काठमाडौं। पीसीआर परीक्षणको माग गर्दै अहिले देशभर प्रदर्शन भइरहेका छन्।
यसैक्रममा ललितपुरको झम्सिखेलमा पनि युवाहरूले प्रदर्शन गरे।
उनीहरूले आरडीटी परीक्षण प्रभावकारी नभएकाले पीसीआर परीक्षण गर्न माग गरेका छन्।
कोभिड-१९ रोकथाम र नियन्त्रणमा खर्च भएको भनिएको १० अर्ब रूपैयाँको हिसाब स्पष्ट हुनुपर्ने, देशैभरका क्वारेन्टाइन गुणस्तरीय बनाउनुपर्ने, पीसीआर परीक्षण अनिवार्य गर्नुपर्नेलगायतका माग राख्दै युवाहरूले प्रदर्शन गरेका हुन्।
" />