खबरदार पढ्न थाल्नु भो कि के हो? अहँ पढ्दै नपढ्नुस्। तपाईंलाई फुर्सद कहाँ छ र पढ्न? बिहानै उठ्यो अनि सामाजिक सञ्जालमा एक दर्जन ‘ह्याप्पी बर्थ डे’ लेख्नै पर्यो। फेरि अलिअलि समवेदना र श्रद्धाञ्जलि पनि थप्नै पर्यो।
यसो ‘कम्बट’मा बसेर १०-२० ‘लाइक’ ठोक्नै पर्यो। हिजो दुईचार वटा कडा गाली मिसाएर लेखेको ‘स्टाटस’ ले कति लाइक पायो, सेयर भयो कि भएन? त्यो पनि त जाँच्नु पर्यो। अनि पढ्ने कति बेला? म पनि तपाईं जस्तै अनपढ हो।
र, यो लेख पढिहाल्नु भो भने पनि दिमागमा खासै लोड पर्दैन, किनकि म तपाईंकै पक्षमा छु- पढ्नु त हुँदै हुँदैन। र, विश्वास गर्नुस् बहुमत हाम्रै छ।
पढ्नु भनेको अहिलेको जमानामा सबैभन्दा ठूलो गल्ती हो। पढ्ने ठेक्का त गोडा दुई दर्जनले लिएकै छन्। उनीहरूले जे बोल्छन् र भन्छन् त्यही ठीक र बेठीक भन्ने बस् यत्ति काम हो तपाईंको। तपाईं त बाठो नि!
उनीहरूले पढेर गुत्थी कुरो युट्युबमा भन्दिहाल्छन्। सक्कि गो नि! कल्ले ‘टेन्सन’ लिने त्यो पढ्ने कुरो? जल्ले भनेको मन पर्छ ताली पिट्ने। जल्ले भनेको मन पर्दैन गाली ठोक्ने। बस् तपाईंको काम त्यत्ति हो।
अब त पहिले जस्तो ‘सर’ ले लठ्ठी बोकेर पढ् पनि भन्दैनन्। उहिले लठ्ठी त भाँचिहाल्यौं तपाईं हामी मिलेर। बा त आफैं मोबाइलमै हेरेर एक्लैएक्लै दङ्ग पर्दै होलान्, पढ् भन्ने कुरै भएन। फेरि ‘बाई द वे’ भनिहालेँ पनि यो हाम्रा आफ्नै दाजुभाइको बलिदानीबाट प्राप्त गणतन्त्रमा ‘बा’ ले भनेको कुरा मान्ने कुरै भएन नि। छिमेकीले भने भने पो यसो सोचविचार गर्न सकिन्छ!
पढ्यो भने दिमागलाई ठूलो लोड पर्छ। अलिक अस्ति बाटोबाटोमा पड्किन्थ्यो नि सुतली बम, तपाईंको दिमाग पनि त्यसै गरी पड्किन पनि सक्छ। पढ्ने त हुँदै होइन। फेरि तपाईंलाई लाग्ला यो पुस्तक पढ्ने कुरा गर्दैछ। हैट, पुस्तकलाई त घरमा भित्राउनै हुँदैन।
हातमा यति महँगो मोबाइल हुँदाहुँदै जाबो पुस्तक! पहिले पो निन्द्रा नलागे यसो ओछ्यानमा पल्टेपछि निन्द्राको औषधि हुन्थ्यो पुस्तक, अब त मोबाइल हेर्दै पो निदाउनी। मैले भन्न खोजेको त सामाजिक सञ्जालमा आउँछन् नि डरलाग्दा ‘हेडिङ’ हरू, हो त्योभित्र के लेखेको छ त्यो पनि पढ्न हुन्न भनेको।

हेडिङ हेर्नी, हेडिङमा ठोकेको छ भने तपाईंले पनि सेयर र कमसेकम एउटा कमेन्ट ठोक्दिनी। मज्जा आउँछ नि। हेडिङमा ठोकेको छैन भने वास्तै नगर्नी।
पढ्यो भने त निकै गाह्रो हुन्छ। चीनको राष्ट्रपति यस्तो भनेर आयो भने हाम्रो राष्ट्रपतिचाहिँ यस्तो भनेर ठोकिहाल्न कम्ति मजा आउँछ! अब तपाईंले चीनको विकासको बारेमा किन पढ्नी? ल मानिलिनुस् तपाईंले पढ्नु भो। चीनको विकास कसरी भयो भनेर।
अब तपाईंलाई फसाद पर्छ किनकि, अब तपाईंले जान्नु भयो कि चीनका जनताले यति घण्टा काम गर्छन्, यति मेहनती हुन्छन्, काम ठग्दैनन्, कसैलाई गाली गर्दैनन्, देशका लागि एकजुट भएर काममा लागेका छन् भनेर। अब भएन त अप्ठेरो! तपाईं पनि त्यस्तै हुनुहुन्छ त? अब तपाईंले आफैंले आफैंलाई गाली गरेर कसरी लेख्ने?
