काठमाडौं। जतिखेर कोरोनाले संसारलाई भर्खरभर्खर प्रताडित बनाउँदै थियो, त्यतिबेला यो भाइरसबाट एक जनाको मृत्यले पनि असङ्ख्य मानिसलाई दुःखी बनाउँथ्यो। हामी कोरोनासँग खुब डराउँथ्यौं। अब दैनिक हजारौंको ज्यान जाँदा र त्योभन्दा बढीलाई सङ्क्रमित बनाउँदा पनि हामीलाई कुनै चिन्ता हुँदैन ! हामीले अब अपसोच मान्न छाडिसकेका छौं ! हामीलाई डर लाग्नसमेत छाडिसकेको छ ! किन यस्तो भएको होला ? के हामी संवेदनाहीन बन्दै गएका हौं ? या हामीलाई मानिसको मृत्युले छुन छाडेको हो ? मान्छेको मुटु फलामको हुन थालेको हो ?
ज्यान जाने डरकै कारण मानिसहरु घरभित्रै थुनिन तयार भएका हुन्। लकडाउनको पालना गर्न सहमत भएका हुन्। नत्र त सरकारले जारी गरेका कडाभन्दा कडा कर्फ्यू तोडेर विरोधमा उत्रने ज्याद्रो मानिसलाई कसले थुन्न सक्नु घरिभित्रै ? कसैको निर्देशन कहाँ मान्छ र मानिस ? कसको ताकत मान्छेलाई थुन्ने ? कारागारका अग्ला पर्खाल नाघेर अनि फलामको ढोका फोरेर निस्कने पनि मानिस नै त हो !
अहिले कोरोनाले संसारलाई आफ्नो पञ्जामा कसिसकेको छ। लाखौं मानिसको ज्यान यो विषाणुले लिइसकेको छ। लाखौंलाई यसले अस्पतालको बेडमा लडाएको छ भने स्वास फेर्नकै लागि कृत्रिम अक्सिजनको पाइप नाकमा लगाउन बाध्य पारेको छ।
चौबीसै घण्टा खुल्ला रहने सहरहरु मसानजस्तै बनेका छन्। समुद्री किनार, तालतलैया, पार्कहरु सुनसान छन्। प्रेमी–प्रेमिका कतै भर्चुअल प्रेममा चित्त बुझाइरहेका छन्। काँचको पर्दामा चुम्बन साटिरहेका छन्। मानिसले मानिस छुन डर छ। मन परेको मानिसलाई अँगालो र चुम्बन अब कहिले गर्न पाइने हो– कसैलाई थाहा छैन।
जब कोरोनाले फाट्टफुट्ट मानिसको ज्यान लिन थाल्यो, फैलन सुरु गर्यो, अधिकांश सर्वसाधारण कुन बेला समाचार आउला र कोरोनाले कहाँ के गर्यो भनी बुझ्न आतुर हुन्थे। अब हामीलाई समाचार सुन्ने कुनै जाँगर छैन। रिस उठेको छ समाचार र सूचनासँग। यस्तो लाग्छ– समाचारले हामीलाई चिढाएको छ। हाम्रा लागि कोरोनाका कारण हुने मानिसको मृत्यु केवल आँकडा बनेको छ। मानिसको मृत्यु अब गणितको सङ्ख्यामात्रै बन्न पुगेको छ, कुनै जीवनको अन्त्य होइन !
के महामारीले मानिसभित्रको संवेदना कमजोर बनाउँदै जान्छ ? महामारीले मानव मनलाई असंवेदनशील पार्दै लैजान्छ ? हामीभित्रको दया, माया, करुणा किन यति कमजोर ? किन हामी दैनिक यतिविधि मानिस मर्दा पनि चिन्तित छैनौं ? किन हाम्रा आँसु यसरी सुकेका ?
कहिल्यै नआओस् यस्तो दिन– कोही आफन्तलाई अस्पताल राखिएको छ, यस्तो ढाडस दिन जान पाइँदैन। कसैको मृत्यु भएको छ, अन्तिम विदाइ भन्न पाइएको छैन। कतिपय मुलुकमा लास गाड्ने स्थानको दृश्य देखेर मन त्यसैत्यसै अमिलो बनेर आउँछ। अस्पतालमा कोरोनासँग हारेका आफन्तका लास लिन जाने अवस्था छैन !
समयक्रमसँगै महामारी आफ्नो बाटो लाग्ने छ। यसले दिएको चोट र घाउहरु पुरिँदै जाने छन्। र, यसले दिएको पीडा केवल एक आँकडामा सीमित हुने छ। भावी पुस्ताले यसबारे गफ गर्ने छ। यो विषम समय भोगेको हामी र हाम्रो पुस्ताले यसलाई बिर्सने छ।
करिब पाँच वर्षअघिको भुइँचालोको पीडाले अहिले हामीमध्ये कतिजनालाई बिथोल्दो होला ? उत्तर सहज छ– जसले आफ्ना आफन्त र प्रियजन गुमाए तिनलाई मात्रै हो, त्यो प्रकोपले झस्काउने। जसलाई केहीबेर र केही दिन भुइँचालोले हल्लाएर मात्रै गयो, तिनले त्यो विनाशकारी घटना बिर्सिसकेका छन्। अलि परतिरका मेरा छिमेकीको घर साढे चार तल्लाको थियो, भुइँचालो र परकम्प चलिरहँदा उनले मसँग भनेका थिए– दुई तल्ला भत्काउँछु अब र ढुक्कसँग निदाउँछु।
बिस्तारै भुइँचालो केवल स्मृति बन्दै गयो, उनले दुई तल्ला घटाउनु त परको कुरा एक तल्ला थपे र त्यो पनि भाडामा लगाए। आम्दानी बढाए !
