सबैभन्दा पहिला हात धुने कुरा गरौं। साबुनपानीले मिचिमिची कम्तीमा २० सेकेन्डसम्म हात धुनुपर्छ, यस्तो विश्व स्वास्थ्य सङ्गठनले भन्छ। सन् १८४७ मा हङ्गेरियन डाक्टर इग्नाज सेमेलबाइसले साबुनपानीले हात धुनाले किटाणु मर्छ भने कुरा पत्ता लगाएका हुन्।
सङ्क्रमितले हाछ्युँ गर्दा वा खोक्दा निस्कने भाइरसयुक्त छिटा कुनै सतहमा बस्यो, हामीले त्यो सतह हातले छोयौं र पछि आफ्नो हातमुख, नाक वा आँखामा लग्यौं भने सङ्क्रमित हुने सम्भावना हुन्छ।
सिद्धान्ततः यसरी सतहबाट सङ्क्रमण (सर्फेस कन्ट्यामिनेसन वा फोमाइट कन्ट्यामिनेसन) सम्भव हुने भए तापनि व्यवहारमा यो सङ्क्रमणको मूलविधि होइन। तर, पनि सतहबाट हुने सङ्क्रमणको सम्भावनालाई नजरअन्दाज सकिँदैन। त्यसैले, कम्तीमा पनि बाहिरबाट घर फर्केपछि साबुनपानीले मिचिमिची हात धुनु बुद्धिमानी हो। त्यसपछि जति बढी धोयो त्यति राम्रो। हात धोइ सकेपछि मोइस्चराइजर लगाउनु राम्रो।
मास्क
नाक र मुख छोप्ने मास्क सङ्क्रमणबाट बच्ने सबैभन्दा प्रभावकारी उपाय हो। हुन त मास्कले शतप्रतिशत भाइरस रोक्ने होइन। बजारमा पाइने सबैभन्दा गुणस्तरीय एन९५ मास्कले पनि ९५ प्रतिशत किटाणुमात्र रोक्छ।
तर, पनि बाहिर निस्कँदा सधैं दुई मिटरको दूरी कायम राख्न नसकिने हुँदा, मास्क नै सबैभन्दा आवश्यक र प्रभावकारी अस्त्र हो । बुझ्नुपर्ने कुरा के हो भने, कोभिडको असर कुनै सङ्क्रमितमाथि कति धेरै वा थोरै पर्छ भन्ने कुरा सङ्क्रमितले कति सङ्ख्यामा कोरोना भाइरस ग्रहण गरेको छ, त्यसमा भर पर्छ।
जति बढी सङ्ख्यामा भाइरस शरीरमा प्रवेश गर्यो, त्यति बढी यसले सङ्क्रमणलाई गम्भीर बनाउँछ। मास्कले ९५ प्रतिशतसम्म भाइरस रोक्ने हुनाले, थोरै भाइरस शरीरमा प्रवेश गरिहाले पनि त्यसबाट हुने सङ्क्रमणले स्वास्थ्यमा धेरै क्षति पुर्याउँदैन भन्ने वैज्ञानिक मान्यता छ।
कोरोना भाइरस हावाबाट सर्न सक्ने भनेर वैज्ञानिकको एक समूहले विश्व स्वास्थ्य सङ्गठनलाई आफ्नो निर्देशिका सच्याउन अनुरोध गरेको समाचार छ।
अहिलेसम्म विश्व स्वास्थ्य सङ्गठनले यो भाइरस हावाबाट पनि सर्न सक्ने भनेर किटान गरेको छैन। तर, बन्द संरचनाहरूमा एरोसोलको माध्यमबाट भाइरस सर्न सक्ने कुरा केही महीनाअघि नै सार्वजनिक भएको हो। त्यसैले, मानिसको धेरै आवतजावत हुने बन्द सार्वजनिक स्थानहरु जस्तैः अस्पताल, सार्वजनिक कार्यालय, सेवा प्रदायक संस्था आदिमा जाँदा वा रहँदा पनि मास्क लगाउनु बुद्धिमानी हुनेछ।
सामाजिक दूरी
