१७ कात्तिकमा नेपाल सरकारको उपसचिव पदबाट राजीनामा गरेका कमलजंग कुँवरले प्रतिनिधिसभा सदस्यका लागि आउँदो १४ मंसीरमा हुने उपनिर्वाचनमा कास्की–२ बाट स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्। चितवन राष्ट्रिय निकुञ्जमा प्रमुख संरक्षण अधिकृत (वार्डेन) रहँदा गैंडाको चोरी शिकार नियन्त्रणमा खेलेको भूमिकाका कारण चर्चामा रहेका ४८ वर्षीय कुँवरले अझै १० वर्ष सरकारी सेवामा रहने सुनिश्चित भए पनि चुनावी प्रतिस्पर्धामा होमिनकै लागि राजीनामा गरेको देखापढीलाई बताए । प्रस्तुत छ, कुँवरसँगको कुराकानीको सारसंक्षेपः
कर्मचारीका रूपमा चर्चामा हुनुहुन्थ्यो, अचानक नेता बन्ने सोच कहाँबाट आयो ?
हाम्रा राजनीतिक दल र नेताबाट जनताले गरेका अपेक्षा पूरा भएनन्। जनताले विकल्प खोजेका छन्। म प्रकृति संरक्षणमा लागेको मान्छे हुँ। संरक्षण पनि राजनीतिको एउटा पाटो हो। त्यसैले जनताका अपेक्षाहरू इमान्दारीपूर्वक पूरा गर्न सक्छु र  जनताले खोजेको विकल्प म नै हुँ भनेरै उम्मेद्‍वारी दिएको हुँ।
सरकारी सेवामा कार्यरत रहँदारहँदै राजनीतिले कसरी तान्यो?
सरकारी सेवामा प्रवेश गर्नुअघि म राजनीतिक कार्यकर्ता नै थिएँ। मैले ४ कक्षामा पढ्दा २०३६ सालमा भएको पञ्चायतविरोधी आन्दोलनको जुलुस र सभाहरूमा सहभागिता जनाएको थिएँ। त्यसपछि जनमतसंग्रहमा बहुदलको पक्षमा हुने सभा, महंगीविरोधी आन्दोलन, भारतको मेघालयबाट धपाइएका नेपालीहरूको पक्षमा भएको आन्दोलन, २०४५ सालमा भारतले लगाएको नाकाबन्दीविरुद्धको आन्दोलनमा पनि सहभागी भएँ। २०४६ सालमा हेम्जा (कास्की)मा भएको पञ्चायती व्यवस्थाविरुद्धको आन्दोलनको नेतृत्व नै गरेको थिएँ। वन विज्ञान अध्ययन संस्थान, पोखरा क्याम्पसमा अध्ययन गर्दा राजनीतिक आन्दोलनमा सहभागी भएकै कारण प्रहरीले पक्राउ गरेर ५ दिन थुनामा राख्यो। बीचमा भएका विभिन्न आन्दोलनमा पनि मेरो सहभागिता रह्यो। म २०४७ सालमा सरकारी सेवामा प्रवेश गरेको हुँ। त्यसैले पनि मलाई राजनीतिक ज्ञान छ। साथै जनताका समस्यालाई राजनीतिमा लागेरै समाधान गर्न सकिन्छ भन्ने विश्वासले राजनीतिमा लाग्ने घोषणा गरेको हुँ।
यसअघि कुन पार्टीसँग निकट हुनुहुन्थ्यो?
दिवंगत रविन्द्र अधिकारी र म सहकर्मी हौं। हामी सँगै विभिन्न राजनीतिक आन्दोलनमा सहभागी भएका थियौं। सरकारी सेवामै रहँदा पनि चितवन राष्ट्रिय निकुञ्जबाट घर बिदा लिएर म २०६२/०६३ को आन्दोलनमा सहभागी भएको थिएँ। करिब १० वर्षदेखि म कुनै पार्टीसँग निकट छैन। राजनीतिक दलबाट जनताका आशा र अपेक्षा पूरा हुँदैनन् भन्ने लागेपछि म कुनै पार्टीसँग निकट रहिनँ।
कास्की–२ का मतदाताले तपाईंलाई किन मत दिने?
