पितृसत्ताको असमान र अव्यवहारिक विचार आजको नारीवादको लागि ‘रोनाधोना’ हो।
एक दशकअघि जन्मिएको शब्दको गुञ्जन अहिले ठूलो स्वरमा सुनिन थालेको छ। यस्तो लाग्छ, सामजिक जीवनमा यो फेरि फिर्ता आएको छ। नारीवादको चर्चा र महिलाको अस्तित्त्वलाई भर्जिनिया वुल्फले पहिलोपटक सिद्धान्तको क्षेत्रमा अनुभवसहित ‘पितृसत्ता’ भन्ने धारणालाई विकसित गरिन्। मलाई विश्वास छ, कुलपतित्त्व (पितृसत्ता) एउटा अन्यायपूर्ण सामाजिक प्रणाली हो जुन पुरुष र महिला दुवैका लागि हानिकारक छ।
यसले कुनै पनि सामाजिक, राजनीतिक, सांस्कृतिक वा आर्थिक संयन्त्र समावेश गर्छ, जसले महिलामाथि पुरुष प्रभुत्व जमाउँछ। असमान लैङ्गिकताको सबैभन्दा ठूलो विवाद अहिले दक्षिण एसियामा देखिएको छ। पछिल्ला तीन दशकदेखि नेपालमा देखिएको परिवर्तनजस्तो घटना अन्त कतै भेटिएको छैन।
यहाँ राजतन्त्र थियो, ध्वस्त भयो। अहिले हामी सङ्घीयतामा छौं। लैङ्गिक समावेशीकरणका लागि नीतिहरू तर्जुमा गरिएको छ। यो लैङ्गिक समानताका साथै अन्य सबैखाले समानताका लागि हो। नेपालको संसद्मा ६ प्रतिशत महिला उपस्थिति हुनु हालसम्मकै महत्त्वपूर्ण उपलब्धि हो।
नेपाल राजतन्त्रबाट प्रजातन्त्रमा पुग्यो। फलस्वरूप, लैङ्गिक समानता, धर्मनिरपेक्षतासहितको लोकतान्त्रिक नेपालको निर्माण भयो। नेपाल पहिलो राष्ट्र हो जहाँ ६ प्रतिशत महिलालाई संसद्मा मनोनयन गरिएको छ। यसका लागि माओवादी जनयुद्धले ठूलो भूमिका खेलेको हो, स्वीकार्नुपर्छ। यस अर्थमा माओवादीको सिद्धान्त प्रगतिशील थियो। नेपाल दक्षिण एसियामा समलिङ्गीलाई संसद्मा समावेश गर्ने पहिलो देश पनि हो।
अहिले एउटा चिन्तनको विकास भयो, जसले महिलाको पक्षमा बोल्यो। एक आन्दोलन ल्याए, जसले महिला शक्तिशाली रहेको प्रमाणित गर्यो र पुरुषले गर्न सक्ने सबै काम महिलाले गर्न सक्ने वास्तविकतालाई समाजसामु पस्कियो।
हामीले विगत ७० वर्षदेखि परिवर्तन देख्यौं। तर, अझै महिलाहरू यौनिक सीमाभित्र रहन बाध्य छन्, अझै यहाँ समस्या छ। जबसम्म कुनै महिला आफूसँग यौन सम्बन्ध राख्ने आग्रहसहित एक पुरुषकहाँ पुग्न सक्षम हुँदिनन् तबसम्म नारीवादको युग आउँदैन।
अब ‘फेमिनिज्म’ र अहिलेको युगको व्याख्या गर्नका लागि मेरो अनुभव अलिकति बाँड्न चाहन्छु। एकपटक म एउटा विवाह समारोहमा भाग लिन प्रदेश नम्बर २ मा गएकी थिएँ। जहाँ मेरो साथी राची शाहले उच्च वर्गको परिवारसँग विवाह गर्न लागेकी थिइन्।
वैवाहिक समारोहको समयमा, दुलही ठूलो स्वरमा हाँसेकी के थिइन् उनले रूखो बोलीको शिकार हुनुपर्यो- आफ्नै दुलहाबाट। जब उनले दुलहालाई जवाफ फर्काइन्, जोडले थप्पड लगाएर दुलहा तल झरे। उनले आफ्ना दुलहालाई त्यसबेलासम्म पनि नम्रतापूर्वक जवाफ दिइन्, ‘माफ गर, प्रिय! मैले जोडले हाँस्न हुँदैनथ्यो।’
मैले उनलाई अचम्मित हुँदै प्रश्न गरेँ, ‘तपाईं किन यस्तो व्यक्तिसँग विवाह गर्दै हुनुहुन्छ, जो तपाईंलाई यो हदसम्म अनादर गर्छ?’