सामाजिक दूरी कतिसम्मको राख्ने? जति बढी सकिन्छ त्यति राम्रो। विश्व स्वास्थ्य सङ्गठनले दुई मिटरको दूरी सिफारिस गरेको छ। हामीकहाँ पनि दुई मिटर दूरी राख्नुपर्ने सरकारी निर्देशन छ। तर भिन्नभिन्न देशले भिन्नभिन्न दूरी कायम राख्न आफ्ना नागरिकलाई निर्देशन दिएका छन्।
तर, के कोरोना भाइरस मुख वा नाकबाट छुटेपछि दुई मिटरमात्र यात्रा गर्छ त ? दुई मिटरको दूरी खास अवस्थालाई हेरेर भनिएको हो। एउटा निश्चित थोप्लाको साइज, खोकी वा छिँकको गति र प्रवाह तथा स्थान आदिलाई आधार मानी तोकिएको मापदण्ड हो।
तर, यो भन्दा भिन्न अवस्थामा भाइरस दुई मिटरभन्दा धेरै पर जान सक्ने विभिन्न अध्ययनले देखाएका छन्। तसर्थ, बन्द संरचनामा सकेसम्म दुई मिटर वा त्यो भन्दा बढी दूरी राख्नु नै उत्तम देखिन्छ।
बेसार-पानी
बेसार-पानीको विषयमा धेरै बहस र आलोचना चल्यो हामीकहाँ। तर बहसका दुवै पक्षले बेसार-पानीको वैज्ञानिक वा अवैज्ञानिकताको चर्चा गरेनन्।
एक पक्षले यसलाई बढा हल्का तवरले प्रस्तुत गर्यो र अर्को पक्षले पनि त्यसैगरी उडायो। तर, कोरोना वा कुनै पनि सङ्क्रमणको सम्बन्धमा बेसार-पानीलाई रफादफा गर्न सकिने स्थितिचाहिँ छैन।
बेसारले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ भन्ने कुरा हाम्रो पारम्परिक ज्ञानअन्तर्गत पर्छ। यस्तो ज्ञान आकाशवाणीबाट प्राप्त हुने होइन। कयौं पिँढीको अनुभवबाट यो स्थापित हुन्छ।
मानव इतिहासमा धेरै किसिमका किटाणु आए। तर ती सबै किसिमका किटाणुसँग लड्ने अस्त्र भनेको हाम्रो रोग प्रतिरोधात्मक प्रणाली (इम्युनिटी सिस्टम) नै हो। हाम्रो शरीरमा भिन्नभिन्न किसिमका किटाणुसँग लड्ने भिन्नभिन्न प्रणाली छैनन्।
कोरोना जतिसुकै ‘नोबेल’ (नवीन) भाइरस किन नहोस्, यसबाट बचाउने पनि हाम्रो त्यही प्रणाली नै हो। तर यही प्रणालीले कतिपय सङ्क्रमितको ज्यान पनि लिन्छ।
सामान्यतया जो मानिसको इम्युनिटी कमजोर हुन्छ, उनीहरूको इम्युनिटी सिस्टमले कुनै अवस्थामा सङ्क्रमणकाविरुद्ध अति प्रतिक्रिया (ओभर रियाक्सन) देखाउँछ, जसलाई ‘साइटोकाइन स्टोर्म’ भनिन्छ। यस्तो अति प्रतिक्रियाले फोक्सोलाई ठूलो क्षति पुर्याउँछ र बिरामीको ज्यानसम्म लिन्छ।
बेसारमा ‘कक्र्युमिन’ भन्ने तत्व हुन्छ। कतिपय वैज्ञानिक शोधले देखाउँछ, ‘कक्र्युमिन’ ले ‘साइटोकाइन स्टोर्म’ लाई मत्थर पार्छ। पारम्परिक ज्ञानलाई मान्ने हो भने बेसारमा अरु पनि तत्व होलान्, जसले इम्युनिटी बलियो बनाउँछ। यो थप वैज्ञानिक शोधको विषय हुन सक्छ।
