पेशाले वरिष्ठ चिकित्सक सुन्दरमणि दीक्षित २०६२/०६३ को राजनीतिक परिवर्तनका साक्षीमात्र होइनन्, सहभागी पनि हुन्। तत्कालीन माओवादी सशस्त्र द्वन्द्वलाई शान्तिपूर्ण राजनीतिमा रुपान्तरणका निम्ति नागरिक समाजमार्फत् उनले निर्वाह गरेको भूमिका स्मरणीय मानिन्छ। नेपालमा विभिन्नखाले राजनीतिक परिवर्तन हुँदा पनि जनजीविका सहज बन्न सकेको छैन। जनताका दुःख अलिकति पनि कम भएको छैन। दुईतिहाइको वर्तमान सरकार, छिमेकी मुलुकहरुसँगको सम्बन्ध, प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैली र उनको विपक्षमा उठिरहेका आवाजलगायतका विषयमा डा. दीक्षितसँग देखापढीले गरेको कुराकानीको सारः
मुलुकमा बलियो सरकार छ, साना-ठूला कुनै पनि निर्णय गर्न वा काम गर्न कतै रोकतोक छैन। तर पनि जनतालाई महसुस हुने गरी सरकार अघि बढ्न केले रोकेको देख्नहुन्छ ?
अहिले जे–जति नेता वा सत्तामा रहेका व्यक्ति देख्छु ती अधिकांशमा राजनीतिज्ञमा हुनुपर्ने गुण छ, तर मुलुकका लागि काम गर्न जान्ने ज्ञान तथा ल्याकत वा इच्छाशक्तिचाहिँ कम रहेको पाउँछु। सत्तामा रहेका चाहे प्रधानमन्त्री ओली हुन् वा पुष्पकमल दाहाल हुन्, यिनको राजनीतिक योगदान अथाह छ। हिजोको दिनमा नेताहरुले सङ्घर्ष गरे, जेलनेल भोगे, नतिजामा जनताले तिनलाई सत्तामा पुर्याए। सत्तामा पुगेपछि तिनको भूमिका परिवर्तन हुनुपर्थ्यो, ती जनमुखी र जनहितकारी काममा अहोरात्र खटिनुपर्थ्यो, तर त्यसो हुन सकेन। यही कारण जनता खुसी भएनन्।
परिवर्तनका निम्ति सङ्घर्ष गर्ने नेतालाई जनताले मन पराउँछन् र निर्वाचनमा मत दिन्छन्। त्यसपछिको जनअपेक्षा अर्कै हुन्छ, त्यसमा आर्थिक विकास, सहज जनजीविका, विभेदरहित समाजको निर्माण, अवसरको समान वितरणलगायत पर्छन्। ती अपेक्षा पूरा गर्नेतर्फ नेताहरु लाग्न नसक्दा जनआक्रोश बढ्छ। सङ्घर्षका बखत जनतालाई आदर्श लागेका नेता पनि सत्तामा पुगेपछि अलोकप्रिय बन्न सक्छन्।
त्यसो भए अब सत्ता परिवर्तन वा सत्ताको नेतृत्व फेर्ने बेला भएको हो ?
मलाई त्यो बेला भएको जस्तो लाग्दैन। किनकि, प्रधानमन्त्री ओलीको विकल्प म देख्दिनँ। उनको पार्टी नेकपाभित्र त प्रधानमन्त्री बन्ने र मुलुकलाई गति दिन सक्ने कोही पनि छैनन्, पुष्पकमल दाहाल, माधव नेपाल, झलनाथ खनाललगायत सबै परीक्षामा असफल भइसकेका नेता हुन्।
दाहालले त केही समयअघि ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवैबाट राजीनामा दिन माग गरे, नेपालले पनि एक पद त्याग्न भने। तर केही दिनमै त्यो माग दुवैले त्यागे। किन त्यागे, त्यो खोजको विषय बन्न सक्ला। त्यसकारण पनि ओलीको सट्टा अर्को पात्र ल्याएर सङ्कट समाधान हुँदैन भन्ने स्पष्ट छ। प्रतिपक्षी काङ्ग्रेसमा त मुलुक हाँक्न सक्ने नेता झन् छँदै छैनन्।
त्यसो भए के गर्ने त ?
