भलिबल खेलमा उनी ‘स्पाइकर’को पोजिशनमा खेल्छिन्। विपक्षीको कोर्टमा स्पाइक बर्साएर अंक दिलाउने उनको काम नै हो। उचाइ राम्रो भएकाले विपक्षी खेलाडीको ‘स्पाइक ब्लक’ गर्न पनि उनलाई सहज हुन्छ।
नेपाली राष्ट्रिय भलिबल टोलीका वर्तमान सदस्यहरूमध्ये अनुभवी खेलाडी पनि हुन्, सरस्वती। उनकै समकालीन अरुणा शाहीको कप्तानीमा बंगलादेशमा हुने प्रथम एभीसी सिनियर वुमन सेन्ट्रल जोन भलिबल प्रतियोगिता खेल्न नेपाली महिला भलिबल टोली बंगलादेश पुगिसकेको छ।
सरस्वती र अरुणासँगै रेश्मा भण्डारी, प्रतिभा माली, कमला पुन र उषा विष्ट यो टोलीमा समावेश सिनियर खेलाडी हुन्। यसपटक ६ जना नयाँ खेलाडी राष्ट्रिय टोलीमा छन्। त्यसैले पनि सरस्वती लगायत अनुभवी खेलाडीमा ठूलो जिम्मेवारी छ।
२०६४ सालमा एक सातामात्र प्रशिक्षण गरेर सुदूरपश्चिमको प्रतिनिधित्व गर्दै सरस्वतीले ललितपुरमा भएको गणतान्त्रिक खेलकुदमा भलिबल खेलेकी थिइन्। त्यसपछि २०६६ मा धनगढीमा भएको छैठौं बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिता खेलिन्।
सरस्वतीको अन्तर्राष्ट्रिय ‘डेब्यू’ प्रतियोगिता भने सन् २०१४ मा नेपालमै आयोजना भएको प्रथम दक्षिण एसियाली आमन्त्रण भलिबल थियो। त्यसयता उनले भारतमा भएको १२औं दक्षिण एशियाली खेलकुद र २०१७ मा माल्दिभ्समा सम्पन्न महिला भलिबलको ओलम्पिक छनोट खेलेकी थिइन्।
प्रस्तुत छ, चौधरीसँग सेन्ट्रल जोन र सागसँग केन्द्रित रहेर देखापढीका लागि गोविन्दराज नेपालले गरेको कुराकानीको सारसंक्षेपः
नेपाली महिला टोलीले २०१७ पछि पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दैछ। कत्तिको उत्साहित हुनुहुन्छ?
पहिलो कुरा, हामी खेलाडीका लागि अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्नु नै एक प्रमुख सपना हो। धेरैपछि अन्तर्राष्ट्रिय खेल खेल्न पाउँदा उत्साही छु। त्योसँगै हाम्रो सपना स्वर्ण पदक ल्याउने हो। त्यही अनुसार खेलाडीदेखि प्रशिक्षकले समेत मिहिनेत गरिरहेका छौं। लामो समयपछि अन्तर्राष्ट्रिय खेल खेल्दा छुट्टै जोश छ। अवसर पाएको बेला आफ्नो देशको शिर उँचो पार्नुपर्छ भन्ने लागेको छ।
थाइल्याण्डमा तीन साताको प्रशिक्षण र मैत्रीपूर्ण खेल खेल्नुभो। त्यहाँको अनुभव कस्तो रह्यो?
थाइल्याण्डमा प्रशिक्षणका साथै मैत्रीपूर्ण खेलबाट हामीले राम्रो एक्सपोजर पाएका छौं। त्यसबाट अनुभव र आत्मविश्वास पनि हासिल भएको छ। हाम्रो उचाइ उनीहरूभन्दा कम थिएन, तर उनीहरूको ‘बेस’ र ‘टेक्निक’ हाम्रोभन्दा अब्बल रहेकाले हराउन सकेनौं। त्यहाँबाट धेरै कुरा सिक्न भने पायौँ।
दक्षिण एशियामा भारत बलियो छ। नेपालले श्रीलंकालाई टक्कर दिँदै आएको छ। सेन्ट्रल जोन प्रतियोगितामा भने दुवै टोली छैनन्। अफगानिस्तान र किर्गिस्तान नेपालका लागि नयाँ हुन्। यस्तोमा नेपालको लक्ष्य के हुन्छ ?
