मुखबाट निस्केको शब्द फिर्ता लिन सकिँदैन भन्ने सबैलाई थाहा छ। अकाट्य विचारलाई खण्डन गर्न सकिँदैन। चाहे राम्रो वाणी होस् वा तुच्छ शब्द नै किन नहोस्। अथवा जुनसुकै परिवेश वा अवस्था, स्थिति र सोचका साथ नै किन नहोस्। एक पटक मुखबाट निस्केको बोली फिर्ता लिन सकिँदैन।
कतिपय विद्वानले बोलीलाई गोलीका रूपमा समेत व्याख्या गर्ने गरेका छन्। कुनै नराम्रो वचनले लक्षित व्यक्तिलाई प्रहार गर्दा गोलीभन्दा पनि बढी घातक हुने गरेको जीवनको अनुभवले पनि सिकाउँछ। कारण र प्रमाणका लागि टाढा र पर पुग्नु पर्दैन। विगतका केही दृष्टान्तलाई कोट्याउँदा प्रष्ट हुन्छ।
बोलीकै कारण नेपालमा वाहवाही कमाएकी मुम्बई नगरीमा जमेकी नेपाली चेली अभिनेत्री मनिषा कोइरालाबाट शुरू गरौं। नेपालको समग्र भूभाग समेटिएको नक्शापश्चात् नेपाल–भारतबीच अरोप प्रत्यारोपका क्रममा मनिषालाई उनको एउटै वाक्यका कारण आलोचना र प्रशंसा आए। सोही समयमा जुनसुकै भावका साथ बोलेको भए पनि नेपाली अभिनेत्री वर्षा रावत आलोचनाको सिकार भइन्।
बोलीबाट निस्केको गोलीको निशानाले आफ्नै टाउकोमा ठोक्किन आइपुगेका उदाहरण छोटो समयमा धेरै देख्न सकिन्छ।
आलोचनाको सिकार भएकी वर्षाले आफूले बोलेको शब्द फिर्ता लिन हरसम्भव प्रयास गरिन्, तर बोली भनेको गोली हो, फिर्ता कसरी हुन्थ्यो ? भएन। बरु गोलीको गलत निशानाले क्षति पुगेको ठाउँमा टालटुल गर्ने प्रयास गरिन् उनले। त्यो कुरामा कत्तिको सफल भइन् ? त्यो त समयक्रमले बताएको थियो।
बोलीबाट निस्केको गोलीको निशानाले आफ्नै टाउकोमा ठोक्किन आइपुगेका उदाहरण छोटो समयमा धेरै देख्न सकिन्छ। आफ्नो मेहनत र कार्यकुशलताका कारण साना पर्दाबाट करिअर शुरू गरी ठूला पर्दासम्म बेग्लै पहिचान बनाउन सफल फिल्म निर्देशक एवम् अभिनेत्री दीपाश्री निरौला केही समयअघि सामाजिक सञ्जालमा व्यापक छाइन्। कारण थियो, बोलीको गोली। गोलीमात्रै होइन विरोधीले क्षेप्यास्त्रको अनुभूति गरेका थिए। कारण जेसुकै होस्, मुखबाट छुटेको त्यो वाक्यले सलह र लामखुट्टेको उत्पादन जस्तै विरोधीहरू उम्रिए।
दीपाले बोलेका शब्द र उक्त समयमा उनको भावले स्वयम् लक्षित व्यक्तिलाई समेत भावुक बनाएको देखिन्थ्यो। शालीन र भव्य व्यक्तित्वका धनी लक्षित व्यक्तिको केही समयपछि एक टेलिभिजन कार्यक्रमको प्रत्यक्ष प्रसारणमा देखिएको भावुकता उनको आखाको आँसुले बताएको थियो। दीपाले बोलेको वाक्य काँचको गिलास फुटे जसरी चिराचिरा पर्यो। उनले बोलेको वाक्य सच्याउन उनका सहकर्मीसँगै पूरा टीम नै लागिपर्यो। मलमपट्टी, सर्जरी वा लेमिनेसन जुनसुकै विधिको प्रयोग गरे पनि कालान्तरमा थामथुम भए पनि घाउको निशान मेटिन भने लामै समय लाग्ने छ।
