२०४५ साल अघिसम्म जनकपुरकी मिथिला देवी यादवको परिचय स्थापित भइसकेको थिएन। जनकपुर चुरोट कारखानाको सामान्य कामदार थिइन् उनी।
अहिले त उनको नाम अगाडि पदवी थपिएको छ– प्राज्ञ। मञ्चहरूमा बोलाउँदा अर्को विशेषण समेत थपिदिन्छन् – महिला उद्यमी।
सामान्य मजदुरबाट प्राज्ञसम्मको यात्रा सहज भने अवश्य थिएन। तर उनलाई साथ दियो आफ्नै मौलिक कला–परम्पराले।
यसो पछाडि फर्केर विगत हेर्छिन् उनी। मिथिलाञ्चलले बोकेको कला–परम्परा कसरी उनको हुर्काइसँगै जोडियो बेलिविस्तार लगाउँछिन्।
चाडबाड आउँथ्यो, उनलाई आमाको पछि लाग्दैमा फुर्सद हुँदैनथ्यो। घरमा कामैकाम।
गोबर घोलेर छान्यो। सिमिको पात पिस्यो। कोइला पिस्यो। अनि तयार गर्यो विभिन्न रङ। ती लगायत चामलको पिठो, चुना, टुकी बाल्दा निस्केको कालो रङले घरका भित्ताहरू र आँगन चिरिच्याट्ट पार्यो।
आमाको काम हुन्थ्यो घर आँगनमा विभिन्न बुट्टा भरेर सिंगार्ने। उनको काम हुन्थ्यो आमालाई सघाउने।
मिथिला चित्रकलासँग यसैगरी परिचय भएको थियो उनको।
गहिरोगरी स्थानीय जनजीवनसँग जोडिएको छ यो कला। त्यसो त मिथिलाको धार्मिक महत्व नै बेग्लै छ। सीताको माइती मिथिलाको कलामा त्यसको प्रभाव नपर्ने कुरै भएन। मिथिला चित्रकलाको काम नै रामायणका कथा चित्रबाट प्रस्तुत गर्नु।
त्यसो त त्रेता युगमा राजा जनकले पुरै मिथिलालाई यहि कलाले सिंगार्न लगाएका थिए भन्ने कहावत नै छ।
जनजीवनसँग जोडिएको यो परम्परालाई धान्ने जिम्मा त मिथिलादेवीको पनि थियो।
आमाको पछिपछि लागेर उनले पनि मिथिला कला सिकिन्। तर घरमै बनाएका रङले बनाएका चित्र छिट्टै उडेर जान्थे। फिका भएका चित्र देखेर मिथिलादेवी चिन्तित हुन्थिन्।
उनको चिन्तालाई आमाले दूर गरिन्।
पिसेको सर्स्युँ र गाइको दुध मिसाएर बनाएको रङ चित्रमा लामो समयसम्म टिक्छ भन्ने गुह्य सुत्र दिइन्।
परम्पराले दिएको सिप त सिकिन्। तर जिन्दगीले बाटो मोड्यो।
१३ वर्षे उमेरमा विवाह भयो। विवाह हुँदा पाँच कक्षामा पढ्दै थिइन्। नौ कक्षामा पुगेपछि गर्भ रह्यो अनि पढाइ छुट्यो।
श्रीमान् जनकपुर चुरोट कारखानामा काम गर्थे। उनीपनि पछि लागिन्। रंग सयोजनमा काम गर्थिन्। थोरै तलब तीन सन्तानको जिम्मेवारी।
मिथिलादेवीको जोडीलाई आर्थिक रुपमा अलि गाह्रै थियो।
त्यहीँ बेलामा काठमाडौंबाट पुगेकी कोहिनुरले उनीभित्रको कोहिनुर पत्ता लगाइदिइन्।
कारखानामा काम गर्ने एक जना इन्जिनियरको दिदी थिइन् कोहिनुर। काठमाडौंमा होटल चलाउँथिन् ती।
उनले कारखानामा काम गर्ने सबै महिलालाई चित्र बनाउन लगाइन्। त्यसअघि कहिल्यै ब्रस समातेर चित्र नबनाएकी मिथिलादेवी निकै डराइन्। कसैले नदेख्ने गरी एउटा कुनामा गइन्। रुख र त्यसमा दुइ वटा मयूर बनाइन्। अन्तिममा डराइ–डराइ चित्र देखाइन्। उनको चित्र सबैभन्दा राम्रो बनेछ।