अहिले हुन लागेको एभिसी सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपमा सहभागी कीर्गिस्तान र अफगानिस्तानसँग हामीले यसअघि खेलेका छैनौं। त्यसैले उनीहरूको सबल पक्ष र कमजोरी हामीलाई थाहा छैन। तर, हामीले आफ्नो शतप्रतिशत इफोर्ट लगायौं भने उनीहरूलाई जित्न नसक्ने कुरा छैन। माल्दिभ्स र बंगलादेशलाई त हामीले यसअघि पनि पराजित गरिसकेका छौँ।
नेपाली टोलीमा ६ जना नयाँ खेलाडी छन्। सेन्ट्रल जोनमा नयाँ र पुराना खेलाडीको टीम कम्बिनेसनले सागलाई कस्तो फाइदा पुग्ला ?
टोलीमा धेरै नयाँ खेलाडी भएकाले सेन्ट्रल जोनमा खेल्दा उनीहरुमा कन्फिडेन्स बढ्छ। अनि ‘नर्भसनेस’ पनि हट्छ। यहाँबाट अन्तर्राष्ट्रिय एक्सपोजर पनि मिल्छ। यी सबै कुराले गर्दा हामी स्वर्ण पदकका दाबेदार हौं।
नेपालमै हुने १३औं दक्षिण एशियाली खेलकुद (साग)मा महिला भलिबल टोलीको लक्ष्य के हो ?
यो पटक हामी स्वर्ण पदककै दाबेदार हौं। किनकी, हामी आफ्नै कोर्टमा खेल्दैछौं। दोस्रो, हामीलाई घरेलु समर्थकको सपोर्ट हुनेछ। अर्को कुरा, हामीले थाइल्याडमा प्रशिक्षण र मैत्रीपूर्ण खेलको अनुभव हासिल गरेका छौं। त्योभन्दा पनि महत्त्वपूर्ण टोलीका सबै खेलाडी फर्ममा छौं, एकअर्काप्रति विश्वास पनि बलियो छ।
नेपालमा पुरुषको तुलनामा महिला भलिबल प्रतियोगिता बढी हुन्छन्, तर अन्तर्राष्ट्रिय एक्सपोजर र प्रतियोगिता कम छन्। नियमित अन्तर्राष्ट्रिय खेल खेल्न पाउने हो भने नेपाली महिला भलिबल कहाँ पुग्थ्यो होला?
घरेलु प्रतियोगिता धेरै भए झैं अन्तर्राष्ट्रिय खेलहरू पनि हुने हो भने नयाँ पुस्ताका खेलाडीमा पनि भलिबल खेलप्रति आकर्षण बढ्छ। त्यसो हुन सक्दा हामी दक्षिण एशियामा च्याम्पियन बन्न सक्छौं। अनि एशियन च्याम्पियनसिपमा पनि राम्रो स्थान बनाउन सक्छौं।
तपाईंलाई धेरैले उत्कृष्ट खेलाडी मान्छन्। आफ्नो कुन चाहिँ पक्ष बलियो र कुन चाहिँ सुधार गर्नुपर्ने जस्तो लाग्छ?
मेरो बलियो पक्ष भनेको ब्लक, डिफेन्स अनि सर्भिस हो। स्पाइक र रिसिभमा मैले अझैं सुधार गर्नुपर्नेछ।
अनि व्यक्तिगत लक्ष्य ?
मेरो लक्ष्य भनेकै एभीसी सेन्ट्रल जोनमा स्वर्ण जित्ने हो। अनि, १३औं सागमा पनि स्वर्ण पदक ल्याउने। हामीले त्यहीअनुसार मिहिनेत गरेका छौं। अहिले नेपाल भलिबल संघ, राष्ट्रिय खेलकुद परिषद्देखि सबैको साथ हामीलाई छ। हामी कसैलाई निराश हुन दिने छैनौं।
" /> सरस्वती चौधरी नेपाली महिला भलिबलले पाएको उत्कृष्ट प्रतिभा हुन्। भलिबल खेलाडीका लागि नभई नहुने उचाइमा उनी पूर्ण छिन्।भलिबल खेलमा उनी ‘स्पाइकर’को पोजिशनमा खेल्छिन्। विपक्षीको कोर्टमा स्पाइक बर्साएर अंक दिलाउने उनको काम नै हो। उचाइ राम्रो भएकाले विपक्षी खेलाडीको ‘स्पाइक ब्लक’ गर्न पनि उनलाई सहज हुन्छ।

">