सम्झे जस्तो हुन्न जीवन,
जस्तो भोग्यो उस्तै हुन्छ,
देखे जस्तो हुन्न जीवन...
भोलि बिहानै इडनबर्ग जानु छ। स्थानीय भाषामा इडनब्रा भनिने यो सहर स्कटल्यान्डको राजधानीमात्र होइन पर्यटकहरुको घुइँचो लाग्ने सानो र सुन्दर वस्ती हो। पहिलो पल्ट जाँदैछु। ग्ल्यास्गोबाट एक घण्टाको बसयात्रा हो। जानुअघि सरसर्ती गुगलमा हेरेँ। समुद्र छेउैमा बगैंचाझैं सजिएको सानो शहर।
तर, ममा उत्साह पटक्कै छैन। छ वर्षअघि पोखरा घुमेको याद आयो। फेवातालको आँगनमा माछापुच्छ्रेको शीर बोकेर बसेको पोखराको अगाडि त फिक्का नै हुनुपर्छ यो इडनबर्ग। आफूले आफैंलाई सम्झाउनुको विकल्प मसँग थिएन। किनकि मेरो उद्देश्य त्यसको सुन्दरतामा लुटपुटिनु छँदै थिएन।
त्यसैले त राति सुत्ने बेलामा इडनबर्गको सुन्दरताको अगाडि दिनेश अधिकारीको शब्द र तारादेवीको स्वरको यो गीत मेरो कानमा गुञ्जिरह्यो। म सानै हुँदा सुनेको यो गीत उहिल्यै लेखिएको हो र अहिले पनि ठ्याक्कै मेल खाएको छ। ‘रिमिक्स’ गरिदिऊँ कि जस्तो लाग्यो।
सोचे जस्तो हुन्न विदेश,
सम्झे जस्तो हुन्न विदेश,
जस्तो भोग्यो उस्तै हुन्छ ,
फेसबुकमा देखे जस्तो हुन्न विदेश...
मुसुक्क हाँसै र सोचेँ, अब म पनि फेरिनु पर्छ। भोलि बिहानै इडनबर्गको टुप्पोमा बसेर समुद्रसमेत आउने गरी मुसुक्क मुस्कुराएर एउटा फाटो खिच्छु, ‘एप’ प्रयोग गरेर चिटिक्क पार्छु र फेसबुकमा पोस्ट गरिदिन्छु। अनि लेख्छु ‘स्वर्गको बगैंचामा झुल्किएको म।’ अनि मेरा सहपाठी, आफन्तहरू सानोमा कालाजादु हेर्दा झुक्किएझैं एकपल्ट झुक्किउ्न् र भनून् ‘वाह् क्या जिन्दगी छ यसको।’
र, फेवातालमा उभिएको आफ्नो फोटो फेसबुकबाट ‘डिलिट’ गरुन्, नभए कमसेकम पाँच पल्ट टोलाएर हेरुन्।
ग्ल्यास्गो निकै शान्त र सुन्दर छ। उसो त शान्ति मुर्दाघरमा पनि हुन्छ र कागजको फूल पनि सुन्दर हुन्छ। शहरको कोलाहल र व्यस्त जिन्दगीबाट अलिक पर पुगेर जङ्गलको छेउमा बसेको सानो गाउँमा पानी पिउँदाको मनको शान्ति र आफ्नै बारीमा मुस्कुराइरहेका फूलको शान्तिको वजन मुर्दाघर र कागजको फूलको शान्तिभन्दा निकै फरक हुन्छ।
म बसिरहेको ग्ल्यास्गोको एउटा सानो कुना यी दुई शान्तिको मझधारमा छ। कोरोना महामारीपछिको लकडाउनले थलिएको बेला भर्खरै खुल्नै लागेको ग्लास्गोको आँखा कोरोना सङ्क्रमण फेरि फैलिएपछि पुनः बन्द हुने तरखरमा छ। अब फेरि ‘लकडाउन’ भयो भने? भुइँमा ओछ्याइएको ‘स्प्रिङ लुज म्याट्रेस’मा मस्त सुतिरहेकी अर्को हप्ता पाँच वर्ष पुग्नै लागेको छोरीतिर पुलुक्क हेरेँ।
आमाको हातलाई सिरान लगाएकी छोरीलाई अँगालोमा बेरेर अठोट गरेँ, जेसुकै होस् म्याट्रेस त नयाँ किनेरै छाड्छु। चार महिना भइसक्यो मैले र श्रीमतीले एकअर्कालाई ‘निदायौ’ भनेर सोध्न छाडेको। आज पनि सोधिनँ।
