उसो त यो अति भन्ने शब्द नै राम्रो होइन। ‘अति गरे खति’ हुन्छ भन्ने त पुरानो मान्यता नै छ। तर, अति सकारात्मक र अनि नकारात्मकको तुलना गर्ने हो भने कसले बढी खति गर्ला भन्ने यो लेखको प्रमुख बहसको विषय हो। यो बहस शुरू गरौं भर्खरै सामाजिक सञ्जाल तताएको एउटा तस्वीरबाट। आफ्नो जन्मदिनका बेला एक जना मुख्यमन्त्री कार्यालयको प्राङ्गणमा आँपको बिरुवा रोप्न निस्कन्छन्। कार्यालयमा रहँदा उनी दौरा–सुरुवाल, ढाका टोपी, छालाको जुत्तामा हुने नै भए। हातमा पञ्जा पनि लगाउँछन् र कसैले खनेर तयारी अवस्थामा रहेको खाल्डोमा आँपको बिरुवा रोप्छन्। मुख्यमन्त्रीको सन्देश ‘सामान्य’ तर ‘उपयोगी’ छ। आफ्नो जन्मदिनमा सबैले एउटा–एउटा रुख मात्र रोप्यो भने पनि वातावरणका लागि निकै ठूलो योगदान हुनेछ। पक्कै पनि यसको सन्देश यही थियो। मुख्यमन्त्रीको यो सन्देश जस्ताको तस्तै जानु पर्थ्यो। त्यसो गरेको भए समाजमा यसले सकारात्मक सन्देश प्रवाह हुन्थ्यो।
एउटा सञ्चार माध्यमले (उनी निकट या सरकार निकट हुनु पर्छ) ले समाचार दियो– मुख्यमन्त्रीको ‘जन्मोत्सव’ मा उहाँले आफ्नै हातले रुख रोप्नु भयो। यो समाचार आउनुअघि त्यसमा खासै नकारात्मक टिप्पणी थिएनन्। तर, जब यो समाचारलाई ‘अति’ सकारात्मक सोंच भएका मानिसहरूले ‘भाइरल’ बनाए तब यसमा टिप्पणी आउन थाल्यो। यहाँ ‘अति’ सकारात्मक सोच भन्नुको तात्पर्य अतिवाद हो। टिप्पणीमा नकारात्मकता थिएन। ‘जन्मोत्सव’ शब्दमा आपत्ति मात्र थियो। ‘जन्मोत्सव’ उहिले राजाको हुने गर्थ्यो। त्यही राजसी ठाँटलाई हटाउन सर्वहाराको नारा दिएका कम्युनिष्ट नेताको जन्म दिनलाई ‘जन्मोत्सव’ भनिनु पक्कै पनि ठीक थिएन। यो एउटा शब्द चयनको सामान्य आलोचना मात्र थियो। पक्कै पनि मुख्यमन्त्री स्वयंले त्यसलाई जन्मोत्सव भनेका थिएनन्। तर, चाकडीको नाममा या सामान्य कुरालाई अतिरञ्जित गर्दा प्रमुख मुद्दाबाट बहस अन्तै सर्यो। यहाँ मुख्यमन्त्रीको सन्देशलाई त्यो ‘जन्मोत्सव’ शब्दले ओझेलमा पारिदियो। र, शुरू भयो त्यसको नकारात्मक प्रभाव।
समाजलाई फाइदा या बेफाइदा गर्न सक्ने कुनै पनि पक्षमा सामाजिक बहस हुनु पर्ने हो। तर, राजनीतिका चतुर कु(पात्र) हरूले सार्वजनिक शौचालय निर्माणदेखि देशको संवेदनशील सुरक्षण मुद्रणसम्म राजनीति घुसाइदिन्छन् र समाजलाई ध्रुवीकृत गरिदिन्छन्।
अर्कैले छाता ओढाइरहेको र चिल्लो दौरा–सुरुवालमा टल्किने जुत्तामा वृक्षारोपण गर्ने यो कस्तो राजसी ठाँट भन्दै तस्वीरको एउटा अंश राखेर त्यो कार्यको खिल्ली उडाइयो ! र, फेरि त्यो सञ्चार माध्यमले ‘फ्याक्ट चेक’ का नाममा अर्को भिडिओ बनायो र ‘जन्मोत्सव’ शब्द नै प्रयोग गर्यो। त्यसको प्रत्युत्तरमा पिर्के सलामीका पुराना तस्वीरहरू, एकजना मेयरको सोही शैलीको अर्को तस्वीररलगायत थुप्रै तस्वीरले सामाजिक सञ्जाल भरियो। र, सरकार पक्षको अति चाकडीवादले यसलाई ‘अति नकारात्मक’ बनाइदियो।
