संकटको बेलामा पनि सजिलोसँग उद्यम सञ्चालन गर्नका लागि ध्यान दिनुपर्ने विषय र व्यवसायीक योजनाको महत्वका बारेमा उद्यम, लगानी र व्यवस्थापन विज्ञ कपिल तमोटसँग देखापढीले गरेको कुराकानीको सार :
प्रशस्त पैसा हुने हो भने उद्यम वा व्यवसाय गर्न सकिन्छ भन्ने धारणा धेरैमा छ। उद्यम गर्नको लागि पैसा त चाहिन्छ नै, उद्यमी वा व्यावसायिक सफलताको लागि पैसा नै सर्वोपरी हो ?
उद्यमशिलताको लागि पैसा चाहिन्छ तर, पैसाले मात्रै उद्यम सफल हुँदैन। एउटा उदाहरणबाट हेरौं, सानेपाको झमेल क्षेत्रमा करीब २०० वटा मझाैला र ठूला रेष्टुरेन्ट छन्। तर, ती रेष्टुरेन्टमा २० वटा पनि मौलिकता पाइँदैन। पैसा छ तर, लगानी गर्दा सोचविचार गरिएन भने चाडैनै गाह्रो अवस्था आउँछ अनि, पैसा उठाउनकै लागि अस्वस्थ प्रतिस्पर्धामा जान्छौं। एकदमै चलेको रेष्टुरेन्टको छेउमै अर्को रेष्टुरेन्ट खोल्दा ग्राहक तान्ने आधार के भन्ने त कम्तिमा यकिन हुनुपर्यो नि। यस्तो कुरा उद्यम वा व्यवसायको ‘भिजन’बाट ‘रिफ्लेक्ट’ हुनुपर्छ। पैसा भएको कारण लहडमा व्यवसाय शुरू गर्न लागेको हो कि कुनै लक्ष्य निर्धारण गरेर त्यो लक्ष्य हासिल गर्नेगरी उद्यम वा व्यवसाय गर्न लागिएको हो त्यसमा हामी उद्यमीहरू स्पष्ट हुनुपर्छ।
कुनै प्रस्थान विन्दूबाट ‘भिजन’सम्म पुग्नको लागि ‘रोडम्याप’ बनाउनुपर्यो। त्यो रोडम्याप वा बाटोमा विभिन्न अवरोध पनि आउन सक्छ। बाटो भत्किएको हुनसक्छ, अपर्झट पहिरोले अवरुद्ध गर्न सक्छ। यसरी पछि आउन सक्ने सबै अवरोधलाई पन्छाएर कसरी अगाडी बढ्ने भन्ने योजना सकेसम्म पहिल्यै तय गरिएको हुनुपर्छ। पहिल्यै नसकिएमा कमसेकम पनि आउने सम्भावित समस्याहरूको बारेमा सोचिएको हुनुपर्छ। व्यवसायमा यसलाई ‘रिस्क मिटिगेशन प्लानिङ’को रूपमा परिभाषित गरिन्छ। तर, सबै कुरा योजना अनुसार जाँदैन। त्यसोभए किन योजना बनाउने त ? किनभने, योजनाले उद्यमी र उद्यमलाई एउटा दिशा पक्डन मद्दत पुर्याउँछ। यो व्यवसायमा अपरिहार्य कुरा हो।
नेपालमा धेरैजसो उद्योगी, व्यवसायीले व्यवसाय निरन्तरताको योजना (बीसीपी)लाई खासै महत्व दिएको पाइँदैन, यसको ज्ञान नभएर वा आवश्यकता महसुस नगरेर महत्व नदिएका होलान् ?