२०४५ सालको यो घटनाले उनको जीवनको काँचुली फेरिदियो। उनलाई अब चुरोट कारखानाको जागिरको जरुरत भएन। चित्र बनाएर जीवन धानिने भयो।
मिथिलादेवीको चित्र देखेपछि कोहिनुरले प्रस्ताव गरिन्, “दैनिक पाँच सय रुपैयाँ दिन्छु, मेरो लागि चित्र बनाइदिने काम गर्नुपर्यो।”
दुःखले धानिएको परिवारले सुन्दर सपना देख्ने अवसर पायो।
छोरा छोरीको भविष्य सम्झिइन् र खुशीले गदगद हुँदै कोहिनूरको प्रस्ताव स्वीकार गरिन्।
नभन्दै उनका चित्रले मान्छेका मन हर्न थाले। एकपछि अर्को माग आउन थाल्यो। परिवारका कसैले पनि खाली बस्न पाएनन्। मिथिलादेवीले काममा हात बढाउन छोराछोरीको सहयोग मागिन्। छोराछोरीलाई चित्र बनाउन लगाएर आफूले फिनिसिङ दिन थालिन्।
दुई वर्ष यसरी काम गरेपछि कोहिनुरकोबाट अर्डर आउन बन्द भयो। तर उनको काम भने बन्द भएन। यसबीचमा उनले बजार खोज्ने तरिका बुझिसकेकी थिइन्।
पेन्टिङ र हस्तकलाका सामग्री बोेकेर काठमाडौँ आइन्। ठमेलमा एक व्यवसायी महिलाले उनका सबै सामान खरिद गरिदिइन्। उनलाई अन्त कतै त्यो सामान नदिने सर्तमा व्यवसायी महिलाले सामान खरिद गरिदिएकी थिइन्।
उनले भने मिथिला कलालाई व्यवसायिकता दिनकै लागि २०५१ सालमा ‘मिथिला हस्तकला पेन्टिङ उद्योग’ स्थापना गरिन्।
ठमेलकी व्यवसायी महिलाको स्वास्थ्यमा समस्या आएपछि मिथिलाका उत्पादन त्यहाँ जान छोेडे। त्यसपछि उनको उत्पादनको खरिदकर्ता महागुठी बन्यो।
मिथिलादेवीको यो व्यवसाय अहिले उनीमा मात्र सिमित छैन। उनले थप चालीस जना महिलालाई जागिर समेत दिएकी छन्।
मिथिला चित्रकला तथा हस्तकलामा तीन दशक लामो अनुभवले उनलाई अहिले नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको प्राज्ञ बनाएको छ।
राष्ट्रपतिको हातबाट ‘सुप्रबल जनसेवा श्री २०७५’ र भद्र कुमारी घलेबाट, ललितकला प्रज्ञा प्रतिष्ठानबाट ललितकला पुरस्कार पाइसकेकी छन्।
वर्तमानको संघारबाट विगततिर फर्किँदा आफ्नै पदचाप पनि धमिलो देख्छिन् मिथिलादेवी। कहाँ चुरोट कारखानाको काम, कहाँ प्रज्ञा प्रतिष्ठानको कुर्सि। आफ्नो जिन्दगी आफैँलाई सपना जस्तो लाग्छ उनलाई।
आफ्नै जीवन सम्झेर दंग पर्दै भन्छिन्, “यस्तो दिन आउला भनेर सोचेकै थिइन, कुनै बेला परिवार पाल्न धौ धौ थियो, अहिले जीवन सजिलै धानिएको छ, चारैतिरबाट प्रशंसा सम्मान पाइरहेकी छु।”
०००
मिथिलादेवीको जस्तै कथा छ सुनैना ठाकुरको पनि।
सामान्य गृहणी थिइन् सुनैना। मिथिला कलाले उनको पनि परिचय बदलिदिएको छ।
