कुनै जमाना थियो, मानिसले गोरखापत्रलाई अखबार बुझ्थे भने कोलगेटलाई दन्त मञ्जन। मैले यहाँ यी दुई ब्रान्डको प्रचार गर्न खोजेको हुँदै होइन। भनाइको तात्पर्य बुझ्न सजिलो छ, यिनीहरूबाहेक बजारमा अरुको पहुँच नै थिएन। त्यतिबेला यिनीहरू क्रमशः अखबार र दन्तमञ्जनका पर्याय बनेका थिए। अहिले राजनीति शब्द त्यसरी नै घुसेको छ, नेपाली समाजमा।
राजनीति आफैंमा राम्रो शब्द हो। राज्यका नीति निर्माणलाई यसले समेटेको हुन्छ। तर, यसमा छिरेका अधिकांशले यसलाई यस्तो बनाइदिए, मानौं यो जहाँ घुस्यो त्यहाँ सबै स्वाहा हुन्छ ! र, यसै अर्थमा भन्नु पर्दा अहिले नागरिकतामा राजनीति घुस्यो। के अब नागरिकताजस्तो संवेदनशील विषयलाई पनि स्वाहा बनाउने ?
मेरा एकजना विद्वान् मित्र (मित्रको नाम मैले गोप्य राखेँ) छन्। उनी कुन पार्टीका हुन् त्योसँग यो लेखको कुनै सरोकार छैन। म सामाजिक बहसमा राजनीति घोल्ने मान्यताको कट्टर विरोधी हुँ। विचार उसको व्यक्तिगत अधिकार हो। तर, वर्तमान बहसमा उसको भूमिका के छ त्यो महत्वपूर्ण हुन्छ। उसले भर्खरैमात्र सरकारले ल्याएको नागरिकता विधेयकको विरोधमा कड्केरै लेखेछ र समर्थनमा एक हुल व्यक्ति नागरिकता विधेयकको विरोधमा उत्रिएछन्।
उसले महिला र पुरुष असमानताको कुरा (विवाह गरेर आएकी महिला सात वर्षपछि अङ्गीकृत नागरिकताका लागि योग्य हुन सक्ने तर, पुरुषका हकमा भने यो लागू नहुने। अर्थात् विवाहबाट प्राप्त हुने नागरिकताको अधिकार नपाउने। या १५ वर्षपछि मात्र अङ्गीकृत नागरिकताका लागि योग्य हुन सक्ने) उठाएर विरोधको शुरूआत गरे पनि मूल मुद्दामा आउँदा दुवैले विवाहपश्चात नै नागरिकता पाउनुपर्ने अडान राखेको थियो।
नागरिकताको अर्थ नै नबुझेझैं गरी यसभित्र राजनीति मिसाएर जुन वितण्डता मच्चाइँदै छ, त्यो राष्ट्रका लागि निकै घातक छ। कुनै पनि व्यक्ति जन्मिँदै अनागरिक हुनुहुँदैन र जन्मँदै ऊ कुनै न कुनै भूमिको नागरिक हुनैपर्छ।
तिनै विद्वान् मित्रसँग मेरो भेट भयो। युरोपभरि नै पोर्तुगल आप्रवासी कानूनका लागि सबै भन्दा उदार मानिन्छ। र, ती तिनै मित्र थिए जसले आठ वर्ष बिताएपछि मुस्किलले पोर्तुगलको नागकरिकता पाएका थिए। यहाँ विवाहका हकमा पनि कमसेकम तीन वर्ष पुगेको हुनुपर्ने र त्यो विवाह कागजकै लागि मात्र नभएर साँच्चिकै विवाह भएको कठोर जाँच उत्तीर्ण हुनैपर्छ। र, विवाहपश्चात् पनि साँच्चिकै विवाह भएको व्यावहारिक प्रमाण जुटाउन नसकेर थुप्रैले नागरिकता नपाएका उदाहरणहरू छन्। त्यसैले कागजमा विवाह गरेर पोर्तुगिज नागरिकता लिने कदमले प्रोत्साहन पाएको छैन। यी सबै नियमका जानकार विद्वान् मित्र थिए ती। र, उनी भन्दै थिए– नेपालमा विवाहसँगै नागरिकता पाउनै पर्छ। अझै विचरणीय कुरा त के छ भने, ती मित्र नागकरिता विधेयक ठीक भएकोमा व्यक्तिगत रूपमा भने सहमत थिए। तर, सार्वजनीक रूपमा विरोध गर्नु उनको राजनीतिक कर्तव्य थियो। उनलाई विद्वान् ठान्ने कमसेकम सयौंलाई उनले जानेरै गलत सन्देश दिइरहेका थिए।
