काठमाडौंको गोंगबुमा एक पुरुषको हत्या गरेर जसरी शब ब्यवस्थापनको प्रयास भयो, त्यसले धेरैको माथिङ्गल हल्लायो। ब्यक्तिको टाउको एकातिर अनि ज्यान र खुट्टा अर्कोतिर हुने दृष्य प्राय हरर फिल्मका फिक्सन प्लट गोगंबुमा फ्याङ्क्ट बनिदियो।
यस्तो क्रुर हत्यामा कुनै व्यवसायिक अपराधी हैन पहिलो पटक अपराधमा संलग्न एक ३७ वर्षीया महिला र उनकी १५ वर्षीया किशोरी छोरी संलग्न रहेको खुल्दा धेरैको आङ् सिरिङ्ग पक्कै भयो।
घटनाको कारण सम्बन्धमा आएको तितोपना या पुरुषको कुण्ठित यौन दृष्टि देखिए पनि जुन रुपमा शव व्यवस्थापनको प्रयास भयो त्यसले ती महिलाको माथिङ्गल कतिसम्म हल्लिएको थियो भन्ने देखाउँछ।
घटनाका अन्य कारणहरू सतहमा देखिएका त छन् तर अपराधमा संलग्नको पृष्ठभुमी र अपराधको शैलीले यसमा कोरोनाको कहरपछि हाम्रो समाजमा परेको सामाजिक असरबाट यो घटनालाई अलग राख्न सकिन्न।
कोरोनाले विश्व हल्लायो। सामाजिक दृष्टिले कोरोनाकालले ब्यक्तिको दिमाग र पेट बढी हल्लायो। कोरोना संक्रमण र यसको नियन्त्रणका लागि भएका प्रभावहीन प्रयास र त्यसले आर्थिक र सामाजिक क्षेत्रमा पारेको प्रभावको असर घरका भान्छासम्म पुग्यो।
यसको असर सुरक्षा व्यवस्थापनमा नपर्ने कुरै भएन। त्यसैले अहिलेको यो कोरोनाकाल कोरोना संक्रमण नियन्त्रणका दृष्टिले जति चुनौतीपूर्ण छ, सुरक्षाको दृष्टिकोणले अपराध नियन्त्रण पनि उत्तिकै चुनौतीपूर्ण छ।
तीन महीने लकडाउनका कारण ब्यक्तिको दैनिक जीवनयापन नै सकसपूर्ण बन्यो। भोकले उसका पेट हल्लियो। यस्ता व्यक्ति आफ्नो र परिवारको भोक मेटाउन सामाजिक अपराधमा संलग्न हुने जोखिम बढ्छ नै। र, यसका संकेतहरू समाजमा देखिन थालिसकेका छन्।
नेपालमा प्रहरीको ध्यान अन्तै मोडिएको अवस्थामा अन्तर्राष्ट्रिय, त्यसमा पनि विशेष गरी भारतीय अपराधीहरु समेत सक्रिय हुने गरेको देखिन्छ। २०६३ पछि वाइसीएलको नाममा वितन्डा शुरू हुँदाको अवस्थामा प्रहरी अलमलमा परेको मौका छोपेर उदय सेट्ठी, रोहित पाहिवाल अग्रवाल जस्ता भारतीय अपराधीहरू नेपालमा संगठित अपहरणमा सक्रिय भएका थिए।
सुरक्षा जोखिमका आधारमा १० वर्ष पछाडि फर्किइसक्यौं हामी। २०६५-६६ ताका जस्तो प्रकृतिका आपराधिक घटनाहरू बढेका थिए, त्यस्तै श्रृंखला अझ गम्भीर रूपमा बढ्ने जोखिम देखिन थालेका छन्।
२०६५ ताका चोरी, लुटपाट, डकैती र पकेटमारी जस्ता सामाजिक अपराधको संख्या उच्च थियो। प्रहरी सक्रियता र वैदेशिक रोजगार लगायतका क्षेत्रमा बढेको रोजगारीको अवसरले सामाजिक अपराधको संख्या केही घटाए। अपराधको स्वरूप बदलियो।