यही कारण भनेर पत्ता लाग्नेगरी कुनै ‘एकेडेमिक रिसर्च’ त भएको छैन। तर, मेरो अनुभवको आधारमा के भन्छु भने, यसको पछाडि तीन पक्षहरूले प्रभाव पारेको छ। पहिलो ऐतिहासिक पक्ष हेरौँ– सातौं शताब्दीदेखि हामीहरू विशेषत: काठमाडौंका नेवारहरू ल्हासामा व्यापार शुरू गरेका थिए। लगभग दुई शताब्दीअघि नेपाल आएका मारबाडी समुदायका व्यावसायिक गतिविधि पनि मुख्यत: किनबेच नै थियो। त्यही व्यापारको जगमा नेपालमा व्यापारिक घरानाहरूको जन्म अर्थात शुरूआत भयो। यस अर्थमा धेरैजसो मानिसहरू व्यापारको पृष्ठभूमि र संस्कृतिबाट आएका छन्। एक ठाउँबाट सामान ल्याएर बेच्ने काम तुलनात्मक रूपमा उत्पादनशिल काम अर्थात नयाँ सोंचलाई मूर्तरूप दिनुभन्दा सजिलो हुन्छ। व्यापार हाम्रो नीजि क्षेत्रको बलियो आधार भएकोले धेरैको ध्यान यसैमा केन्द्रित भएको हुँदा उद्यमशिलताको विकासमा ध्यान दिन पाइएन। विदेशबाट आउने रेमिट्यान्सले पनि यसलाई असर गरेको छ।
उद्यम सफल हुनका लागि पैसा, सीप र व्यवस्थापनले मात्रै हुँदैन। गुणस्तरको व्यवस्थापन कसरी गर्ने, नयाँ वा फरक कुरा के हुन सक्छ, ब्राण्डिङ लगायतको विषयले विशेष महत्व राख्छ। मूलतः वित्तीय व्यवस्थापन भन्ने कुराले सफलतामा भूमिका निर्वाह गर्छ।
दोस्रो राजनीतिक कारण– २०४६ सालसम्म निकै नियन्त्रित रूपमा निजी क्षेत्रले व्यवसाय गरेका थिए। उद्योग, व्यवसायमा राजपरिवार र उनीहरूका वरपरका मान्छेको नियन्त्रण थियो। त्यसबेला, उद्यमशिलता फस्टाउन सक्ने अवस्था थिएन। त्यसयताको २०–२५ वर्षमा निजी क्षेत्रको आफ्नै, अझ भनौँ केही व्यक्तिहरूको प्रयासमा मात्रै उद्योग, व्यवसाय अगाडि बढेको छ। उद्यमशिलता विकासको लागि कुनै पनि क्षेत्रबाट एकीकृत रूपमा काम हुन सकेको छैन।
तेस्रो- आर्थिक जुन राजनीतिसँग जोडिएको छ। सशस्त्र द्वन्द्व शुरू भएपछि धेरै उद्योगहरू बन्द भए र धेरै युवाहरू विदेशिए। विदेशमा भएका युवाहरूले रेमिट्यान्स त पठाए तर, बल्लबल्ल शुरू हुन लागेको उद्यमशिलता भने शिथिल भयो। मैले कहिलेकाहीँ उद्यमलाई सगरमाथा चढ्नुसँग तुलना गर्ने गरेको छु। सोलुखुम्बुका सबै शेर्पाहरू किन सगरमाथा वा अरू अग्ला चढ्न सक्दैनन्। हुन त उनीहरू हुर्किएको हावापानी, परिस्थिति एउटै हो, उनीहरूको शारीरिक बनावट पनि उस्तै हुन्छ। यस हिसाबमा उनीहरूका शारीरिक क्षमता पनि मोटामोटी रूपमा समान होला तर, किन दुई–चार जनाले मात्रै सगरमाथा चढ्न सक्छन्। सगरमाथा चढ्ने भनेको खुट्टाले होइन रहेछ, दिमागले रहेछ। र, यो भन्दा पहिला चुचुरोमा पुग्छु भन्ने लक्ष्य लिनुपर्ने रहेछ।
