रेन्जरबाट सरकारी सेवा शुरू डा. विश्वनाथ ओली हाल वन सचिव छन्। यही २६–३० कात्तिकमा चितवनको सौराहामा हुन गइरहेको नवौं ‘विश्व रेन्जर सम्मेलन’बारे वन सचिव डा. ओलीसँग देखापढीका विनय कुमारले गरेको कुराकानीः
नेपालले ‘विश्व रेन्जर सम्मेलन’ आयोजना गर्दैछ । यो कस्तो सम्मेलन हो ?
सबभन्दा पहिला रेन्जर के हो भन्ने बुझौं । वन्यजन्तु संरक्षणमा लागेका समग्र पेशाकर्मी रेन्जर हुन् । हाम्रोमा राजपत्र अनकिंत प्रथम श्रेणीको पदमा कार्यरत वा वन क्षेत्रमा राष्ट्रिय निकुञ्ज, आरक्ष व्यवस्थापन क्षेत्रमा लागेकालाई रेन्जर भनिन्छ । तर विश्वभर नै संरक्षणमा लागेका पेशाकर्मीलाई रेन्जर भनिन्छ ।
यी रेन्जरहरुको पेशागत हितको संरक्षण गर्न इन्टरनेशनल रेन्जर फेडरेशन (अन्तर्राष्ट्रिय रेन्जर महासंघ) छ । त्यसमा विश्वभरका रेन्जर आबद्ध भएका छन् । अन्तर्राष्ट्रिय रेन्जर महासंघले तीन÷तीन वर्षमा रेन्जर सम्मेलन आयोजना गर्छ । एशियामा पहिलोपटक नेपालमा यो सम्मेलन आयोजना गर्दैछौं ।
फेडरेशनको सहयोगमा नेपाल सरकार वन तथा वातावरण मन्त्रालयले नवौं विश्व रेन्जर सम्मेलन आयोजना गर्न लागेको हो ।
यो सम्मेलनको उद्देश्य के हो ?
यसका उद्देश्य दुई/तीनवटा छन् ।
एउटा, अन्तर्राष्ट्रिय रेन्जर महासंघको आयोजनामा भएको हुनाले विश्वभरिका संरक्षणमा लागेका पेशाकर्मीबीच सञ्जाल स्थापना गर्र्ने । दोस्रो, विश्वभर संरक्षणका लागि भइरहेका विभिन्न देशले गरिरहेका असल प्रयासको अनुभव आदानप्रदान गर्ने । तेस्रो, संरक्षण र वन व्यवस्थापनको क्षेत्रमा एक अर्काबाट सिक्नु र आगामी दिनमा संरक्षणलाई कसरी अगाडि बढाउने भन्नेबारे साझा बुझाई निर्माण गर्ने । चौथो, विभिन्न सरकारी तथा गैरसरकारी, निजी क्षेत्र लगायत संरक्षणका साझेदारबीच संरक्षणबारे साझा धारणा कायम गर्ने ।
यो सम्मेलन चितवनको सौराहामै किन ?
संरक्षण र पर्यटकीय गन्तव्य दुवै हिसाबले चितवन राष्ट्रिय निकुञ्ज विश्वका उत्कृष्टमध्ये पर्छ । साथै चितवन राष्ट्रिय निकुञ्जले संरक्षणका लागि गरेका असल प्रयास विश्वसामु नै उदाहरणीय छन् ।
७१ देशका प्रतिनिधि यस सम्मेलनमा भाग लिन आउँदैछन् । असल प्रयास भएको चितवन राष्ट्रिय निकुञ्जलाई नै सम्मेलन स्थल किन नबनाउने भनेर त्यहीँ आयोजना गर्न लागेका हौं । त्यसका लागि ५ सय बढी पाहुनाको व्यवस्थापन गर्नुपर्ने थियो । हामीले चितवनका होटलहरूसँग समन्वय ग¥यौं । होटलहरूबाट राम्रो सम्भावना पाएपछि चितवनमै सम्मेलन गर्ने टुंगो लगायौं ।
यो विश्व सम्मेलन नेपालमै गर्न के–कस्ता पहल भए ?
