नेपालमा पहिलोपटक प्लाज्मा थेरापी विधिबाट कोरोना संक्रमित व्यक्तिको सफल उपचार भएको छ। प्लाज्मा थेरापी के हो त? नेपालमा यसको सम्भावना कस्तो छ? कसरी उपचार गरिन्छ? प्लाज्मा थेरापी कतिको भरपर्दो छ? यस्तै विषयमा त्रिवि शिक्षण अस्पताल कोभिड-१९ व्यवस्थापन समितिका संयोजक तथा छातिरोग विशेषज्ञ डा. सन्तकुमार दाससँग देखापढीका विनय कुमारले गरेको कुराकानीको सम्पादित अंशः

नेपालमा पहिलोपटक कोभिडबाट संक्रमित व्यक्तिको सफल उपचार प्लाज्मा थेरापीबाट भयो, यो कसरी सफल भयो?

प्लाज्मा विधि कुनै नयाँ होइन। यो वर्षौदेखि चलिआएको विधि हो। तर, कोभिड-१९ को केसमा यसको उपयोगिता कस्तो हुन्छ? यसले कतिको फाइदा गर्छ? लगायतका विषयमा अझै पनि अन्योल कायम छ।

विभिन्न देशहरूले आ-आफ्नो स्थितिअनुसार कोभिडको उपचारका लागि प्लाज्मा विधिको प्रयोग गरिरहेका छन्। कतिपय देशमा यसको प्रभावकारिता देखिएको छ भने कतिपय देशमा छैन। नेपालमा भने यसको प्रयोग भएको थिएन। छिमेकी मुुलुक भारत र चीनले भने प्लाज्मा विधिलाई प्रयोगमा ल्याइसकेका छन्।

कसरी भयो प्लाज्मा थेरापीबाट सफल उपचार?

प्लाज्मा थेरापीबाट उपचार गर्ने निर्णय एकदमै महत्त्वका साथ लिइएको हो। त्रिवि शिक्षण अस्पतालमा एकजना कोरोना संक्रमित बिरामी थिए। उनी बाइल्याट्रल निमोनियाबाट ग्रसित थिए। आईसीयूमा राखेर उपचार हुँदै थियो। उनमा ‘अक्सिजन डिमाण्ड’ धेरै थियो। निमोनियाको उपचारका साथै एन्टि भाइरल मेडिसिन पनि दियौं। विश्व स्वास्थ्य संगठनले अनुमति दिएको डेक्सामेथासिन पनि चलाइयो। यी औषधिहरू दिँदा पनि पाँच दिनसम्म बिरामीको अवस्थामा कुनै सुधार आएन। भेन्टिलेटरमा राख्ने अवस्था आइसकेको थियो।

त्यसपछि त्रिवि शिक्षण अस्पतालको कोभिड व्यवस्थापन समितिको बैठकले ती बिरामीलाई भेन्टिलेटरमा नराख्ने निर्णय गर्‍यो। किनभने, कोभिडका बिरामीलाई भेन्टिलेटरमा राख्दा बाँच्ने सम्भावना निकै कम हुन्छ। र, विदेशमा पनि प्लाज्मा थेरापी प्रयोगमा आएकाले एकपटक प्रयास गर्ने पनि उक्त बैठकले निर्णय गर्‍यो।

बढीजसो पुरूषबाट प्लाज्मा लिने भनिएको छ। तर बच्चा जन्माइनसकेका महिलाबाट पनि प्लाज्मा निकाल्न मिल्छ।

रक्तदाता बन्न सक्ने निको भइसकेका संक्रमित व्यक्तिलाई हामीले खोजी गर्न थाल्यौं। कोरोनाबाट निको भएको १४ दिन भइसकेका व्यक्तिले रगत दिनसक्ने मापदण्ड छ। नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को समन्वयमा रगत दाता भेटियो।

