूति, तीखो व्यङ्ग्य, धारिलो प्रतिवाद, विकृति&ndash;विसङ्गतिसँगको विद्रोह, जनपक्षीयता र विलक्षण सौन्दर्यचेत भरिएको यो अद्वितीय कविता हो, साथै कविका महत्त्वपूर्ण काव्यप्रवृत्तिहरू समेटिएको सर्वाधिक महत्त्वको कविता हो।&nbsp;</p> <p>&nbsp;</p> <p><em><strong>- &lsquo;शब्दसिन्धु, वर्ष&ndash;१, अंक&ndash;२&rsquo; बाट साभार यो समालोचनामा सामान्य सम्पादन गरिएको छ। तिलोत्तमा नगरपालिका रुपन्देही निवासी समालोचक भुसाल त्रिभुवन विश्वविद्यालयका सेवानिवृत्त सह&ndash;प्राध्यापक हुन्।&nbsp;</strong></em></p> <p><br /> &nbsp;</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्