‘कक्र्युमिन’ को अर्को विशेषता के हो भने यसले शरीरको आधारभूत तापक्रम (कोर टेम्प्रेचर) बढाउँछ। अर्कोतर्फ, शरीरको उच्च तापक्रम र इम्युनिटी सिस्टमको सम्बन्ध छ। पहिलेपहिले ज्वरोलाई सङ्क्रमणको लक्षणको रुपमा मात्र हेरिन्थ्यो भने अचेल वैज्ञानिकहरु यसलाई सङ्क्रमणविरुद्ध शरीरको प्रतिक्रिया (रेस्पोन्स) को रुपमा हेर्छन्।
उच्च तापक्रममा किटाणुहरुलाई फैलन (आफ्नो वंश बढाउन) गाह्रो हुन्छ। दोस्रो, उच्च तापक्रममा रोग प्रतिरोधात्मक प्रणालीका कतिपय कोश (विशेष गरेर ‘टी सेल’) बढी प्रभावकारी हुन्छन् भन्ने मान्यता छ।
यसरी दुईथरी वैज्ञानिक शोध भएको भए तापनि बेसारले बढाउन सक्ने शरीरको तापक्रम र त्यसले कोरोना भाइरस ‘रेप्लिकेसन’ र ‘इम्युनिटी सेल’ मा पार्ने प्रभावबारे अध्ययन भएको छैन। तर, सिद्धान्ततः प्रभाव पार्न सक्छ भन्ने कुरालाई नकार्न सकिँदैन।
तसर्थ, वैज्ञानिक दृष्टिकोणले बेसार–पानीलाई सरासर खारेज गर्न सकिने अवस्था छैन। ध्यान दिनुपर्ने कुरा के हो भने, हाम्रो आन्द्राले ‘कक्र्युमिन’ लाई सजिलै सोस्न सक्दैन। त्यसैले, बेसारमा अरु कुरा मिसाउनुपर्छ। मरिचसँग सेवन गरे शरीरले सजिलै सोस्दछ भन्ने वैज्ञानिक शोध छ।
‘कक्र्युमिन’ पानीमा सजिलै नमिसिने र हाम्रो पाचन प्रणालीमा पानीको मात्रा धेरै हुने भएकोले यसलाई तैलीय कुरासँग मिसाउनु पर्ने हुन्छ। हामीले तरकारीमा बेसार हाल्ने चलन पनि सायद त्यही पारम्परिक ज्ञानको उपज हुन सक्छ। बेसार-पानी सेवन गर्ने आयुर्वेदिक तरिका (अदुवा, मरिच वा अरु जडिबुटीसँग मिसाएर) सायद यही कुरालाई दृष्टिगत गर्दै भएको हुन सक्छ।
अन्त्यमा,
कोभिड-१९ अचानक पूरै विश्वको स्वास्थ्यमा खराबी आएर उत्पन्न भएको समस्या होइन। अचानक एउटा नयाँ भाइरस प्रजातिले मानवजातिलाई हमला गरेर उत्पन्न भएको समस्या हो।
यो मूलतः ‘चिकित्सकीय’ समस्या होइन, एउटा प्रजाति विकासको वा ‘इभोलुसनरी’ समस्या हो। के ‘इभोलुसनरी’ समस्याको ‘मेडिकल’ समाधान सम्भव छ वा भए त्यो कतिको प्रभावकारी हुन सक्छ? यो एउटा बहसको विषय हुन सक्छ, हुनु पर्छ।
हामीले विगतका दशकहरुमा ‘भ्याक्सिन’मा जोड दिनु पर्ने थियो वा रोग प्रतिरोधात्मक प्रणालीलाई दरिलो पार्न जोड दिनु पर्ने थियो। किनभने, रोग प्रतिरोधात्मक प्रणाली त्यो कुरा हो, जुन लाखौं वर्षको ‘इभोलुसन’ बाट विकसित भएको हो।