दाताले रगत दिइसकेपछि प्लाज्मा बनाउने काम गर्‍यौं। र, गत बिहीबार राति ती बिरामीलाई रगत ‘ट्रान्सफ्युज’ गरेका थियौं। त्यसको भोलिपल्टदेखि नै बिरामीमा सुधारका लक्षण देखियो। ४८ घण्टापछि पहिलाको अवस्थासँग तुलना गर्दा धेरै फरक पायौं। ८० प्रतिशत अक्सिजन डिमाण्ड भएको बिरामीलाई २४ प्रतिशत अक्सिजन डिमाण्ड मात्र थियो। छातीमा देखिएको संक्रमण पनि ७० प्रतिशत सफा भएको पाइयो। बिरामी आफै हिँड्डुल गर्न सक्ने, खाना खान सक्ने अवस्थामा पुगेको थियो। त्यसपछि बिरामीलाई भेन्टिलेरमा राख्ने अवस्थाबाट बचायौं। आईसीयूमा पनि राख्ने अवस्थामा छैन। त्यसैले प्लाज्मा थेरापीलाई कोरोना उपचारका लागि सफल मानिएको छ।

प्लाज्मा थेरापी भनेको कस्तो विधि हो?

यो कुनै नयाँ विधि होइन। कोभिडको केसमा मात्र नयाँ परीक्षण भएको हो। दाताले रगत दिने हो। रगतबाट रातो रगत (आरबीसी) छुट्याइन्छ, प्लेटलेट पनि छुट्याइन्छ। त्यसपछि बचेको तरल पदार्थ प्लाज्मा हो। पहिला पनि अरू बिरामीलाई प्लाज्मा दिँदै आइएको हो।

कोभिडको केसमा मात्र यो नयाँ भएको हो। यो महँगो प्रक्रिया होइन, दाताको रगतबाट प्लाज्मा निकाल्ने हो। हेपाटाइटिस, एचआइभीको स्क्रिनिङ गरिन्छ। त्यसपछि रगत समूह मिल्नुपर्छ। प्लाज्मा निकाल्ने दुईवटा विधिहरू छन्। एउटा, निको भइसकेका संक्रमित व्यक्तिबाट आरबीसी र प्लेटलेट छुट्याएर प्लाज्मा बनाउने।

अर्को, एफेरिसिस मेसिनबाट प्लाज्मा बनाइन्छ। त्यो मेसिन बिरामीको नसामा जोडिन्छ। र, त्यो मेसिनले के गर्छ भने ब्लड एकतिरबाट सर्कुलेट भएर मेसिनमा जान्छ। मेसिनले प्लाज्मालाई फिल्टर गरेर निकाल् । र बाँकी तत्वलाई फेरि बिरामीमै फर्काइदिन्छ। एफेरिसिस मेसिन पहिला अरू रोगहरूमा प्रयोग गरिन्थ्यो। अहिलेको केसमा हामीसँग किट नभएर त्यसको प्रयोग गर्न पाएनौं। ‘ट्रेडिस्नल वे’बाटै प्लाज्मा छुट्याएका थियौं।

कस्ता व्यक्तिबाट प्लाज्मा निकाल्न उपयुक्त हुन्छ?

संक्रमणबाट निको भइसकेको मानिसको शरीरमा कोरोनासँग लड्ने एन्टिबडी(प्रोटिन) बनिसकेको हुन्छ। हामीले त्यही एन्टिबडी निकाल्ने हो। नयाँ संक्रमित व्यक्तिलाई त्यो एन्टिबडी दिएपछि भाइरससँग लड्ने काम गर्छ र बिरामीलाई सिरियस बन्न दिँदैन।

तर, त्यसो भन्दैमा सबैले प्लाज्मा दान गर्न मिल्दैन। यसका केही मापदण्डहरू बनाइएका छन्। कोभिडबाट निको भएको दुईसाता हुनुपर्छ। दुईवटा पीसीआर नेगेटिभ हुनुपर्छ। पहिलाको डकुमेन्टेड पीसीआर परीक्षण भएको हुनुपर्छ। बढीजसो पुरूषबाट प्लाज्मा लिने भनिएको छ। किनभने यसले उल्टो प्रतिक्रिया कम गर्छ भन्ने विश्वास छ। बच्चा जन्माइनसकेका महिलाबाट पनि प्लाज्मा निकाल्न मिल्छ। बच्चा पाइसकेका महिलाबाट लिँदा ‘रिएक्सन’ गर्ने सम्भावना बढी हुन्छ। १८ वर्ष भन्दा माथिका उमेर समूहका व्यक्तिबाट प्लाज्मा निकाल्ने मापदण्डहरू तोकिएका छन्।

प्लाज्मा थेरापी कसरी गरिन्छ?