अघिल्लो सम्मेलन सन् २०१६ मा अमेरिकाको कोलोराडोमा भएको थियो । त्यसमा नेपाली संरक्षणकर्मीहरुले भाग लिएका थिए । त्यो सम्मेलनमा हामीले महादेश अनु्सार अफ्रिका, युरोप, अमेरिकाले गरिसकेपछि एशियाले किन नगर्ने भनेर प्रस्ताव ग¥यौं । सरकारी तवरबाट पनि हामीले पहल ग¥यौं । र, गैरसरकारी क्षेत्रबाट विश्व वन्यजन्तु कोष नेपालले पनि पहल ग¥यो । इन्टरनेशनल रेन्जर फेडरेसनसंग हामीले आयोजना गर्नसक्ने सम्भावनाबारे छलफल ग¥यौं । उनीहरु नेपालले गर्न सक्ने अवस्था र क्षमताबारे अध्ययन गर्न आए । चितवनका साइटहरु पनि भिजिट गरे । त्यसपछि नेपालमै सम्मेलन गर्ने निष्कर्षमा इन्टरनेशनल रेन्जर फेडेरेसन पुगेको हो ।
यो सम्मेलनमार्फत् नेपालले विश्वलाई दिन खोजेको सन्देश के हो ?
नेपाल पक्ष राष्ट्र भएका महासन्धिहरुमा कुनै पनि मुलुकको निश्चित क्षेत्रफल संरक्षित क्षेत्र हुनुपर्ने उल्लेख छ । नेपालले त्यो भन्दा बढी संरक्षण क्षेत्र व्यवस्थापन गरिरहेको छ । हामीले २३ प्रतिशत भन्दा बढी भूभाग संरक्षित क्षेत्रको रुपमा व्यवस्थापन गरेका छौं । र, वन्यजन्तु तथा जैविक विविधताको संरक्षण र त्यसमा स्थानीय समुदायलाई सँगै लैजाने अभ्यासमा सफल प्रयास गरेका छौं । यो सफल प्रयास विश्वसामु प्रस्तुत गर्न यो सम्मेलन एक महत्वपूर्ण अवसर हो ।
तपाईंले वन्यजन्तु संरक्षणमा हामीले गरेका असल प्रयास देखाउन नेपालको चितवनमै गर्न लागिएको भन्नुभयो । हामीले गरेका प्रयास के हुन् ? हाम्रा उपलब्धी के हुन् ?
विश्वसामु नेपालले देखाउन सक्ने केही उल्लेख्य उदाहरणमध्ये संरक्षणमा भएका असल प्रयास एउटा हो । त्यसैगरी सामुदायिक वन संरक्षणमा हामीले प्राप्त गरेको सफलता देखाउन लायक अर्को सफलता हो । यसरी समग्रमा जैविक विविधता संरक्षणको क्षेत्रमा नेपालले पाएको सफलता विश्वसामु नै उदाहरणीय छ ।
गैंडा, बाघ र हिउँचितुवाको संरक्षणमा हामीले सफलता पाएका छौं । दुर्लभ भनिएका यी वन्यजन्तुको संख्या बढेबाटै त्यो सफलता पुष्टि हुन्छ । दोस्रो, हामीले निकुञ्ज र आरक्षहरुको सफल व्यवस्थापन ग¥यो । नेपालमा आउने विदेशी पर्यटकमध्ये आधाजसोले संरक्षित क्षेत्रहरु भ्रमण गरेको तथ्यांक छ । संरक्षणमा भएको योगदानले पर्यटनमार्फत् राष्ट्रिय अर्थतन्त्रमा सहयोग पुगिरहेको छ । यसले स्थानीय समुदायको जिविकोपार्जनमा पनि टेवा पु¥याएको छ ।
वन्यजन्तु संरक्षणका लागि हामीले गरिरहेका नयाँ अभ्यास के छन् ?
शुरूमा हामी प्रजाति संरक्षणमा केन्द्रित भएका थियौं । त्यसपछि पारिस्थितिक प्रणालीको संरक्षण र भूपरिधिय प्रणालीको संरक्षणमा केन्द्रित भएका छौं ।
शुरूआतका क्रममा प्रजाति संरक्षणमा मात्र जोड दिइन्थ्यो । अहिले समग्र भूपरिधिय, वन्यजन्तु, वनजंगलको संरक्षण र यससंग जोडिएका स्थानीय समुदायको सहभागिता, उनीहरुको जिविकोपार्जनमा सुधार लगायतका सबै विषय समेटिएका छन् । अहिले वन्यजन्तुको संरक्षण, राष्ट्रिय निकुञ्ज र आरक्षको संरक्षणमा आएका नविनतम प्रविधिलाई हामीले आत्मसात् गरेर अघि बढेका छौं ।
हामीले अपनाएका त्यस्ता प्रविधि के हुन् ?