समाजलाई फाइदा या बेफाइदा गर्न सक्ने कुनै पनि पक्षमा सामाजिक बहस हुनु पर्ने हो। तर, राजनीतिका चतुर कु(पात्र) हरूले सार्वजनिक शौचालय निर्माणदेखि देशको संवेदनशील सुरक्षण मुद्रणसम्म राजनीति घुसाइदिन्छन् र समाजलाई ध्रुवीकृत गरिदिन्छन्। राजनीतिसँगै भ्रष्टाचार पनि जोडिएपछि त यो सबैभन्दा डरलाग्दो पाटो बन्न पुगेको छ।
यहाँ नेताहरू आफ्ना कार्यकर्तासँगै बन्दुक बोकेर हिँड्छन् र समाजमा कसैले बन्दुक किन बोकेको भनेर प्रश्न सोध्न नपाउँदै जनताको सुरक्षा भनेर जवाफ दिन सक्छन्। बन्दुकको नाल तपाईंतिरै फर्किएको हुनाले तपाईंका लागि बहसको कुनै ठाउँ हुँदैन। महाभारतमा कृष्णले भनेका छन्– समाजमा तर्कको ठूलो महत्व हुन्छ र समाजमा रहेका सबैलाई आआफ्नो तर्क राख्ने अधिकार हुन्छ। यो नै सामाजिक सुन्दरता हो र यसले मात्र सही राज्य नीतिको निर्माण हुन्छ। तर, चतुर नेताहरूले समाजलाई यसरी सुताइदिएका छन् कि तर्क भन्ने शब्द नै समाजबाट हराइसक्यो ! यहाँ कि ‘एस’ कि ‘नो’ दुई चीजमा मात्र ‘ब हस्’ हुनुपर्छ। जब कि सामाजिक फाइदामा त्यसको ‘बहस’ हुनु पर्थ्यो।
नेपालमा सामाजिक बहसहरू कुनै कुनामा थन्किएका छन्। सामाजिक बहसहरूलाई सतहमा ल्याउनेतर्फ पहल गर्नु नितान्त आवश्यक छ। र, यसको पहल सञ्चार माध्यमहरूले नै गर्न सक्छन्। सर्सर्ती हेर्ने हो भने, सञ्चार माध्यमहरूमा समाजिक बहसको स्थान निकै कम छ।
ठूला सञ्चार माध्यममा आउने अधिकांश बहस हेर्ने हो भने, त्यहाँ या त ‘अति’ सकारात्मक या त ‘अति’ नकारात्मक टिप्पणीहरूबीच द्वन्द्व चलेको हुन्छ। के तपाईंले कुनै बहसमा एउटा सामान्य व्यक्तिलाई समावेश गरेको देख्नु भएको छ? सञ्चार माध्यमहरू सामान्य व्यक्तिलाई तबमात्र अघि ल्याउन तम्सन्छन्, जब उनीहरू लुटिइसकेका हुन्छन् या पीडित भइसकेका हुन्छन्। बहसको पात्र बन्न पनि तपाईं या त सम्बद्ध विषयको सन्दर्भमा ‘अति’ सकारात्मक या ‘अति’ नकारात्मक बन्नै पर्छ। र, त्यसको विषय बन्न या त पीडित या त पीडक। यति नभएसम्म तपाईंलाई कसैले ‘बाल’ दिँदैनन्। र, यसैको परिणाम हो सामाजिक सञ्जालमा पोखिने आक्रोश।
कोभिड–१९ ले विश्व नै आक्रान्त भइरहेको बेला लकडाउनबीच थुप्रै अनलाइन छलफल भए। एउटा सामान्य व्यक्तिको हिसाबले मैले पनि भ्याएसम्म सबै बहस हेरेँ। बहसको केन्द्र थिए ती जनता, जो कोरोनाका कारण पीडित भएका छन् र भविष्यमा हुन सक्छन्। तर, त्यो वर्गको प्रतिनिधि कुनै बहसमा थियो त? यदि थिए भने त्यो पर्याप्त थियो?
