काठमाडौंमै सम्पन्न आठौं दक्षिण एशियाली खेलकुद (साफ)मा मार्सल आर्टले राम्रो नतिजा दिएपछि यसको चर्चा चुलियो। कराते र तेक्वान्दोले १४/१४ वटा स्वर्ण पदक जितेकै कारण नेपाल आफैंले आयोजना गरेको साफमा ऐतिहासिक रूपमा दोस्रो स्थान हासिल गरेको थियो।
साफमा पाएको त्यही सफलताका कारण मार्सल आर्टस्मा खेलाडीको आकर्षण बढ्न थाल्यो। तर, पछिल्लो समय मार्सल आर्टस्मा खेलाडीको आकर्षण घट्न थालेको छ। नेपालभन्दा बाहिर हुने प्रतियोगितामा सफलता हात पार्न गाह्रो भएको छ। आकर्षण घटेका कारण ठूला अन्तर्राष्ट्रिय सफलतामा कमी आएको हो की सफलता घट्न थालेपछि आकर्षण पनि कम भएको हो भन्ने विषयमा लामो बहस चलाउन सकिन्छ।
तर, मार्सल आर्टस्मा आकर्षण घटेको र अन्तर्राष्ट्रिय सफलतामा कमी आउन थालेको दुवै कुरा सत्य हो। आठौं साफपछि नेपालले सागमा हासिल गरेको पदक संख्या हेर्ने हो भने पनि कुनै बेला दक्षिण एशियामै मार्सल आर्टस्को महारथीको छवि बनाएको नेपाल कसरी ओरालो लाग्दैछ भन्ने प्रष्ट हुन्छ।
आठौं साफपछि मार्सल आर्टस्मा नेपालको पदक संख्या सधैँ घट्दो क्रममा रहेको सबैलाई जानकारी छ। ‘यस्तो किन भयो त?’ भन्ने अहम प्रश्न हो। जसमा कुनै पनि सम्बन्धित निकायको ध्यान पुगेको छैन। खास चिन्ताको विषय चाँही पछिल्लो हो। यसको कारण के हो भन्ने उधिनेर समाधान खोजिहाल्नुपर्ने अहिलेको महत्वपूर्ण आवश्यकता हो।
२१ वर्ष अगाडिको साफमा नेपालले कराते र तेक्वान्दो खेललाई प्रतियोगितामा प्रवेश गराएको थियो। त्यहीअनुसार नेपालले सफलता पनि हािसल गर्यो। त्यतिबेलासम्म नेपालबाहेक दक्षिण एशियाका अन्य मुलुकले मार्सल आर्टलाई खेलका रूपमा लिएका थिएनन्। आफूलाई मार्सल आर्टमा त्यति राम्रोसँग विकास गरिसकेका थिएनन्। साफमै पहिलो पटक यसलाई ‘अफिसियल गेम’का रूपमा प्रवेश गराइएको थियो। तथापी ‘एशियन गेम’मा भने हामीले १९०४ देखि खेल्दै आएका थियौं।
हामीले प्रतिस्पर्धा गर्नुपर्ने अरु देशले मार्सल आर्टस्लाई राष्ट्रिय प्रतिष्ठा बढाउने महत्वपूर्ण माध्यमका रूपमा लिएर वैज्ञानिक रूपमै विकास गरेर स्तर बढाउँदे लगे। तर, हामी चाँही इतिहासमा एक पटक पाएको सफलतामा रम्दै ‘राम्रो गर्याैँ’ भनेर दम्भ पालेर बस्यौं।
तर, पछिल्लो समय दक्षिण एशियाका अन्य देशले पनि मार्सल आर्टलाई खेलका रूपमा लिन थालेका छन्। पहिला मार्सल आर्टलाई ‘सेल्फ डिफेन्स’का रूपमा मात्र लिइन्थ्यो। तर, आठौं साफपछि यसलाई अन्य राष्ट्रहरूले पनि खेलका रूपमा विकास गर्दै लगे। तर हामी चाँही आठौं साफमा हसिल गरेको सफलतामै रमाएर बस्यौं। त्यही सफलतामा मात्तिन थाल्यौं। त्यही सफलतामा टेकेर पदाधिकारीहरूले राजनीतिक पहुँच बढाउन थाले। पदाधिकारीलाई माथिसम्म राजनीतिक पहुँच पुर्याउनका लागि मार्सल आर्टस् (विशेष गरी कराते र तेक्वान्दो) एकदम सजिलो माध्यम बन्यो।