बोलीमा गोली मिसाउन खप्पिस भनी चिनिएका सञ्चारकर्मी प्रकाश सुवेदी आफैं यसको सिकार भए। शब्द केलाएर बोल्ने व्यक्तिको छवि बनाउन सफल सञ्चारकर्मी आफ्नै केही शब्दले चिप्लिएर कानुनी झञ्झटमा परेका छन्।
आधा घण्टाको अन्तर्वार्ताको बीचमा करीब सय शब्द र एक मिनेको अवधिमा बोलिएका गोलीपूर्ण वाक्यको असर मेटिन कति समय लाग्नेछ त्यो त भवष्यिले नै बताउला। दीपाले बोलेका शब्द पूर्वयोजनामा आएका पक्कै होइनन् न त उनलाई ती शब्द बोलेर कुनै फाइदा नै भएको थियो। अकस्मात मुखबाट निस्केका गोलीजस्ता शब्दको खण्डन गर्दागर्दै आफू स्वयम् डिप्रेसनको सिकारसम्म हुने स्थितिमा पुगेकी थिइन्।
बोलीमा गोली मिसाउन खप्पिस भनी चिनिएका सञ्चारकर्मी प्रकाश सुवेदी आफैं यसको सिकार भए। शब्द केलाएर बोल्ने व्यक्तिको छवि बनाउन सफल सञ्चारकर्मी आफ्नै केही शब्दले चिप्लिएर कानुनी झञ्झटमा परेका छन्। उनीसँगकै अन्तर्वार्ताका क्रममा सामान्य ज्ञानका प्रश्नको पर्खाल खडा गरेर पूजा शर्मालाई खुइल्याउने काम भएको थियो। उनै पूजाले पछिल्लो दिन प्रकाश सुवेदीको आफूप्रति लक्षित शब्दकै कारण कानूनी उपचारको बाटो रोज्न पुगिन्। आफूबाट निस्केका शब्दको प्रतिरक्षा स्वरुप लाखौंपटक माफी मागेका प्रकाशको आगामी तनाव कस्तो होला हेर्न बाँकी नै छ।
शब्दभन्दा शारीरिक हाउभाउ प्रस्तुत गरी चर्चा बटुल्ने कलाकारभन्दा शब्द र विचार अगाडि सारी राजनीति गर्ने राजनीतिज्ञको पीडा, व्यथा र आलोचनाको कथा बढी रहेको छ। २०७४ सालको चुनावताका तत्कालीन प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा एक अन्तर्वार्ताका क्रममा विद्यार्थीसँग गरेको प्रश्नोत्तर स्मरणयोग्य रहेको धेरैको बुझाइ छ। शेरबहादुरले के जवाफ दिनु पर्थ्यो भन्दा पनि उनले हाउभाउ र शब्दको छनोटमा ध्यान दिनुपर्थ्यो भन्ने भनाइ उनकै पार्टीका सहकर्मीले समेत अनुभूत गरेका होलान्।
राजनीतिक गफमा बोलीको गोलीका कुरामा छुटाउनै नहुने पात्र हुन् वर्तमान प्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली। उनका शब्द सामान्य रूपमा हेर्नेलाई तलाउ हुने भए पनि शब्दको मर्मलाई हेर्दा समुद्र नै देख्न सकिन्छ। शब्दका जानकारका अनुसार ओलीको बोली गोलीमात्रै होइन एटमबम भन्दा पनि शक्तिशाली छ। एटमबमको जुनरूपमा जसरी प्रयोग गर्यो नतिजा सोहीबमोजिम हुने गर्छ।