आँखा र मष्तिष्कको तारतम्य मिलेन भने घुमफिरको कुनै अर्थ हुँदैन। आँखाले देखको चिजको स्वाद मेरो मष्तिष्कले पटक्कै लिन सकेको थिएन। दगुरेको दुगुर्यै गर्ने लन्डनबाट म ट्याक्क अडिएको ग्ल्यास्गोमा थिएँ। घर नपाएको र अब हुनै लागेको लकडाउनको सम्भावित अप्ठ्यारोबाट उम्कन त आफैंले केही गर्नै पर्ला, तर त्यसको पीडाबोध ‘सेयर’ गरेर म फेरि ऊर्जा भर्न चाहन्थेँ।
खै कति बेला हो निदाएछु। विपनीमा पूरा नभएको कुरा सपनामा आउँछ भन्छन् नि झुटका महाराजहरू। त्यस्ता महाराजहरु भेटिए कानमै बजाइदिए हुन्छ। इडनबर्ग जानुपर्ने मान्छे सपनामा जर्मनीको ट्रियर सहर पुगेछु।
सडकमा एउटा दारी पालेको बृद्ध मोटो किताब बेच्दै थिए। किताब नबिकेको धेरै भएर होला अगाडिको भागमा के लेखेको हो स्पष्ट देखिँदैनथ्यो। मैले पुस्तकको मूल्य सोधेपछि उनले पानी मागे। जब मैले पानी दिएँ अनि पो आफ्नो परिचय दिए, ‘कार्ल मार्क्स।
‘नेपालमा तपाईंको त्यत्रो इज्जत छ। जताततै तपाईंकै तस्बीरमा माल्यार्पण हुन्छ। तपाईंलाई त भिजा पनि एअरपोर्टमै मिल्छ। तपाईंको पुस्तक पढेरै धनी भएका सयौं त यतै पनि छन्। म खबर गरिदिन्छु, नेपाल जाने चाँजोपाँजो मिलाइदिन्छु, हिँड्नुस्’ भन्दा पो बूढा त मुसुक्क मुस्कुराएर भने, ‘जे जस्तो भए पनि आफ्नै माटो प्यारो हुन्छ। यहाँ कमसेकम मलाई कसैले हटाउन सक्दैनन्। मेरो माटो हो यो। नेपाल गएँ भने त भोलि मेरो उपयोगिता सकियो भने कसेर लात्ती हान्लान् नि फेरि! अनि कहाँ जाने म ?’
मैले नि मेरो यूरोपको पासपोर्ट त्यहीँ च्यातिदिएछु। बूढीले ऐया गरेपछि पो बिउँझिएँ त। बूढीको कान पो तान्दै रै’छु।
दिउँसो १२ बजेसम्म इडनबर्ग पुगिसक्नु पर्ने छ। एक जना पुराना मित्र छन् धर्मजी। १२ बजे काम सकिएपछि सहरमै भेट्नु छ र नजिकै रहेको सानो गाउँको उनको घर जानु छ। अहिलेसम्म छोरीलाई एक रात पनि छोडेको छैन।
बिहानै छोरीले ‘गुड मर्निङ हग’ दिएपछि सोचेँ, होस् आउँदिन भन्दिन्छु। यता ग्ल्यास्गोमा बस्नलाई भाडामै भए पनि अपार्टमेन्ट या घर पनि खोज्नु छ। तर इडनबर्ग जानुको उद्देश्य पनि त त्यही छ। यता नभए उता पो भेटिन्छ कि? आखिर सस्तो-महँगो कस्तो छ? सुन्नमा त महँगो छ भन्छन् बस्नलाई। यस्तै दोधारबीच अलिक ‘दह्रो’ खाजा खाएर हान्निएँ इडनबर्गतिर।
डेढ महीना भो ग्ल्यास्गो आएको, तर अहिलेसम्म यहाँको बस चढेको छैन। र, घरमा सँगै बस्ने परिवारबाहेक अरु कसैसँग बोलेको छैन भन्दा पनि हुन्छ। तर, आज संयोग घरबाट निस्कनासाथ पाँच घर कटेपछि एक व्यक्तिले आँगनबाटै ‘हेलो’ भने।
पहिरन र दारीबाट उनी पाकिस्तानी हुन् कि भन्ने लख काटेँ। मेरो लख मिलेछ। हिँड्न ढिलो भइसकेकोले नाम सोधिनँ पनि। म नेपाली हो भन्ने थाहा पाएपछि आफ्नै भाइजत्तिकै माया देखाए।