प्रधानमन्त्री ओलीलाई विगतमा तपाईंबाट यो यो कमजोरी भए, अब त्यसलाई सुधार्नुस्, गल्ती नदोहोर्याउनुस् भन्ने हो। एउटा नेताले चाहने भनेको इतिहासमा आफ्नो नाम स्वर्ण अक्षरले लेखउने नै हो।
ओलीसँग अझै दुई वर्षभन्दा बढी समय बाँकी छ प्रधानमन्त्रीको कुर्सीमा बस्न र काम गर्न। यो अवधि भनेको थोरै होइन, उनले यो समयमा परिवर्तनकारी काम गरेर देखाउनु पर्छ। उनको हातमा आफ्नो नाम स्वर्ण अक्षरले लेखाउने मौका छ। म चाहन्छु, उनी त्यो मौका नगुमाउन्।
ओली भिजन भएका नेता हुन्, उनले बोकेको भिजनका कारण नेकपाले गत निर्वाचनमा जितेको हो।
अहिले ओलीलाई प्रधानमन्त्री पदबाट हटाउँदा मुलुकमा थप अस्थिरता निम्तन्छ। उनलाई पदमै राख्ने, तर उनका कतिपय कार्यशैली फेर्न सल्लाह दिने काम गर्नु सबैको हितमा हुन्छ। म त यतिखेर उनको विकल्पमा अर्को कोही पनि देख्दिनँ।
ओली भिजन भएका नेता हुन्, उनले बोकेको भिजनका कारण नेकपाले गत निर्वाचनमा जितेको हो। तर त्यो भिजनलाई व्यवहारमा उतार्ने क्रममा उनी चिप्लिएका हुन्। उनको भिजनलाई अब व्यवहारमा उतार्न सबैले मद्दत गर्ने समय आएको छ। आलोचनाभन्दा पनि उनलाई सही सल्लाह दिने समय अहिले आएको छ।
ओलीले प्रधानमन्त्री हुँदासाथ भनेका थिए– भ्रष्टाचारमा शून्यसहनशीलता। भ्रष्टाचार नियन्त्रण उनको भिजन थियो। नेपालको मुख्य रोग भनेको भ्रष्टाचार नै हो। त्यसको नियन्त्रण हुन सक्दा धेरै समस्या समाधान हुन्छ र जनताले राहतको स्वास फेर्न पाउने छन्। अहिले त जनअपेक्षा पनि अलि बढी छ, समयानुसार हुन्छ नै पनि। त्यसमाथि कहिले प्राकृतिक प्रकोप त कहिले विश्व महामारी जस्ता घटनाले पनि जनहितका काम गर्न कठिन पर्दै गएको छ।
प्रधानमन्त्री ओलीका अभिव्यक्ति देशभित्र र विशेषगरी भारतमा किन आलोचित भइरहेका छन्?
कतिपय कुरा नबोलेको भए हुन्थ्यो। म केही उदाहरण दिन्छु, पहिलो– कालापानी, लिपुलेकको मुद्दा अत्यावश्यक थियो, त्यो नक्सा जारी गरेर उनले ठूलो काम गरेका हुन्। त्यसलगत्तै उनले भारतमा स्लोगन बनेको ‘सत्य मेव जयते’लाई ‘सिंह मेव जयते’ भने। चीनको भन्दा भारतको कोरोना खतरनाक भने। भर्खरै अयोध्याबारे विवादित कुरा गरे। यी कुरा प्रधानमन्त्रीले नभनेको भए हुन्थ्यो। यसले भारतीय पक्ष चिढिन पुगेको छ।
पछिल्लो समय प्रधानमन्त्री ओलीमाथि भारतीय मिडिया निकै तल ओर्लिएर समाचार सामग्री प्रशारण गरिरहेका छन्, यस्तो बेला नेपाली मिडियाको भूमिका के हुनुपर्छ?
भारतीय मिडियाको भद्दा प्रस्तुति हेर्दा र हामीले ओलीलाई व्यक्ति होइन, देशको अभिभावक मानेर हेर्दा, हामीलाई पनि ठेस लागेको छ। भारतका मिडियाभन्दा नेपाली मिडिया निकै संयमित र व्यावसायिक बनेको देख्छु म। ठूलोमात्र होइन, सम्पन्न संस्कृतिसमेत भएको भारतका मिडियाले यति तल्लो दर्जाको काम गर्नु हुँदैनथ्यो। त्यसो भन्दैमा भारतीय मिडियाको विपक्षमा नेपाली मिडिया लाग्नुपर्छ भन्ने मलाई लाग्दैन।
भारतीय मिडियाको भद्दा प्रस्तुति हेर्दा र हामीले ओलीलाई व्यक्ति होइन, देशको अभिभावक मानेर हेर्दा, हामीलाई पनि ठेस लागेको छ।
हाम्रा मिडिया कुनै पनि देशको अखण्डता, त्यहाँका प्रधानमन्त्री, त्यहाँको संस्कृति, धर्मजस्ता कुरामा संलग्न नहुनु एकदमै राम्रो कुरा हो। यति भन्दाभन्दै पनि नेपालमा केही भारतीय समाचार च्यानल बन्द गर्नुलाई म बुद्धिमानी मान्दिनँ। तिनले के भनिरहेका छन्, कस्ता समाचार प्रशारण गरिरहेका छन् भन्ने कुरा बुझ्न पनि प्रसारण जारी राख्नुपर्छ।
हाम्रा दुई विशाल छिमेकी छन्, नेपालले ती दुवैसँगको सम्बन्ध प्रगाढ बनाउन र फाइदा लिन सकेको छ?
