काठमाडाैं उपत्यका संक्रमणको उच्च जोखिममा छ। यहाँ ६० लाख हाराहारीको जनघनत्व छ, भीड अनियन्त्रित छ। ज्येष्ठ नागरिक र दीर्घरोगी पनि अधिक यहीँ नै छन्। वृद्धवृद्धामा संक्रमण भयो भने मृत्युदर १० प्रतिशतसम्म हुन सक्छ।
एक महिनाअघि नेपालमा कोरोना संक्रमण वृद्धिदर ८ देखि ९ प्रतिशत थियो, बीचमा घटेर ३ प्रतिशत भयो। अहिले फेरि ५ प्रतिशत पुगेको छ। एक महिनाअघिको दाँजोमा वृद्धिदर कम भए पनि संक्रमितको ग्राफ क्रमशः उकालो लागिरहेको छ, जुन खतरनाक हो।
देशका विभिन्न भेगबाट उपत्यका प्रवेश गर्ने क्रम ह्वात्तै बढेको छ। त्यसकारण पनि राजधानी कोरोनाको हटस्पट बन्ने खतरा बढिरहेको छ।
उपत्यकाका १३६ स्थानमा संक्रमित रहेका छन्। उपत्यकामा मात्रै संक्रमितको संख्या हजार नाघिसक्यो। यही कारण सरकारले उपत्यकाका तीनै जिल्लामा आइतबारदेखि सरकारी सेवा कटौती गरेको छ। तर पनि मानिसहरू घरमा भन्दा बाहिरै बढी देखिन्छन्। यसले संक्रमण समुदायमा फैलाउने खतरा बढाएको छ।
सञ्चारगृहहरू र सञ्चारकर्मीको पनि उत्तिकै जिम्मेवारी हुन्छ। हामीले आफ्नो जिम्मेवारी निर्वाह गर्ने निर्णय गरेका छौं।
सरकारले सकेसम्म घरबाहिर ननिस्कन र निस्कनै पर्दा आवश्यक स्वास्थ्य सावधानी अपनाएर मात्रै निस्कन भनेको छ। तर मानिसहरू अनावश्यक भीड गरिरहेका यत्रतत्र देखिन्छन्। यसले संक्रमणको जोखिम निकै बढ्न गएको छ।
हामीले अब हरेक व्यक्ति संक्रमित हो र ऊबाट कोरोना सर्छ भनेर सोच्नु जरूरी छ। यसले सावधानी बढाउन मद्दत गर्छ।
अहिलेसम्म कोरोनाको उपचार निश्चित भइसकेको छैन। भ्याक्सिन बनाउन वैज्ञानिक तथा चिकित्सकहरू लागिपरेका छन्, तर कहिलेसम्म त्यो बनिसक्छ यसै भन्न सकिन्न। भ्याक्सिन तयार भए पनि नेपालसम्म आइपुग्न थप समय लाग्न सक्छ।
कोरोना संक्रमितको हालको उपचार भनेको सहायक मात्रै हो। अस्पताल भर्ना हुँदैमा निको हुन्छ भन्ने छैन। त्यहाँ पनि सिटामोल र आवश्यक परेका खण्डमा भेन्टिलेटरमा राख्ने मात्रै हो। यसकारण पनि स्वयम् सचेत हुनुको विकल्प छैन।
हामी सबैलाई थाहा भइसकेको छ, कोरोना हावाबाट सर्दैन। संक्रमित व्यक्तिको थुक वा उसले हाछ्युँ गर्दा निस्कने कणबाटै यो अर्को व्यक्तिमा सर्ने गर्छ। त्यसकारण पनि घरबाहिर निस्कँदा अनिवार्यरूपमा मास्क लगाउनुपर्छ।
कतै बाहिर गएर घर आएपछि वा कुनै अपरिचिति वस्तु छोएपछि साबुनपानीले राम्ररी हात धुनुपर्छ। सकेसम्म भीडमा नजाने र जानैपर्ने बाध्यता भएमा कम्तीमा दुई मिटरको दूरी कायम गर्न सक्दा रोगबाट जोगिन सकिन्छ।
