नेपाल धितोपत्र बोर्डको नयाँ नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभयो, मुख्यतया कस्ता कार्यक्रमलाई प्रथामिकतामा राख्नुभएको छ ?
नीति तथा कार्यक्रम तय गर्दा चार पाँच कुरामा विशेष ध्यान दिएका छाैँ। सरकारले बजेटमा ल्याएको कार्यक्रम, १५ पञ्चवर्षीय योजनाले समेटेका विषय र विभिन्न सरोकारवाला पक्षसँग गरिएको अन्तरक्रियाबाट प्राप्त सुझावलाई नीति तथा कार्यक्रममा समेटेका छौं। समग्रमा धितोपत्र बजारलाई विकास र विस्तार गरी स्थिरता कायम गर्ने कार्यक्रम अगाडि बढाएका छौं। चालू आर्थिक वर्षमा सम्पन्न गर्ने गरी ५७ वटा कार्यक्रम बनाएका छौं।
धितोपत्र बजारको विकास, विस्तार र स्थिरता कायम गराउने के-के कार्यक्रम छन् ?
धितोपत्र बजारलाई विकास गर्नका लागि प्रणालीको क्षमता अभिवृद्धि गर्न आवश्यक छ। त्यसका लागि सबैभन्दा पहिला अनलाइन ट्रेडिङ सिस्टम, बैंक खाता र डिम्याट खातालाई एकिकृत गरेर चुस्त बनाउन आवश्यक छ। धितोपत्र बजारमा कारोबार गर्दा पर्याप्त उपकरणहरूको व्यवस्था गर्ने पक्षमा छौं।
अहिलेसम्म बजारमा शेयर, कर्पोरेट बण्ड र म्यूचुअल फण्डको कारोबार हुन्छ। यस बाहेकका उपकरण छैनन्। यस वर्ष इन्डेक्स बनाउने, डेरिभेटिभ प्रडक्ट डिजाइन गरेर बजारमा ल्याउने योजनामा छौं। सरकारी बण्डको बिक्री दोस्रो बजारमा भइरहेको छैन। त्यसलाई पनि दोस्रो बजारमा ल्याउने भनेका छौं। कमोडिटी बजारको सिंगो क्षेत्र नै बाहिर छ। कमोडिटी बजारलाई सञ्चालनमा ल्याउने भनेका छौं।
धितोपत्र बोर्ड सूचना प्रविधिमा साह्रै पछाडि परेको छ। सूचना प्रविधि क्षेत्रमा क्षमता अभिवृद्धिको लािग काम शुरू गरिसकेका छौं। इलेक्ट्रोनिक रिपोर्टिङ फाइल प्रणाली आगामी भदौदेखि नै सञ्चालनमा गर्ने पक्षमा छौं।
त्यसबाहेक, विशिष्टिकृत लगानी कोषहरू छन्, त्यसबाट स्वदेशी र विदेशी साधनहरू परिचालन गर्न सकिन्छ। यसलाई पनि बजारमा ल्याउँछौं। त्यसबाहेक, स्कट डिलरलाई पनि ल्याएर बजार ल्याएर कारोबार गराउने भनेका छौं। यसले गर्दा हाम्रो उपकरणमा पनि वृद्धि हुन्छ। संस्थागत क्षमतामा पनि वृद्धि हुन्छ।
धितोपत्र बजारको लागि कानूनी संरचना अझै पनि दह्रो भइसकेको छैन। धितोपत्र बोर्ड सञ्चालनका लागि, धितोपत्र कारोबारको लागि छुट्टाछुट्टै ऐन बनाउने तयारीमा छौं। बजारमा भित्रि कारोबार हुने बजारलाई अनुशासनमा नराख्ने पनि हुने गरेको छ। त्यसलाई कानूनको दायमा ल्याउनको लागि भित्रि कारोबार निषेधको कानून बनाउने तयारीमा छौं। त्यसैगरी, निरीक्षण र सुपरीवेक्षणलाई पनि बलियो बनाएर नियम कानूनमा चल्ने धितोपत्र बजार बनाउने लक्ष्यसहित अघि बढेका छौं।

लकडाउनको बेलामा लामो समय बजार बन्द गरेर चलखेल गरेको र सर्वसाधारणको लागानी बन्धक बनाएको आरोप तपाईं पनि लाग्यो, के भन्नुहुन्छ ?