‘स्मार्ट पट्रोल’, ‘ल इन्फोर्समेन्ट’लाई अघि बढाएका छौं । नेपाली सेनाले निकुञ्ज र आरक्षको जिम्मा लिएको छ । सूचना संकलनदेखि अन्य प्रविधिको पनि अभ्यास शुरु भएको छ । वन्यजन्तुको गणना र केही वन्यजन्तुको पहिचान गर्न ‘मनिटरिङ’ शुरु गरेका छौं । त्यस्तै ड्रोनबाट ‘मनिटरिङ’ गर्ने जस्ता विषयमा छलफल भइरहेको छ ।
यो सम्मेलनलाई नेपाल भ्रमण वर्ष–२०२० सँग कसरी जोडेर हेर्न सकिन्छ ?
हामीले नेपाल टुरिज्म बोर्ड र भिजिट नेपाल–२०२० को सचिवालयका साथीहरुसँग पनि छलफल गरेका छौं । र, उहाँहरुले पनि सम्मेलनस्थलमा गएर ‘भिजिट नेपाल–२०२०’ को एउटा डेडिकेटेड स्टल राख्ने छलफल भएको छ । साथै, सम्मेलनमा आउने विदेशी पाहुनसँग छलफल हुने, भ्रमण वर्षबारे जानकारी गराउने र अन्तिम दिन भिजिट नेपालको सचिवालयले एउटा छुट्टै सेसन आयोजना गर्दैछ ।
एउटा फरक प्रसंग, हामीले वनजंगल संरक्षण त गरेका छौं तर तिनले दिने काठ उपयोग गर्न सकिरहेका छैनौं । ढलेका, भाँचिएका काठ जंगलभित्रै कुहिएका छन् । अर्कोतर्फ विदेशबाट काठ आयात गरिरहेका छौं । वन संरक्षणको सफलताबाट हामीले के पायौं त ?
सन् २०१५ मा भएको सर्वेक्षणले नेपालमा वन क्षेत्र बढेको देखिएको छ । पहिला ३९.६ प्रतिशत क्षेत्रफल वनजंगलले ढाकेको थियो अहिले ४४.७४ प्रतिशत पुगेको छ । वन व्यवस्थापन गर्न एक÷दुई रुख काटिन्छन् । तर वन फडानी नै भयो भनेजसरी बुझ्ने गरिन्छ । हामीले के बुझ्नुपर्छ भने, वन नवीकरणीय प्राकृतिक स्रोत हो । रुख रोप्ने, हुर्काउने र काट्ने चक्र निरन्तर चलिरहन्छ ।
हाम्रो अध्ययन के हो भने दिगो वन व्यवस्थापन गर्दा वार्षिक १० करोड क्युफिट काठ नेपालको वनजंगलबाट निकाल्न सक्छौं । अहिलेको तथ्याङ्क हेर्ने हो भने हामीले झन्डै ६०÷६२ लाख क्युफिट काठमात्रै निकालिरहेका छौं । अर्थात् वन पैदावारको सम्भावनाको पूर्ण उपयोग भइरहेको छैन । हामी वन व्यवस्थापनमार्फत् दिगो रुपमा कसरी काठ दाउरा निकाल्न सकिन्छ भन्ने विषयमा केन्द्रित भएका छौं ।
त्यसैले वन तथा वातावरण मन्त्रालयले विदेशबाट आयातित काठ घटाउने नीति लिएको छ । तथ्यगत हिसाबले भन्दा गएको आर्थिक वर्षमा झन्डै २० प्रतिशतले काठ आयातको परिमाण घटेको छ ।
विश्वका विभिन्न देशमा वनभित्र खेती गरेको पाइन्छ । यसबारे हामीसंग कुनै योजना छ कि ?
गैरकास्ठ पैदावारमा जडिबुटी लगायत काठदाउरा बाहेकका अन्य पैदावार पनि हुन्छन् । प्राकृतिक रुपमा पाइने जडिबुटी प्रजातिको दिगो संकलन गर्ने र खेती गर्न सकिनेको खेती गर्ने, त्यसको प्रशोधन गर्ने र बजारीकरण गर्ने हिसाबले ‘राष्ट्रिय वन नीति–२०७५’ पनि आएको छ । यसमै केन्द्रित रहेर हामीले काम गरिरहेका छौं ।
जडिबुटी नेपालको प्रचुर सम्भावना भएको क्षेत्र पनि हो । उच्च मूल्यका जडिबुटीको खेती गर्ने, प्रशोधन गर्ने, त्यसको मूल्य अभिवृद्धि गर्ने र निर्यात गरेर विदेशी मुद्रा आर्जन गर्न सकिन्छ भन्ने दिशामा हामीले नीति र कार्यदिशा लक्षित गरेका छौं ।
" />

">