म गुटमुटिएको छु सिरकभित्रै। मनमा आएको छ यो कविता। तर, लेख्न सक्दिनँ न त बोल्न नै सक्छु कसैलाई लेखिदे भन्नका लागि। म त्यही बचेराजस्तै छु। बुरुक्कबुरुक्क उफ्रन्छु र सोच्छु एक दिन त अवश्य उड्ने छु। र, सकिनँ भने पनि यस्तो उफ्राई उफ्रिनेछु कि ती उड्नेहरू भन्दा धेरै माथि पुग्ने छु। र, हेर्ने छु माथिबाट तलतिर, आखिर यिनीहरूको उडान माथिबाट हेर्दा कस्तो देखिन्छ? कति माथि उड्दा रैछन् त यिनीहरू!
निन्द्रा त राति नै आफ्नो बाटो लागिसक्यो। बेचैनीहरू बोकेर तयार हुँदैछु भोलिको युद्धका लागि। भोलि निकै ठूलो युद्ध छ। उसो त यो मेरो आठौं युद्ध हो। यसअघिका सात युद्धहरूमा मैले जितेँ या हारेँ मलाई कसैले यसका बारेमा भनेको छैन। यो आठौं युद्ध शुरू हुनुभन्दा अघि नै म हारिसकेको छु। अर्थात् भोलि म आठ वर्षको पुग्दैछु। मेरो आठौं जन्मदिन।
मलाई मेरै बाआमाले बोकेर निशानामा राख्छन् र पालैपालो क्यामेराको लेन्सको बन्दुक हान्छन् सबै मिलेर। म बल लगाएर आफूले आफैंलाई शक्ति दिन खोज्छु।
तपाईं भन्नु होला, जन्मदिन कसरी युद्ध हुन सक्छ? तर मेरा लागि यो युद्धभन्दा पनि भयानक हुन्छ। युद्धमा त तपाईंले पनि हान्न सक्नु हुन्छ। तपाईं आफूलाई सुरक्षित राख्न सक्नु हुन्छ र अझै तपाईंसँग सुरक्षाका लागि सामान हुन्छन् अनि हान्नका लागि बन्दुक पनि। तर जन्मदिनमा त म यी सबै कुराबाट वञ्चित हुन्छु। मेरो जन्मदिनमा रमाउन आएका थुप्रै ‘मेराहरू’ मेरो अगाडि र पछाडि लस्करै क्यामेरारूपी बन्दुक बोकेर बसेका हुन्छन्।
मलाई मेरै बाआमाले बोकेर निशानामा राख्छन् र पालैपालो क्यामेराको लेन्सको बन्दुक हान्छन् सबै मिलेर। म बल लगाएर आफूले आफैंलाई शक्ति दिन खोज्छु। बाबा र आमाको बीचमा उभिएको बेला क्यामेरा तेर्साउने ‘अङ्कल’ या ‘अन्टी’ ले ‘रेडी’ भन्दा बाबाआमासँगै मुसुक्क मुस्काइदिनेछु। फेसबुकमा पोस्टिएर सबैलाई भन्ने छु– म पनि तपाईंसँगै मुस्कुराउन सक्छु। र, बाबाआमा पनि छाती खोलेर फोटो तल ‘स्टाटस’ लेख्ने छन् ‘खुलेको आकाशमा फुलेको फूलजस्तै मेरो छोरो।’
युद्धमा हिँडेको लाहुरेजस्तै म आफूले आफैंलाई तयार पारेर बीच्चमा बस्छु र हेर्छु बाबातिर। तर, त्यहीबेला क्यामेरा चलाउनेले ‘रेडी’ भनिदिन्छ। र, म सुन्छु उसले भनिसकेपछि। अनि हेर्छु बाबाको मुखतिर मुस्कुराउने बेला भयो कि भनेर, बाबा मुस्कुराइसकेका हुन्छन्। र, फेरि हेर्छु आमातिर, आमा काली भइसक्छिन्। र, क्यामेरा तेर्साउनेले भन्छ ‘पोज’ मिलेन।