तर, उपत्यकामा लकडाउन हटेपछि मानिसहरूमा कोरोनासँग डर पनि हटेको जस्तो देखिएको छ। मास्क नलगाउने, सामाजिक दूरी कायम नराख्ने, स्यानिटाइजर प्रयोग नगर्ने क्रियाकलाप बढेको गएको छ। यसले जोखिम निकै बढाइदिएको छ। हेक्का के राख्नु पर्छ भने उपत्यकामा कोरोना फैलने क्रममा छ।
अहिले नेपालमा दैनिक चार सयको हाराहारीमा संक्रमित बढिरहेका छन्। यो क्रम नरोकिने हो भने हामीसँग भएका स्वास्थ्य संस्था वा उपलब्ध स्वास्थ्य सामग्रीले थेग्न सक्दैन।
आजदेखि सार्वजनिकस्थलमा मास्क नलगाउने, दुई मिटरको दूरी कायम नगर्नेजस्ता गैरजिम्मेवार क्रियाकलाप गर्ने व्यक्तिको तस्बिर वा भिडिओ खिच्ने र त्यसलाई देखापढी डटकममा प्रकाशित गरिनेछ।
६ हजारको हाराहारीमा सक्रिय संक्रमित रहँदा नै पनि अस्पतालमा आइसोलेसन वार्ड भरिइसकेका छन्। अब पनि हामी सचेत नहुने हो भने स्थिति भयावह बन्ने छ।
यो संवेदनशील घडीमा राज्यका तर्फबाट निर्वाह गरिने भूमिका मात्र पर्याप्त हुँदैन। सञ्चारगृहहरू र सञ्चारकर्मीको पनि उत्तिकै जिम्मेवारी हुन्छ।
हामीले आफ्नो जिम्मेवारी निर्वाह गर्ने निर्णय गरेका छौं। आजदेखि सार्वजनिकस्थलमा मास्क नलगाउने, दुई मिटरको दूरी कायम नगर्नेजस्ता गैरजिम्मेवार क्रियाकलाप गर्ने व्यक्तिको तस्बिर वा भिडिओ खिच्ने र त्यसलाई देखापढी डटकममा प्रकाशित गरिने छ।
सँगसँगै स्वास्थ्य निर्देशिकाको सही ढंगमा पालना गरेर मास्क लगाउने, समाजिक दूरी पालना गर्नेलगायतका उदाहरणीय दृश्यहरूलाई पनि हामी तस्बिर वा भिडिओको माध्यमबाट जनसमक्ष पुर्याउने छौं। हामीलाई विश्वास छ, यसले नागरिकलाई थप जिम्मेवार बनाउने छ।
महामारीको यो कठिन घडीमा पनि सरकार तथा विश्व स्वास्थ्य संगठनको निर्देशिका पालना नगरी मानिसहरू अनावश्यक भीड गरिरहेका यत्रतत्र देखिन्छन्। कोरोनाको भय सकिइसके जसैगरी मास्क नलगाई सार्वजनिक स्थानमा प्रस्तुत भइरहेका छन्।
सरकारी निकायबाट पनि प्रभावकारीरूपमा अनुगमन हुन सकिरहेको छैन। हाम्रो उद्देश्य कसैलाई दुःख पुर्याउनु पक्कै होइन।
प्रत्येक व्यक्तिमा गोपनीयताको हक निहित हुने जानकारी नभएको पनि होइन। महामारीको खतरा न्यूनीकरण गर्ने उद्देश्यले मात्र हामीले सर्वसाधारणलाई सचेत बनाउने प्रयासस्वरूप यो अभियान थालेका हौं।
" /> काठमाडाैं उपत्यका संक्रमणको उच्च जोखिममा छ। यहाँ ६० लाख हाराहारीको जनघनत्व छ, भीड अनियन्त्रित छ। ज्येष्ठ नागरिक र दीर्घरोगी पनि अधिक यहीँ नै छन्। वृद्धवृद्धामा संक्रमण भयो भने मृत्युदर १० प्रतिशतसम्म हुन सक्छ।एक महिनाअघि नेपालमा कोरोना संक्रमण वृद्धिदर ८ देखि ९ प्रतिशत थियो, बीचमा घटेर ३ प्रतिशत भयो। अहिले फेरि ५ प्रतिशत पुगेको छ। एक महिनाअघिको दाँजोमा वृद्धिदर कम भए पनि संक्रमितको ग्राफ क्रमशः उकालो लागिरहेको छ, जुन खतरनाक हो।

">