मैले अघि पनि भनें– जनताले विकल्प खोजेका छन्। बाँदरका कारण कृषकलाई भएको समस्या हल गर्न सक्ने क्षमता नेताहरूसँग छैन। म समस्या पहिचान गरेर त्यसको समाधान गर्न सक्छु। म जनतालाई निराश बनाउने छैन, जनताका अपेक्षा पूरा गर्नेछु। मेरो घोषणा–पत्र केही दिनमा तयार हुँदैछ। त्यसमा जनताका समस्यालाई कसरी सम्बोधन गर्न सकिन्छ भनेर मैले आफ्नो तर्फबाट गर्ने प्रतिबद्धताहरू त्यसमा हुनेछन्।
प्रस्तुतिः केशव राना
" /> १७ कात्तिकमा नेपाल सरकारको उपसचिव पदबाट राजीनामा गरेका कमलजंग कुँवरले प्रतिनिधिसभा सदस्यका लागि आउँदो १४ मंसीरमा हुने उपनिर्वाचनमा कास्की–२ बाट स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्। चितवन राष्ट्रिय निकुञ्जमा प्रमुख संरक्षण अधिकृत (वार्डेन) रहँदा गैंडाको चोरी शिकार नियन्त्रणमा खेलेको भूमिकाका कारण चर्चामा रहेका ४८ वर्षीय कुँवरले अझै १० वर्ष सरकारी सेवामा रहने सुनिश्चित भए पनि चुनावी प्रतिस्पर्धामा होमिनकै लागि राजीनामा गरेको देखापढीलाई बताए । प्रस्तुत छ, कुँवरसँगको कुराकानीको सारसंक्षेपः
कर्मचारीका रूपमा चर्चामा हुनुहुन्थ्यो, अचानक नेता बन्ने सोच कहाँबाट आयो ?
हाम्रा राजनीतिक दल र नेताबाट जनताले गरेका अपेक्षा पूरा भएनन्। जनताले विकल्प खोजेका छन्। म प्रकृति संरक्षणमा लागेको मान्छे हुँ। संरक्षण पनि राजनीतिको एउटा पाटो हो। त्यसैले जनताका अपेक्षाहरू इमान्दारीपूर्वक पूरा गर्न सक्छु र  जनताले खोजेको विकल्प म नै हुँ भनेरै उम्मेद्‍वारी दिएको हुँ।
सरकारी सेवामा कार्यरत रहँदारहँदै राजनीतिले कसरी तान्यो?
सरकारी सेवामा प्रवेश गर्नुअघि म राजनीतिक कार्यकर्ता नै थिएँ। मैले ४ कक्षामा पढ्दा २०३६ सालमा भएको पञ्चायतविरोधी आन्दोलनको जुलुस र सभाहरूमा सहभागिता जनाएको थिएँ। त्यसपछि जनमतसंग्रहमा बहुदलको पक्षमा हुने सभा, महंगीविरोधी आन्दोलन, भारतको मेघालयबाट धपाइएका नेपालीहरूको पक्षमा भएको आन्दोलन, २०४५ सालमा भारतले लगाएको नाकाबन्दीविरुद्धको आन्दोलनमा पनि सहभागी भएँ। २०४६ सालमा हेम्जा (कास्की)मा भएको पञ्चायती व्यवस्थाविरुद्धको आन्दोलनको नेतृत्व नै गरेको थिएँ। वन विज्ञान अध्ययन संस्थान, पोखरा क्याम्पसमा अध्ययन गर्दा राजनीतिक आन्दोलनमा सहभागी भएकै कारण प्रहरीले पक्राउ गरेर ५ दिन थुनामा राख्यो। बीचमा भएका विभिन्न आन्दोलनमा पनि मेरो सहभागिता रह्यो। म २०४७ सालमा सरकारी सेवामा प्रवेश गरेको हुँ। त्यसैले पनि मलाई राजनीतिक ज्ञान छ। साथै जनताका समस्यालाई राजनीतिमा लागेरै समाधान गर्न सकिन्छ भन्ने विश्वासले राजनीतिमा लाग्ने घोषणा गरेको हुँ।
यसअघि कुन पार्टीसँग निकट हुनुहुन्थ्यो?
दिवंगत रविन्द्र अधिकारी र म सहकर्मी हौं। हामी सँगै विभिन्न राजनीतिक आन्दोलनमा सहभागी भएका थियौं। सरकारी सेवामै रहँदा पनि चितवन राष्ट्रिय निकुञ्जबाट घर बिदा लिएर म २०६२/०६३ को आन्दोलनमा सहभागी भएको थिएँ। करिब १० वर्षदेखि म कुनै पार्टीसँग निकट छैन। राजनीतिक दलबाट जनताका आशा र अपेक्षा पूरा हुँदैनन् भन्ने लागेपछि म कुनै पार्टीसँग निकट रहिनँ।
कास्की–२ का मतदाताले तपाईंलाई किन मत दिने?