पदाधिकारीहरू व्यक्तिगत स्वार्थमा लागे। व्यक्तिगत फाइदाका लागि पहुँच बढाउन लाग्दा खेलको स्तर भने सधै खस्किरह्यो। खेल विकास गर्ने जिम्मेवारी लिएर बसेकाहरू राजनीतिक भागबन्डका पछाडी कुदे। जसको प्रत्यक्ष असर खेलाडीको प्रदर्शनमा पर्न थाल्यो।
हामीले प्रतिस्पर्धा गर्नुपर्ने अरु देशले मार्सल आर्टस्लाई राष्ट्रिय प्रतिष्ठा बढाउने महत्वपूर्ण माध्यमका रूपमा लिएर वैज्ञानिक रूपमै विकास गरेर स्तर बढाउँदे लगे। तर, हामी चाँही इतिहासमा एक पटक पाएको सफलतामा रम्दै ‘राम्रो गर्याैँ’ भनेर दम्भ पालेर बस्यौं। संघहरू आन्तरिक द्वन्द्वमा फस्दा खेलको स्तर झनै खस्कियो।
तर, १३औं सागमा आउँदा फेरि पदक संख्या बढेको छ। यसपालि आफैंले आयोजना गरेको सागमा पदक संख्या बढ्नुमा पनि हाम्रो स्तर बढ्नु कारण होइन। यसपालि हामीले धेरै इभेन्ट्सहरू बढाएका थियौं। आयोजकको हैसियतमा पाउने विशेष सुविधा पनि हामीले पायौं। कराते, तेक्वान्दो लगायत अन्य खेलमा पनि आफू अनुकुल इभेन्ट्सहरू धेरै थप्दा नतिजामा सकारात्मक प्रभाव परेको हो। घरमै प्रतियोगिता भएकाले पनि खेलाडीको मनोलब बढायो।
आठौं सागमा करातेका १६ वटा इभेन्ट समावेश थिए। पाकिस्तानमा सम्पन्न नवौं सागमा महिलाको सबै इभेन्ट कटौती गरेर नौंवटा इभेन्ट मात्र राखियो। किनभने उनीहरू कन्फिडेन्ट थिएनन्। १९९९ मा नेपालले मार्सल आर्टस्मा धेरै राम्रो गरेको थियो। त्यसैले फेरि इभेन्ट बढायो भने नेपाललाई फाइदा हुन्छ भन्ने छाप परेको थियो। त्यसपछिका सबै संस्करणमा मार्सल आर्टस्मा इभेन्ट घट्यो। तर, त्यसबीचमा नेपालको स्तर खस्किएको थियो भन्ने उनीहरूलाई थाहा भएन।
बाह्रै महीना प्रशिक्षण गराएर साफमा मात्र होइन, एशियन गेम्स र ओलमिपकमा पनि पदक जित्नुपर्छ भनेर योजना बनाउनु पर्ने हो। तर, त्यस्तो योजना न राखेपसँग छ, न युवा तथा खेलकुद मन्त्रालयसँग छ।
अरु देशमा साग आयोजना हुँदा उनीहरूले आफ्ना खेलाडी राम्रो भएको इभेन्टमात्र राखे। नेपालबाट पनि राम्रो खेलाडी नै भएको जाने हो तर, हाम्रो भन्दा अरू देशका धेरै राम्रो भइदियो। त्यसकारण नेपालले विदेशी भूमिमा आयोजना भएको प्रतियोगितामा एकदम जोडबल गर्दा पनि २, ३ वटाभन्दा धेरै स्वर्ण पदक जित्न सकेन।
देशबाहिर प्रतियोगिता हुँदा तयारी राम्रो हुदैन। विदेशमा हुँदा इभेन्ट पनि घट्ने। संघ, राखेप र युवा तथा खेलकुद मन्त्रालयमा पनि पदक जित्ने भन्दा सहभागिता जनाउनु पर्छ भन्ने कुराले मात्र प्राथमिकता पाउँछ। राष्ट्रको गौरव बढाउने खेल यी–यी हुन्। ती खेलमा बाह्रै महीना प्रशिक्षण गराएर साफमा मात्र होइन, एशियन गेम्स र ओलमिपकमा पनि पदक जित्नुपर्छ भनेर योजना बनाउनु पर्ने हो। तर, त्यस्तो योजना न राखेपसँग छ, न युवा तथा खेलकुद मन्त्रालयसँग छ। मन्त्रालयले नियमन मात्र गरेको मात्र भए पनि राखेपले संघलाई यो यो गर भनेर निर्देशन दिन्थ्यो होला।