ल मानिलिनुस् अब देश बनाउनु पर्यो भनेर आत्मालोचना गरेर मोबाइल चलाएर बसेको आफ्नो फोटो र काम गर्दै गरेको चीनको जनताको एउटा फोटो राखेर, ‘थुइक्क म! विकासका लागि त काम पो गर्नुपर्ने रहेछ’ भनेर लेखेर पोस्टाइ पनि दिनु भो।
अब, तपाईंलाई गाली आउन शुरू हुन्छ। बौलाएछ भन्दै तपाईंलाई पाटन अस्पताल लान चन्दा नि उठाउलान्! अरुलाई गाली गर्न पो मजा त, आफूलाई गाली पर्यो भने त चित्त दुख्नु दुख्छ है।
ल ठीकै छ जे परे परोस् पढ्दिन्छु म त भनेर पढ्न थाल्नु भो। पढेपछि लेख्न मन लाग्छ। लेख्नलाई कलम समात्नु पर्यो। अब भन्नु होला तपाईं यो आधुनिक जमानामा पनि कसैले कलमले लेख्छ? पाखे हो म? तर तपाईंलाई थाहै छ, मोबाइलमा लेख्न कम्ति गाह्रो हुन्छ? अनि बल्लतल्ल बुझेको कुरा लेख्नु भो भने तपार्इंले लेखेको फेरि पढ्दिने को?
अहिले तपाईंले खासै पढ्नुहुन्न नि अनि कति सजिलो छ ‘कमेन्ट’ लेख्न? बस् एक दर्जन गाली तयारी अवस्थामा भए पुगिहाल्छ। तर, तपार्इंले पढ्नु भो भने तपाईंको आफ्नो नयाँ विचार जन्मेला। जन्मिएपछि हुर्काउनु पर्यो। ह्या छाड्दिनुस् पढेर हात्ती ठूलो भा हो र?
अहिले यो नपढ्ने जुक्तिले सबैलाई फाइदा भा छ। हिजो मात्र म एकजना मित्रको घरमा गएको थिएँ। मित्र मसँग देशका बारेमा गफिँदै थिए। यो भएन, त्यो भएन, फलानो चोर, यहाँ सबै चोरै चोर आदिइत्यादि। म चुपचाप सुन्दै थिएँ। अब त गाली गर्न बन्द गर्नुहोला मित्रले र केही कामको कुरा गरौं भनेको अहँ आधी घण्टा बित्यो रोकिने होइन। उता मित्रकी श्रीमती खोई कसलाई हो फोनबाटै ‘बच्चाको कसरी ख्याल गर्ने’ भनेर सिकाउँदै थिइन्। यता मित्र मसँग, उता मित्रकी श्रीमतीको खोई कोसँग हो? ‘अविरल बग्छ इन्द्रावती’ भनेझैं लागिरह्यो। उनीहरूको चार वर्षको छोरो मोबाइल समातेर ‘ड्याडी फिङ्गर ड्याडी फिङ्गर ह्वेर आर यु’ सुन्दै मच्चिँदै थियो।
यसो आँखा घुमाएँ बच्चाका कापी र पुस्तक कतै देखिएन। देश र जनतालाई गर्ने गाली सकिएपछि सुस्ताएका मित्रलाई छोरो एक्लै भयो कि, मोबाइलभन्दा बरु कापी र कलम दिनु लेख्छ कि भनेको मित्र त रिसाए पो!
नाम चलेको किताब समात्ने, पढे जस्तो गर्नी, फोटो खिच्नी, पोस्टाउनी। बस् सकियो पढाइ। तपाईंलाई कसैले त्यस पुस्तकको बारेमा सोध्यो भने केही नबोल्नी। जताततै यूट्युबैयूट्युब बजिरहेका बेला कोही विद्वान् बोलेको देख्नु भा छ र? अनि तपाईं जान्नी भएर किन उत्तर दिने?
