काठमाडौं। पछिल्लो एक शताब्दीभित्र नेपालमा ठूल्ठूला राजनीतिक आन्दोलन भए।
ती आन्दोलनमा काठमाडौंको खुलामञ्च जनताका आकांक्षा पोख्ने थलो बन्यो।
यही खुलामञ्चमा उभिएर उनीहरूले आफ्नो अधिकार मागे।
उकुसमुकुस पोखे। सत्ताको निरंकुश प्रवृत्तिमाथि औला उठाए।
यही खुलामञ्च र टुँडिखेलमा उभिएर कुनै बेला स्वतन्त्रताको आवाज उठाउने नेतामध्ये अधिकांशले सत्ताको स्वाद चाखे। कोही अहिले पनि सत्तामै छन्।
तर, नागरिकको आवाज बक्ने यो थलो भने एकपछि अर्को गरी उनीहरूबाटै खोसिँदैछ।
अनेकन् बहानामा खुलामञ्च र टुँडिखेल मासिएको छ।
टुँडिखेलमाथि भएको यो अतिक्रमणको विरोधमा अभियन्ताहरू जुटेका छन्।
टुँडिखेललाई नागरिककै बनाइराख्न २३ कात्तिकको दिन बिहान अभियन्ताहरुले ‘अकुपाई टुँडिखेल’ कार्यक्रम आयोजना गर्दैछन्।
किन यो अभियान ?
अभियन्ता गणपतिलाल श्रेष्ठका अनुसार खुलामञ्च नागरिकले आफ्नो अधिकारको लागि बोल्ने र आफ्नो आवाज सरकारसम्म पुर्याउने ठाउँ हो। खुलामञ्च, टुँडिखेल मासेर नागरिकलाई आफ्ना आवाज व्यक्त गर्न वञ्चित गरिएको उनको आरोप छ।
“कुनै समय बाँसबारीदेखि दशरथ रंगशालासम्म एशियाकै ठूलो चौरको रूपमा रहेको थियो टुँडिखेल। राणा प्रधानमन्त्री जंगबहादुर राणाको समयदेखि अतिक्रमण हुँदै गयो। अहिले त रुमालको टुक्रा जति नै बाँकी छ। त्यो थोरै स्थान पनि अब नरहने अवस्था देखेपछि यो अभियान थालिएको हो”, गणपति भन्छन्।
अर्का अभियन्ता आलोकसिद्धि तुलाधरका अनुसार टुँडिखेलको जग्गा काठमाडौंका रैथाने जनताले दिएका हुन्।
सरकारले किनेर टुँडिखेल बनाएको कुनै इतिहास छैन। जनताले दिएको जग्गा जनतालाई नै फिर्ता दिनुपर्ने, जनताले बिना रोकतोक सामाजिक कामको लागि प्रयोग गर्न पाउनुपर्ने माग राखेर अकुपाई टुँडिखेल कार्यक्रम गर्न लागेको उनी बताउँछन्।
गणपति भन्छन्, “हाम्रै आँगनबाट जानु भएको जनप्रतिनिधिले हाम्रो आँखाबाट हेरिदिनु पर्यो, बुझिदिनुपर्यो, सुन्नुपर्यो भनेर अकुपाई टुँडिखेल अभियान चलाएका छौँ।”
“हरेक दिन हजारौं, लाखौं मानिस टुँडिखेल वरिपरि हिँड्छन्। रत्नपार्कमा पैसा तिरेर जानुपर्छ। अहिले कोही मानिस क्यामेरा लिएर टुँडिखेलको सैनिक मञ्चतिर फोटो, भिडिओ खिच्न पुग्छ भने मात्र पनि त्यहाँका गार्ड आएर धपाउँछन्,” उनी भन्छन्, “हैन, यो त अति भयो भनेर अलिकति चेतना जगाउन अभियानको रूप दिएका हौं।’
‘अकुपाई टुँडिखेल’ अभियानका संयोजक विजय श्रेष्ठका अनुसार अभियान २३ कात्तिकदेखि तीन महीना हरेक शनिबार आयोजना हुनेछ।
के हो टुँडिखेल ?
