काठमाडौं । सुन्नासाथ सन्न भइन् उनी । प्रस्ताव नै त्यस्तै थियो । यस्तो प्रस्ताव आउला भनेर कल्पना नै कहाँ गरेकी थिइन् र रोजिता बुद्धाचार्यले ! उनी त दिउँसोपख नुहाएर घाममा लामो कपाल सुकाइरहेकी थिइन् । थिएटर भिलेजमा ‘चारुमती’ नाटकको प्रदर्शन सकिएको खासै धेरै भएको थिएन । एक हिसाबले फुर्सदमै थिइन् उनी ।
त्यहीबेला आएको थियो भिलेजका बिमल सुवेदीको फोन । चिसै कपाल लिएर पुगेकी थिइन् उनी ।पुगेपछि देखिन् बिमलसँगै बिनोद बिष्ट, मुक्ति बराल उपाध्याय लगायतले उनलाई कुरिरहेका रहेछन् । रोजिताको लामो कपाल देखेपछि बिनोदले सोधिहाले, “तिम्रो कपाल एकदमै लामो रहेछ, कुनै क्यारेक्टरको लागि काट्नुपर्यो भने काट्छौ ?”
रोजिताले केही नसोची भनिदिइन्- “काट्छु ।” यद्यपि उनलाई थाहा थिएन कुन भूमिकाको लागि प्रस्ताव गरिँदैछ । थियो त केवल हृदयमा एउटा उत्कट अभिलाषा । अभिनयका हरेक पाटोमा आफूलाई उजागर गर्ने । हरेक चुनौतीलाई स्वीकार्ने । जाबो कपाल त के नै थियो र !
तर प्रश्नको लहर त्यत्तिमै रोकिएन । विनोद र मुक्तिले बयान लिएजसरी सोध्दै गए । उनले हरेकको जवाफमा ‘हुन्छ’को मोहर लगाइरहिन् । अन्तिममा त्यही प्रस्ताव राखियो । र, उनी सन्न भइन् ।सोधिएको थियो – “साहित्यकार झमक घिमिरेको जीवनमा आधारित चलचित्र ‘जीवन काँडा कि फूल’ बन्दैछ, त्यसमा झमकको भूमिकामा खेल्ने हो ?
“प्रश्न सुनेर दिमाग टुनुन्न भयो । उत्साह भन्दा पनि डर बढी भयो । त्यो भूमिकामा आफूलाई उतार्ने काम कति जिम्मेवारपूर्ण हो भन्ने मैले बुझेकी थिएँ”, आजबाट प्रदर्शन हुने फिल्ममा जोडिँदाको क्षण उनले यसरी सुनाइन् । प्रस्ताव आएपछि केहीबेर मौन भइन् । खासमा अलमलमा परिन् ।
पछाडि फर्केर हेरिन् आफ्नो अभिनय यात्रा । रहरै–रहरमा शुरु भएको थियो उनको यो यात्रा । सानोमा बुवाले २५ पैसामा पहिलो शो देखाउन फिल्म हल लैजान्थे । फिल्ममा देखेको दृश्य घरमा पुगेर आमालाई सुनाउँथिन् । यस्तै–यस्तै रहरले उनलाई थिएटर पुर्याएका थिए । रहरैरहरमा रंगमञ्चमा उत्रिएकी थिइन् । केही नाटकमा अभिनय गरेकी थिइन् ।
तर फिल्म ? त्यो पनि झमक घिमिरेको भूमिका ? सोचिन्– झमकको भूमिकामा खेल्न सजिलो पक्कै छैन । झमक शरीर मात्र होइनन्, मानसिकता पनि हुन् । झमक संघर्षमात्र होइनन्, दृढ अठोट पनि हुन् । झमक अपवाद मात्र होइनन्, विशिष्टता पनि हुन् । उनको मानसिकता, अठोट, विशिष्टता प्रस्तुत गर्न सकिएला त ?