कोरोना संक्रमण नियन्त्रणका लागि सरकारले अपनाएको लकडाउनको शैलीले निम्न वर्ग र मध्यमवर्गको भान्छा ब्यवस्थापनमै प्रत्यक्ष असर पार्यो। यसले भोक मेटाउन सामाजिक अपराधमा लाग्नेको संख्या बढाउने जोखिम छ।
कोरोना संक्रमणसँगै दैनिक जीवनयापनमा पारेको समस्या, बढ्दो बेरोजगारीका कारण मानसिक समस्या बढेका छन्। यसको सही समयमा सही प्रकृयाबाट सम्बोधन गर्न नसके आत्महत्याको दर बढ्ने जोखिम देखिन्छ।
अघिल्लो वर्षका तुलनामा संख्यात्मक रुपमा आत्महत्याका घटनाहरू बढेको नदेखिए पनि आत्महत्याको कारणमा कुनै न कुनै रूपमा कोरोना संक्रमणले निम्त्याएको समस्या जोडिएका छन्। क्वारेन्टाइनमै भएका आत्महत्या यसका उदाहरण हुन्।
कोरोनाको कहरसँगै अपराध नियन्त्रण दुई कारणले चुनौतीपूर्ण देखिन्छ।
पहिलो, कोरोनाले आर्थिक रूपमा निम्न मध्यम वर्गका परिवारमा ठूलो असर पारेको छ। र, पृष्ठभूमि हेर्ने हो भने आर्थिक अवस्थाले सिर्जना गरेको बाध्यताका कारण अपराधमा संलग्न भएकाहरूको संख्या अधिक देखिन्छ।
चोरी, डकैती र लुटपाटका घटनामा संलग्नको पृष्ठभुमी हेर्ने हो भने पेशेवरभन्दा आर्थिक विषमताका कारण संलग्न भएकाहरुको संख्या बढी छ। यो लकडाउनले गर्दा आर्थिक रूपमा निम्न वर्गकाहरूको अवस्था नाजुक भएको छ। उनीहरूको रोजगारीको क्षेत्र ठप्प बनाएको छ। यसको असर कुनै न कुनै रुपमा मध्यमवर्गमा समेत परेको छ नै।

काठमाडौंमा एक समय बहुत चर्चित थियो, 'टुटी चोर'। २०-३० रूपैंयाकै लागि धाराको टुटी चोरिदिने। सुकाएको कपडा चोर्ने, पानी तान्ने मोटर चोर्ने घटना शहरी क्षेत्रमा बढेका थिए एक समय। यो नियन्त्रणमा आएको थियो। अब अपराधको तह त्यही अवस्थामा फर्कने जोखिम देखिन्छ। गौंडा ढुकेर लुट्नेक्रम शुरू भइसकेको छ। यसमा कोरोनाको कुनै न कुनै रूपमा योगदान छ नै।
जो मान्छेको दिमाग हल्लिएको छ, त्यसबाट गोंगबुमा जस्तो आवेगमा क्रुर र अकल्पनीय अपराधको जन्म गराउँछ। यो बीचमा सामान्य झगडामा श्रीमानको कुटाइबाट श्रीमती मारिएका घटना सार्वजनिक भइसकेका छन्। सामान्य झगडामा छुरा हान्दा एक युवाले काठमाडौंमा ज्यान गुमाए। यी घटनाले सामान्य विवाद र या मनमुटावले पनि जघन्य प्रकृतिको अपराधको जन्म गराउने जोखिम देखाउँछ।
२०७० यता संगठित अपराधको स्वरूप बदलिएको थियो। संगठित रूपमा हुने डकैती, जवर्जस्ती रकम असुली र अपहरण लगायतका घटना नियन्त्रणमा आएका थिए। यसको कारण आक्रामक पुलिसिङग नै थियो।
