काठमाडौं। साँध जोडिएका छिमेकीबीच सीमालाई लिएर विवाद, भनाभन वा दाबीविरोध हुनु अस्वाभाविक होइन। हामीले हाम्रो टोलछिमेकमा हेर्दा पनि यो अवस्था देख्न पाउँछौं। दाजुभाइबीच होस् या नातागोता अथवा छिमेकीसँगै पनि हामी केही इन्च जमिनका लागि झगडा गरिरहेका हुन्छौं। कहिलेकाहीँ त यस्तो झगडा अदालतसम्म पनि पुग्छ।
नेपाल–भारत–चीन–भुटान–पाकिस्तानजस्ता निकटतम छिमेकमा आ-आफ्ना साँधसीमाबारे आवाज उठ्ने क्रम यतिखेर तीव्र बनेको छ। यतिसम्म कि चिनियाँ र भारतीय सेनाको त सानोतिनो युद्ध नै भइसकेको छ। उक्त युद्धमा भारततर्फ २० सेनाको मृत्यु भएको र अन्य कतिपय घाइते भएको समाचार सार्वजनिक भयो भने चीन हताहतीबारे अहिलेसम्म मौन छ।
द्वन्द्वको मैदानमा अहिले चीन र भारत छन्। ती दुवै ठूला देश भएका कारण तिनको वैमनश्यले बढी असर पार्ने भनेको नेपाल र भुटानलाई नै हो। त्यसमा पनि नेपालसँग त भारतले निकै अघिदेखि नै सीमा विवादलाई अगाडि सार्दै आएको छ।
दुई देशका सैनिकबीच नै हतियार हानाहान हुनु स्थिति खराब बन्दै जानु हो र यसले कुनै पनि दिन युद्ध हुने सम्भावनालाई नै सङ्केत गर्छ। यस्तो अवस्थामा मर्कामा पर्ने गर्छन्, तुलनात्मक रूपमा साना र कमजोर छिमेकी मुलुक। नेपाल त्यही मर्कामा पर्ने देश हुन पुगेको छ। र, पछिल्लो समय सीमा विवादलाई नै लिएर सानो देश भुटानसमेत सतहमा आएको छ।
नेपालको दुई ठूलो छिमेकी देश चीन र भारतसँग सीमा जोडिएको छ। सानै भए पनि भुटानको सीमा पनि नेपालको जस्तै चीन र भारतसँग जोडिएको छ। द्वन्द्वको मैदानमा अहिले चीन र भारत छन्। ती दुवै ठूला देश भएका कारण तिनको वैमनश्यले बढी असर पार्ने भनेको नेपाल र भुटानलाई नै हो। त्यसमा पनि नेपालसँग त भारतले निकै अघिदेखि नै सीमा विवादलाई अगाडि सार्दै आएको छ। अहिले भुटानसँग चीनले पहिला कहिल्यै नगरेको भनिएको सीमा दाबी गर्न थालेको छ।
यही मौकामा भारत र चीन त्यो सानो देश भुटानलाई विभिन्न प्रलोभन देखाउँदै आफ्नो पक्षमा पार्न अग्रसर भएका छन्। तिनका निम्ति भुटान ‘बफर स्टेट’ बन्न पुगेको छ। यी दुवै देशका लागि भुटान जसरी महत्वपूर्ण देश हो त्यसैगरी नेपाल पनि अत्यन्तै ठूलो रणनीतिक महत्वको देश हो। तर, नेपालको महत्वलाई नजरअन्दाज गरिँदै आएको छ।
भुटानसँग भारतको ६०५ किलोमिटर सीमा जोडिएको छ भने नेपालसँग १७५१ किलोमिटर। भुटान र नेपाललाई जसले विश्वासमा लिन सक्यो उसलाई युद्ध भएका खण्डमा निकै सहज हुने छ। यही कारण पनि अहिले भारत र चीन भुटानलाई फकाउन लागिपरेका छन्। तर, नेपाललाई ती दुवैले किन बेवास्ता गरेका ? किनकि, नेपालको परराष्ट्र नीति कमजोर छ। भुटान कुनै समय पूर्ण रूपमा भारतमा निर्भर थियो, धेरैथोक भारत नियन्त्रित थियो। तर, नेपाल सधैं स्वतन्त्र छ र पनि आफ्नो उपस्थिति दह्रो बनाउन सकिरहेको छैन।