सगरमाथामा जति माथि चढ्दै गयो त्यति अक्सिजनको मात्रा कम हुन्छ। वेसक्याम्पमा पुग्दा शरीरमा करीब ५३ प्रतिशत अक्सिजन कम हुनेरहेछ। ५३ प्रतिशत अक्सिजन कम हुनु भनेको शरीरको क्षमता पनि त्यति नै कम हुनु हो। यस्तो अवस्थामा सजिलै खुट्टा अगाडि बढाउन सकिदैन। त्यस्तो अवस्थामा मासिनलाई अगाडि बढ्न दिमागले नै जोड गर्ने हो। सगरमाथाको चुचुरोमा अक्सिजनको मात्रा १२ प्रतिशत मात्रै हुँदो रहेछ, त्यही अनुसार आफ्नो शारीरिक तथा मानसिक क्षमता बनाउँदै लैजानुपर्ने रहेछ। उद्यमशिलतामा पनि यस्तै हो।
नेपालमा यकिन तथ्यांक त छैन, तर विश्व बैंक लगायत अन्तर्राष्ट्रिय संस्थामा काम गर्ने व्यक्तिहरूले अनुभव सुनाएअनुसार नेपालमा १०० वटा व्यवसाय शुरू भयो भने ९० वटा चाहिँ असफल हुन्छ। विकसित देशहरूमा यो लगभग ६० प्रतिशतको हाराहारीमा छ। विश्वव्यापी रूपमा हेर्ने हो भने एक हजार वटा स्टार्टअपमा चारवटा मात्रै स्थापित हुन्छ भन्ने तथ्यांक छ।

प्रभावकारी रूपमा व्यावसायिक योजना बनाएर अगाडि बढेका उद्यमी, व्यवसायीको संख्या कत्तिको पाउनुभएको छ ?
लकडाउनको अवधिमा देशभरका झण्डै १०० जना उद्यमीका लागि ‘सपोर्ट सेसन’ सञ्चालन गर्यौ। जसमा उत्पादनमुलक क्षेत्रका उद्यमी, निर्माण सामग्रीका उद्यमी, कृषि, पर्यटन, आर्केटेक्चर, भवन निर्माण, कफी व्यवसायी, रेष्टुरेन्टसँग सम्बन्धित व्यवसाय लगायका क्षेत्रमा संलग्न व्यक्तिहरू थिए। तर, उहाँहरूमध्ये ९५ प्रतिशतमा व्यावसायिक योजना नै छैन। धेरैजसो कहिले लकडाउन खुल्ला भनेर पर्खिएर बसेका मैले पाएँ। लकडाउनपछि के परिवर्तन आउन सक्छ ? के अवसर र चुनौती आउँछ र भविष्यका लागि कसरी तयार हुने भनेर धेरै कमले सोच्नुभएको पाएँ। कोभिड–१९ को कारण धेरै परिवर्तनहरू आउँदैछन्। नेपालमा त्यो परिवर्तन ठूलो रूपमा अहिले नै नदेखिन सक्छ। किनभने, हाम्रो अर्थतन्त्र सानो छ र विश्वको अर्थतन्त्रसँग गहिरोगरी जोडिएको पनि छैन। उद्यमीले त्यो परिवर्तित सन्दर्भका लागि आफूलाई तयार गरेर बस्नुपर्छ।
नेपालमा उद्यमी व्यवसायीहरूमा व्यवसायीक सहयोग (प्रोफेसनल हेल्प) लिने बानी कत्तिको छ ? कि उनीहरूमा सबै कुरा आफैं गर्नसक्छु भन्ने अहम छ ?