मैले अघि पनि भनें– जनताले विकल्प खोजेका छन्। बाँदरका कारण कृषकलाई भएको समस्या हल गर्न सक्ने क्षमता नेताहरूसँग छैन। म समस्या पहिचान गरेर त्यसको समाधान गर्न सक्छु। म जनतालाई निराश बनाउने छैन, जनताका अपेक्षा पूरा गर्नेछु। मेरो घोषणा–पत्र केही दिनमा तयार हुँदैछ। त्यसमा जनताका समस्यालाई कसरी सम्बोधन गर्न सकिन्छ भनेर मैले आफ्नो तर्फबाट गर्ने प्रतिबद्धताहरू त्यसमा हुनेछन्।
प्रस्तुतिः केशव राना
"> ‘चुनाव लड्नकै लागि सरकारी जागिर छाडें’: Dekhapadhi
‘चुनाव लड्नकै लागि सरकारी जागिर छाडें’
१७ कात्तिकमा नेपाल सरकारको उपसचिव पदबाट राजीनामा गरेका कमलजंग कुँवरले प्रतिनिधिसभा सदस्यका लागि आउँदो १४ मंसीरमा हुने उपनिर्वाचनमा कास्की–२ बाट स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्। चितवन राष्ट्रिय निकुञ्जमा प्रमुख संरक्षण अधिकृत (वार्डेन) रहँदा गैंडाको चोरी शिकार नियन्त्रणमा खेलेको भूमिकाका कारण चर्चामा रहेका ४८ वर्षीय कुँवरले अझै १० वर्ष सरकारी सेवामा रहने सुनिश्चित भए पनि चुनावी प्रतिस्पर्धामा होमिनकै लागि राजीनामा गरेको देखापढीलाई बताए । प्रस्तुत छ, कुँवरसँगको कुराकानीको सारसंक्षेपः
कर्मचारीका रूपमा चर्चामा हुनुहुन्थ्यो, अचानक नेता बन्ने सोच कहाँबाट आयो ?
सरकारी सेवामा कार्यरत रहँदारहँदै राजनीतिले कसरी तान्यो?
सरकारी सेवामा प्रवेश गर्नुअघि म राजनीतिक कार्यकर्ता नै थिएँ। मैले ४ कक्षामा पढ्दा २०३६ सालमा भएको पञ्चायतविरोधी आन्दोलनको जुलुस र सभाहरूमा सहभागिता जनाएको थिएँ। त्यसपछि जनमतसंग्रहमा बहुदलको पक्षमा हुने सभा, महंगीविरोधी आन्दोलन, भारतको मेघालयबाट धपाइएका नेपालीहरूको पक्षमा भएको आन्दोलन, २०४५ सालमा भारतले लगाएको नाकाबन्दीविरुद्धको आन्दोलनमा पनि सहभागी भएँ। २०४६ सालमा हेम्जा (कास्की)मा भएको पञ्चायती व्यवस्थाविरुद्धको आन्दोलनको नेतृत्व नै गरेको थिएँ। वन विज्ञान अध्ययन संस्थान, पोखरा क्याम्पसमा अध्ययन गर्दा राजनीतिक आन्दोलनमा सहभागी भएकै कारण प्रहरीले पक्राउ गरेर ५ दिन थुनामा राख्यो। बीचमा भएका विभिन्न आन्दोलनमा पनि मेरो सहभागिता रह्यो। म २०४७ सालमा सरकारी सेवामा प्रवेश गरेको हुँ। त्यसैले पनि मलाई राजनीतिक ज्ञान छ। साथै जनताका समस्यालाई राजनीतिमा लागेरै समाधान गर्न सकिन्छ भन्ने विश्वासले राजनीतिमा लाग्ने घोषणा गरेको हुँ।
यसअघि कुन पार्टीसँग निकट हुनुहुन्थ्यो?
दिवंगत रविन्द्र अधिकारी र म सहकर्मी हौं। हामी सँगै विभिन्न राजनीतिक आन्दोलनमा सहभागी भएका थियौं। सरकारी सेवामै रहँदा पनि चितवन राष्ट्रिय निकुञ्जबाट घर बिदा लिएर म २०६२/०६३ को आन्दोलनमा सहभागी भएको थिएँ। करिब १० वर्षदेखि म कुनै पार्टीसँग निकट छैन। राजनीतिक दलबाट जनताका आशा र अपेक्षा पूरा हुँदैनन् भन्ने लागेपछि म कुनै पार्टीसँग निकट रहिनँ।
कास्की–२ का मतदाताले तपाईंलाई किन मत दिने?
मैले अघि पनि भनें– जनताले विकल्प खोजेका छन्। बाँदरका कारण कृषकलाई भएको समस्या हल गर्न सक्ने क्षमता नेताहरूसँग छैन। म समस्या पहिचान गरेर त्यसको समाधान गर्न सक्छु। म जनतालाई निराश बनाउने छैन, जनताका अपेक्षा पूरा गर्नेछु। मेरो घोषणा–पत्र केही दिनमा तयार हुँदैछ। त्यसमा जनताका समस्यालाई कसरी सम्बोधन गर्न सकिन्छ भनेर मैले आफ्नो तर्फबाट गर्ने प्रतिबद्धताहरू त्यसमा हुनेछन्।
प्रस्तुतिः केशव राना
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्