२०७६ असार २३ गते पहिलोपटक सदस्यसचिव नियुक्त भएका सिलवालको गत असार १८ गते जारी भएको नयाँ खेलकुद विकास ऐन २०७७ पछि कार्यकालमा पूर्णविराम लागेको थियो।
तर, नयाँ ऐनको प्रावधानअनुसार पुनः चार वर्ष नेपाली खेलकुदको नेतृत्व सिलवालले नै पाएका छन्। सदस्यसचिव पदमा दाेस्रोपटक कार्यभार सम्हालेपछि सिलवालले दिएको अभिव्यक्ति यस्ताे छः
म चार वर्षको निम्ति नियुक्त भएको थिएँ। चार वर्षको योजना बनाएर आएको थिएँ। तर, एक वर्षको कार्यकाल मात्र पूरा गर्न पाएँ।
एकजना मान्छेले आफ्नो एक खालको धारणा बनाएको हुन्छ। योजना बनाएको हुन्छ। त्यसलाई कार्यान्वयन गर्न समय चाहिन्छ।
मैले कानुनीरूपमा ३५९ दिन काम गरेँ, व्यवहारिकरूपमा २५४ दिन। मैले ठिक गरेँ कि बेठिक गरेँ त्यसको समीक्षा गर्ने तपाईंको जिम्मेवारी हो।
खेलकुदमा काम गर्न बाँकी थुप्रै क्षेत्र छन्। मैले ६ महिनाको अवधिमा मेरो निम्ति १३औं साग अजुर्नदृष्टि थियो।
म त्यसमा केन्द्रित हुनेछु भनेको थिएँ। अहिले पनि थुप्रै काम गर्न बाँकी छन्। भौतिक संरचना बनाउने काम गर्न बाँकी छ।
२०९ संघसंस्था छन्। त्यसमध्ये धेरै कतिपय संघसंस्थाले आफ्नो काम गरेका छन्। तर, विडम्बना कतिपय संघसंस्थाको खेलाडीले खेल्ने खेलमैदान पनि छैन। कभर्ड हल पनि छैन।
खेलकुदको विकास गर्ने हो भने भैतिक संरचना बनाउनुपर्छ। र, यो काठमाडौं केन्द्रित गरेर मात्र पनि हुँदैन।
पहिलो फेजमा केन्द्रलगायत सबै प्रदेश। सबै प्रदेशपछि सबै स्थानीय तहमा केही वर्षभित्रै अन्तर्राष्ट्रिय प्रतियोगिता गर्न सक्ने संरचना बनाउनु पर्नेछ।
जसले ऐन र नीति नियमअनुसार काम गर्नु भएको छैन। जसले पारदर्शी ढंगले काम गर्नु भएको छैन। जसले अडिट रिपोर्ट गर्न सक्नु भएको छैन। जसले सुशासन दिनु भएको छैन। त्यो संघप्रति राखेपले निगरानी राख्नेछ। योजनाबद्ध ढंगले काम गर्नेलाई अघि बढ्न प्रोत्साहन गरिनेछ। सहयोग गरिनेछ।
होला यो चार वर्षमा सबै स्थानीय तहमा गर्न सक्छौं भन्नु धृष्टता हुनेछ। तर, म केन्द्र र हरेक प्रदेशमा अन्तर्राष्ट्रिय प्रतियोगिता गर्न सक्ने संरचना बनाउनको लागि प्रतिबद्धता व्यक्त गर्दछु।
खेलाडीलाई नियमितरूपमा खेल्ने, प्रशिक्षण दिने, प्रशिक्षकहरूलाई अपडेट गर्ने, दण्ड र पुरस्कृत दुवै जरुरी छ।
संघसंस्थासँग पनि हामी बसेर छलफल गर्छाैं। योजनाबद्ध ढंगले काम गर्ने गरी अघि बढाउनेछौं। राम्रो गर्नेलाई सलाम गर्छौं। अनुदान बढाउँछौं। सुविधा बढाउँछौं। जसले राम्रो काम गर्न सक्दैन, कुर्सी मात्र ओगटेर खेललाई अवरूद्ध गर्न अब पाइँदैन। अब त्यो खालको सिस्टम बनाउनेछौं।