मलाई लुक्न मन लाग्छ। भाग्न मन लाग्छ। म दौडेर बगैंचामा जान्छु र बोल्छु फूलहरूसँग। फूलहरू मलाई सुनिरहन्छन् र मुस्कुराइरहन्छन्। त्यसैले मलाई फूल साह्रै मन पर्छ। पुतली आउँछ र फूलमा बस्छ। तर, मैले देख्नुअगावै त्यो उडिसकेको हुन्छ।
हाँस्ने बेलामा म हाँस्न सकिनँ। र, फेरि फर्कन्छ क्यामेराको नाल मतिर। म हाँसिदिन्छु खिसिक्क उसले ‘रेडी’ भन्नुअगावै। र, उसले ‘रेडी’ भेनको मेरो कानमा आउँदासम्म बाबाआमा हाँसिसकेका हुन्छन्। अहँ म ‘टाइमिङ’ मिलाउनै सक्दिनँ। म त सक्दिनँ मेरो कमजोरी नै होला, तर मलाई सक्दैनस् भन्नेहरू मेरो मुस्कानसँग आफ्नो ‘टाइमिङ’ मिलाउन किन सक्दैनन्? यो सम्झेर दिक्क लाग्छ। र, क्यामेराको हरेक ‘फायर’मा म घाइते मात्र हुन्छु।
मलाई लुक्न मन लाग्छ। भाग्न मन लाग्छ। म दौडेर बगैंचामा जान्छु र बोल्छु फूलहरूसँग। फूलहरू मलाई सुनिरहन्छन् र मुस्कुराइरहन्छन्। त्यसैले मलाई फूल साह्रै मन पर्छ। पुतली आउँछ र फूलमा बस्छ। तर, मैले देख्नुअगावै त्यो उडिसकेको हुन्छ। म समात्न खोज्छु पुतलीलाई ऊ माथि पुगिसकेको हुन्छ। ऊ मुस्कुराउँछ। समातिनुभन्दा अगाडि फत्किनुको मज्जा उसले भन्दा राम्ररी कसले बुझेको होला? तर, म त्यो पुतलीजस्तो भाग्यमानी भने छैन। बेलाबेला समातिरहन्छु। र, लेख्न मन लाग्छः
म देख्छु,
पुतली उडिसकेपछि,
र, बाबा समातेनस् भनेर रिसाउँछन्।
म सुन्छु,
गीत बजिसकेपछि,
र, आमा नाचिनस् भनेर आँसु झार्छिन्।
र, म सोच्दैछु कि,
यस्तो फूल रोप्नेछु,
जहाँ पुतली,
मैले समातिसकेपछि,
बल्ल अरुले देखुन्,
र, पुतलीलाई,
उसकै आकाशमा छोडेपछि,
नाच्नेछु म बाबाआमासँग छमछमी।
म आफू जन्मेकोमा गर्व गर्छु। मलाई फिटिक्कै चिन्ता छैन मेरो आफ्नो। मलाई थाहा छ, म विशेष छु मेरा लागि। तर, बाबाआमाले गरेको चिन्ताले भने मलाई पिरोली राख्छ। म बुझ्न खोज्छु, तर सबै उल्टो किन हुन्छ? मलाई पानी असाध्यै मन पर्छ। पानीमा भिज्दा मलाई शीतल हुन्छ। भित्रभित्रै बाफिएको म ‘अक्वारियम’का माछाहरूसँग एक्लैएक्लै धेरै बेर कुरा गर्छु। र सोच्छु, म पनि समुद्रमा भएको भए? त्यहाँ न त कसैले कसैसँग बोल्नु पर्छ न त हाँस्नु पर्छ न त रुनु पर्छ। बस् मज्जाले जताजता जान मन लाग्छ एकनाशले पौडिरहन पाइन्छ।
अँ त, म जन्मदिनको कुरा गर्दै थिएँ। अघिल्लो जन्मदिनमा ठ्याक्कै त्यस्तै भएको थियो। क्यामेराको आक्रमणले घाइते भएपछि म भागेर बगैंचामा आएँ। ‘केक’ काट्ने बेला भयो क्यारे बाबा र आमा खोज्दै बगैंचामै आइपुगे। म अलिक कुनातिर लुकेको थिएँ। बाबाले पाखुरीमा समातेर ताने र केही बोले। तुरुन्तै नबुझे पनि मलाई थाहा थियो ‘केक’ काट्ने बेला भएको थियो। र, म त्यहाँ फेरि सिकारीको निशाना बनेर जानु पर्थ्यो।