कलाकार महिला उद्यमीको परिचय बोकेर देश विदेशमा कला प्रदर्शन गर्दै हिँड्छिन् उनी।
मिथिलाभन्दा पछिल्लो पुस्ताकी कलाकार हुन् सुनैना।
महोत्तरीमा हुर्किएकी उनी विद्यालय पढ्दादेखि नै मिथिला कलाको पारखी भइसकेकी थिइन्।
“भविष्यबारे सोच्दा मिथिला चित्रकला नै आउँथ्यो”, उनी सम्झिन्छिन्। एसएलसी दिएपछि कहिँ कतै यस विषयमा पढाइ हुन्छ कि भनेर सोधखोज पनि गरिन्, तर भेटिनन्।
बिहे हुनुुपुर्व घर सिंगार्ने सिप स्वरुप उनलाई पनि मिथिला चित्रकला सिकाइएको थियो। बिहेपछि पनि उनले यो सिपलाई निरन्तरता दिने मौका भने पाइरहिन्।
बुहारी भएर घरबाट बाहिर निस्कन हुन्न भन्ने मान्यता भएको समाजमा उनको परिवार भने बेग्लै सोचको रहेछ। सम्झाउन बुझाउन केहि मुस्किल भए पनि उनको श्रीमान् र परिवारले उनको चाहनाको पँखेटा काटेन। त्यसैले त शुरू भयो उनको स्वप्न उडान।
समाजमा विरोध गर्नेहरूको कमी थिएन तैपनि परिवारलाई बलियो विश्वास दिलाएर आफ्नो संकल्पमा अघि बढिन् उनी।
विभिन्न तालिमले उनलाई मिथिला चित्रकला तथा हस्तकलामा पोख्त बनायो। यहि सिपलाई उद्यमशीलतामा परिणत गरिन् र उदाहरण बनिन् थुप्रै महिलाका लागि।
उनको उदाहरणीय कामकै लागी अमेरिकाको ‘कमन ग्राउण्ड अवार्ड २०१६’, ‘एन पिस अवार्ड २०१२’, ‘सफल महिला उद्यमी अवार्ड २०७३’, ‘ललितकला विशेष पुरस्कार २०१७’ पाइसकिन्। प्रदर्शनीकै लागि विभिन्न देश घुमिहिँडेकी छन्। अहिले १५ जना मिथिला चित्रकला र हस्तकला बनाउने महिलालाई रोजगारी दिएकी छन्।
०००
उसैगरी मिथिला कलाले नै फेरिएको छ पुनमकुमारी दासको जीवन पनि।
एउटी सामान्य गृहणीबाट शुरू भएको उनको जीवनयात्रा अहिले हस्तकला महासंघको पदाधिकारीसम्म पुगेको छ।
उनको माइती भारतको मधुवनी जिल्ला, घर नेपालको जनकपूर। अरू महिलाले जस्तै विवाहपश्चात कामलाग्ने सिप अन्तर्गत मिथिला चित्रकला सिकेकी थिइन् उनले पनि।
नेपालमा बनाइने भन्दा अलि फरक मिथिला चित्र बनाउँछिन् उनी।
उनको चित्रमा मिथिला र मधुवनी शैलीको मिश्रण पाइन्छ। भारतमा प्रचलित चित्रकला हो मधुवनी।
बिहेपछि उनको कला घरका भित्ता र आँगनमा मात्र सिमित रहेनन्। यहि कलाले उनलाई काठमाडौँसम्म ल्याइपुर्यायो र एक कलाकारको रुपमा सम्मान दिलायो।
एउटा सामान्य मोडले ल्याएको थियो यो फरक।
बिहेपछि जनकपूर आइन् उनी। सिलाई कटाइको तालिम लिन भनेर एक संस्थामा पुगिन्, त्यहाँ मिथिला चित्रकला पनि सिकाइँदो रहेछ। चित्रकलाका प्रशिक्षक नआइपुग्दै उनले त्यहाँका महिलालाई चित्र बनाउन सिकाइन्। त्यो देखेर संस्थाका संचालक अचम्मित भए। उनले पुनमलाई चित्र बिक्रि गर्न सुझाए। उनकै सुझाव अनुसार पुनमले जानकी मन्दिर वरिपरीका पसलमा आफ्ना चित्र बिक्रि गरिन्। एउटा चित्रको दुइ सय पचास रुपैयाँका दरले विक्रि गर्दा उनको खुशीको सिमा थिएन।