चाँडै खेलकुद गतिविधि सञ्चालन हुने
कोभिड–१९ ले कतिपय प्रतियोगिताहरू रोकिएका छन्। अब हामी चाँडै सम्पूर्ण खेलको अवस्था हेरेर खेलकुद गतिविधि बढाउनेछौं।
पहिलो एकल स्पर्धा र क्रमशः सामूहिक खेलको अभ्यास सुरू गर्नका लागि पहल गर्नेछौं। हिजो म हुँदा पनि पहल गरेको थिएँ। अब चाँडै खेलकुद फर्किनेछ।
तथापि हामीले कोभिड–१९ बारे पनि सोच्नुपर्नेछ। एकातर्फ जनता, खेलाडी र प्रशिक्षकको स्वास्थ्यप्रति संवेदनशील हुनुपर्नेछ।
अर्कोतर्फ नेपालको खेलकुद मर्न नदिन पनि सोच्नुपर्नेछ। यो दुवैलाई मध्यनजर गरेर पहल गर्नेछु।
पछिल्लो परिस्थिति हेर्ने हो भने फेरि बल्झने अवस्था आएको छ। त्यसो नहोस् भनेर कामना गरौं। भइहाल्यो भने फरक ढंगले सोच्नुपर्छ।
खेलाडीहरू प्रहरीको ड्रेसमा देखेको थिएँ। उनीहरू सुरक्षाको जिम्मेवारीमा खटिएका थिए।
खेल्नुपर्ने खेलाडी, प्रशिक्षण गर्नुपर्ने खेलाडी अर्को क्षेत्रमा पनि सक्रिय हुनुपर्ने बाध्यता छ। भोलिका दिनमा त्यो अवस्था हुने छैन।
विभिन्न प्रतियोगिता, प्रशिक्षक तथा खेल संघसंस्थाको स्तरवृद्धि गर्नु पर्नेछ। त्यसमा राखेप योजनाबद्धरूपमा कार्यक्रम बनाएर कार्यान्वयनमा जानेछ।
नवौं राष्ट्रिय खेलकुद
यो वर्ष नवौं राष्ट्रिय खेलकुदको पनि वर्ष हो। त्यसको निम्ति पनि ध्यान केन्द्रित गर्नुपर्नेछ। नवौं राष्ट्रिय खेलकुद गण्डकी प्रदेशमा हुन गइरहेको छ।
प्रतियोगिता गर्न हामीलाई तीन महिनाको समय पर्याप्त छ। पुरानो मिति तय भएको छ। नयाँ मिति घेषणा गरेका छैनौं।
किनभने हामी पनि ‘वेट एन्ड सी’को अवस्थामा छौं। फागुनमै गर्ने भनिएको छ।
त्यहाँ भौतिक संरचनाको अभाव छैन। सुटिङ र पौडीको बाहेक सबै भौतिक संरचना तयार छन्।
हाम्रो चिन्ता भनेको कोभिड–१९ को प्रभाव कहिलेसम्म जान्छ भन्ने मात्र हो।

को कति बूढो भन्दा पनि क्षमता र नतिजाका आधरमा मूल्याङ्कन हुनेछ। त्यसअनुसार खेलाडी र प्रशिक्षकलाई अपडेट गर्नेछौं।
२०२२ मा ठूलो अन्तर्राष्ट्रिय प्रतियोगिता
अन्तर्राष्ट्रियरूपमा परिस्थिति बन्दै गयो भने २०२१ मा घोषणा गरेर २०२२ मा हामी नेपालमा एउटा ठूलो अन्तर्राष्ट्रिय प्रतियोगिता गर्ने सोचमा छौं।
अब अन्तर्राष्ट्रिय परिस्थिति कसरी जान्छ त्यो हेर्न बाँकी छ। कोभिड–१९ को प्रभावबाट मुक्ति पाइयो भने २०२२ मा ठूलो अन्तर्राष्ट्रिय प्रतियोगिता गर्ने सोच बनाएका छौं।
खेलाडी र खेलको स्तरवृद्धिका लागि र्याङकिङ प्रतियोगिता पनि गर्ने सोच राखेका छौं। प्रशिक्षकको क्षमता वृद्धि गर्ने काम गर्नेछौं।