‘तपाईंहरूले त इन्डियालाई हानी दिनुभएछ। बोर्डरमा भीडन्त भएछ र इन्डिएनहरु भागेछन्। निकै राम्रो गर्नु भयो। नेपाल धेरै बलियो भइसके छ। अहिलेको प्रधानमन्त्री मुटु भाको रैछन्। चिन्ता नलिनुस्। तपार्इंहरु उताबाट हान्नुस्। गुर्खा भनेपछि त्यसै थर्किन्छ। यता पाकिस्तानले हान्छ, लद्दाखमा चाइनाले हान्दैछ। इन्डियाको तेल निकाल्नु पर्छ। हदै दादागिरी गर्यो।’
बूढाले एक स्वासमा यति भनेको सुनेपछि म अक्क न बक्क भएँ। मनमनै सोचेँ यो पक्कै पनि ‘भ्युज’ बढाउने युट्युबेहरुको भिडियोको कमाल हो। मैले त यस्ता यूट्युबेहरुलाई ‘ब्लक’ गरिदिएको छु।
यस्ता यूट्युबेहरुको भिडिओ हेरेर के बेतुकको कुरा गरिरहेको हो? उसको शैली यस्तो थियो मानौं ऊ नै पाकिस्तानको प्रधानमन्त्री हो र म नेपालको। जेसुकै होस् नेपालको बारेमा नराम्रो भनेको थिएन।
‘हाम्रो भूभाग मिचेकोले नयाँ नक्सा निकालेको हो’ यति मात्र भनेँ मैले।
‘अहिले त चाइनाको साथ छ तपाईंहरुलाई पनि। चाइनाले पाकिस्तानलाई निकै सहयोग गरेको छ। यही बेला हान्नु पर्छ। पाकिस्तानले आवश्यक सहयोग गर्छ।’ बूढा झन् मच्चिए।
म हिँड्न खोजेँ, तर फेरि रोकिहाले। यूट्युब, फेसबुक र अहिले टिकटकमा जथाभावी बोल्ने र गालीगलौजका अन्तर्वार्ता दिनेहरुले नेपालको छवि कता पुर्याएछन् त? सम्झँदै पारो तात्यो। मोबाइल हेरे जस्तो गरेर हतारिएको भावमा नमस्कार गर्दै लागेँ बस स्टेशनतिर।

म बस्ने ठाउँबाट ‘ग्ल्यास्गो सेन्ट्रल’ जानुपर्छ लोकल बसमा। पहिलो पल्ट ग्ल्यास्गोको ‘लोकल’ बस पनि चढ्दै थिएँ। लन्डन भन्दा अलिक महँगो पर्छ। एक पल्ट चढेको साढे दुई पाउन्ड। लन्डनमा डेढ पाउन्ड पर्छ। मसँगै बस्ने दाजुले पहिल्यै सचेत गराउनुभएको छ।
यदि नगदमा टिकट काट्ने हो भने साढे दुई पाउन्ड मिलाएरै दिनु पर्छ। तीन पाउन्ड दियो भने ५० पेन्स फिर्ता आउँदैन। १० पाउन्ड दियो भने पनि साढे सात पाउन्ड फिर्ता आउँदैन। त्यसैले बैङ्क कार्डबाट टिकट लिनु नै उत्तम। मैले त्यसै गरेँ।
मास्क अनिवार्य त भई नै हाल्यो, सामाजिक दूरी कायम गर्नका लागि हेरक सिटसँग जोडिएको सिटमा पहेँलो लगाइएको थियो ताकि नजिकै कोही अर्को नबसोस्। झ्यालपट्टी बसेर सोचेँ, नेपाल हुँदो हो त आन्दोलन भइसक्दो हो, चानचुन फिर्ता नगर्ने भन्दै। तर, यहाँ सरकारको नीति थियो नगदभन्दा कार्डको प्रयोग बढाउनका लागि। र, जनताले साथ दिँदै थिए।
ग्ल्यास्गो सेन्ट्रल पुगिसकेपछि अकमकिएँ। सवा ११ बजिसकेको थियो। कमसेकम पनि एक घण्टा त लाग्थ्यो नै त्यहाँबाट इडनबर्ग पुग्न। टिकट काउन्टरमा गएर सोधेपछि बस लाग्ने ठाउँ देखाइदियो।
बसमा ड्राइभरले नै काट्ने रैछन् टिकट। दौडिँदै छिरेँ बसमा। एकतर्फीको साढे आठ पाउन्ड र दुई तर्फीको १० पाउन्ड भाडा। जम्मा डेढ पाउन्डको फरक। तर त्यही दिन फर्कनु पर्ने। एकतर्फी काटेर बसको माथिल्लो तलामा गएर झ्यालको सिटमा बसेँ। दुई तल्ले बसमा जम्मा नौ जना मात्र थिए। बसमा इन्टरनेट चलाउन वाइफाई, मोबाइल अड्याउन मिल्ने, चार्ज गर्न मिल्ने सबै सुविधा थियो।