टुँडिखेललाई नेपाल भाषामा ‘टिँ ख्य’ भनिन्छ।
आलोकसिद्धि तुलाधरका अनुसार टुँडिखेलको इतिहासका लिखित प्रमाण धेरै नभेटिए पनि यससँग जोडिएका विभिन्न किंवदन्ती भने पाइन्छन्।
उनका अनुसार लिच्छवीकालदेखि कान्तिपुर शहर निर्माण गर्दा वातावरणीय सन्तुलन कायम रहने गरी टुँडिखेलको प्रारूप सिर्जना गरिएको थियो।
यहाँको हावापानीलाई सन्तुलित र सफा राख्न टुँडिखेल महत्त्वपूर्ण छ।
टुँडिखेलले आकाशको पानी जमिनमुनि सञ्चय गर्न सक्छ।
टुँडिखेलको सांस्कृतिक महत्त्व पनि उत्तिकै छ। यहाँ मानिसहरूले धार्मिक तथा सांस्कृतिक गतिविधि वर्षैभरि गर्छन्।
त्यसैले नै कान्तिपुर शहर छेउछाउको भागलाई खुल्ला मैदान राख्ने हिसाबले टुँडिखेल बनाइएको तुलाधर बताउँछन्।
यसैगरी ललितपुरमा जावलाखेल र लगनखेल खुल्ला भू-भाग थियो भने भक्तपुरको सल्लाघारीमा पनि थियो।
काठमाडौंको टुँडिखेलको दोहन भने जंगबहादुर राणाको पालादेखि शुरू भएको तुलाधर बताउँछन्।
जंगबहादुरको पालासम्म सेनाको कवाज छाउनीमा हुन्थ्यो।
उनी यूरोप भ्रमणबाट फर्केपछि सेनालाई छाउनीबाट टुँडिखेलमा सारे।
त्यहीँबाट टुँडिखेल मासिने क्रम शुरु भएको हो।
डेढ सय वर्ष पहिलेको तुलनामा अहिले २५ प्रतिशत टुँडिखेल मात्र बाँकी रहेको तुलाधरको दाबी छ।
त्यसैले पनि टुँडिखेल राजनीतिक महत्त्वको थलो मात्र होइन।
यो ऐतिहासिक, सांस्कृतिक, प्राकृतिक, धार्मिक, पुरातात्त्विक र सामाजिक रूपमा काठमाडौंवासीसित जोडिएको धरोहर हो।
वातावरणीय हिसाबले यो काठमाडौंवासीको फोक्सो हो।
तर, यसको दुरूपयोग भएको छ। कसैले व्यापारिक प्रयोजनको लागि यसलाई प्रयोग गरेको छ त कहिले निर्माण सामग्री राख्न र पार्किङका लागि।
हुँदाहुँदा नेपाल सरकारकै निकायले दोहन गरेर अनेकन् भवन बनाएका छन्।
अन्य टुँडिखेल पनि अतिक्रमणमा
अकुपाई टुँडिखेल मात्र होइन, ट्वीटर लगायतका सामाजिक सञ्जालमा कैयौं व्यक्तिले ‘अकुपाई लगनखेल’को पनि आवाज उठाइरहेका छन्।
कुनै बेलाको खुला चौर लगनखेल अहिले बसपार्कको रूपमा विकसित भएको छ।
बाटोहरू र बसपार्कले लगनखेल साँघुरिएको छ। यहाँ खुला ठाउँ छैन।
त्यस्तै पाटनवासीले लगनखेलसँगै अकुपाई जावलाखेल सुरु गर्न आह्वान गरेका छन्।
त्यस्तै सिन्धुलीगढी, पाल्पामा भएको टुँडिखेल पनि अतिक्रमणमा परेको छ।
आलोकका अनुसार ‘अकुपाई टुँडिखेल’ले अन्य ठाउँका मानिसमा पनि जागरण ल्याएको छ।
" />

">