र्यान्डी सन् २०१८ सेप्टेम्बरमा नेपालका लागि राजदूत नियुक्त भएका थिए । त्यसको एक महिनापछि, अक्टोबरदेखि उनी नेपाल बस्दै आएका छन्। कमलादीस्थित उनको निवासभित्र जाने हो भने अमेरिकी राजदूतको जरा कति मजबुत छ भन्ने थाहा हुन्छ। त्यहाँ उनको निवासको भित्ताभरि पेन्टिङ झुन्ड्याइएका छन्। ती पेन्टिङमा अमेरिकाको दक्षिणपश्चिमी क्षेत्र झल्कन्छ । हरेक पेन्टिङका विषय र माध्यम फरक छन्।
“कलाकारहरूसँग आकार, रङ, र गहिराइलाई प्रकट गर्ने अद्वितिय क्षमता हन्छ। त्यति मात्र नभई उनीहरू कथा, भावना, पल, स्थान वा सांस्कृतिक सम्पदा र तस्बीरमा गर्व सिर्जना गर्न सक्छन्”, र्यान्डी भन्छन्, “यो सङ्कलनका निम्ति कलाकृति छान्ने क्रममा मैले त्यस्ता कलाकार र कला सामग्रीको खोजी गरेँ, जुन मेरो बाल्यकाल बितेको अमेरिकाको कोलोराडो राज्यको प्राकृतिक तथा सांस्कृतिक दुनियाँबाट प्रेरित छन्।”
र्यान्डीको निवासमा कोलोराडोको दक्षिण र दक्षिणपश्चिमी क्षेत्रका प्राकृतिक दृष्य झल्कने रकी माउन्टेनको ‘साङ्ग्रे दे क्रिस्टो’ शृङ्खलादेखि विशाल उच्च मरुभूमि, खेतीपातीका फराकिला उपत्यका र व्यापक वनजङ्गलसम्मका विविध भौगोलिक संरचनाको सम्मिलन देख्न सकिन्छ। यहाँ विविधतासँगै संस्कृतिको मेल समेत भेटिन्छ। त्यस्तै उनको गृहराज्यको समृद्ध आदिवासी अमेरिकी तथा हिस्पानिक सम्पदा लगायतका विविध संरचनासम्बन्धी सन्देश प्रवाह गर्ने सांस्कृतिक सामग्रीहरू पनि उनले सजाएका छन्।
सन् १९७२ मा हार्लन डनभनले सिर्जना गरेको ग्रामीण कला र समकालीन कलाकार शिला डनले सन् २०१८ मा तयार पारेको सिर्जनाले उही विषय उठाएका छन्। “यी पर्वतहरू, जसलाई म युवा छँदा आफ्नो घर भन्थें,” पेन्टिङलाई देखाउँदै राजदूत र्यान्डीले भने, “जब जब म घर सम्झन्छु, यिनै पेन्टिङ हेर्न आउँछु। यी पेन्टिङले मलाई मेरो बाल्यकालमा पुर्याउँछन्।”
पेन्टिङमा प्राकृतिक वातावरणलाई फरक तरिकाबाट व्याख्या गरिएको छ। दुवै कलात्मक सिर्जना निकै प्रभावशाली छन्। माइकल केस्लरका चित्र ‘रिभिल्ड सिक्स’ले र्यान्डीलाई कोलोराडो राज्यभर पर्वतका भिरपाखा ढाक्ने गरी पलाएका तेजिला सेता बोक्रा हुने एस्पनका घारीहरुमा पुर्याउँछ।
उनको निवासमा अमेरिकी मात्र हैन, ख्यातिप्राप्त नेपाली तथा तिब्बती कलाकार र उनीहरुका विद्यार्थीका प्रतिष्ठित कलाकृति पनि छन्। मास्टर थाङ्का कलाकार उर्गेन दोर्जेको आफ्नो आश्चर्यलाग्दो र जटिल कलाकृति ‘पिसफुल एन्ड र्याथफुल महायोग डेइटीज मण्डल’ उनीसित छ। थाङ्का सामुन्ने दोर्जेकै छोरा अमेरिकी कलाकार छिरिङ शेर्पाको समकालीन कलाकृति राखिएको छ। परम्परागत थाङ्का कलामा तालिमप्राप्त छिरिङले आमूल रूपमा थाङ्काकै पुनर्व्याख्या गरेको र्यान्डीले दावी गरे।
कलाकार रविन्द्र शाक्यले तयार पारेको ‘भैरव’ को मखुन्डा पनि छ। शताब्दीऔं पुरानो रेपोजे धातुपत्रकला परम्पराको जगमा रविन्द्रले भैरव बनाएका छन्। र्यान्डीका अनुसार दुवै जनासँग अमेरिकी सम्पदाको अनुभव छ र उनीहरूले प्राचीन परम्पराको आधुनिक व्याख्या प्रस्तुत गरेका छन्।
मध्य अमेरिकाका प्रतिष्ठित कलाकार बिर्गर सन्जेनले ‘सिडर्स इन द फुटहिल्स’ शीर्षकको पेन्टिङ झन्डै एक शताब्दीअघि कोलोराडोको मेनेटु स्प्रिङ्समा बनाएका थिए। त्यो कलाकृतिसँग उनी व्यक्तिगत रूपमा ३५ वर्षभन्दा लामो समयदेखि परिचित छन्। बेथनी कलेजमा विश्वविद्यालयको कलिलो विद्यार्थी छँदा पहिलो पटक यो चित्र देखेदेखि नै उनी प्रशंसक रहँदै आएका छन्।
ड्यान नमिङ्गाको ‘होपी मोन्टाज’ र टोनी अबेटाको ‘इनफिनेट विस्डम’ ले परम्परागत आदिवासी अमेरिकी चित्रात्मकता प्रस्तुत गरेका छन्। संयुक्त राज्य अमेरिका र नेपालको सांस्कृतिक दूरीबीच सेतुको काम गर्ने पाँच कलाकृतिलाई यस प्रदर्शनमा समावेश गर्न पाउँदा खुसी लागेको बताउँछन्, र्यान्डी।
सन् १९६३ मा स्थापित अमेरिकी विदेश मन्त्रालयको ‘आर्ट इन एम्बेसिज’को कार्यालयले अस्थायी तथा स्थायी कला प्रदर्शनी, कलाकार सम्बद्ध कार्यक्रम तथा प्रकाशनमार्फत् कुटनीतिक जनसम्पर्कको क्षेत्रमा महत्वपूर्ण भूमिका खेल्दै गएको छ।
" />

">