कर्मचारीको समायोजन
कर्मचारीको बढुवा तथा स्थायित्वको प्रश्न छ। यसको बारेमा मैले पहिलो कार्यकालमा एउटा समिति बनाएको थिएँ। उहाँहरूसँग अनौपचारिकरूपमा जानकारी लिइसकेको छु। छिटै समितिसँग छलफल गरेर स्थायित्व र बढुवाको निम्ति पहल गर्नेछु।
कर्मचारी समायोजन गर्नुपर्ने स्थिति पनि छ। समायोजनको खाका बनाएर यो वर्षभित्र पूर्णता दिनेछु।
सुशासन र पारदर्शिता
सुशासन पारदर्शिताको पक्षमा मैले वकालत गर्नेछु। खेलसँग सम्बन्धित संघसंस्था, खेलकुदमा लागेको व्यक्तिहरूको इज्जत र प्रतिष्ठा वृद्धि गर्ने वातावरण बनाउँछु।
गैरसरकारी निकायहरूको आकर्षण गर्ने वातावरण बनाउँछु। खेलकुदलाई युवादेखि वृद्धवृद्धासम्म आकर्षणको केन्द्र बनाउनका निम्ति मेरो तर्फबाट पहल हुनेछ।
चारवर्षे कार्यकालमा खेलकुदलाई देखिने गरी, हेरिने गरी, पढिने र सुनिने गरी तथा खेलकुद भन्ने बित्तिकै गर्व गर्ने स्थितिको निर्माण गरेर बिदा हुनेछु।
अन्धकारमा ढुंगा हान्ने प्रयत्न नगरौं। अनावश्यकरूपमा कसैलाई खुइल्याएर, कसैको अपमान गरेर, जानुपर्ने स्थिति म देख्दिनँ। तथ्य र तथ्याङ्कको आधरमा विश्लेषण गर्नुपर्छ। आफूलाई निस्कलङ्क बनाएर अघि बढ्न म तयार छु।
केही साथीहरूलाई भ्रम नपाल्नको निम्ति अनुरोध गर्छु। म आफू पारदर्शी ढंगले सबै काम गर्नेछु।
केही चिज छ भने सीधै मसँग आएर भने हुन्छ। कम्तीमा मेरो लागि अख्तियार धाउनु पर्ने र मुद्दा मामिला गर्नुपर्दैन। म यहाँ पैसा कमाउन आएको होइन। भ्रष्टाचार गर्न आएको होइन।
तथ्य र तथ्याङ्कको आधारमा गल्ती छन् भने म समक्ष ल्याउनु भए हुन्छ। कुनै नराम्रो कुरा भए पनि त्यसलाई उजागर गरिदिनु भए हुन्छ। उचित सुझाव र सल्लाह दिँदा हुन्छ।
तर, अर्काको खुट्टा तानेर आफू माथि जाने भ्रम चाहिँ कसैले नपालेकै राम्रो हुन्छ। म यो धर्तीमै बस्ने हुँ। ५५ वर्षको उमेर भयो। अहिलेसम्म शिर ठाडो पारेर बाँचेको छु। भोलि पनि बाँच्नु छ।

एउटा कुरा चाहिँ ख्याल राख्नुपर्छ। चोर औंला अरूलाई देखाउँदा चारवटा औंला आफैंतिर फर्किएको हुन्छ। आफ्नो अनुहार पनि ऐनामा हेर्नयोग्य बनाउनुपर्छ।
तेह्रौं सागको हिसाबकिताब
खेलकुदभित्र म आएपछि ७० करोड पेश्की फछ्र्याैट गरेको छु। रिसर्चको काम सुरू भएको छ।
सागको हिसाबकिताब सार्वजनिक नगरेको भन्ने प्रश्न उठ्छ। एकदेखि १२औं सागसम्मको हिसाबकिताब कहाँनिर सार्वजनिक गरिएको छ ? एकदेखि आठौं राष्ट्रिय खेलकुदको हिसाबकिताब कहाँ प्रकाशित भएको छ ?