म यहाँ केही उदाहरण राख्छु।
उखुको मारमा किसानहरूले आत्महत्या नै गर्नु पर्ने अवस्था आयो। गरे पनि। यसका बारेमा मिडियामा थुप्रै बहस भए। तर, ती बहसमा वास्तविक उखु किसानलाई समावेश गर्नु भयो? यदि गर्नु नै भएको थियो कतै भने, के त्यो पर्याप्त थियो? उनीहरूलाई नै पाखा लगाएर गरिएको बहसले नतिजा देला त?

विदेशमा रहेका नेपालीको समस्याका बारेमा चलाइएका अधिकांश बहसमा एनआरएनका प्रतिनिधि या राजदूतहरू या भातृ सङ्गठनका नेताहरूबाहेक अरु कोही देख्नु भो? त्यसकै परिणाम हो अहिले उद्धारका नाममा भएको व्यापार। त्यो बहसमै यसरी ‘कन्भिन्स’ गरियो कि विदेशमा कुनै पनि व्यक्ति लकडाउनका कारण भोकले मर्दैनन् र नेपाल जान चाहनेहरूसँग प्रशस्त पैसा छ। जति भए पनि तिरेर ती नेपाल जान सक्छन्। किनकि त्यो बहसमा विदेशमा काम गर्नकै लागि आएका नेपालीको प्रतिनिधित्व छँदै थिएन। यहाँनिर नेपाल सरकार या पर्यटनमन्त्रीलाई गाली गरेर उन्मुक्ति लिनु मुर्खता हो। त्यसबारे बहस नै यसरी चलाइएको थियो कि अहिले गरिएको ‘उद्धार’ नै अन्तिम विकल्प बन्यो। लकडाउनका कारण धेरै नै प्रभावित होलान्, तर सबैभन्दा बढी प्रभावित मलेसियालगायत खाडीमा रहेका नेपाली हुन् भन्ने बुझ्न कसैलाई गाह्रो छ र? त्यो बहसमा तिनलाई खोजेर किन ल्याइएन? यसको बहस किन नगर्ने?
यस्तै ‘अति’ सकारात्मक र ‘अति’ नकारात्मकबीचको द्वन्द्वमा फसेका हुन्छन् वास्तविक समूहहरू। त्यसैको परिणाम हो नेपाल फर्कन या त महँगो टिकट काट्नु पर्ने या त स्वास फेर्न छाड्नु पर्ने! यसमा सरकारलाई औंला ठड्याउनुअघि बहस गर्ने मञ्च भएकाहरूले आफ्नो मूल्याङ्कन आफैं गर्नुस् र भन्नुस्– जसका लागि बहस भइरहेको थियो या छ, के त्यो बहसमा उसको वास्तविक प्रतिनिधित्व थियो त? धेरैले भन्नु होला– समाजको त्यो तप्का आउनै मान्दैन या उसको विद्वत्ता त्यो स्तरको छैन। यहाँनिर एउटा तर्क राख्छु। पत्रकारितामा तस्वीर आफैं बोल्छ। जब, तस्वीर त बोल्छ भने समाजमा रहेको जिउँदो मानिस नबोल्ला र?