बजारमा कसरी काम भइरहेको छ ? संयन्त्रले कसरी काम गरेको छ भन्ने कुरा नेपाल स्टक एक्सचेन्जले पनि हेरिरहेको छ। लकडाउनको समयमा बजार बन्द भयो। सामान्य अवस्था हुन लाग्दा सावधानीपूर्वक बजार खोलौं न त भन्ने भयो। धेरै सीमा राखेर हामीले काम गरेको हो। बजार दुई दिन सञ्चालन भएको थियो। त्यही बेला कोरोना संक्रमण ह्वात्तै बढ्यो। सरकारले पनि लकडाउनलाई कडा पार्यो। त्यसपछि बजार फेरि बन्द भयो।
दुई दिनको कारोबारमा बजार घट्यो। बजार बढ्ने वा घट्ने वित्तिकै राम्रो वा नराम्रो काम भयो भन्ने होइन। यो प्रणालीले गर्ने हो। बजार घट्ने र बढ्ने हाम्रो सरोकारको विषय होइन। बजार घटाउने र बढाउने हामीले होइन, लगानीकर्ताले हो। लगानीको निर्णय त हामीले गर्ने होइन नि।
बजारमा सबै मान्छेले सहज रूपमा प्रवेश पाएका छन कि छैनन कुरा चाहिँ हामीले हेर्ने हो। सहज रूपमा कारोबार गर्ने वातावरण पाएका छन कि छैनन् ? सर्वसाधारणले घरमै बसेर कारोबार गर्न पाएका छन कि छैनन् ? कसरी सहज बनाउने भन्ने विषयमा हामीले ध्यान दिने हो।
सिस्टमको बारेमा केही गुनासो छन, त्यसमा सुधार गर्नुपर्ने छ। चलखेल भयो भन्नुपर्ने अवस्था छैन। त्यो दुई दिनको कारोबार खारेज गर्नुपर्यो भन्ने पनि आयो। कसैले यसो गर भन्ने बित्तिकै गरिहाल्ने पनि होइन। त्यसको लागि हेर्नुपर्यो। जाँच गर्नुपर्यो। दुई दिन खुलेको बजारमा साँच्चै गलत भएको छ कि छैन, चलखेल भएको हो कि होइन भनेर अध्ययन गर्न नेप्सेलाई भनेको थियौँ। उहाँहरूको अध्ययनमा सामान्य अवस्थामा नै कारोबार भएको भन्ने आयो। चलखेल भएको छैन भन्ने रिपोर्ट दिनुभयो। त्यसैले, कारोबार खारेज गरेनौं।
शेयर बजारलाई अटोमेशनमा लैजाने भनेर काम थाल्नुभएको थियो। के–के काम गर्नुभयो ?