हातले प्रहार गरेको झापडभन्दा भाषिक रूपमा शब्दको वाणको घाउ अमिट हुने गर्छ। सकारात्मक रूपमा बोलेका वचनले कतिपय मानिसका लागि मार्गदर्शनको कामसमेत गर्छ।
ओलीको बोलीकै कारण संसद्मा झण्डै एक तिहाइ स्थान प्राप्त गर्न सफल भएको उनी पक्षीय नेता तथा कार्यकर्ताले धाक लगाउने गर्छन्। उता ओलीइतर नेता तथा कार्यकर्ताको भने ओलीको बोलीकै कारण पार्टी तथा देश संकटमा परेको बुझाइ छ। यी त भए समाजमा परिचित व्यक्तिको बोलीको कारण नतिजा व्यहोर्नु परेका केही उदाहरण। हाम्रै वरिपरि पनि नियतवश होस् वा अञ्जानमा बोलिएका शब्दको सकारात्मक वा नकारात्मक प्रभावको नतिजा देख्न सकिन्छ।
हातले प्रहार गरेको झापडभन्दा भाषिक रूपमा शब्दको वाणको घाउ अमिट हुने गर्छ। सकारात्मक रूपमा बोलेका वचनले कतिपय मानिसका लागि मार्गदर्शनको कामसमेत गर्छ। बोलीलाई नै महाभारतको युद्धको कारणका रूपमा लिन सकिन्छ। पाण्डवहरू इन्द्रप्रस्थमा आलिशान महलको राजर्षी सुखसयलमा रहेका बेला कौरव पुत्र दुर्योधन पाण्डवलाई भट्न त्यहाँ जान्छन्। इन्द्रपस्थको यो अनौठो स्वरूपलाई देखि छक्क र लठ्ठ परेका दुर्योधन अकस्मात पोखरीमा लड्न पुग्छन्। त्यहिबेला पाण्डवकी पत्नी द्रोपदीको अभिमान र अपमानपूर्ण हाँसोका साथ ‘अन्धोको छोरा अन्धो’ भन्ने शब्द नै युद्धको एक प्रमुख कारण बनेको थियो।
उक्त शब्दकै कारण द्रोपदीको वस्त्रहरण र त्यसपछि भीमसेनको बदलाभाव स्वरूप निस्केको वचन युद्धको कारण बन्यो र हजारौं वर्षपश्चात् आजसम्म पनि महाभारत हिजोआजकै कथाजस्तो लाग्छ। महाभारतको युद्ध हुनुमा अन्य विभिन्न कारणसँगै बोलीलाई पनि महत्व पूर्ण कारणका रूपमा लिइन्छ।
आगो, पानी, हावाको परिस्थिति अनुरूप सही ढङ्गले प्रयोग नहुँदा विनाशमात्र होइन प्रलय नै ल्याउने गर्छ। त्यस्तै, विचार नपुर्याएर बोलेको बोली गोलीभन्दा पनि बढी खतरापूर्ण हुने गर्छ।
" /> मुखबाट निस्केको शब्द फिर्ता लिन सकिँदैन भन्ने सबैलाई थाहा छ। अकाट्य विचारलाई खण्डन गर्न सकिँदैन। चाहे राम्रो वाणी होस् वा तुच्छ शब्द नै किन नहोस्। अथवा जुनसुकै परिवेश वा अवस्था, स्थिति र सोचका साथ नै किन नहोस्। एक पटक मुखबाट निस्केको बोली फिर्ता लिन सकिँदैन।कतिपय विद्वानले बोलीलाई गोलीका रूपमा समेत व्याख्या गर्ने गरेका छन्। कुनै नराम्रो वचनले लक्षित व्यक्तिलाई प्रहार गर्दा गोलीभन्दा पनि बढी घातक हुने गरेको जीवनको अनुभवले पनि सिकाउँछ। कारण र प्रमाणका लागि टाढा र पर पुग्नु पर्दैन। विगतका केही दृष्टान्तलाई कोट्याउँदा प्रष्ट हुन्छ।

">