संघीयताविरोधी कम्युनिष्ट नेता केसी आफ्ना कुरा स्पष्ट राख्ने प्रखर वक्ता हुन्। राजनीतिमा सादगी नेता केसीको अर्को परिचय हो। त्यसैले त ९ महीना उपप्रधानमन्त्री भएका केसी अहिले पनि काठमाडौंमा डेरामै बस्छन्। ८१ वर्षको उमेरमा पनि काठमाडौंका सडक पैदलै नाप्छन्। बागलुङमा नेता केसीको प्रभाव रवाफिलो छ, घरानीया राजनीतिज्ञको जस्तो।
बागलुङबाट उनी दुई पटक सांसद भए। राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष केसी एकपटक समानुपातिक सांसद पनि भए। नेपाली राजनीतिमा लामो समयदेखि चर्चामा रहे पनि उनको यात्राले कहिल्यै फराकिलो राजमार्ग पाएन। जनताका बोली जनताकै भाषामा बोल्ने कारण उनी लोकप्रिय छन्। देखापढीले केसीको राजनीतिक यात्राका उकाली-ओराली उनकै शब्दमा प्रस्तुत गरेको छ :
कुरा २०१३ सालको हो, म बागलुङमा थिएँ। हाम्रो घरतिर छोरा १४ वर्षको भयो की भारतीय सेनामा पठाउन दबाब आउथ्यो। त्यो वेला अहिलेको गण्डकी प्रदेशका विभिन्न जिल्लाबाट भारतीय सेनामा भर्ती गर्न नि:शुल्क रूपमा युवाहरूलाई भारत पुर्याउने दलाल थिए।
मलाई पनि तिनीहरूले भारत लग्न नापेर ठिक्क पारेका थिए। बागलुङमा चौवीसे राज्यको धङधङी बाँकी नै थियो। बागलुङ तत्कालिन चौवीसे राज्यअन्तर्गत गल्कोट राज्यमा पर्दथ्यो।
गल्कोट राज्यको उन्मुलन भइसकेको थियो। तर, दरबार चाँही बाँकी नै थियो। त्यो दरबारलाई देवानी काम काजको लागि अनुमति माग्ने स्थानीय योजना बन्यो। त्यसका लागि राजा महेन्द्रकहाँ बिन्ती चढाउनुपर्ने थियो।
बिन्ती चढाउनका लागि बागलुङबाट काठमाडौं आउने डेलिगेशन टीम बन्यो। त्यसमा मेरो बुवा पनि हुनु हुन्थ्यो। मेरो बुवा गल्कोटे राजाको भान्से पनि हुनु हुन्थ्यो। त्यही भएर उहाँलाई पनि डेलिगेसन टिममा सामेल गराइएको होला।
राजाको दरबार, राति १२ बजे सम्म पाहुना आउने। भाँडा माझ्ने र मसला पिस्ने मेरो मूख्य काम थियो। बिहान एक/एक माना खुर्सानी, टिमुर र जीरा पिस्नु पर्थ्यो। मासुको साह्रै मिठो बास्ना आउँथ्यो। तर, त्यो बास्ना मैले टाढाबाट सुँघ्नमात्र पाउँथे।
त्यो बेला हामीले किनेर खाने भनेको नुन मात्र थियो। नुन पैसा तिरेर किन्ने चलन थिएन। घरमा भएको अन्नसँग नुन साटेर ल्याइन्थ्यो। नुन साट्न बागलुङको सदरमुकाम पुग्नुपर्थ्यो। त्यसका लागि हाम्रो घरबाट ६ घण्टा पैदल यात्रा गर्नुपर्थ्यो। बुवा काठमाडौं आउने भएपछि आमाले मलाई १० पाथी गहुँ बोकाएर नुन साट्न सदरमुकाम पठाउनु भयो।
बुवा काठमाडौं आउन लागेकाले म पनि सँगै सदरमुकामसम्म आएको थिएँ। राति बागलुङमा सँगै बास बस्यौं। बिहान गहुँ दिएर नुन पनि साटेँ। त्योबेला तिब्बती नुन मात्र खाइन्थ्यो। भारतीय नुन राम्रो होइन भनिन्थ्यो।