झण्डै नौ हजारको ज्यान गएको त्यो पीडादायी घटनाले जति जनाको घरभित्र मृत्यु प्रवेश गराइदियो, तिनको आँखा अहिले पनि भिजिरहन्छ। बाँकी मानिसका लागि त्यो घटना केवल आँकडा बन्न पुग्यो !
कुनै बेला ‘शान्ति क्षेत्र’को उपमा पाएको यही मुलुकले व्यहोर्यो सशस्त्र द्वन्द्व, एक दशक। त्यसबाट १७ हजारले ज्यान गुमाए। त्यसबखत पनि मानिसको मृत्यु आँकडामात्रै बन्न पुगेको थियो। समाचारमा दुई–चार जना मारिएको कुरा आउँदा ‘ए त्यति मात्रै !’ भनिन्थ्यो। जसको घरभित्र त्यो द्वन्द्वले मृत्यु प्रवेश गरायो, पीडित तिनै मात्र हुन पुगे। आँसु र छटपटी तिनलाई मात्रै भयो। अरुका निम्ति अब त्यो एउटा ‘पहेली’मा सीमित हुन पुग्यो। किन गरिएको थियो त्यो क्रान्ति ? किन मारिएका थिए अनाहकमा त्यतिविघ्न मानिस ?
संसारमा कयौं युद्ध भए। मानिसले नै कयौं मानिस मारे। अहिलेका अधिकांश शक्तिराष्ट्र, गरिब, साना–ठूला मुलुकले युद्ध झेलेका छन्। तिनले ती युद्धमा आफ्ना जति नागरिक गुमाए, कोरोनाले त्यसलाई उछिन्ने अवस्था आएको छ। ब्राजिल, अमेरिका, इटली, बेलायतजस्ता धनी मुलुकले विगतमा झेलेका विभिन्न युद्धभन्दा बढी अदृश्य कोरोना भाइरसबाट आफ्ना नागरिक गुमाइसकेका छन्।
भाइरसले जतिजति मानिसलाई आफूसँगै लिएर जान्छ उतिउति हामी यसप्रति कम सचेत बन्दै जान थालेका छौं। हामीलाई कुनै परचक्री वा अञ्जान मानिसको मृत्युले छुन छाडेको छ। किन हामी कोही–कसैको मृत्युलाई आफन्तसँगको विछोड सम्झन सक्दैनौं ? दुनियाँमा विभिन्न क्षेत्रमा ठूलो योगदान दिएका प्रतिभाशाली मानिसलाई पनि यो भाइरसले निलेको छ। के तिनको योगदानलाई स्मरण गर्दै हामी एकछिन संवेदनशील बन्न सक्दैनौं ? अलिकित जानेबुझेका र सक्षम मानिस अर्को कोहीलाई बचाउन किन अग्रसर हुँदैन ? यो महामारीका बेला हाम्रो सानो सहयोगले अरु थुप्रै मानिसलाई जोगाउन सक्छ। हामी किन छद्म अक्षमताको जालोमा परिरहेका छौं ?
कतिपय शोधकर्ता र वैज्ञानिकले भन्न थालेका छन्– कोरोना भाइरसले अब मानिसलाई कहिल्यै छाड्ने छैन। यो हामीसँगै रहने छ। यो निष्कर्षले मानिसलाई कोरोनाको डरबाट छुट्कारा दिलाउँदै गएको देखिन्छ। बिस्तारै घरबाट मानिस बाहिर निस्कन थालेका छन्। दरबारमार्ग, ठमेललगायतका कतिपय ठाउँका रेस्टुराँका टेबुलहरु पुनः तात्न थालेका छन्। सार्वजनिक सवारी साधन बिस्तारै सडकमा गुड्न थालेका छन्। र, हामी यिनै अनि यस्तै कुराका समाचार बढी सुन्ने चाहना गर्न थालेका छौं।
एउटा अहम् प्रश्न त कायमै छ। के कोरोनाको खतरा अब छैन त ?
खतरा कायमै छ र थप डर लाग्दो अवस्था नआउला भन्न सकिन्न।
त्यसकारण पनि हामीले सामाजिक दूरी निकै लामो समयसम्म कायमै राख्नु पर्ने छ। मास्कलाई अब प्रिय फेसनका रुपमा अँगालिरहनु पर्ने छ। व्यक्तिगत स्वास्थ्यमा बढीभन्दा बढी सजग हुनु पर्ने छ। हेक्का के राख्नु पर्छ भने, आफू सुरक्षित भएर नै नजिकका अरुलाई सुरक्षित राख्न सकिन्छ।
जाँदाजाँदै एउटा विनम्र अनुरोध- हामी मानिसका मृत्युमा जतिसक्यो बढी दुःखी बनौं, हामीभित्रको मानवीय संवेदनालाई अझै बलियो पारौं।