सडकमा बेवारिस बिरामी चौपायालाई उद्धार गरेर ल्याउन थाले । त्यही कामले उनको नाम नै फेरियो। मानिसहरुले ‘गोपाल’ भनेर चिन्न थाले।
“यो पृथ्वी सबैको साझा हो, जति हाम्रो हो त्यति नै पशु–चौपायाको पनि” न्यौपाने भन्छन्, “त्यसैले मैले अठोट गरें, सेवामै लाग्छु भनेर।”
तर अठोटले मात्र कहाँ हुन्थ्यो र ? योजना चाहिन्थ्यो। योजनालाई पूर्णता दिन कोष चाहिन्थ्यो।
त्यसैले उनले सोच बनाए- एउटा संस्था दर्ता गर्छु। तर शुरु गर्नै गाह्रो।
“घरमा सरसल्लाह गर्दा कुरा मिल्दैन, मान्छे खोज्छु मान्छे पाइँदैन”, हैरान भए उनी।
गर्न पनि के मात्र गरेनन् र !
एकजना सेन थरका व्यवसायी साथी थिए। उनले अनुरोध गरे। प्रस्ताव गरे– ‘हामी ११ जना छौं, तीन÷तीन लाख रुपैयाँ उठायौं भने ३३ लाख हुन्छ। यसरी ६ महिनासम्म त टिकिएला नि।’
ती सेन साथीले आश्वासन दिए– ‘नगरपालिकामा मान्छे चिनेको छु, अझ बजेट ल्याउन सकिन्छ।’
तर, पैंसा उठाउने दुईजना मात्र भए । अरु साथीले वास्तै गरेनन् । अरु नआएपछि सेनले पनि हात झिके।
उनी हतास भए । तर एउटा दृश्यले उनको हतासो हटाइदियो।
एकदिन एउटा घाइते बाच्छालाई उद्धार गर्दैथिए, एकजना बुढी आमा आइन्। पुरानो कपडाको ओढ्ने बनाएर ल्याएकी रहिछन्। बाच्छोलाई त्यही ओढाइदिइन्।
“आहा, यो दुनियाँमा यस्ता पनि मान्छे हुँदारहेछन्। मसँग त केही छ म किन पछि परुँ ?”, अन्ततः उनले अठोट गरे।
२०७१ सालतिर जसोतसो संस्था दर्ता गरे। ‘मठमन्दिर गाई बाच्छा बचाउ तथा समाज विकास अभियान’ नाम राखे।
संस्था दर्ता त भयो, तर जग्गा भएन । फेरि सडकमा पुगे। सडकमै पशुचौपायालाई उपचार गरिरहे । विभिन्न ठाउँमा पहल गर्न पनि छोडेनन्।
पशुपतिमा छोडिएका साँढेले पनि दुःख पाएको उनले भेटेका थिए। उनलाई लाग्यो, पशुचौपायालाई संरक्षण गर्ने दायित्व त ‘पशुपति क्षेत्र विकास कोष’को पनि हो।
त्यतिबेला पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा.गोविन्द टण्डन थिए। उनले पो केही सहयोग गर्लान् कि भनेर भेट्ने निर्णय गरे। सबै फाइल तयार पारेर डा. टण्डनलाई भेटे।
२ सय रोपनी जग्गा माग गरे।
फाइल हेरेर डा.टण्डनले यस्ता मान्छे धेरै आउने गरेको र काम गर्न नसक्ने बताए।
जवाफ फर्काउँदै न्यौपानले भने, “मेरो मनले यही काम गर्ने भन्छ डाक्टर साप, सक्छु जस्तो लाग्छ।”
त्यसपछि उनले संस्थाका लागि पशुपति परिसरभित्र १५ रोपनी जग्गा पाए।
हाल त्यहीँ संचालित छ, ‘मठमन्दिर गाई बाच्छा बचाउ तथा समाज विकास अभियान।’
यो संस्था दाताहरुको सहयोगबाट चलेको छ। आफै पनि सहयोग संकलनका लागि जाने गरेको अध्यक्ष न्यौपाने बताउँछन्।
प्रतिदिन १० रुपैयाँदेखि १५ हजारसम्म सहयोग आउने गरेको उनी बताउँछन् । “संस्थाका आजीवन सदस्यहरुले मासिक रुपमा पनि दान गर्ने गर्छन्” उनी भन्छन्।
सडकमा घाइते छोडिएका चौपायालाई संस्थामा ल्याइन्छ । नियमित रुपमा पशु चिकित्सक आएर घाइते चौपायाको उपचार गर्छन्।
संस्थामा प्रशस्त गाई छन्। तर ती गाईले दिने दुध बिक्री नगरेको न्यौपाने बताउँछन्।
“यहाँबाट पुजा, श्राद्ध, र भक्तजनहरुले भगवान शिवलाई चढाउन दुध लग्ने गर्छन्”, उनी भन्छन्, “सहयोग आउने मनकारी पाहुनालाई गाईको दुध खुवाएर पठाउने गरेका छौंँ ।”
सडकमा घाइते पशुचौपायालाई संस्थासम्म ल्याउन स्रोत साधन नभएको उनको गुनासो छ।
घाइते पशुचौपायालाई संस्थासम्म ल्याउन अमेरिकाबाट आएका एक व्यक्तिले सहयोग स्वरुप ३ सय ५० सीसीको एउटा बुलेट मोटरसाइकल दिएकका छन्।
घाइते गाईलाई मोटरसाईकलले तानेर ल्याउन ‘क्यारियर एम्बुलेन्स’ पनि विदेशीले नै दिएका हुन्।
कतिपय स्थानबाट त प्रहरीकै भ्यानमा समेत ल्याउने गरिएको उनी बताउँछन्।
पशुचौपाया संरक्षणमा सरकारको उदासीनताप्रति भने न्यौपानेको ठूलो गुनासो छ।
“सरकारबाट अहिलेसम्म १४/१५ लाख मात्र सहयोग पाएका छौं” उनी भन्छन्, “वार्षिक तीन करोड भन्दा बढी खर्च लाग्छ, अझै यो रकम अपुग छ।”
गाईगोरुलाई खुवाउन पराल, मकैको पीठो, दाना, कुटी र गहुँको चोकर आवश्यकता पर्छ । एक लाखको परालले तीन दिन पनि नपुग्ने उनी बताउँछन्।
हाल संस्थामा सडकबाट उद्धार गरेर ल्याइएका करिव १५० गाइगोरु छन्।
उनले काभ्रेमा पनि छाडा छोडिएका गाईगोरुलाई व्यवस्थित गर्न गोठ सञ्चालन गरेको बताए । त्यहाँ पनि ४० वटा गाईगोरु राखिएका छन्।
छाडा छोडिएका पशुचौपायालाई व्यवस्थित गर्न स्थानीय तहले पनि पहल गर्नुपर्ने न्यौपानेको सुझाव छ।
एउटा वडामा ४० रोपनी जग्गा छुट्याएर छाडा गाइगोरुलाई गोठ, फलफुल लगायत अर्गानिक खेती पनि गर्न सकिने उनको भनाइ छ।