बजारलाई स्वचालित प्रणालीमा लैजाने हो भने जसले जहाँबाट पनि शेयरको कारोबार गर्न सकिन्छ। यसका लागि निश्चित शर्तहरू उनीहरूले पालना गर्नुपर्छ। स्वदेश विदेश जहाँबाट पनि कारोबार गर्न सक्छन्। कसैले अमेरिकामा बसेर नेपालको शेयर बजारमा कारोबार गर्छु भन्यो भने उसको बैंक खाता, शेयर खाता नेपालमै हुनुपर्यो। नेपालकै ब्रोकर कम्पनीसँग सहकार्य गर्नुपर्यो।
अहिले ई–डिआइएस सिस्टम लागू गरेका छौं। अब चेक काटिरहनु पर्दैन। राष्ट्र बैकसँग मिलेरर कनेक्ट आइपिएसमार्फत रकम भुक्तानी गर्न सक्ने व्यवस्था गर्यौं।
लकडाउनको समयमा शेयर बजार बन्द गर्नुपर्यो। अरू देशमा त बजार बन्द भएको थिएन। हाम्रो आफ्नै समस्याले गर्दा बजार बन्द गर्नुपर्यो। किनभने, शेयर कारोबार गर्नको लागी ब्रोकर कम्पनीमा जानुपर्ने, लगानीकर्ताले चेक काटेर सिडिएससी रहेको शेयर खाताबाट किनबेच गर्नुपर्ने, लगानीकर्ताको विवरण अपडेट नहुने, मान्छेहरूले ब्रोकरलाई विश्वास नगर्ने, खाता खोल्दा शुल्क लाग्ने आदी समस्याले गर्दा बजार बन्द गर्नुपर्ने अवस्था आयो।
अहिले ई–डिआइएस सिस्टम लागू गरेका छौं। अब चेक काटिरहनु पर्दैन। राष्ट्र बैकसँग मिलेरर कनेक्ट आइपिएसमार्फत रकम भुक्तानी गर्न सक्ने व्यवस्था गर्यौं। ब्रोकरहरूले अनिवार्य रूपमा इलेक्ट्रोनिक माध्यामबाट ग्राहकको खातामा पैसा जम्मा गर्नुपर्ने व्यवस्था गरिदिएका छौं। ग्राहकले पूँजीगत लाभकर तिर्न नेप्सेमा गएर पोस्टिङ गराएर कर क्लियरेन्स गर्नुपर्ने अवस्था थियो। अहिले अटोमेटिक हुने बनाएका छौं। यो मात्रै पर्याप्त होइन, बजार अटोमेशनका लागि अझै धेरै काम गर्न बाँकी छन्। हामी निरन्तर त्यसमा लागिररहेका छौं।
कमोडिटी बजारको ब्रोकरको लागि आवेदन दिएका संस्थाले अनुमति पाएका छैनन्। कमोडिटी बजार सञ्चालनको तयारी कहाँ पुग्यो ?
२०७४ सालमा यस सम्बन्धी ऐन र नियम बन्यो तर त्यसपछि खासै काम हुन सकेको छैन। अब संस्था जन्माउनका लागि आधार तयार गर्नुपर्ने छ। किनबेच गर्दा ब्रोकरमात्र होईन मार्केट मेकरहरू पनि आवश्यक हुन्छ। वस्तुहरूको वेयर हाउजिङ संस्थाहरू पनि चाहिन्छ। या निकै ठूलो संयन्त्र बन्न सक्छ। यसका लागि धेरै काम गर्नुपर्ने छ। तर, सबै काम सकिएला त भन्न सक्दिन तर, यसै वर्ष कमोडिटी बजार सञ्चालन गर्ने परिस्थिति बन्छ। कमोडिटीको दोस्रो बजार सञ्चालन गर्ने लक्ष्य छ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)को शाखा विस्तार गर्नुपर्छ भन्दै आउनुभएको छ। नियामक निकायको प्रमुखको रूपमा नेपाल स्टक एक्सचेन्जमा सुधार हुनुपर्ने विषय के–के देख्नुभएको छ ?