मेरो बुवा राजाको भान्छे भएकोले भारी नबोक्ने। काठमाडौंसम्मको बाटो लामो थियो। पोखरासम्म पैदलै आउनुपर्ने। बाटोमा बास बसिरहनुपर्थ्यो। त्यसैले बुवाले सुत्नका लागि सिरक-डस्ना ल्याउनुभएको थियो। तर, पोखरासम्म डस्ना बोक्ने मान्छे नभेटेपछि बुवाले मलाई नै भरिया बनाउनु भयो।
पोखराबाट ६० रूपैयाँको टिकट काटेर प्लेनमा काठमाण्डौ आइन्थ्यो। पोखरा पुगेपछि बुवाले म एक्लै बागलुङ फर्किन नसकुँला की भन्ने चिन्ता गर्नुभयो। ‘घरमा केही दिनलाई पुग्ने नुन छँदैछ, हिड काडमाडौं जाउँ। बरु छिटो फर्कौला’ भन्नुभयो।
भारतीय सेनामा भर्ती हुनका लागि म निक्कै उत्साहित थिएँ। त्यसैले मेरो मनमा पिर पर्यो। सेनामा भर्ती हुन जाने दिन नजिकिँदो थियो। फर्किँदा ढिलो होला की भनेर मलाई चिन्ता लागेको थियो। तर बुवालाई भन्न सकिन।
काठमाडौं आइपुगेपछि नक्सालमा त्यही गल्कोटे राजाको दरबारमा बस्यौं। भोलिपल्ट बुवा राजा महेन्द्रलाई विन्ती चढाउन जानुभयो। म नक्साल दरबारमै बसेँ। बेलुका गल्कोटे राजाकी महारानी चैतन्य कुमारीले बुवालाई ‘तपाई सबै छोराहरूलाई घाँस काट्ने, र लाहुरे किन बनाउनु हुन्छ ? यसलाई यतै राख्नुस, हामी पढाइदिन्छौं’ भन्नुभयो।
थरि-थरिका पकवान पकाउन मर-मसाला पिस्ने, खाएका भाडा भाझ्ने, तर खान चाँही नपाउने मेरो भाग्य थियो। महारानीले दुई/तीन बजेतिर थोरै भात र गुन्द्रुक दिन्थिन। एक पल्ट दिएकोमा थप्न पाइँदैनथ्यो। कहिल्यै पेट भरी खान पाइन।
महारानीको प्रस्ताब मलाई मन परेको थिएन। म त लाहुरे हुनको लागि एक नम्बरमा छनोट भइसकेको थिएँ। मनले नमाने पनि मैले फेरि बुवालाई मनको कुरा भन्न सकिँन। बुवा दरबारमा बस्दासम्म त मलाई राम्रै खुवाए, राम्ररी बसाए। तर, बुवा गएपछि थाहा पाएँ,‘ दरबारमा त काम गर्ने मान्छे चाहिएको रहेछ।’ मलाई रानीले काममा लगाउनु भयो।

सेनामा भर्ती हुने सपना टुटिसकेको थियो। त्यसमाथि पेटभरी खानसमेत नपाएपछि मैले आमालाई पत्र लेखेर चार महीनादेखि पेटभरि खान नपाएको दुखेसो सुनाएँ। राति १२ बजेसम्म भाडा माझ्नुपर्ने कुरा पनि लेखेँ। ‘पढ्न पाउने त कुरै छैन। घर आउँछु टिकट खर्च पठाइदिनु’ भनेर मैले पठाएको पत्र पाएपछि आमाले कानमा लगाएको चार तोला सुनको गहना पठाइदिनुभयो। आमासँग पैसा नभए पनि सन्तानको मायाले गर्दा भएको सुन नै पठाइदिनुभएको थियो।