‘अति’ सकारात्मक र ‘अति’ नकारात्मक यी दुवै सामाजिक विकासका लागि घातक छन्। आउनुस्, सामाजिक विकासका लागि ऊर्जाका साथ उपलब्धिमूलक बहस गरौं।
म यहाँ बेलायतको एउटा सामाजिक कानूनी कुरो राख्छु। कानूनी रूपमा के कस्तो हो त्योतर्फ म जान चाहन्नँ, तर धेरै सामाजिक मुद्दामा त्यही समाजका व्यक्तिलाई अदालतमा न्यायधीशका रूपमा बोलाइएको हुन्छ। सामान्य सामाजिक अपराधका मुद्दामा उनीहरूले बनाएको रायले न्याय प्रणालीमा महत्वपूर्ण भूमिका खेल्छ। र, यसमा समाजका जो कोही पनि सहभागी हुन पाउँछन्।
अन्त्यमा, कोभिड–१९ का कारण मृत्यु भएका व्यक्तिको अन्त्येष्टि गर्दा स्थानीयले गरेको अवरोधको ‘न्यूज कभर’ निकै ठूलो भएको थियो । र, त्यसले सामाजिक सञ्जाल तातेको बेला कतै कुनामा एउटा समाचार पढेँ जसमा एक दम्पत्तिले बेबारिसे शव उठाउनकै लागि आफ्नो जग्गाजमिन नै बेचेका रहेछन्। मैले डराइ–डराइ त्यो समाचारलाई सामाजिक सञ्जालमा राख्दा आएको प्रतिक्रियाले म उत्साहित भएँ। त्यो प्रतिक्रियाले समाज अझै सचेत छ र रूपान्तरणका लागि तयार छ भन्ने सन्देश दिएको छ।

" /> उसो त यो अति भन्ने शब्द नै राम्रो होइन। ‘अति गरे खति’ हुन्छ भन्ने त पुरानो मान्यता नै छ। तर, अति सकारात्मक र अनि नकारात्मकको तुलना गर्ने हो भने कसले बढी खति गर्ला भन्ने यो लेखको प्रमुख बहसको विषय हो। यो बहस शुरू गरौं भर्खरै सामाजिक सञ्जाल तताएको एउटा तस्वीरबाट। आफ्नो जन्मदिनका बेला एक जना मुख्यमन्त्री कार्यालयको प्राङ्गणमा आँपको बिरुवा रोप्न निस्कन्छन्। कार्यालयमा रहँदा उनी दौरा–सुरुवाल, ढाका टोपी, छालाको जुत्तामा हुने नै भए। हातमा पञ्जा पनि लगाउँछन् र कसैले खनेर तयारी अवस्थामा रहेको खाल्डोमा आँपको बिरुवा रोप्छन्। मुख्यमन्त्रीको सन्देश ‘सामान्य’ तर ‘उपयोगी’ छ। आफ्नो जन्मदिनमा सबैले एउटा–एउटा रुख मात्र रोप्यो भने पनि वातावरणका लागि निकै ठूलो योगदान हुनेछ। पक्कै पनि यसको सन्देश यही थियो। मुख्यमन्त्रीको यो सन्देश जस्ताको तस्तै जानु पर्थ्यो। त्यसो गरेको भए समाजमा यसले सकारात्मक सन्देश प्रवाह हुन्थ्यो।एउटा सञ्चार माध्यमले (उनी निकट या सरकार निकट हुनु पर्छ) ले समाचार दियो– मुख्यमन्त्रीको ‘जन्मोत्सव’ मा उहाँले आफ्नै हातले रुख रोप्नु भयो। यो समाचार आउनुअघि त्यसमा खासै नकारात्मक टिप्पणी थिएनन्। तर, जब यो समाचारलाई ‘अति’ सकारात्मक सोंच भएका मानिसहरूले ‘भाइरल’ बनाए तब यसमा टिप्पणी आउन थाल्यो। यहाँ ‘अति’ सकारात्मक सोच भन्नुको तात्पर्य अतिवाद हो। टिप्पणीमा नकारात्मकता थिएन। ‘जन्मोत्सव’ शब्दमा आपत्ति मात्र थियो। ‘जन्मोत्सव’ उहिले राजाको हुने गर्थ्यो। त्यही राजसी ठाँटलाई हटाउन सर्वहाराको नारा दिएका कम्युनिष्ट नेताको जन्म दिनलाई ‘जन्मोत्सव’ भनिनु पक्कै पनि ठीक थिएन। यो एउटा शब्द चयनको सामान्य आलोचना मात्र थियो। पक्कै पनि मुख्यमन्त्री स्वयंले त्यसलाई जन्मोत्सव भनेका थिएनन्। तर, चाकडीको नाममा या सामान्य कुरालाई अतिरञ्जित गर्दा प्रमुख मुद्दाबाट बहस अन्तै सर्यो। यहाँ मुख्यमन्त्रीको सन्देशलाई त्यो ‘जन्मोत्सव’ शब्दले ओझेलमा पारिदियो। र, शुरू भयो त्यसको नकारात्मक प्रभाव।

">