नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को चालु स्थायी कमिटीको बैठकमा रस्साकस्सी भइरहेको छ। सर्वत्र अनेक आशंका छन्। कतै पार्टीको पार्टीको कलिलो एकता नै धरापमा पर्ने त होइन भन्ने चिन्ता नेकपाका सबै नेता, कार्यकर्ता र मतदातामा छाएको छ। पार्टी एकताका नायकद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहालबीचको समझदारीमा यहाँसम्म आइपुगेको पार्टीको एकता उहाँहरूबीच हाल देखिएको तिक्तताले संकटमा पर्ने हो कि चिन्ता नितान्त स्वभाविक हो।

स्थायी कमिटीका श्रृंखलाबद्ध अनिर्णित बैठक र शीर्ष नेतृत्वमा त्यसले बढाउँदै लगेको अविश्वास हेर्दा लाग्छ, समाधान त्यति सहज छैन। एकताको महाधिवेशनअघि दुई अध्यक्षको सहमति बेगर कुनै निर्णय हुन नसक्ने पार्टी नेकपामा बहुमत र अल्पमतको टाउको गनाइले यस पार्टीका समस्त नेता कार्यकर्ता र मतदातालाई हैरानमात्र बनाएको छैन, पार्टी नेतृत्वको सरकारले हासिल गरेका ऐतिहासिक उपलब्धिलाई समेत नराम्ररी ओझेलमा पारिदिएको छ।

राजनीतिका हरेक मोडलाई कम्युनिष्टहरूको अन्तर्राट्रिय गीतमा भनिएझैं ‘अन्तिम युद्ध’ ठान्ने कम्युनिष्टहरूको पुरानै बानी हो। प्रधानमन्त्रीविरुद्ध केही नेताहरू अन्तिम युद्धमा सामेल भएसरी प्रस्तुत हुनुलाई विगतको भन्दा निकै अस्वभाविक ढंगले हेरिएको छ।

भनिन्छ- युद्ध हतियारसहितको राजनीति हो र राजनीति हतियार बेगरको युद्ध हो। दोश्रो विश्वयुद्धताकाका चर्चित बेलायती प्रधानमन्त्री विस्टर्न चर्चिल भन्दथे- युद्धमा त एकपटक मर्ने हो तर, राजनीतिमा सयौंपटक मर्नुपर्छ। थाहा छैन, नेकपाभित्रको यो भीषण राजनीतिक लडाईंमा नेताहरूको अन्तिम हिसाबकिताब कस्तो निस्कने हो।

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो राष्ट्रवादी अडान र कामका कारण देशभित्र र बाहिरबाट आफूलाई सत्ताच्यूत गर्ने खेल भइरहेको बताउनु भएपछि नेकपा स्थायी कमिटीको बैठक एकाएक तात्यो र प्रधानमन्त्रीतर्फ पार्टी एकताका अर्का सूत्रधार अध्यक्ष प्रचण्डलगायत नेताहरूले आक्रोश ओकल्नुभयो। हाल प्रचलनमा आएको नक्शाको विषय र नागरिकता विधेयकमा पार्टीको अडानको राजनीतिक लाभ लिनु त कता हो कता आ-आफैं ‘युद्ध’ गर्न तम्सनुबाट नेकपा वरिपरि गोलबन्द लाखौंलाख श्रमजीवी जनताको मन अमिलिएको छ।

राजनीतिका हरेक मोडलाई कम्युनिष्टहरूको अन्तर्राट्रिय गीतमा भनिएझैं ‘अन्तिम युद्ध’ ठान्ने कम्युनिष्टहरूको पुरानै बानी हो। प्रधानमन्त्रीविरुद्ध केही नेताहरू अन्तिम युद्धमा सामेल भएसरी प्रस्तुत हुनुलाई विगतको भन्दा निकै अस्वभाविक ढंगले हेरिएको छ। यसले पुष्टि गरेको छ- राजनीतिमा राम्रो काम गरेर आलोचना मुक्त होइन्छ, कमजोरीको मात्र आलोचना हुन्छ भन्ने हुँदोरहेनछ। राम्रो काम गर्दा पनि घेराबन्दी र विरोधको तारो बनिनेरहेछ !