सबै कुरा आफैले गर्नसक्छु भन्ने कुराले समस्या निम्त्याउँछ, हामी नेपालीहरूमा सबैकुरा आफैंले गर्न सक्छु भन्ने बुझाइ हुन्छ। यसलाई अहम भन्ने कि आत्मविश्वास भन्ने वा अज्ञान भन्ने द्विविधा छ। फेरि रेष्टुरेन्टकै उदाहरण हेरौं, एउटा व्यक्ति राम्रो कुक हो। ऊ सँग पैसा पनि छ। उद्यमी हुन्छु भन्ने सोच र आँट छ। उसलाई रेष्टुरेन्ट चलाउन मन लाग्यो। के उहाँले सक्नुहुन्छ त ? रेष्टुरेन्टमा सबैभन्दा पहिलो देखिने विषय भनेको सर्भिस हो। सर्भिस भनेको खाना ल्याएर दिने मात्रै त होइन। कर्मचारीको बोल्ने तरिका, खाना अर्डर लिने तरिका, उसको आवरण, सरसफाई जस्ता यावत कुरा त्यसमा जोडिन्छ। रेष्टुरेन्ट व्यवसायमा स्टकरलजिस्टिक म्यानेजमेन्टको ठूलो महत्व हुन्छ। वित्तीय व्यवस्थापन अर्को पाटो हो।
अहिले कोभिड-१९ को कारण धेरै जनशक्ति स्वदेश फर्कने भन्ने छ। तर, अवसर पाएपछि उनीहरू फेरि विदेश फर्कन्छन भन्ने कुरा त लकडाउनकै बेलामा उनीहरूले लिएका श्रम स्वीकृतिले देखाउँछ नि।
नेपालमा साना तथा मझौला उद्योगको सबैभन्दा ठूलो चुनौती जनशक्ति हो। लकडाउन अगाडि दिनमा करीब १५ सय युवा विदेश गइरहेका थिए। वर्षमा करीब साढे पाँच लाख युवा विदेश गइरहेका थिए। हरेक वर्ष नेपाली श्रम बजारमा आउने युवा करीब चार लाखको हाराहारीमा छ। यसकारण, नेपाली श्रम बजारले हरेक वर्ष जनशक्तिको घाटा बेहोरिरहेको छ। नेपालमा सबैजसो क्षेत्रमा जनशक्तिको यस्तै समस्या छ। यहाँ काम सिक्छन र विदेश गइहाल्छन्। उद्यम वा व्यवसायमा अर्को चुनौती भनेको जनशक्तिको व्यवस्थापन हो। जनशक्ति व्यवस्थापनको लागि मानव संशाधन व्यवस्थापनको उपयुक्त नीति र कार्यक्रम चाहिन्छ तर छैन। अन्तर्राष्ट्रिय संघ संस्थाले गरेको अध्ययन अनुसार सन् २०३० मा नेपालमा जनशक्तिको अभाव ३० लाख पुग्छ भन्ने छ। अहिले कोभिड-१९ को कारण धेरै जनशक्ति स्वदेश फर्कने भन्ने छ। तर, अवसर पाएपछि उनीहरू फेरि विदेश फर्कन्छन भन्ने कुरा त लकडाउनकै बेलामा उनीहरूले लिएका श्रम स्वीकृतिले देखाउँछ नि।
यो सबै विषयको ज्ञान एकै जना उद्यमीमा नहुन सक्छ। अरू कसैको सहयोग लिनुपर्ने हुन्छ। हामीमा यस्तो व्यावसायिक सहयोग (प्रोफेसनल हेल्प) लिने बानी धेरै कम छ। या हाम्रो व्यापारिक संस्कारले गर्दा पनि हो। हामी परिवारभित्र मात्रै सीमित रहेर व्यवसाय गर्छाैँ। यही कारण, क्षमता भएका कम्पनीले पनि जति राम्रो गर्न सक्छन गरिरहेका छैनन्। किनभने उनीहरू अरू व्यक्ति र संस्थाबाट व्यावसायिक सहयोग लिनै चाहँदैनन्। यो अभ्यासले कर्पाेरेट कल्चरको विकास हुन पाउँदैन। जुन व्यवसाय फस्टाउनको लागि अपरिहार्य हो।
अर्का पाटो भनेको, प्रतिक्रिया वा आलोचनालाई आत्मसाथ गर्न नसक्नु हो। कुनै उद्योग वा व्यवसायमा कसैले गल्ती औंल्यायो वा सुझाव दियो भने त्यसलाई नकार्ने र नकरात्मक रूपमा लिने चलन पनि छ। व्यवसायीमा नेतृत्वदायी क्षमता (लिडरशीप) भएन भने यस्तो समस्या हुन्छ। नेतृत्वदायी क्षमता भएका व्यक्तिले आफ्नो अहमलाई पचाएर सही सल्लाह सुझाव लिन्छन् र व्यवसायलाई गति दिन्छन्। हामीमा लिडरशीपको बुझाइ गलत हो कि जस्तो लाग्छ।
समयमै परिस्थितिको आँलकन गर्न सकियो भने अप्ठ्यारो अवस्थामा पनि व्यवसायलाई निरन्तरता दिन सकिन्छ। परिस्थितिको आकलन गर्दा कस्ता–कस्ता कुरामा ध्यान दिनुपर्छ ?