प्लाज्मा बनाइसकेपछि ब्लड ट्रान्सफ्युज गर्छौं। रगत चढाउनु जस्तै हो। दुई घण्टामा दुई सय मिलिलिटर चढाउँछौं।

यो विधिबाट फेरि उपचार गर्ने योजना छ कि छैन?

लक्षण भएका बिरामीहरूको संख्या अहिले दिनदिनै बढिरहेको छ। पहिला लक्षण देखिदैन्थ्यो। लक्षण देखिँदा निमोनिया हुने र आईसीयूमा राख्ने अवस्था आउन सक्छ। यस्तो अवस्था आउँदा प्लाज्मा थेरापीको माग पनि बढ्छ। यो महँगो पनि छैन र विदेशबाट मगाउनुपर्ने अवस्था पनि छैन। आफ्नै देशमा उपलब्ध भएकाले, नेपाली दाताले दिएको रगतबाट नै प्लाज्मा निकाल्न सकिने भएकाले निकै फाइदाजनक हुन्छ। भविष्यमा पनि अधिकतमरूपमा प्रयोग गर्ने योजनामा छौं। यसबाट बढी भन्दा बढी मानिसलाई मृत्युबाट बचाउन सकिन्छ।

दिल्लीका स्वास्थ्यमन्त्री सत्येन्द्र जैनलाई पनि कोरोना संक्रमण हुँदा प्लाज्मा विधिबाट नै सफल उपचार गरिएको थियो।

पहिल्यैदेखि दाता खोजेर ठिक्क पारिराख्नुपर्ला नि?

प्लाज्मा थेरापीका लागि तुरुन्तै निर्णय गर्नुपर्ने हुन्छ। केसहरू बढ्दै गएपछि तत्कालै रगत चाहिन्छ, खोजिराख्ने समय हुँदैन। यसका लागि नेपाल स्वास्थ्य अनुसन्धान परिषदले जनतालाई आह्वान गरेको छ, रगत दिन को को इच्छुक छन्? आफ्नो नाम र ब्लड ग्रुप लेखाउनुस् भनेको छ। एउटा लिस्टिङ गरिँदैछ। त्रिवि शिक्षण अस्पतालले पनि निको भइसकेको व्यक्तिलाई सम्पर्क गरेर लिस्ट बनाउँदैछ। रगत समूह मिल्ने बिरामीलाई आवश्यक पर्दा तुरुन्तै बोलाएर प्लाज्मा निकालेर उपचार गर्न सकिन्छ। अथवा, रगत संलकन गरेर प्लाज्मा निकालेर ब्लड बैंकमा राख्न सक्छौं र आवश्यक परेको खण्डमा बिरामीलाई दिन पनि सकिन्छ ।

यसको प्रभावकारिता किन देखिएको छैन? भारत र चीनमा पनि यो विधिबाट उपचार गरिँदैछ। तर, यो विधिलाई किन महत्व दिइएको छैन?

कोभिडको केसमा यो विधी बिल्कुलै नयाँ हो। दिल्लीका स्वास्थ्यमन्त्री सत्येन्द्र जैनलाई पनि कोरोना संक्रमण भएको थियो। उनलाई प्लाज्मा विधिबाट नै उपचार गरिएको थियो। उनले प्लाज्मा विधिबाट आफू निको भएको पनि स्पष्ट पारिसकेका छन्। यो विधि अहिले थुप्रै देशहरूमा प्रयोग भइरहेका छन्।

यसले सबैलाई फाइदा मात्र गर्छ भन्ने होइन। केही केसहरूमा फाइदा भन्दा बढी नोक्सान गर्ने सम्भावना हुन्छ। कुनै कुनै केसमा बिरामीलाई प्लाज्मा दिँदा बाहिरी रगत विरूद्धमा शरीरले प्रतिक्रिया जनाउँछ। प्रतिक्रियापछि फोक्सो झनै बिग्रेर जाने सम्भावना हुन्छ। त्यसैले सबै बिरामीलाई यो विधिबाट उपचार गर्न सकिँदैन। सावधानीपूर्वक बिरामी छनोट गर्नुपर्छ। फाइदा र बेफाइदा मापन गरेर मात्र यो विधि अपनाइन्छ। त्यसैले प्लाज्मा थेरापी सबैको लागि रामवाण चाहिँ होइन।

नेपालमा यसको निरन्तरता दिनसक्ने अवस्था कस्तो छ?