मलाई यही खुल्ला आकाश प्यारो छ। मेरो जन्मदिनको उपहारलाई आज एक दिन म जसरी चाहन्छु त्यसरी बाँच्न दिनुस्। के थाहा तपाईंले कुनै ‘क्लु’ भेट्नुहुन्छ कि?’ बाबाले गालामा एक चड्कन दिए। अहँ मानिनँ। थाहा थियो मलाई अब अर्को गालामा पनि भेट्छु।
अब त बन्दुक होइन ‘मेसिनगन’ नै चल्नेवाला थियो। ‘फेसबुक लाइभ’ बाट सबैले हेर्नेवाला थिए मेरो सिकार भएको। र, सबैले ताली पिट्ने थिए। साँच्ची भनुँ भने मेरो जन्मदिनमा मबाहेक बाँकी सबैले युद्ध जित्दै थिए। मैले मानिनँ। बाबाले फेरि ताने। अहँ मैले नसके पनि जोड लगाएँ। माथि आकाशमा हेरेँ र भन्न खोजेँ ‘बाबा छाडिदिनुस् मलाई।
मलाई यही खुल्ला आकाश प्यारो छ। मेरो जन्मदिनको उपहारलाई आज एक दिन म जसरी चाहन्छु त्यसरी बाँच्न दिनुस्। के थाहा तपाईंले कुनै ‘क्लु’ भेट्नुहुन्छ कि?’ बाबाले गालामा एक चड्कन दिए। अहँ मानिनँ। थाहा थियो मलाई अब अर्को गालामा पनि भेट्छु। तर, भित्र क्यामेराको बन्दुकभन्दा चड्कन मेरा लागि निकै कम शक्तिशाली थियो। दुई गालामा भेटेपछि बाबालाई धकेलिदिएँ र भुइँमा लडीबुडी खेल्न थालेँ। मेरो अन्तिम अस्त्र थियो त्यो आफ्नो बचाउमा। आमाले विस्तारै उठाएर भनिन्- ‘बाबाले कुटेको होइन माया गरेको हो।’ र, मैले उठेर आफूले आफैंलाई धेरैबेर माया गरिरहेँ र आमाको पछिपछि पुगेँ ‘केक’ स्थलमा।
अब म हारिसकेको थिएँ। मेरा बाबाआमा पनि हारिसकेका थिए। यो युद्धमा जित कसको भो त्यो मैले अहिलेसम्म ठम्याउन सकेको छैन। क्यामेराहरू चले। लाइभ भयो। गुब्बाराहरू पड्किए। सबै हाँसे। म पनि हाँसे, तर मेरो ‘टाइमिङ’ मिल्दैन। जब म अरु हाँसेको देख्छु र आफैं हाँस्छु तबसम्म अरु हाँसिसकेका हुन्छन्।
अब शान्ति छाउला भन्दा, मेरो हातमा थमाइदिए चक्कु। र, भन्छन्– केक काट्। अहँ मलाई चक्कु समाउनै आउँदैन। म सोच्छु त्यो केक मेरो हो भने म काट्दिनँ। केकलाई दुख्यो भने? मन दुख्दा कस्तो हुन्छ त्यो त मलाई थाहा छ नि! फेरि केकको मन किन दुखाउने? मेरो केक मलाई काट्न मन नै लाग्दैन। बाबाले मेरो हात समातेर काटेर केकको टुक्रा निकालेर सबैलाई खुवाउन खोज्दा म उफ्रिएँ र भन्न खोजेँ ‘यो केक मेरो हो। म काट्दिनँ। तपाइँहरू आफ्नाे केक ल्याउनुस् र काट्नुस्।’ तर मैले भन्नु खोज्नुअघि नै केक काटिइसक्यो। बचेको केकसँग खेल्न मन लाग्यो र मैले जोड्न खोजेँ काटिएको केक। तर केक त अघि कोठा भरि छरिइसकेछ।