फेरि रेष्टुरेन्टकै उदाहरण हेरौं, कुनै ठाउँमा रेष्टुरेन्ट खोलियो भने त्यो ठाउँमा प्रतिस्पर्धाको अवस्था के छ ? कसले कस्तो मेनु प्रस्तुत गरेको छ ? स्वाद, सर्भिस, मूल्य कस्तो छ भन्ने ज्ञान बटुलेमा आफ्नो रेष्टुरेन्टमा मौलिकता प्रस्तुत गर्न मद्दत मिल्छ। यसलाई ‘विजनेश इन्टेलिजेन्स’ पनि भन्न सकिन्छ। कम्तिमा पनि भोलिका दिनमा कस्ता समस्या र चुनौती आइपर्न सक्छ भन्ने कुराको आँकलन र विश्लेषण गर्ने, होइन भने ध्यान चाहिँ दिनैपर्छ। एकदमै खराब अवस्थामा के गर्न सकिन्छ भन्ने आँकलन गरेर तयारी अवस्थामा बस्दा अहिलेको जस्तो महामारीले ल्याएको संकटको बेलामा पनि व्यवसायलाई ठूलो जोखिमबाट जोगाउन सकिन्छ। दुई चारवटा रेष्टुरेन्ट जो पहिलो पनि उत्पादन र वितरणलाई विविधिकरणमा ध्यान दिइसकेका थिए, जस्तै– फ्रोजन फुड एण्ड होम डेलिभरी, उनीहरूलाई यो महामारीमा आर्थिक बोझ न्यूनिकरण गर्न सकेका छन्। पहिल्यै कसैले पनि कोभिडको आकलन गरेका थिएनन्। परिस्थिति यति चाँडो परिवर्तन भइदियो कि ठूला कम्पनीलाई पनि गाह्रो भयो। मेक्सिकोमा ‘कोरोना’ ब्राण्डको वियर उत्पादन हुन्थ्यो, अहिले अस्थायी रूपमा बन्द भएको छ। संसारमा लकडाउन शुरू भएको करीब एक महीना नपुग्दै मेक्सिकन सरकारले नन–इसेन्सियल प्रडक्टको उत्पादन बन्द गर्नु भनेको कारण वियरको उत्पादन बन्द गर्न लागेको भन्दै उक्त कम्पनीले विज्ञप्ति प्रकाशन गरेको थियो।
मेकअपको सामग्रीमा सबैभन्दा बढी प्रभावित भएको ‘लिपस्टिक’ हो। मानिसहरूले मास्क लगाउन थालेपछि लिपस्टिकको व्यापार लगभग शून्य अवस्थामा पुग्यो।
उत्पादन बन्द गर्नुको वास्तविकता भने अर्कै थियो। त्यसको एक हप्ता अगाडि अमेरिकामा एउटा सर्वे भएको थियो। अमेरिका संसारमा सबैभन्दा धेरै वियर उपभोग गर्ने देशहरूमध्ये एक हो। त्यो सर्वेअनुसार, अमेरिकाका करीब ४० प्रतिशत वियर उपभोक्ताले अब कोरोना वियर पिउँदैनौ भनेका थिए। त्यो वियरको नाम भाइरससँग मिलेको कारण नै उनीहरूले कोरोना वियर पिउन छाडेको बताए। कोरोना वियर संसारको चौंथो ठूलो वियर उत्पादक कम्पनी