साँच्ची अलमलमा परिन् रोजिता बुद्धाचार्य । मन त थियो– हुन्छ भनिदिउँ । तर डर पनि थियो– सकिएन भने ? अर्को डर थियो– आएको यही मौका गइहाल्यो भने ? हत्तेरी, कस्तो फसाद ! परिक्षा हलमा प्रश्नपत्र कुरिरहेको विद्यार्थीजस्तै आत्तिइन् उनी । उनी अलमलमा परेको देखेर थिएटर भिलेजकै बिमलले भनिदिए– “उनले सक्छिन्, म सिकाउँला ।” सन् २०१४ मा रोजितालाई आएको थियो यो प्रस्ताव । छायांकन भने २०१६ मार्चदेखि मात्रै शुरु भयो । यो डेढ वर्षमा उनले आफूलाई झमक बनाउने तयारी गरिन् ।
०००
रोजिताबाट झमक बन्नु सजिलो कहाँ थियो र ? सबैभन्दा पहिले त झमकलाई चिन्नुपथ्र्यो । उनले भने किताबमा मात्र भेटेकी थिइन् झमकलाई । कलेज पढ्दाताका पुतलीसडकको बाटो हिँड्दै गर्दा गाता मन परेकाले झमकको आत्मवृतान्त ‘जीवन काँडा कि फूल’किनेकी थिइन् । त्यही किताबबाट मात्र उनले झमको जीवन चियाएकी थिइन् ।
यत्तिले कहाँ पुग्थ्यो र ! चलचित्रका लागि अभ्यास शुरु गर्नुभन्दा पहिला बिमलले उनलाई झमक चिन्न लगाए । आत्मवृतान्त मात्रै ६÷७ चोटि पढ्न लगाए । पटकपटकको अध्ययनमा उनले आफ्नो बुझाईमा परिवर्तन पाइन् । बुझ्ने तरिका, हेर्ने दृष्टिकोण र समय–सन्दर्भलाई विश्लेषण गर्ने तरिका फेरिँदै गयो । शुरुमा रोजिता भएर पढ्थिन्, पछि झमक नै भएर पढ्न थालिन् । त्यतिन्जेलसम्म पनि उनले झमकलाई प्रत्यक्ष भेटेकी थिइनन् । युट्युवका भिडिओ पछ्याउन थालिन् ।
किताब र भिडिओको चरणपछि बल्ल तालिम शुरू भयो । चलचित्रको तालिम शुरू गर्दा रोजिताले झमकको नक्कल गर्छिन् कि भन्ने चिन्ता थियो । बिमललाई रोजितालाई झमकको नक्कल गराउनु थिएन । “मैले झमक दिदीलाई बुझोस् भन्ने इच्छा उहाँको थियो,” रोजिता भन्छिन्, “त्यसैले दाइले शुरूमा मलाई परिवर्तन गर्नुभयो ।”
०००
तालिमका दिन सजिला भने थिएनन् ।
त्यतिबेला ‘थिएटर भिलेज’ काठमाडौंका व्यस्त रंगमञ्चमध्ये एक थियो । नाटकहरु भइराख्थे । अरु नाटकका रिहर्सल पनि थिएटरमै हुन्थे । फिल्मको रिहर्सलको लागि कि सबै नाटक सकिएपछिको खाली समय कुर्नुपथ्र्यो, कि त बिहान सबेरै शुरु गर्नुपथ्र्यो ।
रिहर्सल कहिलेकाहीँ बेलुकीदेखि राति तीन चार बजेसम्म लम्बिन्थ्यो । रोजिताले यी रिहर्सलमै मजा लिन थालिन् ।
तर कहाँ सजिलो थियो र झमक हुनु ? कति कठिन थियो, सुनाउँछिन् रोजिता ।
एकदिन बिमलले थिएटरमा ह्वीलचियर ल्याए । रोजितालाई बस्न लगाए । रोजिता गएर सामान्य ढंगले बसिन् । बिमललाई चित्त बुझेन । ठूलो ढुंगा खोजेर ल्याई ह्वीलचियरमाथि राख्न लगाए । ढुंगा राखेपछि फेरि त्यसमा बस्न भने । ह्वीलचियरमा ढुंगा भएपछि उनलाई सकस भयो ।
रोजिताले अप्ठेरो महशुस गरेको देखेपछि बिमलले भने, “त्यो सकस तिम्रो मनमा भइरहनुपर्छ ।” झमकको जीवनको वास्तविक शिक्षा उनले पहिलोपल्ट त्यहीँ पाएको महशुस गरिन् ।
बिमलले शुरुमै झमकको जीवनका अंशहरु रोजितालाई गर्न दिएनन् । शुरुमा बिमलले दायाँ हातले लेख्ने रोजितालाई बाँया हातले लेख्न सिकाए । केही दिनमा बायाँ हातको शक्ति बढ्यो । त्यसपछि दायाँ खुट्टा अनि बायाँ खुट्टाले लेखाउन थाले । खुट्टाको मात्रै शक्ति बढेर पुग्दैनथ्यो । झमकको जीवनमा खुट्टाका औंलाको भूमिका महत्वपूर्ण छ । त्यसैले रोजिताले पनि औंलाको शक्ति बढाउनुपर्यो । खुट्टाका औंला चलाउन उनले सानो–सानो काम खुट्टाले गर्न थालिन् । खुट्टाका औंलाले कागज, ब्रस उठाउने गर्न थालिन् ।