म दौडेर माथि गएँ। भो यो दुनियाँभन्दा त बरु मोबाइल नै ठीक छ। मोबाइल समातेँ र हेर्न थालेँ म जस्तैहरूको जन्मदिन युट्युबमा। मलाई याद आयो मेरो छिमेकी साथीको सातौं जन्मदिन अस्तिमात्र मनाएको, निकै रमाइलो भा’को थियो। उसको ‘टाइमिङ’ राम्रो छ त्यसैले क्यामेराहरू बन्दुक बन्दैनन्। म माथि सिरक ओढेर युट्युबमै रमाइरहेँ। तल मेरो जन्मदिनमा सबै खुशी थिए। नाच्दै थिए।
म झसङ्ग भएँ त्यही सम्झेर। हिजो मात्र ठूलै केक ‘अर्डर’ दिएका छन् बाबाले। र, आमाले मेरो लागि विशेष कपडा। त्यसैमा सजिएर फेरि निशाना बन्नु पर्छ कि? बाबा र आमाको मुख हेरेँ हल्का उज्यालोमा तर रिस उठेन, माया लाग्यो। दुवैको गालामा एकएक चुम्बन गरेर म फेरि गुट्मुटिएँ एक्लै आफ्नै संसारमा। र, योजना बनाएँ म बिरामी छु भनिदिन्छु।
आमाले हात समातिन्। बाबा र म सँगसँगै आमाको पछि लाग्यौं। खै किन हो, बाबाआमाले नुहाइँदिँदा पनि चुपचाप बसेँ। अहँ बाख्राको पाठो उफ्रेझैं उफ्रन मन लागेन।
बिहान बाबाआमा उठेपछि खाजा तयार गरेर मलाई हेर्न आए। बाबा आउनासाथ म निदाएजस्तो गर्थें। अति भएछ क्यारे उठाएरै लगे। म तल गएँ। अहो, बैठक कोठा सजिएको थियो अघिल्लो वर्षझैं। अझै बढी रौनक थियो। माछाहरू ‘अक्वारियम’ भित्र बिन्दास पोडिँदै थिए। सायद अघिल्लो भन्दा भव्य हुनेछ, मेरो जन्मदिन। अझै धेरै मान्छे आउनेछन्। म निकै डराएँ। र, भागेर गएँ फेरि बगैँचामा फूलको पछाडि लुक्न।
बाबा आए लिन। म लुकिरहेँ। तर बाबा पहिले जस्तो कालो थिएनन्। रिसाएनन् पनि। र, मसँगै आफू पनि फूलमै लुक्न थाले। मैले चिमोटेँ आफूलाई। अहँ विपना नै थियो। आमा पनि आइन् मलाई खोज्न, पहिलोपल्ट म बाबाको काखमा लुकेँ। अहो, आमाले भेट्ने त कुरै भएन। कति सुरक्षित लुक्ने ठाउँ।
आमाले हात समातिन्। बाबा र म सँगसँगै आमाको पछि लाग्यौं। खै किन हो, बाबाआमाले नुहाइँदिँदा पनि चुपचाप बसेँ। अहँ बाख्राको पाठो उफ्रेझैं उफ्रन मन लागेन। मलाई हिजो मात्र ल्याएको कपडा लगाइदिए। र, बैठकमा लगेर छाडिदिए। अगाडि ‘केक’ थियो। अघिल्लो वर्षको भन्दा नि ठूलो। तर चक्कु थिएन। सायद आज केकलाई काटिनु पर्दैन। मोबाइल पनि तेर्सिएन। कोही पनि आएन। म घरी केकलाई र घरी बाबाआमालाई हेरिरहेँ। बाबाआमा गम्भीर थिए। म मुसुकक मुस्कुराएँ। बाबाआमा पनि अलिकति आँसुसँगै धेरै मुस्कुराए। आज पहिलोपल्ट हाम्रो मुस्कानको ‘टाइमिङ’ मिल्यो। पक्कै बाबाआमाले थाहा पाए, कसरी ‘टाइमिङ’ मिलाउने भनेर।
स्विमिङपुल पुगेपछि बल्ल थाहा भो आज पौडी पनि विशेष रहेछ। आज पहिले जस्तो अलिअलि गहिरोमा छ्यापछ्याप होइन रहेछ। मैले साँच्चिकै पौडिनु पर्ने। त्यो पनि ठूलो मान्छेले झैं पौडी पोखरीको यो कुनाबाट त्यो कुनासम्म।
