नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र पछिल्लो समय नेतृत्व विवाद उत्कर्षमा पुग्दा सत्ताधारी दलको भविष्य अन्योलमा देखिएको छ। दुई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड)बीचको विवाद सतहमा आएपछि असार १० मा सुरू भएको स्थायी कमिटी बैठक असार १६ यता बस्न सकेको छैन। पटक-पटक स्थायी कमिटी बैठक स्थगित गरेर दुई अध्यक्ष एक्लाएक्लै वा केही थप नेताहरूलाई लिएर नियमित छलफलमा छन्। तर समस्याको समाधान निस्कन सकिरहेको छैन। प्रचण्डसँगै वरिष्ठ नेताहरू झलनाथ खनाल र माधवकुमार नेपाललगायतले प्रधानमन्त्री ओलीसँग दुवै पदबाट राजीनामा माग गरिरहेका छन् भने प्रधानमन्त्रीले दुवै पद नछोड्ने अडान राखेका छन्। सत्ताधारी दल नेकपाभित्रका यिनै समस्याहरूको सेरोफेरोमा स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलसँग देखापढीका लागि रोजिना थापाले लिएको अन्तर्वार्ताको सम्पादित अंशः
अहिलेको नेकपाको मुख्य विवाद के हो ?
यो कार्य विभाजनको विवाद हो। कार्यविभाजनसँग थोरै पद्धति, प्रणाली, संस्कार र पार्टीको निर्णयको अपनत्व कुरा समेत त्यहाँ थपिएको छ। तर, फेरि पनि धेरै चाहिँ वैचारिक प्रश्नभन्दा पनि संगठनात्मक, कार्यविभाजन, हिजो भएका सहमति र पार्टीले गरेका निर्णय कार्यान्वयनको प्रश्नमा बहस हो।
देशको कार्यकारी पदमा रहेका प्रधानमन्त्री नै यसरी पार्टीको आन्तरिक विवादमा फस्दा राज्य सञ्चालनमा असर गर्दैन ?
बिल्कुलै गर्छ। त्यसै कारण हामीले दुवैजना अध्यक्षलाई हिजो र आज भेट्यौं। खासगरी अहिले देशले सम्हाल्नुपर्ने मुद्दा भनेको लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर जारी गरेको नक्साको विषयमा भारतसँग सहमति र संवादको उचित वातावरण बनाएर प्रमाणसहित त्यो टुङ्ग्याउनु हो।
कोरोनाको असर र यसले पारेको प्रभावको व्यवस्थापन गर्नुका साथै विदेशमा रहेका नागरिकलाई फर्काउनुपर्ने आवश्यकता छ। अहिले बाढी पहिरोको प्रकोपबाट दुःखमा छौं। राहत र उद्धारमा जुट्न राज्य र पार्टीको तर्फबाट भूमिका खेल्नुपर्ने अर्को कुरा हो। बजेट कार्यान्वयनका कतिपय प्रश्नहरू छन्।
देशका विषय एकातिर छन्। हाम्रो बहस अर्कोतिर हुनु यो राम्रो कुरा होइन। त्यसकारण देशका विषयमा बैठकलाई परिलक्षित गरेर लैजानुपर्छ। पद बाँडफाँडको झगडातिर लैजानु हुँदैन भन्ने हामीले दुवै अध्यक्षलाई सुझाव दिएका छौं।
मलाई विश्वास छ, पार्टीले सरकारलाई प्रभावकारी बनाउने गरी पार्टीभित्र उठेका कतिपय मुद्दा किनारा लगाउनेछ।
त्यतिखेर दुई अध्यक्षले निर्णय गरेको हुनाले नै पार्टी एकताको विषयलाई यहाँसम्म ल्याएको हो
कुसमयमा भएको नेकपाको विवादले जनताको अपेक्षामा कुठाराघात भएको जस्तो लाग्दैन ?
कामै नभएको त होइन। कुनै न कुनै नाममा काम त भएका छन्। कोरोनाको विश्वव्यापीरूपमै असर परेको छ। हाम्रो अर्थतन्त्रमा पनि यसले प्रभाव पारेको छ। त्यसबाहेकका कुरा छुट्याएर हेर्दा काम त भएकै छ।
तर पनि सुशासन र विकास निर्माणको क्षेत्रमा जुन रफ्तारमा काम हुनुपर्ने हो, स्थायी सरकारको प्रत्याभूति हुने गरी जस्तो कामको अपेक्षा थियो, त्यो अनुरूप विभिन्न नामले अल्झिएको अवस्था पनि हो। आन्तरिकरूपले पार्टीको तादम्यता नमिलेको कुराले पनि जनताले अलि खल्लो अनुभूति गरेका छन्। यसबाट गम्भीर शिक्षा लिएर हामीले पार्टीको बहसलाई यो दिशातिर मोड्नुपर्छ भन्ने कुरा उठाएका छौंं।
अब सहमतिको बिन्दु के हुन्छ त?