महालेखा परीक्षकबाट अडिट गरी अख्तियारमा बुझाउँछु। हचुवाको भरमा कसैले लेख्नै पर्दैन। आन्तरिक लेखा परीक्षण र महालेखा परीक्षक दुवैबाट अडिट गरेरै रिपोर्ट सार्वजनिक गर्नेछु।
मैले तेह्रौं सागको सम्पूर्ण हिसाबकिताब राखेको छु।
सार्वजनिक गर्नको लागि नेपाल सरकारसँग अनुमति मागेको थिएँ। म प्रेस विज्ञप्तिमार्फत् हिसाबकिताब सार्वजनिक गर्ने पक्षमा छैन।
पत्रकार सम्मेलन गरेरै सार्वजनिक गर्नेछु। कोभिड–१९ को वातावरण भएकाले हिसाबकिताब सार्वजनिक नगर्नु भन्ने कुरा आयो।
कोभिड–१९ को प्रभाव कम भएपछि गर्नु भन्ने सुझाव आएका कारण रोकिएको हो। तर, असार मसान्तभित्रै गर्नु भनेर भन्नु भएको थियो।
दुर्भाग्य, असार १७ गते मैले पद छोड्नु पर्यो। नत्र मैले सबै हिसाबकिताब तयार परेर राखेको छु। अब छिट्टै प्रकाशित गर्नेछु।

नयाँ ऐनबारे
मैले सातपटक नयाँ ऐन पढेको छु। पहिले सदस्यसचिवको एक निर्णयले हुन्थ्यो।
अहिले सात सदस्यीय कमिटीमा लगेर निर्णय गर्नु पर्नेछ। हामीले ठिक ढंगको योजना बनाएर कार्यान्यवन गर्यौं भने त्यो बुँदा बाधक बन्दैन भन्ने लाग्छ। बाधक बन्यो भने फेरि छलफल गरौंला।
कहिलेकाहीँ धेरैजना भयो बिग्रने डर पनि हुन्छ। यो ऐन कार्यान्वयनको स्थितिमा छ। हेरौं के हुन्छ। राम्रो भयो ठिकै छ। नभए फेरि अर्को ढंगले सोचाैंला।
मन्त्रालयले भौतिक संरचना बनाउने काम गर्न सक्नेछ भन्ने छ। सक्नेछ भन्नु र गर्नेछ भन्ने फरक कुरा हो।
कुनै पनि काम गर्नु जनशक्ति चाहिन्छ। यदि ठूलो योजना धेरै आयो भने मिलेर गरौँला। नभए अहिलेको अवस्थामा राखेप आफैंले गर्न सक्षम छ।
अब नियमावली बनाउनु पर्नेछ। त्यो बनाउँदा कतिपय कुरा स्पष्ट गर्नु पर्नेछ।
विभिन्न सरोकार निकायबीच ‘होरिजेन्टल र भर्टिकल लिंक तथा को–अर्डिनेसन’ को पाटो प्रष्ट पार्नु पर्नेछ। नभए दुर्घटना निम्त्याउन सक्छ।
राखेपका भूमिका र जिम्मेवारी फेरबदल भएको छ। राखेपले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरको खेलकुद गतिविधि गर्ने, राष्ट्रिय तथा प्रदेशस्तरको संरचना बनाउने भन्ने छ।
ठूला भौतिक संरचनामा मात्र हात हाल्ने। सानो स्थानीय तहलाई जिम्मेवारी दिनुपर्ने भन्ने छ। समग्रमा चारवटा च्यानल राखिएको छ।
ती च्यानलले पोजेटिभ काम गर्यो भने राम्रो हुनेछ। कहिलेकाहीँ धेरैजना भयो बिग्रने डर पनि हुन्छ। यो ऐन कार्यान्वयनको स्थितिमा छ। हेरौं के हुन्छ। राम्रो भयो ठिकै छ। नभए फेरि अर्को ढंगले सोचाैंला।
" /> राष्ट्रिय खेलकुल परिषद् (राखेपका) नवनियुक्त सदस्यसचिव रमेशकुमार सिलवालले पद तथा गोपनीयताको शपथ लिएका छन्।२०७६ असार २३ गते पहिलोपटक सदस्यसचिव नियुक्त भएका सिलवालको गत असार १८ गते जारी भएको नयाँ खेलकुद विकास ऐन २०७७ पछि कार्यकालमा पूर्णविराम लागेको थियो।

">