आफ्नै कमाइले चामल लगायत अन्य घरायसी सामग्री किनिन्। केहि समय पछि थाहा पाइन्, काठमाडौँमा चित्र राम्रोसँग बिक्छ रे। काठमाडौँ बस्ने श्रीमान्लाई केही चित्र पठाइदिइन्। श्रीमानले ठमेलमा लगेर बिक्रि गरि सात हजार रुपैयाँ पठाइदिए।
खुशीको सिमा झन फराकिलो भयो, त्यहि पैसाले मोबाइल किनिन्।
आफ्नो कमाइले बाँच्न पाउँदाको त्यो अनुभूति साह्रै मिठो लाग्यो रे उनलाई। त्यो क्षण सम्झिँदा अहिले पनि खुशीले उज्यालो हुन्छ उनको मुहार।
सुनाउँछिन्, “त्यो बेला जति खुशी कहिल्यै भइन, आफ्नो कलाबाट मैले पैसा पाएकी थिएँ।”
मिथिला कलाको व्यवसायिकता खोज्दै उनी काठमाडौँ आइन्। ठमेलकै एक व्यापारीले ललितकला प्रज्ञा प्रतिष्ठानबारे जानकारी दिए। प्रतिष्ठान पुगिन्, किरण मानन्धर कुलपति थिए। नेपाली पनि बोल्न नजानेकी पुनमको चित्रदेखि निकै प्रभावित भए। सन् २०१२ मा उनले पहिलो पटक चित्रकला प्रदर्शनीमा सहभागी हुने अवसर पाइन्।
त्यसपछि उनको कला यात्रामा कतै ठेस पनि लागेको छैन, ब्रेक पनि लागेको छैन। पाँच वटा एकल चित्रकला प्रर्दशनी गरिसकिन्। उनको व्यस्तता पनि निकै बढेको छ। कामसँगैै आम्दानी बढ्नु स्वभाविक हो जसले उनलाई आत्मनिर्भर र आत्मविश्वासी बनाएको छ। अहिले उनी हस्तकला महासंघको कार्यसमिति सदस्य छिन्।
कलाले दिलायो सामाजिक प्रतिष्ठा
आफ्नै समाज र परम्पराको कलाले मिथिलादेवी, सुनैना र पुनमलाई केवल आर्थिक आम्दानी दिलाएको छैन बरु कल्पना नै नगरेको सम्मान पनि दिएको छ।
“हिंजो घर बाहिर निस्केर चित्र कोर्दा छाडा भइ भन्नेहरू आज हाम्रो छोरी बुहारीलाई पनि सिकाइदिनुपर्यो भन्दै आउन थालेका छन्”, सुनैना सुनाउँछिन्।
आर्थिक भन्दा पनि सम्मान ठूलो कमाइ भयो उनीहरूका लागि।
घुम्टोभित्र आफ्ना सपना र आवाजलाई दबाएर राखेका थुप्रै महिलाको लागि उदाहरण बनेका छन् उनीहरू। भनौं, उनीहरूले समाजलाई नयाँ दिशा दिएका छन्।
कलाको यो माध्यम नभएको भए मिथिलादेवी र उनको संगतमा काम गर्ने चालीस जना महिलाले घर आँगन लिपेरै मात्र बस्नुपथ्र्यो।
सिलाइकटाईका तालिम लिन आएकी पुनमले आफ्नै मौलिक सिप पनि बिक्री हुन्छ भन्ने थाहा पाइन्। घरकै सामग्री प्रयोग गरेर बनाएका चित्र उनका श्रीमान्ले काठमाडौं ठमेलमा बिक्रि गरेर आएको पैसाले पहिलोपटक मोबाइल किनिन्।
त्यसैले त गर्वका साथ भन्छिन् मिथिलादेवी, “कलाकै कारण म जस्तो नपढेको मान्छे ललितकला प्रज्ञा प्रतिष्ठानको प्राज्ञ हुन पाएकी छु, कामको अनुभवले नै यो सम्मान पाउन सकेँ।”
