पार्टी एकीकरण गर्यो भने चुनावमा जितिन्छ, सरकार बनाउन पाइन्छ- यही उद्देश्यले प्रचण्डले एमालेसँग एकता गरेका थिए। चुनाव भयो, झण्डै दुई तिहाइ बहुमत आयो। जब सरकार बनाउने कुरा भयो, पद पाउने कुरा भयो तब झगडा सुरु भयो।
पार्टी भनेको आफैंमा एउटा अन्तरविरोध हो। अन्तरविरोध ठूलो कुरा होइन। तर, नेताहरूले त्यस्तो बेलामा कस्तोे भूमिका खेल्छन् भन्ने कुराले धेरै अर्थ राख्छ र प्रभाव पनि।
एउटा असल नेताले दुई साथीको बीचमा अन्तरविरोध भयो भने झगडा मिलाउने र अघि बढाउने गर्नुपर्छ। तर, प्रचण्डमा सधैँभरि अन्तरविरोधमा खेल्ने, अनि दुवैको नेता बन्ने र खुसी हुने प्रवृत्ति छ। यस्तो भूमिका उहाँले नेकपा माओवादीमा हुँदा पनि धेरै खेल्नुभयो। बाबुराम (भट्टराई) र किरण (मोहन वैद्य)का बीचमा पनि उहाँले खेलेको भूमिका त्यही हो।
आफूलाई सधैँ केन्द्रबिन्दुमा राख्ने प्रवृत्ति प्रचण्डमा छ। चितवनदेखि काठमाडौंसम्म उहाँको नातावाद कृपावाद त सबैले देखेकै कुरा हो।
प्रचण्डले हरेक नेतालाई बेग्ला बेग्लै भेट्ने गर्थे। एउटा पक्षलाई भेट्यो प्रचण्ड त मेरै पक्षमा रहेछन भन्ने बनायो। अनि फेरि अर्को पक्षलाई भेट्यो। उसलाई पनि आफूसँगै रहेको विश्वास दिलायो। यो खेल नेकपा माओवादीमा उहाँले धेरै खेल्नुभयो। जसले गर्दा माओवादी सधैँ अन्तरविरोधमा रह्यो र फुट्यो पनि।
अन्तरद्वन्द्व भित्र खेल्ने उहाँको प्रवृत्ति अहिले पनि देखिएको छ। अहिले नेकपाभित्र पनि उहाँले अन्तरविरोधमा खेल्न र फाइदा उठाउन खोजेको देखियो।
प्रचण्डले अहिले अरू कसैको पक्षमा केही बोल्नु भएको छैन। उहाँको पक्षमा त धेरै नेताहरू छन्। तर, उहाँ खाली आफ्नै लागि मात्र बोलिरहनुभएको छ- म अध्यक्ष कहिले बन्ने? म प्रधानमन्त्री कहिले बन्ने?

कतिले भने यसलाई गतिशीलता भन्छन्। प्रचण्डलाई गतिशील भन्छन्। यस्तो सुन्दा उहाँ झन् फुर्किनु हुन्छ। यस्तो पनि गतिशीलता हुन्छ ? दुई-दुईपटक प्रधानमन्त्री बनेको व्यक्ति, सशस्त्र युद्धको नेतृत्व गरेको व्यक्तिले यस्तो भन्न मिल्छ ?
पछिल्लो उदाहरण हेर्नोस्- अस्ति केपी ओलीसँग के कुरा गर्नुभयो र शीतलनिवास जानुभयो। फेरि के कुरा मिलेन फरक भनाइ आयो। भन्नुभयो- मलाई झुक्याएर शीतलनिवास लगे, बल्ल-बल्ल फुत्किएर आएँ। त्यस्तो पनि हुन्छ ? प्रचण्डलाई कसैले झुक्याएर लैजाने भन्ने हुन्छ ? यो प्रचण्डले भन्न सुहाउने कुरा हो ? कसैले भाङ गाँजा ख्वाएर लगेको हो र? यस्तो वाइयात कुरा गर्ने ? नेताले यस्तो कुरा गर्न हुन्छ ?
नेताले बोलेको कुरा दशौँ वर्षसम्म रहन्छ। नेताले त युगौँयुगसम्म रहने कुरा पो बोल्नुपर्याे। जे पनि बोलेको छ, एकैछिनमा बोली फेरेको छ, यस्तो पनि हुन्छ?

नेपालीमा एउटा उखान छ नि- बुढो सुगालाई पढाएर पढ्दैन। अब उहाँ सुध्रने ठाउँ छैन। न उमेर छ न विचार छ। आफ्नो सोचमा उहाँ कठोर भइसक्नुभएको छ। अभ्यास गर्दा-गर्दा यति अभ्यस्त भइसक्नु भयो कि उहाँ यो छोड्नै सक्नुहुन्न। उहाँसँग स्वार्थीहरूको जमात छ जो कहिल्यै परिवर्तन हुँदैन।
(देखापढीका राेजिना थापाले गरेकाे कुराकानीमा आधारित)
" /> पार्टी एकीकरण गर्यो भने चुनावमा जितिन्छ, सरकार बनाउन पाइन्छ- यही उद्देश्यले प्रचण्डले एमालेसँग एकता गरेका थिए। चुनाव भयो, झण्डै दुई तिहाइ बहुमत आयो। जब सरकार बनाउने कुरा भयो, पद पाउने कुरा भयो तब झगडा सुरु भयो।पार्टी भनेको आफैंमा एउटा अन्तरविरोध हो। अन्तरविरोध ठूलो कुरा होइन। तर, नेताहरूले त्यस्तो बेलामा कस्तोे भूमिका खेल्छन् भन्ने कुराले धेरै अर्थ राख्छ र प्रभाव पनि।

">