भारतले भुटानतर्फ बढाइरहेको हात देखेर चीन खुशी हुने त कुरै भएन। चीनले पनि नयाँनयाँ सीमाका कुरा निकालेर भुटानलाई आफ्नो दबाबमा राखिरहने नीति लिएको देखिन्छ।
भारतले भुटानलाई फकाउने क्रममा जुलाई १५ का दिन द्विदेशीय नयाँ ट्रेडरुट खोलेको छ। भन्सार कार्यालय खोल्नेसमेत सहमति हुन लागेको बताइन्छ। यसबाट भुटानले भारततर्फ आफ्नो निर्यात बढाउन सहज हुने छ। भारतले रेलमार्ग बनाइदिने आश्वासन पनि दिएको छ। यही मौकामा भुटानले अन्य शर्त पनि अघि नसार्ला भन्न सकिन्न।
भारतले भुटानतर्फ बढाइरहेको हात देखेर चीन खुशी हुने त कुरै भएन। चीनले पनि नयाँनयाँ सीमाका कुरा निकालेर भुटानलाई आफ्नो दबाबमा राखिरहने नीति लिएको देखिन्छ। भुटानको ध्यान भारततर्फ मोडिँदा आफूलाई हानी हुने तथ्य चीनले नबुझ्ने कुरा होइन।
तर नेपाल ? नेपालले न त चीनसँगै नयाँ र विश्वासको अर्को कुनै फड्को मार्ने सम्बन्ध नै विकसित गर्न सकेको छ न त भारतसँगको सीमा विवादलाई नै सुल्झाउन सकेको छ। यो आन्तरिक राजनीतिको उछालकुदमै सीमित बन्न पुगेको छ। विभिन्न कालखण्डमा हामीले चीन र भारतलाई आफू र आफ्नो पार्टीलाई सत्तामा पुर्याइदिन या सत्तामा टिकाइदिन अनुनयविनय गर्दै आयौं। यसकारण पनि छिमेकबाट हामीलाई कहिल्यै दीर्घकालीन देश हितकारी फाइदा हुन सकेन। यसको अर्थ कुनै एक देशसँग सम्बन्ध बिग्रँदा अर्कोसँग टाँसिन जानुपर्छ भनेको होइन। तर, ऐनमौकामा फाइदा लिन सक्दा दीर्घकालीन रूपमै हित हुन्छ भन्ने हो।
उता, यही समय पाकिस्तान र बङ्गलादेश एकापसमा सम्बन्ध सुमधुर बनाउन अग्रसर भएका छन्। भारत–पाकिस्तानबीच पछिल्लो समय विवादले उग्र रूप लिएको छ। दुई देशबीच सीमा क्षेत्रमा थुप्रै पटक लडाइँ भइसकेको छ। यसकारण पनि कुनै बेला एक तर विभाजित( १९७१) मुलुक बङ्गादेश–पाकिस्तान अब सम्बन्ध सुधार गर्नेतर्फ लागेका छन्। तिनले विश्व महामारी कोरोनाविरुद्ध सहकार्य गर्ने भएका छन् भने आपसी हितका अन्य कुरामा पनि छलफल गर्ने तयारी गरिरहेका छन्।
पाकिस्तान–बङ्गलादेश होस् या भुटान–चीन–भारत सम्बन्ध, यो नयाँ दुई ठूला देश (भारत–चीन)बीच उत्पन्न विवादका कारण विकसित घटनाक्रम हुन्। दुई विशाल छिमेकमा हुने झगडाले सानाको महत्व बढ्छ। त्यसरी बढेको महत्वलाई देश र जनताको हितमा लगाउन सक्नु नै बुद्धिमानी हुन्छ। यो एउटा महत्वपूर्ण अवसर पनि हो।
नेपाल एउटा यस्तो मुलुकका रूपमा रहेको छ, जसले आफूभित्रै रहेको कस्तूरी चिन्न सकेको छैन। नेपाललाई परेको अप्ठेरोमा बोलिदिने कुनै छिमेकी यसले पाएको छैन। यस्तो किन भयो ?