उनले जवाफ दिइन्, ‘ज्यास्मिन म तिमीजस्तो बलियो छैन! हाम्रो संस्कृतिमा हामीसँग आफ्नो जीवनसाथी छान्ने अधिकार छैन, किनभने म केटा होइन, यदि म त्यो हुन्थेँ भने!’
यस्ता घटना हाम्रो समाजमा प्रत्येक दिन भइरहन्छन्। पुरुषले शासन गरिरहेको हुन्छ र कुनै न कुनै रूपमा हामीलाई आफ्नो मुख बन्द गर्न भनिरहिएको हुन्छ। जब यो नयाँ सूत्रमा ‘कुलपिता÷कुलपति’ शब्दको वर्चस्व बढ्न थाल्यो, यसले वामपन्थी विचारको नयाँ मार्ग खोल्यो। पारिवारिक, निजी सम्पत्ति र राज्यको उत्पत्तिमा एन्गेल्सले बाक्लोफेनको गहिरा कुरा राख्दै भने, ‘पुँजीवादको उदयका लागि ‘कुलपिता’ एक महत्त्वपूर्ण कारक तत्त्व हो।
उनको लागि पितृसत्ताको आगमन पितृत्वको मान्यता, एकल विवाह र पैतृक सम्पत्तिको निजी सम्पत्तिसँग सम्बन्धित थियो। महिला ‘लिङ्ग’ले विश्व ऐतिहासिक पराजयलाई प्रतिनिधित्व गर्छ। महिला सँगसँगै दासत्व पनि घरमा भित्रियो। महिलालाई अपमानित गरियो र कम उमेरमा दास बनाइयो! उनी आफ्नो अभिलाषाको दास बनिन् र बच्चाहरूको उत्पादनका लागि एक साधन बन्न पुगिन्।
म विस्तारै बोल्नुपर्छ। मैले शान्त व्यक्तित्त्व विकास गर्नुपर्छ। मैले सुन्दर हुनु आवश्यक छ। म ठूलो स्वरले हाँस्न सक्दिनँ। अँध्यारो हुनुभन्दा पहिल्यै घर फर्किनुपर्छ। किन? उत्तर एकदम सजिलो छ- म केटी हुँ र मलाई केटाहरू जस्तो हुन अनुमति छैन।
तर अहिले एउटा चिन्तनको विकास भयो, जसले महिलाको पक्षमा बोल्यो। एक आन्दोलन ल्याए, जसले महिला शक्तिशाली रहेको प्रमाणित गर्यो र पुरुषले गर्न सक्ने सबै काम महिलाले गर्न सक्ने वास्तविकतालाई समाजसामु पस्कियो।
म गाउँको संस्कृतिमा हुर्किएकी केटी, सहरमा आएर आधुनिकता अपनाएँ र फेसनको नाममा अर्धनग्न भएँ। तर मलाई यस कुरासँग कुनै हिचकिचाहट छैन। म प्रश्न गर्छु, के यही नै मानवजातिको प्रगति हो?
तर अझै पनि महिलाको सन्दर्भमा थोरै कुरामा बाहेक केही पनि परिवर्तन भएको छैन। युग परिवर्तन भइरहेको छ, यो २१औं शताब्दी हो। तर आजका महिलाले उनका पति, भाइ, बुवा आदिको अगाडि टाउको झुकाउँदै हिँड्नु पर्छ। पुरुषप्रधान समाजमा छोरीको रूपमा जन्मिनु र मर्नुबाहेक अरू कुनै दुःखको कुरो खोजिराख्नु पर्दैन। ‘ठूला’ बा र ‘कान्छो’ भाइहरूको शासनलाई अझै पनि एक महिलाले घरभित्र सहन गर्नु पर्छ र कष्ट भोग्नु पर्छ। जब एक छोराको रूपमा जन्मेको हुन्छ, आमाबुवाले उसको हरेक कुरासँग सहमत हुन्छन् जे खाए पनि, जति पैसा खर्च गरे पनि र जुनसुकै काम गरे पनि!
हामी छोरीहरू घरमा सबैभन्दा चाँडो उठ्नु पर्छ र घरको हरेक काम पूरा गर्नु पर्छ। परिवारको प्रत्येक सदस्यको सेवा र हेरचाह गर्नु पर्छ। जब खानाको लागि समय हुन्छ, सबैले खाइसकेपछि हामीले खानु पर्छ। जस्तो, हामी सधैं भान्छे हौं र हामीलाई भोक नै लाग्दैन या खाना बनाउन कुनै मेहनत नै लाग्दैन! आज मेरो छिमेकीले एक प्रश्न उठाइन्, ‘हे भगवान्, किन तपाईंले मलाई छोरीको रूपमा सृष्टि गर्नुभयो? किन उमेर बढेसँगै हामीलाई हारेको भाग्य दिनुभयो?’
‘ए छोरी, चारवटा पर्खालको यो जेललाई तोड!
