कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउनले लघु, घरेलु तथा साना उद्योगीलाई अवसर दिएको छ।
खासगरी यसअघि नेपाल सरकार र राष्ट्र बैंकले ठूला उद्योगलाई महत्व दिँदै आएका थिए।
तर, लकडाउनको अवधिमा सरकारले साना उद्योग र व्यवसायको महत्व र आवश्यकता बुझेको छ।
लकडाउन अवधिमा लघु, घरेलु र साना उद्योगको महत्व बुझाउन सक्नु नै हाम्रो उपलब्धि हो।
तीन महिनाभन्दा बढीसम्म चलेको लकडाउनमा ठूला उद्योगीहरूले ढुक्कले उद्योग बन्द गरिरहेका थिए। खासगरी, सरकारले पुनःलगानी कोष खडा गरेपछि त्यसको प्रयोग गरौंला भनेर सबैले बन्द गरेका थिए।
लकडाउनको समयमा सबैभन्दा बढी प्रभावित बनेका उद्योगहरू लघु, घरेलु र साना तथा मझौला उद्योगहरू हुन्। किनकी अहिलेसम्म यस्ता उद्योगहरूले सरकारले स्थापना गर्ने पुनःलगानी कोषको १ प्रतिशत रकम पनि चलाएका छैनन्।
यद्यपि, चालू आर्थिक वर्षको मौद्रिक नीतिले लघु र घरेलु उद्योगलाई पनि पुनःलगानी कोषमा समेट्ने प्रयास गरेको छ। १५ लाखसम्मको लगानीमा स्थापना भएका उद्योगहरूले त्यसको प्रयोग गर्न पाउने भएका छन्।
राष्ट्र बैंक र सरकारले मौद्रिक नीतिमार्फत् साना उद्योगी र व्यवसायीहरूको माग सम्बोधन गरेपछि केही सहयोग भएको छ।
विश्वको अर्थतन्त्र कोरोना भाइरसबाट प्रभावित बन्दा वैदेशिक रोजगारीमा गएका लाखौं युवा स्वदेश फर्किने अवस्थामा छन्। एक लाख युवा फर्किएको अवस्थामा उनीहरूलाई रोजगारी दिने विषय टाउको दुखाइ बनेको छ।
वैदेशिक रोजगारीबाट थप ५-६ लाख युवा फर्किए भने अवस्था फरक हुनेछ। तर, हामीले लघु, घरेलु र साना उद्योगमार्फत् १० लाखलाई रोजगारी दिन सक्छौं भनेका छौं।
अहिले देशभरका लघु, घरेलु र साना उद्याेगहरूले २६ लाखलाई रोजगारी दिएका छन्। त्यसमध्ये झण्डै १० लाख भारत र बंगलादेशी श्रमिक छन्।
कोरोना भाइरस आउनुअघि देशभर २ लाख ४१ हजारको हाराहारीमा लघु, घरेलु र साना तथा मझौला उद्योग थिए। त्यसमध्ये अहिले कतिवटा बन्द भएका छन् भन्ने तथ्यांक संकलन भएको छैन।
यद्यपि महासंघको अनुमानअनुसार लकडाउन खुकुलो बनेपछि त्यसमध्ये २५-३० प्रतिशत उद्योग मात्रै सञ्चालनमा आएका हुन सक्छन्।
अहिले नेपालको श्रम बजारमा धेरै भारतीय श्रमिक आबद्ध छन्। नेपालका इँटा भट्टामा सबैभन्दा बढी भारतीयहरूले काम गरिरहेका छन्।
त्यसपछि नेपालको गार्मेन्ट उद्योगहरूमा भारतीयहरूको संख्या बढी छ भने सुनचाँदीमा ६० प्रतिशतभन्दा बढी कामदार आबद्ध छन्।
त्यस्तै अन्य क्षेत्रमा पनि धेरै भारतीयहरूले रोजगारी गरिरहेका छन्। यदि सरकारले हामीलाई विभिन्न क्षेत्रमा सहुलियत दिएको अवस्थामा विदेशी कामदारलाई नेपाली कामदारको माध्यमबाट विस्थापन गर्न सक्छौं।
(नेपाल घरेलु तथा साना उद्योग महासंघका कार्यवाहक अध्यक्ष सिंहले देखापढीका निकेश खत्रीसँग गरेको कुराकानीमा आधारित)
" /> कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउनले लघु, घरेलु तथा साना उद्योगीलाई अवसर दिएको छ।खासगरी यसअघि नेपाल सरकार र राष्ट्र बैंकले ठूला उद्योगलाई महत्व दिँदै आएका थिए।

">