काठमाडौंलाई केन्द्र बनाएर देशभर प्रभाव विस्तार गरेका गुण्डाविरुद्ध प्रहरी आक्रामक हुँदै इन्काउन्टरको तहमा उत्रियो। दिनेश अधिकारी 'चरी', कुमार श्रेष्ठ 'घैँटे' लगायतकाहरू प्रहरी इन्काउन्टरमा मारिएपछि गुण्डागर्दीमा सक्रिय प्रभावशालीहरू कोही पलायन भए कसैले पेशा परिवर्तन गरे।
गणेश लामा नेपाली कांग्रेसमा लागेर जिल्ला तहका नेता बन्नु अनी दीपक गुरुङ्ग मनाङे राजनीतिमा प्रवेश गरेर प्रदेश सांसद बन्नुमा एग्रेसिभ पुलिसिङ्गको कुनै न कुनै रूपमा परेको प्रभाव हो नै। केही रमेश पौडेल बाहुन, अभिशेक गिरी जस्ताहरु कारागार पुगे र निस्कृय बसे।
प्रभाव जमाएकाहरू नै लाखापाखा लागेपछि नयाँ पुस्ता संगठित भएर अपराधमा प्रवेश गर्न नसक्दा २०७० उता जुन प्रकृतीको संगठित अपराधको स्वरुप थियो त्यो रहेन। कमजोर भयो।
बढ्दो कोरोना संक्रमणबाट प्रहरी संगठनका सदस्य पनि प्रभावित भइरहेका छन्। यसले प्रहरीलाई रक्षात्मक अवस्थामा पुर्याएको छ। प्रहरीको ध्यान अत्यावश्यक काममा मात्र खटिने र सामाजिक सुरक्षामा उपस्थिति मात्र देखाउने मोडालिटीमा पुगेको छ।
प्रहरीमा विशेष प्रकृतिको अपराधको अनुसन्धानका अनुभवी प्रहरी अधिकारीहरू अहिले छरिएर कमन पुलिसिङ्गमा बढी केन्द्रित गराइएको देखिन्छ। कोरोनाकालका संगठित अपराध नियन्त्रणमा प्रहरी संगठनले आफ्नो प्रभावकारी उपस्थिति जनाउने हो भने यसरी छरिएका अपराध अनुसन्धानका अनुभवी प्रहरी अधिकृतहरुलाई क्षमता अनुसारको जिम्मेवारीमा खटाउनु उत्तम हुन्छ।
यस्तो अवस्थामा हिजो प्रहरीले जुन संगठित अपराध गर्नेहरूलाई दबाएर राखेको थियो र सुषुप्त अवस्थामा थिए उनीहरू सक्रिय हुन सक्छन्। शहरी क्षेत्रमा धम्क्याएर रकम असुली र २०६५ ताका झै अपहरणका धन्दा पुन: शुरु हुनसक्ने जोखिम देखिन्छ।
प्रहरी आक्रामक हुँदा ज्यानको मायाँले निस्कृय भएर बसेका अपराधीहरुको संख्या कम छैन शहरी क्षेत्रमा। अहिलेको यो अस्तब्यस्त समयमा उनीहरू पुन : सक्रिय भएर संगठित रूपमै अपराधमा सक्रिय हुने जोखिम बढेको छ।
समाज अलमलिएको र सरकारी निकायहरूको ध्यान अन्तै मोडिएको अवस्थामा तस्करी र अपहरणका घटनामा नेपालमा संगठित रुपमा अन्तर्राष्ट्रिय आपराधिक समूह समेत सक्रिय हुने गरेका छन्। साउनमै फेला परेको १६ किलो नक्कली सुन प्रकरणले त्यसको संकेत गरिसकेको छ।
यी सबै जोखिम न्यूनिकरणको उपाय कोरोनाकालको सामाजिक अवस्थाको मुल्यांकन गर्दै सोही अनुसारको सुरक्षा रणनीतिको निर्माण नै हो। सुरक्षा रणनीतिमा सबैभन्दा महत्वपूर्ण पक्ष संगठनका सदस्यहरुको आत्मबल फर्काउनु नै हो।