नागरिकताको अर्थ नै नबुझेझैं गरी यसभित्र राजनीति मिसाएर जुन वितण्डता मच्चाइँदै छ, त्यो राष्ट्रका लागि निकै घातक छ। कुनै पनि व्यक्ति जन्मिँदै अनागरिक हुनुहुँदैन र जन्मँदै ऊ कुनै न कुनै भूमिको नागरिक हुनैपर्छ। नागकरिकताको मूल मर्म यही नै हो। र, त्यो नागरिक त्यो राष्ट्रप्रति र त्यो राष्ट्र नागरिकप्रति उत्तरदायी हुनु पर्छ। नागरिकताको गुथी कुरो यही हो। यसर्थ जन्मिँदै व्यक्ति कुनै न कुनै राष्ट्रको नागरिक हुन्छ नै, तर यो जरुरी छैन कि ऊ जहाँ जन्मियो त्यही देशको नागरिक होस्। म उदाहरण दिन्छु, पोर्तुगलकै। कुनै नेपालीको गर्भबाट एउटा बच्चा पोर्तुगलमा जन्मियो भने ऊ कुन देशको नागरिक हुन्छ ? अब तपाईं भन्नु होला यहाँ विवाह र रोटीबेटीको कुरा छ, तपाईं जन्मको कुरा गर्दै हुनुहुन्छ ? तर, यसको गुथी कुरो यहीँबाट बुझ्नु जरुरी छ।
नेपाली बा र आमा कानूनी रूपमा अस्थायी आवासपत्र लिएर बसेका छन् र उनीहरू बसेको निश्चित अवधि पूरा भएको छ भने बच्चाले पोर्तुगिज नागरिकता प्राप्त गर्छ अन्यथा बच्चा नेपाली नागरिक नै रहन्छ। र, ऊ जबसम्म पोर्तुगलको नागरिकता प्राप्त गर्न योग्य हुँदैन तबसम्मका लागि अस्थायी बसोबास प्रमाणमत्र प्राप्त गर्छ। जुन देशमा जन्मियो त्यही देशको नागरिक हुनलाई त सामान्य नियम पूरा गर्नुपर्छ भने अरु देशको नागरिक विहे गरेर आउनासाथ कसरी कुनै देशले नागरिकता दिन मिल्छ ?
एक जना विद्वान् (माफ गर्नुस् म विद्वान् होइन) ले नेपालको एक अखबारमा यहाँसम्मको तर्क दिनुभयो कि, त्यो सुन्दा पनि लाज लाग्छ। उहाँको तर्कको गुथी कुरो जस्ताको तस्तै यस्तो थियो। ‘मानिलिनुस् तपाईं भारतको कुनै स्थानमा जन्मिनुभयो र नेपाली नागरिकसँग विहे गर्नुभयो। अब तपाईंले कथित ‘बसाइ’को प्रमाणपत्र पनि पाउनु भयो। तपाईंको बाआमाले तपाईंलाई भारतको नागरिकता दिलाउन पहल गर्नु भएन र तपाईंसँग भारतको नागरिकता छैन र अब तपाईंलाई विदेश जानु पर्यो भने नागरिकता नभएका कारण तपाईंले पासपोर्ट प्राप्त गर्न सक्नुहुन्न। के तपाईं राज्यविहीन हुनु भएन ? अनि यस्तो गर्न पाइन्छ ?’ गहन रूपमा हेर्नु भयो भने यो प्रश्नमै यसको उत्तर छ र यसैका लागि नागरिकताको लागि राज्य संवेदनशील भएको हो।
एकथरिको अर्को तर्क छ, विवाह गरेर भारत जाने जोकोहीले त्यहाँको आधार कार्ड प्राप्त गरेका छन् जुन नागरिकता सरहकै छ भने हामीले नागरिकता किन नदिने ? ‘कोही मारो मुझे’ भन्ने सामाजिक सञ्जालमा चर्चित एक कलाकारको अनुहार याद आएन ?