पार्टी अध्यक्ष प्रचण्डले आफ्नो विगत बताउने क्रममा सार्वजनिक रूपमा भन्नुभएको छ- म जुन पार्टीमा गएँ, त्यही पार्टी भत्काएँ। विगतमा कुन कुन पार्टी भत्किए, त्यसको हिसाब राखेर साध्य छैन तर उहाँ आउनु भएको पछिल्लो पार्टी नेकपाचाहिँ भत्काउन त्यति सजिलो छैन। किनभने यो पार्टी केही नेताले मात्र बनाएको पार्टी होइन।

पार्टी एकताको काम राम्ररी अगाडि बढ्न नसकेर पार्टी लकडाउनमा बसेको दुई वर्ष भइसक्यो। तृणमूल तहमा पार्टीका घनीभूत काम हुन छोडेको पनि दुई वर्ष नाघिसक्यो। पार्टीको शीर्ष नेतृत्वले त्यता ध्यान दिनु पर्ने हो। तर, ध्यान प्रधानमन्त्रीको कुर्सी तानातानमा मात्र सीमित होलाजस्तो देखिदैछ। यो दुःखद् अवस्था हो।

पार्टी अध्यक्ष प्रचण्डले आफ्नो विगत बताउने क्रममा सार्वजनिक रूपमा भन्नुभएको छ- म जुन पार्टीमा गएँ, त्यही पार्टी भत्काएँ। विगतमा कुन कुन पार्टी भत्किए, त्यसको हिसाब राखेर साध्य छैन तर उहाँ आउनु भएको पछिल्लो पार्टी नेकपाचाहिँ भत्काउन त्यति सजिलो छैन। किनभने यो पार्टी केही नेताले मात्र बनाएको पार्टी होइन। मोहनविक्रमको पार्टी वा माओवादी पार्टी भत्काउन जति सजिलो छैन नेकपा भत्काउन। इतिहासले प्रमाणित गरेको छ, नेकपा चोइटिन सक्छ, फुट्दैन, अध्यक्षले भन्नुभएको शैलीमा भत्कदैन। “चील आएको हल्ला गरेर चल्ला टिप्ने” शैली पनि नेकपामा लामो समय टिक्दैन। देशका लागि विगतमा आफूले गरेका कामको जतिसुकै दुहाई दिए पनि नेपाली जनताको नजरमा केपी शर्मा ओलीको राजनीतिक उचाइमा कमरेड प्रचण्ड कहिल्यै पुग्नु भएन।

अहिले उहाँको नेतृत्वमा बनेको भनिएको स्थायी कमिटीको बहुमतको झिलीमिली बिजुली चम्केको झिलीमिली जत्तिकै क्षणभंगुर छ भनेर उहाँलाई सम्झाइरहनु पर्ला र ? नेकपाका अधिकांश शीर्ष नेताहरू आफू युवा छंदा युद्धमा होमिनु भएको हो। उहाँहरूकै योगदानको फलस्वरूप नेपालमा तुमुलकारी परिवर्तन भएको सुनौलो इतिहास छ हामीसँग। तर, यसको अर्थ यो होइन, उहाँहरूले चालेका हरेक कदम ठीक हुन्छन्, हरेक वाणी सत्य हुन्छन्।

नेपालीहरूको सौभाग्य हो, उहाँहरू सशस्त्र संघर्ष वा युद्धमा बच्नुभो। सकारात्मक एवं आमूल परिवर्तनको गौरवमयी नेतृत्व गर्नुभो। तर, चर्चिलले भनेझै अझै राजनीतिमा कयौंपटक ‘मर्न’बाँकी छ। त्यो कुरा बुझेरै “हतियारविहीन युद्ध”मा प्रचण्ड फर्किएको पनि आज डेढ दशक भएको छ।

वरिष्ठ नेता माधव नेपाल आजसम्म पार्टी एकताको पक्षमा चट्टानी अडानका साथ यहाँसम्म आउनु भएको हो। डेढ दशक तत्कालीन नेकपा(एमाले)को नेतृत्व गर्दा गुटबन्दीलाई अपराध करार गर्न घण्टौं भाषण गर्ने वहाँ नवाैं महाधिवेशनपछि आफैं गुटको नेतृत्व गर्दै आउनुभएको छ। तर, नेपालको परिवर्तनमा सुनौलो इतिहास बनाएका नेता नेपाल जीवनको उत्तरार्धमा प्रचण्ड वा अरु कसैलाई धुरी बनाएर नेकपालाई विभाजनको दिशातर्फ डोहोर्‍याउनु हुन्छ भन्ने कसले पत्याउँछ ?