नेपाल स्टक एक्सचेन्जको अहिलेको क्षमतामा अभिवृद्धि गर्न आवश्यक छ। यसमा दुई वटा कुरामा ध्यान दिनुपर्ने छ। जसमा, आन्तरिक प्रणालीलाई र जनशक्ति व्यवस्थापनलाई मजबुत बनाउनुपर्ने छ। यसपटक सरकारले नेप्सेको पनि पुनर्संरचना गर्ने भनेको छ।
सकेसम्म विदेशी रणनीतिक साझेदारी ल्याएर क्षमता अभिवृद्धि गर्नुपर्छ। जब नेप्सेले प्रभावकारी रूपमा काम गर्न सक्छ तब बजार पनि चलायमान हुन्छ। यसो भयो भने स्टक एक्सचेन्जप्रति लगानीकर्ताले चिन्ता गरिरहनुपर्ने अवस्था रहँदैन। रणनीतिक साझेदार भित्र्याउने विषयमा स्टक एक्सचेन्ज र सिडिएससी दुवैलाई लक्षित गरेका छौं।
यो स्टक डिलर भनेको अर्बौको पूँजी लिएर बस्ने संस्था हुन्। यिनिहरूले बजारको अवस्था हेरेर अर्बाैंको कारोबार गरिदिन्छन्। जसले बजारमा स्थायित्व ल्याउँछ। स्टक डिलरको लागि एउटा आवेदन आएको छ।
यसमा हामीले मात्र भनेर पनि हुँदैन। विदेशका मान्छेहरू पनि यसमा सहभागी हुनुपर्छ। उनीहरूको पनि कुरा हुन्छ। यसै वर्ष प्रक्रिया थाल्ने हो। यो वर्ष ७५ प्रतिशत काम सकियो भने अर्को वर्ष रणनीतिक साझेदार ल्याउन सकिएला। यसका लागि हामी शुरू गरिहाल्ने पक्षमा छौं।
स्टक डिलरको अवधारणा पनि ल्याउनुभएको छ। स्टक डिलर के हो ? कहिलेबाट सञ्चालनमा आउँछ ?
यो नेपालको सन्दर्भमा नयाँ अवधारणाहो। अन्य मुलुकमा स्टक डिलर छ। धेरै ठाउँमा ब्रोकर र स्टक डिलर एउटै पनि हुन्छन्। यो क्षमता भएको नियमित कारोबार गर्ने व्यवसायी हो। अहिले कारोबार गर्ने एक दुई वटा संस्थाहरू मात्रै छन्। क्षमता भएको संस्थाहरू बन्न सकेका छैनन्। यस्ता संस्थाहरू जन्माएर संस्थागत लगानीकर्ता अभिवृद्धि गर्नुपर्छ। नेपालमा संस्थागत लगानीकर्ताहरू पाँच प्रतिशत पनि पुगेका छैनन्। यसलाई धेरै माथि लैजानुपर्ने छ।
यो स्टक डिलर भनेको अर्बौको पूँजी लिएर बस्ने संस्था हुन्। यिनिहरूले बजारको अवस्था हेरेर अर्बाैंको कारोबार गरिदिन्छन्। जसले बजारमा स्थायित्व ल्याउँछ। स्टक डिलरको लागि एउटा आवेदन आएको छ। त्यसलाई लाइसेन्स दिन्छौं। त्यस्ता अरू संस्थाहरू पनि जन्माउँछौं। अब ढोका खुल्ला गरेका छौ। ठूलो पूँजी लिएर आउनेलाई स्वागत गर्छौं। ५० करोडभन्दा माथिको पूँजी हुनुपर्छ।
" /> कोरोना महामारीका कारण लकडाउन भएको बेलामा नेपाल शेयर बजार पनि बन्द भयो। नेपाल धितोपत्र बोर्ड (सेबोन)ले लामो समयसम्म शेयर बजार बन्द गरेर लगानीकर्ताको पैसा बन्धक बनाएको आरोप पनि लाग्यो। अहिले बजार नियमित सञ्चालनमा आएको छ। त्यसबाहेक, धितोपत्र बजार व्यवस्थित गर्ने योजना सहित चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम पनि भर्खरै सार्वजनिक भएको छ। यिनै सन्दर्भमा नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुङ्गानासँग देखापढीले गरेको कुराकानीको सार:नेपाल धितोपत्र बोर्डको नयाँ नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभयो, मुख्यतया कस्ता कार्यक्रमलाई प्रथामिकतामा राख्नुभएको छ ?

">