यो यो खेलमा हामीले राम्रो पदक हासिल गरेका छौं। अब माथिल्लो स्तरको प्रतियोगितामा पनि पदक ल्याउनुपर्छ त्यसमा पनि राम्रो गर्नुपर्छ, त्यसका लागि यो यो काम गरौं भनेर भनेको भए संघहरूले पनि तत्परता देखाउँथे होला। तर, खेलकुदका सरोकारवाला निकाय कसैलाई पनि मतलब छैन। हाम्रो त्यो संस्कार नै छैन। राजनीतिक लाभका लागि पदाधिकारीले पदको दुरूपयोग गरे।
संघ आफैंले पनि चासो लिन सक्थ्यो। संघले आफ्नो खेलाडीलाई अझ राम्रो गर्नुपर्छ भनेर योजना बनाउनु पर्थ्यो। तर, त्यो योजना नै बनाएन। त्यसकारण एउटा प्रतियोगितामा हासिल गरेको सफलतामा रमाउँदा अर्को प्रतियोगिता आउँदासम्म खेलको स्तर नै खस्किसकेको हुन्छ।
सागमा स्वर्ण पदक आएपछि राज्यले त्यहीअनुसार संघलाई प्राथमिकतामा राख्छ। ‘पदक आउने कराते, तेक्वान्दो जस्ता संघको अध्यक्ष बन्न पाए, कार्यसमितिमा बस्न पाए, त्यसलाई भजाएर स्वार्थ पुर्ति गर्थेँ’ जस्ता सोच भएका मान्छे हावी भएका छन्। उनीहरूले खेलबारे सोच्दै सोच्दैनन्।
यहाँ खेलाडीले आफ्नै क्षमता तथा मिहिनेतले सफलता हासिल गर्छन्। अनि श्रेय लिने बेला अरूको तछाडमछाड हुन्छ।
आन्तरिक विवादका कारण सविता राजभण्डारी, समरबहादुर गोले जस्ता राम्रा खेलाडीहरू पलायन भए। उनीहरू निराश भएर विदेश पलायन भएका हुन्। राम्रो गर्ने प्रयास गरे पनि पोलिसी मेकिङ गर्ने स्थानमा भएकाको साथ, सहयोग नपाएपछि उनीहरू रुँदै अर्काको देशमा संघर्ष गर्न गएका हुन्। अहिले सागमा पदक जित्ने खेलाडीहरूले अर्को सागमा पनि खेलेर पदक ल्याउँछु भन्न सक्ने अवस्था छैन। उनीहरूमा त्यो मनोबल नै छैन। हामीले त्यो खालको वातावरण नै बनाउन सकेका छैनौं।
विदेशमा खेलाडीको सफलताका पछाडी हजारौं मान्छेको हात हुन्छ। सबै मिलेर खेलाडीलाई पछाडीबाट साथ दिएको हुन्छ। तर, सफलताको श्रेय खेलाडीलाई मात्र दिइन्छ। तर, यहाँ ठ्याक्कै उल्टो हुन्छ। यहाँ खेलाडीले आफ्नै क्षमता तथा मिहिनेतले सफलता हासिल गर्छन्। अनि श्रेय लिने बेला अरूको तछाडमछाड हुन्छ।
संघको विवादबारे नयाँ खेलकुद ऐनले केही सम्बोधन गर्ने प्रयास गरेको छ। तर, लागू हुन बाँकी नै छ। त्यसकारण त्यसले कस्तो प्रभाव पार्छ भनेर भन्ने अवस्था छैन। अब नियमावली बन्ला। नियमावली बन्दा यस्तो समस्यालाई सदाका लागि अन्त्य गर्ने गरी समेट्यो भने राम्रो हुन्छ। हामीले यही आशा गरेका छौं।
" /> काठमाडौंमै सम्पन्न आठौं दक्षिण एशियाली खेलकुद (साफ)मा मार्सल आर्टले राम्रो नतिजा दिएपछि यसको चर्चा चुलियो। कराते र तेक्वान्दोले १४/१४ वटा स्वर्ण पदक जितेकै कारण नेपाल आफैंले आयोजना गरेको साफमा ऐतिहासिक रूपमा दोस्रो स्थान हासिल गरेको थियो।साफमा पाएको त्यही सफलताका कारण मार्सल आर्टस्मा खेलाडीको आकर्षण बढ्न थाल्यो। तर, पछिल्लो समय मार्सल आर्टस्मा खेलाडीको आकर्षण घट्न थालेको छ। नेपालभन्दा बाहिर हुने प्रतियोगितामा सफलता हात पार्न गाह्रो भएको छ। आकर्षण घटेका कारण ठूला अन्तर्राष्ट्रिय सफलतामा कमी आएको हो की सफलता घट्न थालेपछि आकर्षण पनि कम भएको हो भन्ने विषयमा लामो बहस चलाउन सकिन्छ।

">