पार्टी र सरकारविरुद्ध चालिएका र चालिनसक्ने सबै प्रकारका प्रतिक्रियावादी षडयन्त्रलाई सबै एकताबद्ध भएर निस्तेज गर्ने गुरुत्तर अभिभारा बोकेको पार्टीका नेताहरू सहमति, सहकार्य र कमरेडली एकतामा फर्कनुको विकल्प छैन।

अर्का वरिष्ठ नेता झलनाथ खनालले चाहेर पनि तत्कालीन एमालेमा र अहिलेको नेकपामा गुट बनाउन सक्नु भएन। पार्टीको विचार निर्माणमा राम्रो भूमिका निभाए पनि, संकटमा पार्टीको नेतृत्व गर्ने अवसर पाए पनि नेता कार्यकर्ता चिन्न नसक्ने, उनीहरूसँग न्यानो सम्बन्ध राख्न नसक्ने कारणले उहाँ पार्टीमा सधैँ एक्लै रहने अवस्था बन्यो। अहिले पनि त्यही अवस्था कायम छ। “हाताहाती राष्ट्रपति”को आश्वासनले कमरेड झलनाथ खनालजस्तो शालीन, शान्त नेतालाई एकाएक उद्वेलित बनायो। तर, लामो समयदेखि उहाँलाई चिन्ने सबैलाई थाहा छ, उहाँ आफ्नै वा अरु कसैको नेतृत्वमा पार्टी विभाजनको दिशामा अघि बढ्नै सक्नुहुन्न। यो उहाँको कल्पनाभन्दा बाहिरको कुरा हो।

त्यसकारण कम्तीमा पाँच वर्ष शासन गर्न नेपाली जनताले दिएको जिम्मेवारी पूरा गर्ने, पार्टीलाई सांगठानिक र वैचारिक हिसाबले मजबुत र चलायमान बनाउने, पार्टी र सरकारविरुद्ध चालिएका र चालिनसक्ने सबै प्रकारका प्रतिक्रियावादी षडयन्त्रलाई सबै एकताबद्ध भएर निस्तेज गर्ने गुरुत्तर अभिभारा बोकेको पार्टीका नेताहरू सहमति, सहकार्य र कमरेडली एकतामा फर्कनुको विकल्प छैन।

हेक्का भएकै विषय हो, जुनसुकै राजनीतिक ‘युद्ध’मा सत्य र इमान्दारीको विजय हुन्छ। र, स्वार्थका लागि हुने षडयन्त्रको पराजय।देशको हितमा युगीन महत्वका काम गर्दा पनि चौतर्फी आक्रमणबाट गुज्रदै यहाँसम्म आउनुभएका पार्टीका प्रथम अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रत्याक्रमण गर्नु अगावै पार्टीभित्रको समस्या समाधान भए सबैको साख जोगिने थियो। (लेखक नेकपाका केन्द्रीय सदस्य हुन्।)

" /> नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को चालु स्थायी कमिटीको बैठकमा रस्साकस्सी भइरहेको छ। सर्वत्र अनेक आशंका छन्। कतै पार्टीको पार्टीको कलिलो एकता नै धरापमा पर्ने त होइन भन्ने चिन्ता नेकपाका सबै नेता, कार्यकर्ता र मतदातामा छाएको छ। पार्टी एकताका नायकद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहालबीचको समझदारीमा यहाँसम्म आइपुगेको पार्टीको एकता उहाँहरूबीच हाल देखिएको तिक्तताले संकटमा पर्ने हो कि चिन्ता नितान्त स्वभाविक हो।

"> प्रचण्ड, माधव र झलनाथका सीमा र नेकपाको भविष्य: Dekhapadhi स्थायी कमिटीका श्रृंखलाबद्ध अनिर्णित बैठक र शीर्ष नेतृत्वमा त्यसले बढाउँदै लगेको अविश्वास हेर्दा लाग्छ, समाधान त्यति सहज छैन
• राजनीतिका हरेक मोडलाई कम्युनिष्टहरूको अन्तर्राट्रिय गीतमा भनिएझैं ‘अन्तिम युद्ध’ ठान्ने कम्युनिष्टहरूको पुरानै बानी हो
• हेक्का भएकै विषय हो, जुनसुकै राजनीतिक ‘युद्ध’मा सत्य र इमान्दारीको विजय हुन्छ। र, स्वार्थका लागि हुने षडयन्त्रको पराजय

प्रचण्ड, माधव र झलनाथका सीमा र नेकपाको भविष्य

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्