बैठकको अजेण्डा प्रधानमन्त्रीले राजीनामा दिने भन्ने थिएन। पार्टी अध्यक्षबाट हट्ने कुरा पनि कुनै सुत्रबद्धरूपमा भएको विषय होइन। पार्टीमा सरकारको काम कारबाही र समीक्षाको बारेमा कुरा राख्ने क्रममा कतिपय कमरेडहरूले प्रधानमन्त्रीको राजीनामाको कुरा पनि राखेको साँचो हो।
तर, त्यो संस्थागतरूपमा सूचीकृत गरिएको अजेण्डा होइन। फेरि सरकारले गरेको काम कारबाहीको बारेमा, प्रधानमन्त्रीले बोलेको विषयमा प्रश्न उठिसकेपछि यसले बैठकलाई विषयान्तर गर्याे। विषयान्तर किन गर्याे, यसले के असर पार्याे भन्ने कुराको जस्ष्टिफाई गर्दै प्रधानमन्त्रीज्यूले नै प्रष्ट पारेपछि पार्टी कमिटीले त्यसलाई ग्रहण गर्छ।
आम कार्यकर्ता मात्रै होइन, जनता र सबैलाई यो विवादले निराश बनाएको छ। अब धेरै हुन थाल्यो।
प्रधानमन्त्रीको राजीनामा पहिलो कारण हो भन्ने छ नि !
म दोहोर्याएर भन्छु नियमितरूपमा प्रधानमन्त्रीको राजीनामा प्रस्ताव गरिएको अजेण्डा नै होइन। अजेण्डामा कोरोनाको प्रभाव, पार्टीले गर्ने काम कारबाही जस्ता विभिन्न विषयहरू छन्। बैठकमा धारणा राख्ने विषयमा कतिपय अवस्थामा यो प्रश्न उठ्यो। आफ्नै पार्टीको तर्फबाट आफ्नै पार्टीको प्रधानमन्त्रीको बारेमा प्रश्न उठ्नु निकै जटिल विषय हो। त्यसैले अहिले दोस्रो र तेस्रो तहका नेताहरू पार्टी एकतालाई जोड दिएर बहस र छलफल गरिरहेका छौं। बहस र छलफल पदका निम्ति नभई देश र अजेण्डामा केन्द्रित गर्न प्रयत्नरत छौं
सहमतिका लागि अब दुवै अध्यक्षले गर्नुपर्ने के हो?
खुसीको कुरा दुवै अध्यक्षले गम्भीर भएर छलफल गर्नुभएको छ। यो सकारात्मक संकेत हो। देशका विषयमा, पार्टी एकीकरणका मुद्दा र अन्तर्राष्ट्रिय मुद्दामा समेत छलफल भएको छ। तर, दुईवटाको पदको लेनदेनको कुरा मिलिरहेको छैन भन्ने नकारात्मक सन्देश बाहिर गइरहेको छ। तर सकारात्मक सन्देश दिन सकिइरहेको छैन। जुन अत्यन्तै नकारात्मक कुरा हो। हामीले दुवै अध्यक्षलाई ‘बाहिर सन्देश यस्तो छ है’ भनेर भन्यौं।
देशको अर्थ प्रणाली यस्तो बनाउने, कृषि प्रणाली कस्तो बनाउने ? देशको परराष्ट्र सम्बन्ध कस्तो बनाउने? जस्ता विषयमा छलफल भएको भए पो पार्टीका अर्को पंक्ति र जनता पनि त्यहाँ सहभागी हुन सक्ने थिए। सम्भवतः आज भोलि नै पार्टी यो दिशामा अघि बढ्छ।
अहिलेको प्रमुख प्रश्न प्रधानमन्त्रीले राजीनामा दिने र अर्को प्रधानमन्त्री बनाउने भन्ने होइन। अहिलेका प्रमुख प्रश्न भनेको पार्टीलाई जोड्ने, सरकारको कामलाई प्रभावकारी बनाउने, कूटनीतिक सम्बन्धलाई प्रभावकारी बनाउने र जनताको देशभक्ति भावना अझै बढाउने काम गर्नुपर्छ भन्ने हो।
समस्या समाधान भयो, मिल्यो भन्ने कुरा बाहिर आउँछ तर समस्या भने मिलेको छैन। यसले कार्यकर्तालाई थप निराश बनाउँदैन ?