‘बच्चालाई अहिले नै पढायो भने दिमागमा लोड हुन्छ। फेरि कलम समात, पेन्सिल समात। पढ्न माने पो। आफूलाई फुर्सद नै छैन। संसारै मोबाइलमा छ, मोबाइल चलाउन खप्पिस् छ नि। ठूलो भएसि गुगलमा पढ्छ।’
आफ्नी श्रीमतीतिर आँखाले इशारा गर्दै भने, उसैलाई थाहा छ। श्रीमतीको बखानमा अझै थपे, ‘पहिले लाटी थिई अहिले आइफोन ल्याइदिएदेखि बाठी भइछ, ऊ साथीलाई बच्चा हेर्ने तरिका सिकाउँदै छे।’
पछि थाहा भो, एक हप्ता भाको रहेछ घरमा नेट गाको भर्खर मात्रै आको रैछ। सामाजिक सञ्जालमा गाली गर्न नपाएर रन्थनिएका मित्रले सबै भडास मसँग निकालेका रहेछन्।
आखिर पढ्ने केका लागि? पहिले चौतारीमा झैं अहिले कतै केही बहस नै गर्नु पर्दैन। बस् औंलाले मोबाइल थिच्नु छ। कहिले उठेर, कहिले सुतेर, कहिले भान्सामा, कहिले चर्पीमा, ओछ्यानमा, मन्दिरमा, अनि मौका मिल्यो भने यसो फोटो खिचेर फेसबुकमा पोस्टाउने त हो नि! अनि त्यत्तिका लागि नि पढ्नु पर्छ र?

नपढ्नुको सबैभन्दा ठूलो फाइदा बताउँछु म। पढ्नुभो भने तपाईंलाई एउटै कुराको मात्र ज्ञान हुन्छ। र, मलाई मेरो क्षेत्रबाहेक अन्य विषयमा ज्ञान छैन भन्ने सबैभन्दा ठूलो ज्ञान हुन्छ। अनि तपाईं बिक्नुहुन्छ त? तपाईंको स्टाटस बिक्छ त?
तर, तपाईं पढ्नु भएकै छैन भने, तपाईं सर्वज्ञानी बन्न सक्नुहुन्छ। देश कसरी विकास गर्ने तपाईं फ्याट्टै भन्न सक्नुहुनेछ। भ्रष्टाचार कसरी रोक्ने तपाईंको कान्छी औंलाको खेल बन्छ। गरिबी कसरी धपाउने तपाईं आँखा बन्द गरेर भन्न सक्नुहुन्छ। किनकि पढेको मान्छेले गाली गर्न सक्दैन। र, गाली नगरी देश बन्दैबन्दैन। अनि देश बनाउने जिम्मा तपाईंको होइन? गाली त तपाईंले उहिले सिकिसक्नु भो। अनि किन पढ्नु?
शीर्षक हेरेरै तपाईंले पढ्नु भएन भने तपाईंले यो लाइन पढ्ने कुरै भएन। तर पनि अटेरी गरेर पढ्नु भयो भने अब मलाई गाली गर्नु हुनेछ। के के न लेखेको होला भनेर पढेको ताइ न तुइको गफ दिएर पो सक्कायो त! अब तपाईं जस्तै गोडा बीसले गाली गरे भने म ठूलो मान्छे भइहाल्छु।
बस् मेरो चाहना यत्ति हो। अब यो ठूलो मान्छे बन्छ भनेर तपाईंको गाली फेरि पेटभित्रै छिर्यो होला। अर्को बन्छ भनेसी अरु त कुरै छाडौं, गाली नि दिइन्न नि।
मैंले शुरूमै भनेको थिएँ नि पढेर को ठूलो भाछ? ठूलो मान्छे बन्न त पढाउनु पर्छ हजुर। र, पढाउन सक्ने हुनलाई पढ्नु त हुँदैहुँदैन। पढ्यो भने त विद्वान् भइन्छ। विद्वान्ले पढाएको देख्नु भा छ र? देख्नु भाको छ भने मलाई पनि भन्नुस् ल।
एकपटक यो पढाइ भनेको के हो, जान्ने ठूलो धोको छ। मलाई जान्ने मन छ यी नेताहरूका गुरु को हुन्? र, यी गुरुहरूले यिनीहरूलाई पढाए कि यिनीहरूले गुरुहरूलाई!
अझै ‘लेक्चर’ दिऊँ भनेको एउटा खतरनाक हेडिङ आयो। म लागेँ दुईचार वटा गाली बोकेर। तपाईं पनि सेयर गर्दिनुस् ल!
" /> खबरदार पढ्न थाल्नु भो कि के हो? अहँ पढ्दै नपढ्नुस्। तपाईंलाई फुर्सद कहाँ छ र पढ्न? बिहानै उठ्यो अनि सामाजिक सञ्जालमा एक दर्जन ‘ह्याप्पी बर्थ डे’ लेख्नै पर्यो। फेरि अलिअलि समवेदना र श्रद्धाञ्जलि पनि थप्नै पर्यो।यसो ‘कम्बट’मा बसेर १०-२० ‘लाइक’ ठोक्नै पर्यो। हिजो दुईचार वटा कडा गाली मिसाएर लेखेको ‘स्टाटस’ ले कति लाइक पायो, सेयर भयो कि भएन? त्यो पनि त जाँच्नु पर्यो। अनि पढ्ने कति बेला? म पनि तपाईं जस्तै अनपढ हो।

">