निरन्तरता दिनसक्ने अवस्था छ। पहिलो केसको सफलताले गर्दा नेपाल स्वास्थ्य अनुसन्धान परिषद(एनएचआरसी) र स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पनि सक्रिय भएको छ। अहिले हाम्रो देशैभरि प्लाज्मा थेरापीका लागि १२ वटा अस्पतालहरू तोकिएका छन्। कोरोना संक्रमितको परीक्षणका लागि ९ वटा सरकारी अस्पताल र तीनवटा निजी अस्पताललाई तोकिएको हो। भविष्यमा अरू बिरामीहरूले पनि आवस्यकता र अवस्थाअनुसार प्लाज्मा थेरापीबाट सेवा पाउन सक्नेछन्।

कोरोनाको भ्याक्सिन बनिसकेको छैन। प्लाज्मा विधिलाई कतिको भरपर्दो मान्न सकिन्छ?

कोभिड –१९ का लागि अहिलेसम्म भएका उपचारहरूमध्ये प्लाज्मा थेरापी नै भरपर्दो हो। भ्याक्सिन र प्लाज्मा फरक-फरक कुरा हो। भ्याक्सिनले इन्फेक्सनबाट बचाउँछ, रोग लाग्न दिँदैन। एक पटक प्रयोग गर्दा यसले लामो समयसम्म संक्रमण हुनबाट जोगाउँछ। प्लाज्मा थेरापीबाट भने संक्रमित भइसकेका व्यक्तिको उपचार मात्र गरिन्छ। थेरापीले व्यक्तिको ज्यान जोगाउन मात्र मद्दत गर्छ। प्लाज्मा थेरापी र भ्याक्सिनको उद्देश्य नै फरक छ। प्लाज्माको ठाउँमा भ्याक्सिन र भ्याक्सिनको ठाउँमा प्लाज्मा प्रयोग गर्न मिल्दैन।

प्लाज्मा थेरापी अरू कुन-कुन महामारीका बेला प्रयोग गरिएको थियो?

पहिलाको सार्स कोरोना भाइरसमा पनि यो विधि अपनाइएको थियो। इबोला भाइरसमा पनि यो थेरापी प्रयोग गरिएको थियो। यस्ता ठूलाठूला महामारीका बेला यसको प्रयोग भएको थियो।

कोरोना संक्रमित बिरामीहरू भेन्टिलेटरमा जाँदा बाँच्ने सम्भावना किन कम हुन्छ?

कोभिडले सामान्यत फोक्सोमै आक्रमण गर्छ। सँगसँगै मुटुलाई पनि असर गर्छ। उच्च जोखिममा भएका बिरामीहरू नै भेन्टिलेटरमा जाने हुन्। अहिलेसम्म के देखिएको छ भने ६० वर्षभन्दा बढी उमेरका मानिस भेन्टिलेटरमा जाँदा ८० प्रतिशत मृत्यु हुने सम्भावना रहन्छ। त्यसैले अहिलेको हाम्रो उद्देश्य भनेको भेन्टिलेटर तिर जान नदिने र अन्तिम अवस्थामा मात्र भेन्टिलेटर प्रयोग गर्ने हो।

" /> नेपालमा पहिलोपटक प्लाज्मा थेरापी विधिबाट कोरोना संक्रमित व्यक्तिको सफल उपचार भएको छ। प्लाज्मा थेरापी के हो त? नेपालमा यसको सम्भावना कस्तो छ? कसरी उपचार गरिन्छ? प्लाज्मा थेरापी कतिको भरपर्दो छ? यस्तै विषयमा त्रिवि शिक्षण अस्पताल कोभिड-१९ व्यवस्थापन समितिका संयोजक तथा छातिरोग विशेषज्ञ डा. सन्तकुमार दाससँग देखापढीका विनय कुमारले गरेको कुराकानीको सम्पादित अंशः

"> प्लाज्मा थेरापीका बारेमा जान्नै पर्ने १२ कुरा (भिडिओसहित): Dekhapadhi
प्लाज्मा थेरापीका बारेमा जान्नै पर्ने १२ कुरा (भिडिओसहित)

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्