हो, आम कार्यकर्ता मात्रै होइन जनता र सबैलाई यो विवादले निराश बनाएको छ। अब धेरै हुन थाल्यो। एक तहसम्म त यो छलफल ठिकै पनि थियो। अब यस प्रकारको छलफलले जनतालाई आनन्दानूभूति हुने कुरा हुँदैन। जनताको आवश्यकता र हाम्रो बहस मिल्नुपर्छ। नभए भएको शाख पनि गिर्छ। यसले गर्दा अब यता ध्यान दिनुपर्छ भन्नेमा बहस हुन थालेको छ।
बैठकलाई धेरै विवादका रूपमा अघि बढाउनु हुँदैन, केही बाँकी रहेका साथीहरूले शिष्टता र संयमताका आफ्नो भनाइ राख्नुपर्छ। भडकाउबाट नभई, जिम्मेवार ढंगबाट भनाइ राख्नुपर्छ।
आजै मात्र प्रचण्डसँग छलफल गरेर आउनुभएको छ। के भन्नुभयो प्रचण्डलाई ?
प्रचण्डले सहमतिका लागि जुन छलफल गरिरहनुभएको छ, यसका लागि धन्यवाद भन्यौं। उहाँले गरिरहेका प्रयासबारे जानकारी गराउनुभयो। हामीले उहाँलाई सबैभन्दा बढी जिम्मेवार तपाईं नै हुनुस् भन्यौं। किनभने यो मुद्दा अजेण्डा र देशका पछिल्ला विभिन्न विषयहरू जोडिएको हुँदा बढी परिपक्व भएर समस्या सुल्झाउने तिर केन्द्रित हुन भन्यौं।
त्यतिखेर दुई अध्यक्षले निर्णय गरेको हुनाले नै पार्टी एकताको विषयलाई यहाँसम्म ल्याएको हो। यसमा अपनत्व छ। फेरि पनि यो पार्टीलाई निकास दिन जो-जो सँग छलफल गरे पनि अन्ततः दुई अध्यक्ष एक ठाउँमा पुग्नुको विकल्प छैन। ‘त्यसमा गृहकार्य गर्नुस्’ भन्यौं। अध्यक्ष प्रचण्डले ‘ठिकै हो, म यसमा प्रयत्न गरिरहेको छु। तपाईंहरूको यो सुझावले अझै शक्ति आर्जन भयो, भूमिका खेल्छु’ भन्नु भएको छ।
अब नेकपाको विवाद कहिले टुङ्गिएला त?
अब यो बैठकलाई धेरै विवादका रूपमा अघि बढाउनु हुँदैन। केही बाँकी रहेका साथीहरूले शिष्टता र संयमताका आफ्नो भनाइ राख्ने हो। भडकाउबाट नभई, जिम्मेवार ढंगबाट भनाइ राख्नुपर्छ। तत्काल गर्नै पर्ने निर्णय गरेर बैठकको अन्त्य गर्ने र जनताको मुद्दामा सूचीकृत गरेर पार्टीमा बहस चलाउने हो भने अर्थपूर्ण हुन्छ भनेका छौं। छिट्टै नै यो कोर्स अघि बढ्छ।
" /> नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र पछिल्लो समय नेतृत्व विवाद उत्कर्षमा पुग्दा सत्ताधारी दलको भविष्य अन्योलमा देखिएको छ। दुई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड)बीचको विवाद सतहमा आएपछि असार १० मा सुरू भएको स्थायी कमिटी बैठक असार १६ यता बस्न सकेको छैन। पटक-पटक स्थायी कमिटी बैठक स्थगित गरेर दुई अध्यक्ष एक्लाएक्लै वा केही थप नेताहरूलाई लिएर नियमित छलफलमा छन्। तर समस्याको समाधान निस्कन सकिरहेको छैन। प्रचण्डसँगै वरिष्ठ नेताहरू झलनाथ खनाल र माधवकुमार नेपाललगायतले प्रधानमन्त्री ओलीसँग दुवै पदबाट राजीनामा माग गरिरहेका छन् भने प्रधानमन्त्रीले दुवै पद नछोड्ने अडान राखेका छन्। सत्ताधारी दल नेकपाभित्रका यिनै समस्याहरूको सेरोफेरोमा स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलसँग देखापढीका लागि रोजिना थापाले लिएको अन्तर्वार्ताको सम्पादित अंशःअहिलेको नेकपाको मुख्य विवाद के हो ?

">