हो। संसारको सबैभन्दा बढी वियर पिउनेमध्येका एक समुदायले कोरोना वियर पिउँदिन भनेपछि, सांसारभरी नै सामूहिक बहिस्कार होला भन्ने सम्भावनाले कम्पनीले उत्पादन बन्द गरिदियो। यो एक खालको जोखिम व्यवस्थापन नै हो। तर, तीन महीनाको अवधिमा संसारमा वियरको उपभोग ३६ प्रतिशतले बढेको तथ्यांक छ। यस्तो अवस्थामा त्यो कम्पनीलाई कत्रो घाटा भयो होला ?
अर्को उदाहरण, विगत १० वर्षयता संसारमा सबैभन्दा धेरै बढेको व्यवसाय कस्मेटिक (मेकअप) थियो। मेकअपको सामग्रीमा सबैभन्दा बढी प्रभावित भएको ‘लिपस्टिक’ हो। मानिसहरूले मास्क लगाउन थालेपछि लिपस्टिकको व्यापार लगभग शून्य अवस्थामा पुग्यो। लिपस्टिक उत्पादन गर्ने कम्पनीहरूको ध्यान अहिले आँखाको मेकअपमा प्रयोग हुने सामग्रीहरूमा गएको छ। यो पनि व्यवसाय निरन्तरताको योजना (बीसीपी)को अर्को पाटो हो।
परिस्थितिको आकलन गर्दा विषम अवस्थामा सेवा तथा उत्पादन विविधिकरण गर्न सहयोग मिल्छ। सबै परिस्थितिको आकलन गर्न सम्भव हुँदैन। तर, कुनै व्यवसाय शुरू गर्नु अघि व्यावसायिक योजनामा घोत्लिनु आवश्यक छ। यो अभ्यासले व्यवसायीलाई शून्य अवस्थाबाट लक्ष्यमा पुग्ने यात्रामा आउने सबै पक्ष सम्बन्धी पहिले नै सोच्ने मौका दिन्छ। व्यवसाय शुरू गरिसकेपछि यी कुरामा ध्यान दिन धेरै कम मात्रै मौका मिल्छ।
" /> नयाँ उद्यम स्थापना, व्यवस्थापन र विकासमा गहिरो ज्ञान भएका कपिल तमोट ह्वाइट लोटस सेन्टरका प्रबन्ध निर्देशक हुन्। उनी इन्भेस्टमेन्ट फण्ड विजनेश अक्सिजनको व्यवस्थापन कम्पनी डब्लूएलसी भेन्चर्स प्रालिका अध्यक्ष छन्। उनले आठ वटा मझौला कम्पनी खडा गरेका छन भने करीब एक दर्जन कम्पनी स्थापना र विकासका लागि व्यावसायिक सहयोग उपलब्ध गराएका छन्। साथसाथै, उनी उद्यमीहरूलाई उद्यमशीलता विकासको विभिन्न विधामा प्रशिक्षित गर्छन्।संकटको बेलामा पनि सजिलोसँग उद्यम सञ्चालन गर्नका लागि ध्यान दिनुपर्ने विषय र व्यवसायीक योजनाको महत्वका बारेमा उद्यम, लगानी र व्यवस्थापन विज्ञ कपिल तमोटसँग देखापढीले गरेको कुराकानीको सार :

">