हिजो घुम्टो बाहिर निस्किएर आफ्नो कलाको मार्केटिङ गर्दा उनको कुरा काट्नेहरू अहिले आँखा जुधाएर बोल्न सक्दैनन्।
सुनैनालाई पनि कलाले दिएको प्रतिष्ठा नै सबैभन्दा ठूलो कमाइ लाग्छ। साथसाथै यसले दिएको आत्मनिर्भरताको पनि उनी कदर गर्छिन्।
“एउटा सुनैना सक्षम सबल भएर हुँदैन, सयौँ सुनैना तयार गर्छु” अठोट छ उनको। उनी अझै धेरै महिलालाई आत्मनिर्भर बनाउन चाहन्छिन्। त्यसैले त मिथिला क्षेत्रका विभिन्न ठाउँमा कला प्रशिक्षण दिँदै हिँडिछन्।
पुनमका लागि भने उनले पाएको स्वतन्त्रता सबैभन्दा ठूलो खुशी हो।
पहिले बुहारी भएर गाउँका पुरुष त टाढाको कुरा महिलासँग पनि बोल्नु हुँदैन भन्ने समाजबाट अहिले फरक–फरक व्यक्तिहरूसँगको अन्तक्र्रिया, छलफलमा सहभागी हुनु सामान्य उपलब्धि होइन।
बेलुका ढिलासम्म काम हुँदा श्रीमान्लाई सहजै भन्न सक्छिन्, “आज प्रदर्शनी ढिलासम्म हुने भयो घर आउन ढिला हुन्छ।”
त्यतिमात्र होइन सार्वजनिक संवादका संवाहक पनि भएको छ मिथिला चित्रकला।
हिजो भित्तामा आफ्ना अनुभूतिहरू कलामार्फत पोख्दै आएका महिलाले यसको व्यवसायिकरणसँगै बोल्ने फोरम पाएका छन्।
लेखक चन्द्रकिशोर झा मिथिला कलाले समाजमा चेतनास्तर बढाएको बताउँछन्।
नयाँ पुस्ताले अब केवल घर सजाउन मात्र मिथिला कला सिक्ने छैन। मिथिलादेवी, सुनैना र पुनमलाई हेरेर कलाकार बन्ने ठूलो सपना सजाउँदै हुर्कने छ।
फैलँदो आयाम
१८ कात्तिक २०७५ मा प्रकाशित हिमाल खबरपत्रिकाको आवरणमा ‘अपराधको निशानामा बालबालिका’ शीर्षकमा प्रमुख रिपोर्ट छ। शीर्षकको ठिक माथि बालबालिका माथि हुने अपराध झल्कने चित्र छ। रोचक त के भने त्यो चित्र मिथिला कला हो। रविन सायमीले कोरेका थिए त्यो चित्र।
त्यही एउटा चित्रले पनि बताउँछ मिथिला चित्रकला अब रामायणका विषयमा मात्र सिमित रहेको छैन। यसको व्यापकता बढेर आर्थिक सामाजिक मुद्दासम्म पुगेको छ।
नयाँ प्रयोग गर्ने सायमीको चाहनामा मिथिला चित्रले साथ दियो। भन्छन्, “परम्परागत चित्रकलालाई सधैँ त्यसमा सीमित राख्नुपर्छ भन्ने छैन, कला विचार व्यक्त गर्ने माध्यम हो यसलाई जस्तो विषयमा पनि प्रयोग गर्न सकिन्छ।”
चन्द्रकिशोरको दृष्टिमा घरेलु हिंसा, दाइजो, पर्यावरण, सामाजिक सहिष्णुता जस्ता विषयमा फैलँदै गएको छ जसले यसको बजारीकरणलाई सघाएको छ।
महिला हिंसाका विषयमा बनाएका चित्र महँगोमा बिक्ने अनुभव मिथिलादेवीले सुनाइन्। मिथिला कला घरका आँगन भित्ताबाट उठेर क्यानभाससम्म मात्र आइपुगेको छैन। यसको व्यापकता साना हस्तकला देखि टेक्सटाइल कम्पनीसम्म पुगेको छ।