त्यो बेला सुन एक तोलाको सय रूपैयाँ थियो। मैले सुन पाएकै दिन एकजना साथी लिएर सुन बेच्न असन गएँ। पुरानो गहना भनेर पसलेले दुई रूपैयाँ काटेर ३९८ रूपैयाँमात्र दियो। त्यसपछि म दरबार फर्किन। घर पनि गइँन। मलाई पढ्न मन लाग्यो। अनि नन्द किशोर रात्री पाठशालामा भर्ना भए।
२०१४ सालमा म विद्यालय भर्ना भएको थिएँ। त्यहीबेला पाठशालामा एकजना दाइको संगतले विद्यार्थी राजनीतिमा लागेँ। म त्यो वेला १७ वर्षको थिएँ। अहिले ८१ बर्षको भएँ २०१४ सालदेखि निरन्तर राजनीतिमै छु।
सांसद भएपछि चाबहिलमा जस्तापाताले छाएको छाप्रोमा बस्थेँ। पछि परिवारका सदस्य पनि काठमाडौं आए। घट्टेकुलोमा डेरा सरेँ। अहिले हामी बसिरहेको घर तीन पटक किनबेच भयो। तीन पटक घरबेटी फेरिए, तर म त्यही घरमा २१ वर्षदेखि बसिरहेको छु। मलाइँ एक फ्ल्याटको नौ हजार मात्र भाडामा दिइएको छ। नाम भन्दिन, तर मसँगै अरुका कमिज र पुराना जुत्ता मागेर राजनीति गरेकाहरूको सम्पत्ति देख्दा मै अचम्मित हुन्छु।
एसएलसी पास गरेपछि बागलुङ गएर डेढ वर्ष पढाएँ। पढाईको धित मरेको थिएन। त्यसैले फेरी काठमाडौं फर्किएर उच्च शिक्षा हासिल गरेँ।
केही वर्षमा विहे भयो। अंश छुट्यादा गाउँमा एउटा गोठ र भैरहवाको सातकुलीमा रहेको तीन कट्ठा ऐलानी जग्गा मेरो भागमा पर्यो। अहिलेसम्म पनि मेरो सम्पत्ति त्यहि नै हो। मेरो श्रीमती र बच्चा १५ वर्ष त्यहि भैंसी गोठमा बसे। म १९ वर्ष भूमिगत भएँ। एकपटक जेल गएँ। नौ महीनामा छुटेको थिएँ।
राजनीतिमा थुप्रै उतारचढावका बीच दुई पटक निर्वाचित सांसद भए। एकपटक समानुपातिक कोटाबाट पनि सांसद भएँ।
राजनीतिक जीवन लामो भए पनि मन्त्री भने जम्मा एकपटक नौ महीनाको लागि भएँ। अघिल्लो पटक केपी ओली नेतृत्वको सरकारमा उपप्रधानसहित गरिवी निवारणमन्त्री भएँ।

मेरो भने छोरी भैरहवा बस्छिन। दुवै छोरा जापानमा बस्छन्। मेरो योजना भने अबको बाँकी जीवन पनि राजनीतिमै समर्पित गर्ने हो। अन्तिम श्वाससम्म म राजनीतिमै हुनेछु। राष्ट्र र जनताको पक्षमा काम गर्न र बोल्न मलाई सबै भन्दा मन पर्ने काम हो।
" /> चित्रबहादुर केसी, नेपाली राजनीतिमा सामान्यमात्र चासो राख्नेका लागि पनि नयाँ नाम होइन। ६ दशकभन्दा लामो समयदेखि राजनीतिमा निरन्तरता दिएका केसी सरल, सहज र मिठासपूर्ण तरिकाले चोटिला अभिव्यक्तिका लागि परिचित छन्।संघीयताविरोधी कम्युनिष्ट नेता केसी आफ्ना कुरा स्पष्ट राख्ने प्रखर वक्ता हुन्। राजनीतिमा सादगी नेता केसीको अर्को परिचय हो। त्यसैले त ९ महीना उपप्रधानमन्त्री भएका केसी अहिले पनि काठमाडौंमा डेरामै बस्छन्। ८१ वर्षको उमेरमा पनि काठमाडौंका सडक पैदलै नाप्छन्। बागलुङमा नेता केसीको प्रभाव रवाफिलो छ, घरानीया राजनीतिज्ञको जस्तो।

">