बिलकुलै छैन। भारत र चीनलाई हाम्रा नेताहरुले कहिले कसलाई त कहिले कसलाई नजिक राख्ने काम गरे, त्यो ठीक होइन। हिजोका दिनमा हाम्रा सबै राजनीतिक दलले भारतको मद्दत लिएका हुन्, सबै भारतको नजिक रहेका हुन्। अहिले आएर भारतसँग सम्बन्ध चिसिँदै गएको र अर्को छिमेकी चीनसँग नजिकिएको देखिएको छ। यसो गर्नु हुँदैन। दुवै छिमेकीसँग बराबरको सम्बन्ध बनाउनु बुद्धिमानी हुने छ।
बुझ्नु के पर्छ भने, चीनले नेपाललाई खुसी बनाउन भारतलाई कहिल्यै चिढाउने छैन। ती दुई देशबीच ठूलो व्यापारिक कारोबार छ। हामीले पनि एउटालाई चिढाएर अर्कोसँग नजिकिने मूर्खता कदापि गर्नु हुँदैन। सीमाका विषय होस् या व्यापारिक र अन्य विषयमा राजनीतिक तवरमा संवाद चल्नुपर्छ। मिडियावाजी वा व्यङ्ग्यवाजीले हित गर्दैन।
२०६२/०६३ ताका तपाईं नागरिक समाजको अगुवा हुनुहुन्थ्यो, मुलुकका कतिपय राजनीतिकका साथै अन्य समस्याका बारेमा आवाज उठाउनु हुन्थ्यो। के अब नागरिक समाजको औचित्य सकिएको हो?
त्यो बेला माओवादीमाथि सरकार आक्रामक बनिरहेको थियो। हरेक दिन मानिस मरिरहेका थिए। राजा निरङ्कुश चरित्र देखाइरहेका थिए। हामी नागरिक समाजचाहिँ माओवादीलाई जसरी हुन्छ राजनीतिको मूलधारमा नल्याई समस्या समाधान नहुने देखिरहेका थियौं। युद्ध चलिरहनु देश र जनताको हितमा थिएन। त्यो समयको आवश्यकता बमोजिम हामीले भूमिका निर्वाह गरेका हौं।
अहिले युवाहरु नागरिक समाज नभनीकनै वर्तमानको खराब पक्षविरुद्ध आवाज उठाइरहेका छन्। अब समय फेरिएको छ, समस्या पनि फरक हुँदै गएको छ।
अहिले पनि युवाहरु नागरिक समाज नभनीकनै वर्तमानको खराब पक्षविरुद्ध आवाज उठाइरहेका छन्। अब समय फेरिएको छ, समस्या पनि फरक हुँदै गएको छ, त्यसकारण हरेकको भूमिका पनि परिवर्तन हुँदै गएको छ। अब नागरिक समाज नै भनेर अव्यवस्थाविरुद्ध लाग्नु पर्दैन, अर्कै ढङ्गमा अघि बढ्नु आवश्यक देख्छु।
अन्त्यमा, तपाईं वरिष्ठ चिकित्सकका नाताले अहिलेको कोरोना महामारीबाट जोगिन के गर्नुपर्छ भन्नु हुन्छ ?
सरकारलाई सुझाव– लकडाउन खुकुलो पार्ने, तर सबै खुल्ला गर्ने होइन। राजधानीमा प्रवेशलाई कडा पार्ने, सीमामा कडाइ गर्ने। पीसीआर टेस्ट बढाउने, व्यवस्थित क्वारेन्टिनमा शङ्कास्पद विरामीलाई राख्ने। पीसीआर टेस्टको जिम्मा निजीलाई पनि दिने, तर सरकारका तर्फबाट कडा निगरानी गर्ने।
जनतालाई सुझाव– मास्क अब कहिल्यै नछाड्ने। यसलाई एउटा फेसन नै मान्ने। बेलाबेला साबुनपानीले हात धुने वा स्यानिटाइजर प्रयोग गर्ने। लामो यात्रामा ननिस्कने, भीड नगर्ने, भोजभतेरमा नजाने–नगर्ने। राति सुत्ने बेलामा नूनसहितको मनतातो पानीले ‘जलनेति’ गर्दा राम्रो हुन्छ। कोरोना तीन–चार दिनसम्म नाक र घाँटीमा रहने अनि त्यसपछि मात्र फोक्सोमा पस्ने भएकाले यसलाई जलनेति (नाकको एउटा प्वालबाट पानी पसाएर अर्कोबाट निकाल्ने विधि) र कुल्ला (गार्गल) गरेर भगाउन सकिन्छ।
कोरोना अब केही वर्ष रहिरहने देखिएको छ। यसकारण पनि जनचेतना बढाउनु अत्यावश्यक छ।