जुन व्यक्ति कुन देशको हो भनेर ऊसँग कागज नै छैन उसलाई नेपाल प्रवेशको अधिकार कसरी प्राप्त भयो ? माफ गर्नुस् विद्वान् मित्रहरू विदेशी नागरिकले उसको देशको नागरिकता किन पाएन या ऊसँग किन छैन भन्ने कुरा त्यो हाम्रो सरोकारको विषय होइन। हाम्रो सरोकार हाम्रा नागरिकसँग हो। र, भिजाबिना नै नेपाल आवतजावतको अनुमति भारतीयहरूलाई छ तर ऊ भारतीय नागरिक हुनु पर्दछ। र, ऊ भारतीय हो या होइन उसको भारतीय नागरिकताको प्रमाणपत्रले बोल्नु पर्छ। नागरिकता नै नभएको कुनै पनि व्यक्ति नेपाल पस्नु नै गैरकानूनी हो। त्यस्तो गैरकानूनी व्यक्तिलाई नागरिकता कसरी दिने ? एक नेपाली (वंशज) ले अर्को नेपाली (वंशज) सँग विहे गर्दा त उसको जन्म उमेर, परिचय, हाडनाता प्रमाणितजस्ता कागजात चाहिन्छ भने विदेशी विहे गर्दा केही हेर्ने नहुने ? यस्तो नि तर्क हुन्छ ? यदि कुनै व्यक्ति बिनाकागजात देशभित्र प्रवेश गर्छ भने या त ऊ कानूनी रूपमा अपराधी हो या त ऊ शरणार्थी हुन सक्छ। शरणार्थीसम्बन्धी व्यवस्था अर्को पाटो हो।
नागरिकताका सम्बन्धमा थुप्रै कुराहरू सतहमा आइसकेका छन्। विवाह गरेको पुरुष र महिलामा भेदभाव किन भनेर आन्दोलन गरिरहेका पनि भेटिन्छन्। त्यसका केही सामाजिक पाटाहरू होलान् या त्यसलाई सुधारतर्फ लैजान जरुरी पनि होला। तर, यो राजनीतिक विषय भने हुँदै होइन। किन यसमा राजनीति मिसाइँदै छ ? यो हामीले बुझ्नु पर्ने मूल कुरा हो। महिलालाई आरक्षण दिँदा किन पुरुष समानताको कुरा कसैले उठाएन ? अहिले नागरिकतामै पुरुष समानताको कुरा किन मुद्दा बनाइयो ? म व्यक्तिगत रूपमा महिला पुरुष समानताकै पक्षधर हुँ। मेरो विचार यति मात्र हो कि यो राजनीतिक मुद्दा हुनुहुँदैन।
एकथरिको अर्को तर्क छ, विवाह गरेर भारत जाने जोकोहीले त्यहाँको आधार कार्ड प्राप्त गरेका छन् जुन नागरिकता सरहकै छ भने हामीले नागरिकता किन नदिने ? ‘कोही मारो मुझे’ भन्ने सामाजिक सञ्जालमा चर्चित एक कलाकारको अनुहार याद आएन ? पहिलो कुरो भारतले के गर्छ भन्ने कुरा उसको नीतिको विषय हो र नेपालले के गर्नु पर्छ त्यो हाम्रो सरोकार हो। र, दोस्रो नेपालमा पनि त्यही आधार कार्ड जस्तै बनाएर उनीहरूलाई करको दायरामा ल्याउनु पर्छ र राष्ट्रप्रति उत्तरदायी बनाउनु पर्छ। आधार कार्ड र नागरिकता एउटै हो ? कदापि होइन।
ज्वाइँ र बुहारी दुवैलाई उनीहरू कुन देशका नागरिक हुन् त्यो प्रमाणित नगराइकन नागरिकता त परै जाओस् अस्थायी बसोबास समेत गराउन मिल्दै मिल्दैन। आतङ्ककारी सङ्गठनका सदस्यहरूको अनुहारमा म आतङ्ककारी हुँ भनेर लेखेको हुन्छ र ?