जगमा पानी भरेर ल्याउने देखि चिया पिउनेसम्म । तालिमका यी दिनमा निकै चाखलाग्दा घटना पनि भएका छन् जसले रोजितालाई झमक हुन सघाएका छन् ।
एकदिन बिमलले रोजितालाई फोन गरेर भने, “तिमीलाई मनपर्ने खानेकुराको नाम भन, म तिमीलाई सबै खानेकुरा खुवाउँछु ।”
भोकले लखतरान परेकी उनले मनपर्ने खानेकुरा जति सबैको नाम भनिदिइन् । अफिसपछि थिएटर पुग्दा माछाको झोलको वास्ना फैलिएको थियो । अरु खाना पनि उनको अगाडि थियो । “तिमीलाई भोक लागेको छ होला खाजा खाम्,” बिमलले भने ।
मन पर्ने परिकार देखेपछि मन कहाँ मान्थ्यो र ? उनी हतारहतार खाजा खान अगाडि सरिन् । बिमलले शुरुमा अण्डा–चिउरा रोजिताको अगाडि राखिदिए । रोजिता हातैले खान तम्सिइन्, तर बिमलले पहिलोपटक उनलाई ‘खुट्टाले खाएर देखाऊ’ भने ।
“त्यो अण्डाचिउरा खुट्टाले खान सक्यौ भने मात्रै अरु खान पाउँछौ भन्नुभयो,” रोजिता सुनाउँछिन्, “मैले खाएर देखाएँ ।”
यसरी रोजिताले बिमलका हरेक परिक्षा पार गर्दै गइन् । अनि बल्ल बिमलले किताबको बिचबिचका अंश लिएर उनमा के संवेदना आउँछ भन्ने परिक्षण गर्न थाले । झमकको युवावस्थाको एक अंशलाई कल्पना गर्दा पनि राति साढे एक बजे रोजिता अत्तालिएर रोएकी थिइन् । त्यतिबेला पहिलोपटक झमकको दुखाईलाई महशुस गर्न सकेको उनी बताउँछिन् ।
झमक बन्न उनले ४० वर्ष पहिलेको धनकुटाको विकट गाउँको परिकल्पना गरिन् । त्यो गाउँमा शारीरिक रुपमा अशक्तता लिएर जन्मँदा उनको पुरै परिवारलाई परेको तनाव कल्पना गरिन् । त्यो कठिनाइबाट गुज्रेर आएकी झमकको जीवन महसुस गर्ने प्रयास गरिन् ।
हो त, झमकको जीवन काँडैकाडाँले भरिएको थियो । उनलाई बच्चैमा मार्नुपर्छ, पढ्न लेख्न दिनुहुन्न भन्ने धेरै थिए । उनले कोइलाले ‘क’ लेख्दा ऋण लाग्यो भन्ने कति धेरै थिए । झमकको आमाको नजिकबाट जान हुँदैन, हाम्रो पनि त्यस्तै बच्चा जन्मन्छ भन्ने कति धेरै थिए ।
तर हार मानिनन् झमकले । र त अठोट र संघर्षको प्रतीक बनेकी छन् उनी । त्यही अठोट र संघर्ष देखाउनु थियो रोजिताले । एक वर्ष रोजिताले गरेको सिंगो प्रयत्न आफूबाट मुक्त भएर झमक बन्नु थियो । हो, पटकपटक झमकमा रोजिता मिसिन आइपुग्थ्यो । पटकपटक उनी अलमलमा पर्थिन् । त्यतिबेला उनलाई साथ दिने झमक नै थिइन् ।
चलचित्रको सुटिङ धनकुटामा झमकको घर र बारीमा भएको थियो । झमकले सुटिङ हेरिरहन्थिन् । त्यसैले अलमल हुनासाथ झमकसँग सोध्ने सुविधा उनले पाएकी थिइन् ।
०००
झमकको चरित्रमा आफूलाई उभ्याउँदा रोजिताले धेरथोक सिकेकी छन् । आफैमा परिवर्तन भएको पाएकी छन् । सबैभन्दा ठूलो उपलब्धी हो– उनी पनि झमकजस्तै अठोट राख्न सक्ने भएकी छन् । त्यही अठोटले त हो गतवर्ष उनी सगरमाथा चढेकी । गतवर्ष सगरमाथाको सफल आरोहण गर्ने पाँच महिला पत्रकारहरुको समूहमा रोजिता पनि थिइन् । उक्त आरोहण सफलताको श्रेय रोजिता झमकलाई नै दिन्छिन् ।
यो बीचमा रोजिताले झमकलाई नजिकबाट चिनेकी छन् । उनका लागि झमक भनेको आकाशजत्रै क्यानभास हो जहाँ थुप्रै रंगीन सपना कोरिएका छन् । झमक ब्रह्माण्डजस्तै फराकिलो छिन् जहाँ विचारका साँघुरा बारहरु अटाउँदैनन् । झमक पहाड हुन् जहाँ दृढ संकल्प भन्दा अरु केही छैन ।
अनि झमकबाट के पाइन् त रोजिताले ? “चलचित्र सुटिङ सकिने दिन उहाँले मलाई लेखिदिनुभयो ‘राम्रो काम ग¥यौ नानी’ । यही नै मैले यो फिल्मबाट पाएको ठूलो उपलब्धी हो”, रोजिता भन्छिन् ।