सित्तैको वाइफाई जोडेपछि सोचेँ, ‘फेसबुक लाइभ’ गरेर अलिकति धक्कु लगाइहाल्नु प¥यो। तर मनले मानेन। मेरो फेसबुक पनि त अचेल मेरो कम र छोरीकै धेरै भएको छ।
करिब २० मिनेट हिँडेपछि हावाबाट बिजुली निकाल्नलाई लगाइएका ठूलाठूला पङ्खा सानासाना थुम्काहरुमा लहरै भेटिए। काठमाडौंबाट नगरकोट जाँदा कताकता दुई चार वटा देखेजस्तो लाग्छ। र, हावाबाट बिजुली निकाल्ने कुरो त कति सुनियो कति! अहिले देख्दा लाग्यो, नेपालको लागि त यो निकै उपयोगी हो।

र, मेरो उद्देश्य त्यति नै थियो। यो फेसबुकको ‘डेड सेयर’ थिएन। यो जीवनको ‘लाइभ सेयर’ थियो। मरुभूमिमा हिँड्ने उँटजस्तो, पाएको यही मौकामा गन्तव्यसम्म पुग्न सक्ने गरी पानी पिउनु थियो।
सोच्दासोच्दै बस इडनबर्ग पुग्यो। धर्मजीसँग भेट भएपछि लागियो पर्यटकीय क्षेत्र ‘क्यासल’ तिर। पर्यटकहरु आउन सुरु गर्दै गरेका रहेछन्। चहलपहल शुरू हुँदै थियो। माथिबाट इडनबर्ग सहर पूरै देखियो। तलतिर समुद्र। वास्तममै सुन्दर थियो। तर मेरो चटारो अर्कै थियो। बिस्तारै सोधेँ– ‘यता अलिक सस्तोमा घर भाडामा पाइने सम्भावना भएको ठाउँ कतापट्टी हो?’
मेरो जस्तै अलिकति फुलेको झुसे दारीमा मुसुक्क मुस्कुराएर भने- ‘वरिपरि जता पनि उस्तैउस्तै हो। सस्तो छैन इडनबर्ग। बरु ग्ल्यास्गो नै अलिक सस्तो होला।’
म पनि मुसुक्क मुस्कुराएँ। धेरै गफिनु छ आज धर्मजीसँग।
‘हेर्नुस् त कति राम्रो छ यो शहर, फोटो खिचौं।’
मलाई खासै रहर त थिएन, तर पनि धर्मजीसँगको चिनो एउटा सेल्फी भने हानियो।
अर्कोपट्टीको डाँडामा पुग्न नपाउँदै छोरीको फोन आयो।
‘आई मिस यू ड्याडी। प्लिज कम सुन।’
अहँ मैले त्यहाँबाट छोरीलाई ‘लाइभ’ देखाइनँ। भुइँमा बसेँ र सोचेँ, फर्किहालुँ ग्ल्यास्गो। तर इडनबर्ग र धर्मजी दुवैले छुट्टै ऊर्जा भने दिइरहेका थिए। छोरीको फोन काटियो। भुइँमा थचक्क बसेँ। धर्मजी भन्दै थिए, अब घर गएर खाना खाएर समुद्रतिर जानु पर्छ।
धर्मजीको दुईवटा छोरासहितको परिवार सानो घरमा फैलिएर बसेको छ। दिनभरि धर्मजीसँगको भलाकुसारीले निकै राहत दिएको छ। भोलि बिहानै धर्मजी काममा जानु पर्छ र भोलिको सहयात्री भाइ कर्म हुनेछन्। धर्मजीको घरको बाक्लो ओछ्यानमा मज्जाले पसारिएको छु। उता मेरी छोरी आमाको हातको सिरानी बनाएर सपनामा मलाई नै देख्दै होली !
खै के मुड चल्यो यूट्युबमा ‘ब्युटीफुल मोमेन्ट्स अफ जियोग्राफी च्यानल’ सर्च गरेँ। बडो गज्जबको भिडिओ आयो। आमा हरिण आफ्नो सानो बच्चालाई चार खुट्टामा च्यापेर लुकाउँदै थिइन्। बाघले एकछिनसम्म हेरिरह्यो र फनक्क फर्किएर खोलामा पानी पिउन गयो।
" /> सोचे जस्तो हुन्न जीवन,सम्झे जस्तो हुन्न जीवन,

">