म दगुरेर गएँ र बाबाआमालाई अँगालो हालेँ। अनि भान्सामा गएर हात धोएँ। र, केक नकाटिकनै हातले निकालेर बाबाआमालाई खुवाइदिएँ। बाबाआमाले केही बोलेनन्। मलाई अँगालिरहे मात्र। मनमनै सोचेँ, अहो मैले रातभरि कस्तो नचाहिने सोचेको। समय परिवर्तनशील छ नि! पक्कै अब मेरो समय आउने छ। आज पहिलोपल्ट मेरो जन्मदिन मेरै लागि थियो।
बाबाले ट्याक्सी मगाए र हामी तीनैजना निस्कियौं घरबाट। पक्कै पनि ‘स्विमिङपुल’ लैजान लागेको हुनु पर्छ। मलाई पौडिन साह्रै मन पर्छ। र, मेरो जन्मदिनको कोसेली यो भन्दा ठूलो के हुन सक्ला र! स्विमिङपुल पुगेपछि बल्ल थाहा भो आज पौडी पनि विशेष रहेछ। आज पहिले जस्तो अलिअलि गहिरोमा छ्यापछ्याप होइन रहेछ। मैले साँच्चिकै पौडिनु पर्ने। त्यो पनि ठूलो मान्छेले झैं पौडी पोखरीको यो कुनाबाट त्यो कुनासम्म। पहिले पनि मलाई यस्तै गराउन खोजिएको थियो। तर मैले मानेको थिइनँ। आजचाहिँ केही फरक थियो। मेरो जन्मदिनमा मेरा बाबाआमाले पहिलो पल्ट मलाई मेरो मुस्कान दिएका थिए। र, मसँग मौका थियो बाबाआमाको विश्वासमा खरो उत्रने।
मलाई पौडी सिकाउने गुरुआमा थिइन् मसँगै। म पौडीको एक छेउमा तयारी अवस्थामा थिएँ। इशारा पाएसँगै शुरू गरेँ मेरो पौडी रेस। बीचतिर पुगेपछि निसास्सिएँ। सोचेँ, सक्दिन कि? डुब्छु कि? तर बाबाआमा सम्झेँ। अनि हुत्तिँदै गएँ। मसँगै मेरी गुरुआमा थिइन्। डुब्न त डुब्थिनँ म। तर मेरो चुनौती अर्को कुना पुग्नु थियो। सबैतिर शून्य भयो। केवल अर्को कुनामात्र देखेँ। आखिर पुगिछाडेँ अर्को कुनामा। अँगालो हालेँ मेरी गुरुआमालाई। र, हेरेँ बाबाआमातिर।
बाबाआमा न हुन्, अर्कोपल्ट मलाई अझै गाह्रो होस् भनेर होला ‘स्विमिङपुल’ मा आँखाबाट निकालेर थोरै पानी थपे। आज राति बाबाआमासँग मज्जाले नाच्ने छु। र, आफ्नो फोटो फेसबुकमा राखेर भन्नेछु– हो म ‘अटिजम’ बच्चा हुँ।
‘ह्याप्पी बर्थ डे टु मी !’
" /> दर्जन बचेराहरूबीच एक बचेरा,म गुटमुटिएको छु सिरकभित्रै। मनमा आएको छ यो कविता। तर, लेख्न सक्दिनँ न त बोल्न नै सक्छु कसैलाई लेखिदे भन्नका लागि। म त्यही बचेराजस्तै छु। बुरुक्कबुरुक्क उफ्रन्छु र सोच्छु एक दिन त अवश्य उड्ने छु। र, सकिनँ भने पनि यस्तो उफ्राई उफ्रिनेछु कि ती उड्नेहरू भन्दा धेरै माथि पुग्ने छु। र, हेर्ने छु माथिबाट तलतिर, आखिर यिनीहरूको उडान माथिबाट हेर्दा कस्तो देखिन्छ? कति माथि उड्दा रैछन् त यिनीहरू!

">