रणनीतिक रूपमा अहिलेको सामाजिक र राजनीतिक अवस्था, कारागारभित्र र बाहिर रहेका पटके अपराधी र शंकास्पदहरूको गतिविधी निगरानी तत्काल शुरू गर्न आवश्यक देखिन्छ।

हिजोकै समस्या दोहोरिन नदिन प्रहरी नेतृत्वले अन्तर्राष्ट्रिय आपराधिक समूह मूख्य गरी भारतीय अपराधीमाथिको निगरानी र अनुगमनमा प्रहरीको आतंकबाद र अन्तरदेशीय अपराध हेर्ने विशेष ब्यूरोलाई सक्रिय बनाउन सकिन्छ। जो अहिले नाम मात्रको देखिएको छ।
आन्तरिक रूपमा संगठित अपराधको स्वरुप लिन नदिन प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो र उपत्यकाको हकमा महानगरीय प्रहरी अपराध महाशाखाको भूमिका महत्वपूर्ण हुन्छ। अहिलेको अवस्थामा यी दुवै संस्थामा कार्यरत प्रहरी कर्मचारीको मनोबल उठाउने र अपराध अनुसन्धान पोख्त प्रहरीलाई सक्रिय बनाउन नेतृत्वको ध्यान जानुपर्ने देखिन्छ।

एकाध वर्ष प्रहरी संगठनमा भएको आन्तरिक षड्यन्त्रका कारण अपराध अनुसन्धानमा खटिँदै आएका प्रहरी जनशक्तीको मनोबल कमजोर बनेको छ। मूख्यरूपमा ३५ किलो सुन तस्करी र किशोरी निर्मला हत्या र बलात्कार घटनाको अनुसन्धानमा खटिएका प्रहरी अधिकारीमाथि संगठन नेतृत्वबाट जुन रूपमा गैर जिम्मेवार व्यवहार भयो यसले अन्य प्रहरी कर्मचारी पनि जिम्मेवारी लिन हच्किने अवस्था आएको छ। जुन अवस्था अझै हटेको छैन।
अपराध अनुसन्धान र सामान्य सुरक्षा नियमन भिन्न हुन्। अपराधको प्रकृति र प्रवृत्ति अनुसार प्रहरी कर्मचारीले अपनाउने रणनीति र कार्यशैली पनि भिन्न हुन्छन् नै।
संगठनले सादा पोशाकमा अपराधिको खोजी र अनुसन्धानमा खटाउने तर विवाद आएको अवस्थामा नेतृत्वकर्ता पन्छिएर कर्मचारीलाई 'बलीको बोका' बनाउने हो भने कोरोना कहरसँगै आउने अपराधको चुनौती सामना गर्न प्रहरी संगठनलाई हम्मे पर्ने निश्चित छ।
यसका लागि हिजोका गल्ती र कमजोरी सुधार गर्दै क्षमता अनुसार जिम्मेवारी र समयमै रणनीति निर्माण गरे सामाजिक र संगठित अपराधले कोरोना संक्रमण झैं नियन्त्रण बाहिर नजाला कि !
" /> काठमाडौंको गोंगबुमा एक पुरुषको हत्या गरेर जसरी शब ब्यवस्थापनको प्रयास भयो, त्यसले धेरैको माथिङ्गल हल्लायो। ब्यक्तिको टाउको एकातिर अनि ज्यान र खुट्टा अर्कोतिर हुने दृष्य प्राय हरर फिल्मका फिक्सन प्लट गोगंबुमा फ्याङ्क्ट बनिदियो।यस्तो क्रुर हत्यामा कुनै व्यवसायिक अपराधी हैन पहिलो पटक अपराधमा संलग्न एक ३७ वर्षीया महिला र उनकी १५ वर्षीया किशोरी छोरी संलग्न रहेको खुल्दा धेरैको आङ् सिरिङ्ग पक्कै भयो।

">