उज्यालो शहरका अँध्यारा बस्तीहरू

प्रकाश र उज्यालोको पर्व तिहार।

पहिला माटोको दियोमा तेलको बत्ती, आकाशेबत्तीले गाउँ प्रकाशमय हुन्थे। पछि मैनबत्तीको प्रयोग गर्न थालियो। एलइडीको प्रचलनसँगै सिंगो घर र शहर अनेकन् प्रकारका बत्तीहरूले सजाइन थालेका छन्। तर विद्युतको व्यापक प्रयोग गरिने शहरका सबै भाग एकैप्रकारले उज्याला छैनन्।

शहरका केन्द्रहरू उज्याला छन् तर त्यही शहरका सुकुम्बासी बस्ती भने अँध्यारा छन्।

लक्ष्मी पुजाको रात बुटवल घुमी हेर्दा खिंचिएका यी तस्वीरले शहर चियाउन मद्दत गर्छन्।

प्रशस्त आम्दानी हुने घर, सपिङ मल र मुलबाटोका भवनहरू निकै सिंगारिएका छन्। तर ज्यालादारी श्रममा बाँच्ने मजदुरका झुपडी एक लर्को एलइडीले सजिन खोजेका छन्।

घर सजाउने बत्तीमा मात्र होइन तिहारमा खेलिने भैलोमा पनि उत्तिकै विविधता पाइन्छ।

मुखलै नै भट्टाएर भैली खेलिरहेका केटाकेटीहरू, साउण्ट सिस्टम प्रयोग गरेर आधुनिक गीतमा नाच्नेहरू, युवाक्लबको आयोजनामा तिहार पारेर गरिएको सांस्कृतिक कार्यक्रम तथा लायन्स क्लबद्वारा आयोजित कन्सर्टले बुटवल रमाउने विविध शैली पनि उजागर पारेको छ।

शहर आफैमा विविध वर्गको मिश्रण हो भन्ने यी तस्वीरले प्रष्ट पार्छन्।

यो विविधता रंगोलीमा पनि पाइन्छ।

‘अमरपथ टोल व्यवसायी समिति’द्वारा आयोजना गरिएको १२औं अमरपथ दीपावली महोत्सवको क्रममा झिलिमिलीमय बुटवलको व्यापरिक केन्द्र अमरपथ (माथि) र एक सुकुम्बासी बस्तीको अँध्यारो गल्ली (तल)। सबै तस्वीरः रामचन्द्र श्रेष्ठ

वर्गीय विविधताको तस्विरः झिलमिल गल्लि (माथि) र अँध्यारो बस्ति (तल)।

फरक-फरक रंगोलीः पहाडी मूलका नेपालीको लागि रंगोली नयाँ प्रचलन हो। हिन्दी सिरियलको प्रभावस्वरुप रंगोली अहिले बहुप्रचलित भइरहेको छ। उसो त रेखी लगाएर मण्डल बनाउने प्रचलन पुरानै हो।

प्रतिक्रिया दिनुहोस्