त्यतिमात्र होइन, चीन र अमेरिकाबीच चिसिँदो सम्बन्धको फाइदा लिन स्वयम् भारत अग्रसर भएको छ। भारतको सीमा चीनले मिचेको भन्दै अमेरिकाले चीनतर्फ औंला ठड्याएको छ। भारतले पनि अमेरिकालाई चीनसँगको व्यापार कम गर्न र आफूसँग बढाउन अनुरोध गरिरहेको छ। यो परिघटनामा भारत उभिनुको कारण अमेरिका र चीनबीचको द्वन्द्व नै हो।
भुटानले पनि दुई देशबीच उत्पन्न परिस्थितिबाट फाइदा उठाउन बुद्धिमानी देखाउन थालिसकेको छ। भुटानलाई भारतले केही गर्न खोज्यो भने चीन अघि सरेर बोल्ने स्थिति निर्माण जसरी भएको छ, चीनले भुटानलाई अप्ठेरो पार्न लाग्दा भारत बोल्ने अवस्था बनेको छ। चीनले त भारतमाथि ‘आफ्नो स्वार्थसिद्धिका लागि भारतले भुटानलाई प्रयोग गरिरहेको छ’ भनेर आरोप नै लगाइसकेको छ। दोक्लाम विवादको समयमा चीनको सरकारी अखबार ‘ग्लोबल टाइम्स’ले भुटानी सीमाचौकीमा भारतले विनाकारण अवरोध सिर्जना गरेको आरोप नै लगाएको थियो।
नेपाल एउटा यस्तो मुलुकका रूपमा रहेको छ, जसले आफूभित्रै रहेको कस्तूरी चिन्न सकेको छैन। नेपाललाई परेको अप्ठेरोमा बोलिदिने कुनै छिमेकी यसले पाएको छैन। यस्तो किन भयो ? हामी कहाँ चुक्यौं ? किन नेपालले यस विषयमा कुनै चासो देखाउने र आफ्नो महत्व स्थापित गर्ने काम गर्न नसकेको होला ? यतिखेर आमचिन्ताको विषय बनेको छ।
" /> काठमाडौं। साँध जोडिएका छिमेकीबीच सीमालाई लिएर विवाद, भनाभन वा दाबीविरोध हुनु अस्वाभाविक होइन। हामीले हाम्रो टोलछिमेकमा हेर्दा पनि यो अवस्था देख्न पाउँछौं। दाजुभाइबीच होस् या नातागोता अथवा छिमेकीसँगै पनि हामी केही इन्च जमिनका लागि झगडा गरिरहेका हुन्छौं। कहिलेकाहीँ त यस्तो झगडा अदालतसम्म पनि पुग्छ।नेपाल–भारत–चीन–भुटान–पाकिस्तानजस्ता निकटतम छिमेकमा आ-आफ्ना साँधसीमाबारे आवाज उठ्ने क्रम यतिखेर तीव्र बनेको छ। यतिसम्म कि चिनियाँ र भारतीय सेनाको त सानोतिनो युद्ध नै भइसकेको छ। उक्त युद्धमा भारततर्फ २० सेनाको मृत्यु भएको र अन्य कतिपय घाइते भएको समाचार सार्वजनिक भयो भने चीन हताहतीबारे अहिलेसम्म मौन छ।

">