स–साना कि रिङ, टि म्याट देखि ऐना, ज्वेइलरी बक्स, ट्रे, कप हुँदै टिसर्ट, सारी तन्नाहरूमा पनि मिथिला कलाको माग बढेको नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका पूर्व प्राज्ञ तथा कलाकार एससी सुमन बताउँछन्।
सन् १९९० मा पहिलो पटक अमेरिकन लाइब्रेरिमा मिथिलाका ग्रामिण महिलाहरूको कला प्रदर्शनी आयोजना भएको थियो। त्यसयता महिलालाई नै प्राथमिकतामा राखेर यसको बजार विस्तार एवं प्रवद्र्धन भइरहेको छ।
यस क्षेत्रमा काम गर्ने संघसंस्थाहरूले महिलालाई नै बजारीकरण र व्यवस्थापनको जिम्मा दिएकाले मिथिलाकला विकासको श्रेय उनीहरूलाई नै दिनुपर्ने तर्क गर्छन् चित्रकार एससी सुमन।
व्यवसायिकतासँगै मिथिला कलाले मिथिलाञ्चलकै पहिचान स्थापित गर्ने काम पनि गरेको छ।
चन्द्रकिशोर भन्छन्, “एउटा क्षेत्र विशेषको संस्कृति भएपनि यसले पुरै नेपाललाई चिनाएको छ, देशले गर्व गर्ने काम भएको छ।”
स्थानीय सरकारले विभिन्न ठाउँमा जनचेतनाका लागि मिथिला कलालाई प्रयोग गर्दै आएका छन्।
यसको माग अमेरिका, अष्ट्रेलिया, यूरोप, जापान र चीनमा बढ्दै गएको छ। फरक फरक उत्पादनमा माग बढेसँगै महिलाहरूको सिर्जनशीलता पनि फराकिलो बन्दै गएको छ। उनीहरूले नयाँ नयाँ विषय र शैली सोच्न र प्रयोग गर्न थालेका छन्।
आर्थिक समृद्धिको आधार
हिजो दुइ सय पचासमा बिक्रि भएको मिथिलादेवी यादवको पेन्टिङलाई अहिले ८०÷८५ हजार रुपैयाँ पर्छ।
सुनैना एक सय पचास रुपैयाँदेखि डेढ लाख रुपैयाँसम्मका चित्रकला तथा हस्तकलाका सामग्री बिक्रि गर्छिन्। जनकपूरमा मात्र नभइ ठमेलको छायाँ सेन्टरमा पनि उनको ग्यालरी छ। दुइ सय पचासमै पेन्टिङ बेचेर कला यात्रा सुरु गरेकी पुनम अहिले हजारौँ रुपैयाँ हातमा खेलाउन सक्ने भएकी छन्।
उनीहरू कसैले पनि कलाकार भएर लाखौँ रुपैयाँ कमाउँला भन्ने सपना देखेर हुर्किएका होइनन्। तर आफ्नै सँस्कृतिले उनीहरूलाई आज आर्थिक रुपमा समृद्ध बनाएको छ। घर परिवार र सन्तानको खर्च धान्न सक्ने भएका छन् उनीहरू।
मिथिलादेवीले मिथिला कलाबाटै कमाइ गरेर घर बनाइन्, छोरा छोरी पढाइन्, उनीहरूको विवाह गरिदिइन्।
आर्थिक रुपमा सबल हुने बित्तिकै अधिकांश उत्पीडन आफैँ कम भएर जान्छन्। यी महिलाहरूले मात्र नभइ अरू थुप्रै महिला आफूमाथि भएको दुव्र्यवहार हिंसा विरुद्ध बोल्न लड्न सक्ने भएका छन्। एकल, गरिब महिलाहरूले रोजगारी पाएसँगै समाजमा आफ्नो उपस्थिति र औचित्य महसुस गर्न पाएका छन्। अर्थोपार्जनले महिलालाई आत्मविश्वास र आत्मसम्मान दिलाएको देखेका छन् लेखक चन्द्रकिशोरले।
" />२०४५ साल अघिसम्म जनकपुरकी मिथिला देवी यादवको परिचय स्थापित भइसकेको थिएन। जनकपुर चुरोट कारखानाको सामान्य कामदार थिइन् उनी।

">