कुनै पनि ‘इभोलुसनरी’ समस्याको सबैभन्दा प्रभावकारी समाधान भनेको ‘इभोलुसन’ बाट विकास भएको तन्त्र नै हुनुपर्ने हो। त्यसै पनि इतिहास हेर्ने हो भने ‘भ्याक्सिन’ ले एकदुई महामारी छोडेर बाँकीमा कुनै सफलता पाएको छैन। यसपटक चाहिँ सफलता पाउने छ भन्ने ठूलो विश्वास छ।
जनस्वास्थ्यको हिसाबले यो महामारीको सबैभन्दा ठूलो मुद्दा भनेको अस्पताल हो । धेरै मानिस एकैचोटि अस्पताल नपुगून्, अस्पातलमा पर्याप्त बेड होस्, पर्याप्त स्वास्थ्यकर्मी होउन्, आवश्यक पर्ने साधन हुन्।
प्रभावकारी भ्याक्सिन उपलध नहुने अवस्थामा यो महामारीले जनसङ्ख्याको एउटा ठूलो भाग (कम्तीमा २५ प्रतिशत) मानिसलाई ढीलोचाँडो सङ्क्रमित पार्ने सम्भावना छ। यस्तो अवस्थामा मास्क लगाएर, साबुनपानीले हात धोएर, सामाजिक दूरी कायम राखेर हामी तीनवटा कुरा गर्न सक्छौं।
१. सङ्क्रमित हुने २५ प्रतिशतभित्र होइन, सङ्क्रमणबाट बच्न सक्ने ७५ प्रतिशतमा आफूलाई राख्न सक्छौं।
२. २५ प्रतिशतभित्र परिहाले पनि मास्क र सामाजिक दूरीका कारण धेरै भाइरस सङ्ख्याबाट आफूलाई बचाई सङ्क्रमणको असरलाई न्यून राख्न सक्छौं।
३. गाउँशहरमा एकैचोटि धेरैजना सङ्क्रमित हुने अवस्थालाई रोक्न सक्दछौ। यसले गर्दा स्थानीय स्वास्थ्य प्रणालीलाई भार पर्ने छैन र अर्थतन्त्रलाई कमसेकम अवरोधको सामना गर्नु पर्ने छ। होइन भने फेरि कडा लकडाउन गर्नुपर्ने अवस्था आउन सक्छ, जुन हाम्रो रोजीरोटीका लागि घातक हुन सक्छ।

बूढाबूढी र दीर्घरोगी यसको सङ्क्रमणबाट बचून्, सङ्क्रमित भएर अस्पताल पुग्नु पर्ने अवस्था नआओस्, कुनै पनि देशले यस महामारीमा गर्न सक्ने कुशल व्यवस्थापनका मूल कसी यिनै हुन्।
महामारीको अन्त्यमा पछाडि फर्केर हेर्दा, अहिले यस महामारीको व्यवस्थापनलाई लिएर देशविदेशमा चलेका कतिपय जल्दाबल्दा बहस अर्थहीन साबित हुन सक्ने छन्।
समग्रमा, मास्क लगाऊँ, साबुनपानीले हात धोऔं, सामाजिक दूरी राखौं। इम्युनिटी बढाउने कुरा गरौं, विश्वास लाग्छ भने बेसार-पानी खाऔं। याद राखौं, मनोविज्ञान आफैंमा स्वास्थ्य राम्रो राख्ने एउटा विज्ञान हो।
" /> सबैभन्दा पहिला हात धुने कुरा गरौं। साबुनपानीले मिचिमिची कम्तीमा २० सेकेन्डसम्म हात धुनुपर्छ, यस्तो विश्व स्वास्थ्य सङ्गठनले भन्छ। सन् १८४७ मा हङ्गेरियन डाक्टर इग्नाज सेमेलबाइसले साबुनपानीले हात धुनाले किटाणु मर्छ भने कुरा पत्ता लगाएका हुन्।सङ्क्रमितले हाछ्युँ गर्दा वा खोक्दा निस्कने भाइरसयुक्त छिटा कुनै सतहमा बस्यो, हामीले त्यो सतह हातले छोयौं र पछि आफ्नो हातमुख, नाक वा आँखामा लग्यौं भने सङ्क्रमित हुने सम्भावना हुन्छ।

">