तपाईं विद्रोह र सङ्घर्ष गर्नुहोस् र यो अवरोध तोड्नुहोस्!
छोरीहरूले प्रगति गर्न किन नपाउने?
आफ्नो अधिकारको लागि छोरी र बहिनीहरू आउनुहोस्, प्रगतिको लागि एकजुट हुनुहोस्।’
यस क्षण विश्वको सन्दर्भमा देखिएको ठूलो भिन्नतालाई भत्काउनु आवश्यक छ।
म गाउँको संस्कृतिमा हुर्किएकी केटी, सहरमा आएर आधुनिकता अपनाएँ र फेसनको नाममा अर्धनग्न भएँ। तर मलाई यस कुरासँग कुनै हिचकिचाहट छैन। म प्रश्न गर्छु, के यही नै मानवजातिको प्रगति हो? छेउछाउमा अरूले जेसुकै भनून्, यस सवालमा म अब आफ्नो जन्मको संस्कृतिहरूदेखि टाढा छु। म आधुनिकतामा यति अभ्यस्त छु कि म यसबाट बाहिर आउन सक्तिनँ। यो नै मेरो संस्कृति भइसकेको छ, समाजले जेसुकै भनिरहोस्।
नारीवादी विचार सकारात्मकरूपमा, हिंसाविरूद्ध वकालत गर्नका लागि ल्याइएको थियो। तर, उनीहरूले यो विचारको दुरूपयोग गरिरहेका छन्। आज हामी अपसोच गर्छौं कि म महिलावादी हुँ। यसैले गर्दा, यसैले म यो धारणालाई अस्वीकार गर्छु कि ‘महिलाको प्रकृति सर्वव्यापी हो र महिला यही कामको लागि निर्माण गरिएको छ।’
त्यसैले, सामाजिक विकास एक मात्र माध्यम हो, यसमार्फत् महिलाले आफ्नो पुरानो छाला छोड्न र आफ्नै नयाँ कपडा काट्न सक्छन्। नारी-पुरुष दुवैलाई एकअर्काको आवश्यकता छ र यिनीहरूले आफ्नो स्वतन्त्रताबाट उही महिमा प्राप्त गर्न सक्छन्। यदि तिनीहरू यस महिमाको स्वाद लिन्थे भने कुरा अर्कै हुन्थ्यो।
स्पष्ट छः आज कसैले यसलाई परिभाषित गर्ने कोसिस गर्नु हुँदैन। यसको निर्धारण भोलि बाँच्नेहरूको कल्पनामा निर्भर छ। अब एउटा बढ्दो धारणा छ कि, हामीलाई अब ‘फेमिनिज्म’को आवश्यकता छैन, किनकि यसले आफ्नो लक्ष्य भेट्न सकेन। नारीवादी आन्दोलनभित्रको वैचारिक विभाजनले यस प्रकारको धारणालाई बढी ऊर्जा दिएको छ।
यद्यपि, हामी बाध्यताबाट वञ्चित हुनु हुँदैन। उनीहरूबीच मतभेदहरू हुँदाहुँदै यहाँ अझ ठूलो सत्य छ, जुन सबै नारीवादीहरूले स्वीकारेका छन्-असमानताको सत्यता।
त्यसकारण, अब हामीले फेरि आधारभूत प्रश्न सोध्नुपर्छ। यो अब हामीले लेनिनिस्ट र चे ग्वेभारा अनुयायीहरूलाई फेरि पनि सोध्नु पर्छ- ‘के हुनु पर्छ र के गर्नुपर्छ?’ हामीलाई फेमिनिज्मको आवश्यकता छ। पहिलेभन्दा बढी म आफूलाई ‘फेमिनिस्ट ज्यास्मिन ओझा’ भन्छु। मेरो मन पर्ने मौसम पितृसत्ताको पतन हुनेछ। जहाँ दुवै पुरुष र महिला समान ‘सम्मान’का साथ अगाडि आउँछन्। यसकारण यो मेरो मन पर्ने मौसम हो।
" /> पितृसत्ताको असमान र अव्यवहारिक विचार आजको नारीवादको लागि ‘रोनाधोना’ हो।एक दशकअघि जन्मिएको शब्दको गुञ्जन अहिले ठूलो स्वरमा सुनिन थालेको छ। यस्तो लाग्छ, सामजिक जीवनमा यो फेरि फिर्ता आएको छ। नारीवादको चर्चा र महिलाको अस्तित्त्वलाई भर्जिनिया वुल्फले पहिलोपटक सिद्धान्तको क्षेत्रमा अनुभवसहित ‘पितृसत्ता’ भन्ने धारणालाई विकसित गरिन्। मलाई विश्वास छ, कुलपतित्त्व (पितृसत्ता) एउटा अन्यायपूर्ण सामाजिक प्रणाली हो जुन पुरुष र महिला दुवैका लागि हानिकारक छ।

">