विवाहपश्चात् नेपाल आउने बुहारी हुन् या ज्वाइँसापहरू उनीहरू नागरिकताका लागि योग्य नहुँदासम्म उनीहरूका आधारभूत अधिकारहरूलाई कसरी सुरक्षित गर्ने भन्नेतर्फ बहस र छलफल चलायो भने उपयुक्त हुन्छ। यसले उनीहरूको आधारभूत अधिकारलाई सुरक्षित गर्छ। तर, ज्वाइँ र बुहारी दुवैलाई उनीहरू कुन देशका नागरिक हुन् त्यो प्रमाणित नगराइकन नागरिकता त परै जाओस् अस्थायी बसोबास समेत गराउन मिल्दै मिल्दैन। आतङ्ककारी सङ्गठनका सदस्यहरूको अनुहारमा म आतङ्ककारी हुँ भनेर लेखेको हुन्छ र ? अनि, उनीहरू बिनानागरिकता हामी भारतीय हौं भनेर बुहारी या ज्वाइँ बनेर आए भने के गर्ने ? विवाह दर्ता र तत्पश्चात् दिइने अस्थायी बसोबास प्रमाण पत्रका लागि समेत ऊ कुन देशको नागरिक हो, त्यहाँको ‘पुलिस रिपोर्ट’ अनिवार्य गर्नै पर्छ। नेपालको बोर्डर खुल्ला भारतीयहरूका लागि हो। र, कुनै पनि व्यक्ति नेपाल आउँछ भने उसलाई ऊ भारतीय हो या होइन भन्ने सोध्ने अधिकार नेपालको हो र भारतीय हुँ भनेर प्रमाणित गर्ने जिम्मा उसैको हो।
अन्त्यमा, विवाहपश्चात् लोग्ने मर्यो भने के गर्ने ? उसले आफ्ना आमाबाबुलाई समेत नेपाली नागरिक बनाउन खोज्यो भने के गर्ने ? सात वर्ष नपुग्दै पारपाचुके भयो भने के गर्ने ? यस्ता थुप्रै विषय छन् जसमा छलफल आवश्यक छ। तर, यो राजनीतिक फाइदाको मुद्दा बनाउनु कदापि हुँदैन।
म विद्वान् हुँदै होइन। बस् मेरो भनाइ यत्ति हो। नागरिकतामा राजनीति या राजनीतिमा नागरिकता नघुसाउनुस्। नागरिकता सबै नेपाली नागरिकको आफ्नो विषय हो र नागरिकतालाई नागरिकको हितमा नागरिक नीतिले सोचियोस्।
" /> कुनै जमाना थियो, मानिसले गोरखापत्रलाई अखबार बुझ्थे भने कोलगेटलाई दन्त मञ्जन। मैले यहाँ यी दुई ब्रान्डको प्रचार गर्न खोजेको हुँदै होइन। भनाइको तात्पर्य बुझ्न सजिलो छ, यिनीहरूबाहेक बजारमा अरुको पहुँच नै थिएन। त्यतिबेला यिनीहरू क्रमशः अखबार र दन्तमञ्जनका पर्याय बनेका थिए। अहिले राजनीति शब्द त्यसरी नै घुसेको छ, नेपाली समाजमा।राजनीति आफैंमा राम्रो शब्द हो। राज्यका नीति निर्माणलाई यसले समेटेको हुन्छ। तर, यसमा छिरेका अधिकांशले यसलाई यस्तो बनाइदिए, मानौं यो जहाँ घुस्यो त्यहाँ सबै स्वाहा हुन्छ ! र, यसै अर्थमा भन्नु पर्दा अहिले नागरिकतामा राजनीति घुस्यो। के अब नागरिकताजस्तो संवेदनशील विषयलाई पनि स्वाहा बनाउने ?

">